Above News Title

कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ?

कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ?

काठमाडौँ 

हरितालिका तीज नजिकिएसँगै महिलाहरू दर खाने चटारोमा छन्, व्रत बस्ने योजनामा छन् । परम्पराका पक्षपातीहरू तीजलाई निराहार र निर्जल व्रत बस्ने पर्वका रूपमा लिन्छन् । धार्मिक आस्थाका आधारमा व्रतलाई साधनाका रूपमा पनि लिइन्छ । तर, निराहार व्रत बस्दा र दिनभर नाचगानको थकाइले कतिपय महिलामा कमजोरीको समस्या पनि देखिने गरेको छ ।

विज्ञहरूका अनुसार आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएको छैन भने व्रत बस्नु हुँदैन । स्वस्थ मानिसले साता वा महिनाको एकचोटि व्रत बस्नु शरीरका लागि राम्रो मानिन्छ । तर, पर्वका नाममा निराहार व्रत बस्दा टाउको दुख्ने, चक्कर लाग्ने, थकान र कम रक्तचापजस्ता समस्या देखिन सक्छन् ।

नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार व्रत तीन किसिमका हुन्छन्, निर्जलहार (पानी नखाई बस्ने), फलाहार (फलफूल खाने तर अन्न नखाने) र दिनभर पानीमात्र पिउने, साँझ अन्न खाने ।

‘तीजमा पानी पनि नखाई बस्ने चलन छ । सक्नेले गर्छन्, नसक्नेले गर्दैनन्,’ डा. ज्ञवालीले भने, ‘स्वस्थ व्यक्तिलाई फाइदा गरे पनि अशक्त, कमजोर, गर्भवती, उच्च रक्तचाप र मधुमेह भएकाले व्रत बस्नु हुँदैन ।’ साताको एक पटक बसिने व्रतले पेट सफा हुने, शरीरमा अनावश्यक रूपमा रहेका बोसो तथा हानिकारक तत्त्व हट्ने र सकारात्मक ऊर्जा दिने उनी बताउँछन् । ‘तीजमा त एक दिन मात्र व्रत बसिन्छ । यसले एकै दिनमा स्वास्थ्यमा फाइदा पुर्‍याउने काम त नगर्ला तर स्वस्थ व्यक्तिलाई राम्रै हुन्छ,’ उनले भने, ‘तीजमा मात्र होइन अरू बेला पनि शरीरलाई हानि नगर्ने खालका खाद्यवस्तु नखाने गरेर व्रत बस्दा फाइदा हुन्छ ।’

धार्मिक परम्पराअनुसार तीजको अघिल्लो दिन दर खाने चलन छ । पछिल्लो समय दरका नाममा बढी गुलियो, चिल्लो, पिरो परिकार खाने क्रम बढेको पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार मसलेदार, गुलिया तथा चिल्ला खानेकुरा धेरै सेवन गर्नु हुँदैन । भरसक घरमै बनाइएका स्वस्थकर परिकार खानुपर्छ ।

‘दर तीजको अघिल्लो दिन खाने चलन छ ताकि व्रतको दिन ऊर्जा प्राप्त भइराखोस्,’ पोषणविद् प्रा.डा. जया प्रधान भन्छिन्, ‘तर, यहाँ महिना दिनअघिदेखि भोजभतेर गर्ने चलन छ । जति पनि खाए हुन्छ भनेर दर खानुभएन । स्वास्थ्यलाई ख्यालमा राखेर सन्तुलित भोजन गर्नुपर्छ ।’

तीज नआउँदै सुरु हुने पार्टीका परिकारले पनि रोग बढाउन मद्दत गर्ने उनी बताउँछिन् । ‘गुलिया र चिल्ला खानेकुराले तौल बढ्न सक्छ, जसले थप अरू दीर्घरोगहरू निम्त्याउँछन्,’ उनले भनिन्, ‘खीरमा भने चामल, चिनी, ड्राई फ्रुट्स, घिउ आदिको मिश्रण हुन्छ, जसले सबै पोषक तत्त्वहरू प्रदान गर्छ । दरमा स्वस्थकर नै खानुपर्छ ।’

नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी फिजिसियन डा. अभिजित अधिकारी जति नै कठोर व्रत भए पनि पानी पिउन छाड्न नहुने सुझाव दिन्छन् ।

नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी फिजिसियन डा. अभिजित अधिकारी जति नै कठोर व्रत भए पनि पानी पिउन छाड्न नहुने सुझाव दिन्छन् । उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका बिरामीहरूलाई व्रतले राम्रोभन्दा पनि बढी असर गर्ने उनको भनाइ छ । ‘शरीरमा पानीको निरन्तर सप्लाई भएन भने एक दिनमै पनि यसले मिर्गौलालाई खराब गर्न सक्छ,’ उनी भन्छन्, ‘व्रत बस्नु नराम्रो त होइन तर यसको फाइदा सबैलाई लागू हुँदैन । पानी नखाई धेरै पटक व्रत बस्दा मिर्गौला बिग्रिने प्रक्रिया बढ्न मद्दत पुग्छ ।’

नर्भिक अस्पतालकी पोषणविद् प्रनीति सिंह पहिले आफ्नो शरीरलाई ध्यान दिएर मात्रै व्रत बस्न सुझाउँछिन् । कमजोरी महसुस भएको अवस्थामा फलफूल, पानी वा जीवनजल लिन सकिने उनको भनाइ छ ।

उनका अनुसार अहिले ‘इन्टरमिटेन्ट फास्टिङ’ (१६ घण्टा नखाने र ८ घण्टा खाने) को चलन बढेको छ । यसखालको व्रत बस्दा शरीरमा पुरानो, नचल्ने तथा गलेको कोषिका मर्दै जान्छ र नयाँ कोषिका बनाउन सहयोग गर्छ । ‘यो व्रत अहिले धेरैले लिने गरेका छन्, यसले फाइदा पनि पुर्‍याउँछ,’ उनले भनिन्, ‘यो व्रतमा अभ्यस्तलाई तीजको व्रतले केही फरक नपर्ला तर

बानी नबसेकालाई गाह्रो हुन सक्छ । पहिलो प्राथमिकता आफ्नो शरीर नै भएकाले सन्चो छैन वा सकिएन भने व्रत नबसेकै बेस ।’

व्रतले शरीरको तौल नियन्त्रणमा सहयोग गर्नुका साथै उच्च रक्तचाप रोक्न रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन थप मद्दत पुर्‍याउने विज्ञहरू बताउँछन् । मानसिक रूपमा पनि यसले फाइदा गर्छ ।

पोषणविद् सिंहका अनुसार हामीले खाइरहेको खानामा रहेको कतिपय विषाक्त पदार्थ जुन कोषिकामा गएर बसेको हुन्छ, व्रत बस्दा त्यो निस्किन्छ । ‘व्रत बस्नु भनेको शरीरलाई चाप दिएको हो । शरीरले खान पाएन भने शरीरको कोषिकाले कसरी अपडेट गर्ने भनेर सामना गर्ने क्षमता बढाउँछ,’ उनी भन्छिन्, ‘व्रत बस्दा शरीरमा रहेको ह्युमन ग्रोथ हर्मन बढ्छ जसले ‘मेटाबोलोजिम’ राम्रो हुन्छ । मांसपेशीले अक्सिजन पाएर फाइदा हुन्छ ।’

व्रत बस्नुभन्दा अगाडि खाइने चिल्लो तथा जंक फुडले शरीरलाई डिहाइड्रेट गराउन सक्ने भएकाले बढी प्यास लाग्ने उनी बताउँछिन् । ‘त्यसैले व्रत बस्दा पानी पिउन आवश्यक छ,’ उनले सुझाइन्, ‘कम तौल भएको र शरीर नै कमजोर महसुस छ भनेचाहिँ व्रत नलिनुस् ।’

पोषणविद् प्रा.डा. प्रधानले व्रतमा पानीसमेत नपिउँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने र बेहोससमेत हुन सक्ने बताइन् । ‘शरीरमा पानी भएन भने डिहाइड्रेसन हुन्छ । शक्तिह्रासले कमजोरी बढ्छ र कतिपय बेहोस हुन सक्छन्,’ उनले भनिन्, ‘रमाइलो चाडमा शरीरलाई जोखिममा नपारी पनि व्रत बस्न सकिन्छ ।’

कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ?

१३ वर्षमुनिका बालबालिका

मधुमेहका समस्या भएका

रक्तचाप कम भएका

ग्यास्ट्रिकको समस्या भएका

गर्भवती, स्तनपान गराइरहेका महिला

इटिङ डिसअर्डर भएका

धेरै औषधि सेवन गरिरहेका

कान्तिपुरबाट

प्रकाशित:

१४६८ दिन अगाडि

|

१३ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९