सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमबिच विहीबार शिलान्यास गरेका छन् । बाँकेको जानकी गाउँपालिका–३ नहरपुर्वामा उक्त अस्पताल बन्दैछ ।
सो अवसरमा मन्त्री चौधरीले सिकलसेल एनिमिया रोग अधिकांश थारु समुदायमा देखिए पनि अन्य समुदायको पनि जनस्वास्थ्य समस्या भएको बताए । उनले सिकलसेल अस्पताल नाम दिइए पनि मल्टिहेल्थ सर्भिस दिने अस्पतालको रुपमा विकास गरिनुपर्ने सुझाव दिए ।
मन्त्री चौधरीले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्न शहरी विकास मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । साथै सिकलसेल एउटा समुदाय विशेषको मात्र समस्या नभएकाले यो अस्पतालको जवाफदेहिता सरकारले बहन गर्र्नुपर्ने जिकिर गरे ।
उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सिकलसेल अस्पताल निर्माण तथा संचालनका लागि उपमहानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष तथा सिकलसेल सामुदायिक अस्पतालका अध्यक्ष जिवराज चौधरीले भेरी अस्पतालले सिकलसेलका विरामीको उपचार गर्दै आए पनि उचित ब्यवस्थापन नहुँदा विरामीले दुःख पाएको बताए । उनले पश्चिम नेपालका करिव एकलाख थारुलाई सिकलसेल भएको अनुमान रहेको जनाए ।
उक्त सिकलसेल एनिमिया रोग पहिचान गरेका भेरी अस्पतालका मेडिकल विभाग प्रमुख समेत रहेका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेलाई सम्मान गर्ने कार्यक्रम रहे पनि उनी अनुपस्थित रहे । कार्यक्रममा डा सुरेन्द्र चौधरीले सिकलसेल र यसले पार्ने प्रभाव तथा न्यूनीकरणका उपायबारे मन्तव्य राखेका थिए ।
अस्पताल निर्माण हुने स्थलमा सिभिल होम र होमस्टे संचालन गर्ने तयारी समेत गरिएको छ । अस्पताल बन्ने जग्गा १० कट्ठा मात्रै छुट्याइएकाले रियल स्टेटको चंगुलमा अस्पताल बनाउने समूह परेको कतिपयको भनाइ छ ।
प्रकाशित:
१४५६ दिन अगाडि
|
२४ भदौ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९