लेखक बुलबुल अध्ययनरत देउखुरीको श्री बाल जनता उच्च मावि बनगाउँ
म स्कुल जाने उमेरमा गाई गोठालो थिएँ । बिहानको खाना खाएर मिझ्नी (खाजा) बोकेर देउखुरी बलरामपुरको खरकट्टीमा गोरु चराउन जान्थेँ ।
हिउँदमा बलरामपुर, सेमरहवाका खरकट्टी अनि बगरहरूमा गाई चर्थे । हामी दिनभरि बगरमा चराका गुँड खोज्ने, बचेरा समाउने अनि रमाउने गथ्र्याैं ।
दिउँसो मेरो मिझ्नी दिदीहरूले खाइदिन्थे । मिझ्नी खान नपाएर म रुन्थेँ । दिनभरि भोकै बस्न पथ्र्याे । घर गएर आमासँग भनिस् भने कुटाइ खान्छस् भन्थे । मैले भन्दैनथेँ । अति भएपछि एकदिन आमासँग भनिदिएँ । आमाले ती दिदीहरूलाई गाली गर्नुभयो ।
अर्को दिनदेखि मेरो मिझ्नी मैले खान पाएँ तर मलाई अर्को सजाय सुरु भयो । गाईहरू है चोर्न जान्थे । अब सबैका गाई घुमाउन मलाई मात्रै जानपर्ने भयो । बगालमा सबैभन्दा चोर गोरु मेरै थियोे । त्यसको नाम लामखोप्री थियोे ।
बगरमा रहर छरेको हुन्थ्यो । त्यस गोरुलाई हरियो देख्नै हुन्नथ्यो । है चोर्न दौडिहाल्थ्यो । त्यसले रहरबारीमा दौडाएर हैरान पाथ्र्याे । मैले फर्काउनै सक्दैनथेँ । फर्काउन नसकेपछि म रुँदै फर्किन्थेँ । अनि फर्काउन ठूलीआमा जानुहुन्थ्यो । ती दिदीहरूले मलाई सताएको सम्झिँदा अहिले बलियाले निर्धाेलाई दबाउने चलन पुरानै रहेछ जस्तो लाग्छ ।
बर्खा लागेपछि खेतमा धान रोपाइँ हुन्थ्यो । राप्ती बढेर बगरमा गाई चराउन लान सकिन्नथ्यो । गाई चराउने ठाउँ हुँदैनथ्यो अनि हामीले वस्तुलाई चराउन वन लान्थ्यौं । गाउँदेखि सातआठ किलोमिटर टाढा विश्वबैंकतिर कहिले करैयाकोटतिर लान्थ्यौं । वनमा पनि उस्तै उटपट्याङ मात्रै हुन्थ्यो ।
एकपटक रुखमा मौरीको घार फेला पार्याैं । भिमबहादुर दाइले मह काढ्नुभयो । मह, कुट्ठु खाएर म लट्ठ परेछु । वनमौरीको महले होला मलाई मात लागेछ । अर्जुनखोलापारि एक्लै बाँदर नाच्दैछ । यता वारि म नाच्दैछु । गाई गोरु कता छन् पत्तो छैन । तर, गाईवस्तु घर फर्किने बेला सबै ओरालो झर्थे । अनि घरतिर लाग्थे । त्यति टाढाबाट घर आइपुग्दासम्म गाईवस्तु भोकाइ सक्थे । लामखोप्री गोरु घर नपुग्दै मकैबारीमा छिरिहाल्थ्यो । त्यसलाई फर्काउनै गाह्रो । अरू गाईगोरु बाँधेर आमा आउनुहुन्थ्यो त्यसलाई फर्काउन । मान्छेले त मलाई सताए सताए लामखोप्री गोरुले पनि मलाई खुब सतायो ।
पहिलो वर्ष म फेल भएको थिएँ । रामबहादुर र मानबहादुर पनि फेल भए । उनीहरू रुँदै घर फर्किरहेका थिए । तर, म रोइनँ ।
आठ–नौ वर्षको भएपछि बल्ल म स्कुल जान थालेँ । पहिलो वर्षको नतिजा हेरेर फर्किने बेला मेरा साथीहरूका बुवा गल्लीमा कुरेर बसेका हुन्थे । पहिलो वर्ष म फेल भएको थिएँ । रामबहादुर र मानबहादुर पनि फेल भए । उनीहरू रुँदै घर फर्किरहेका थिए । तर, म रोइनँ । घर पुग्नै लाग्दा साथीहरूका बुवालाई देखेर उनीहरू अर्कै बाटो भएर घर पसे । म भने सरासर बुवा भएको ठाउँ गएको थिएँ । त्यस दिन बुवासँग के के कुरा भयो मलाई याद छैन तर लडेपछि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने पाठ मैले त्यस दिन सिकेको हुँ । त्यसपछि मलाई फेल हुनु परेन ।
आजभोलिका विद्यार्थी स्कुल पनि पढ्छन् । त्यतिले नपुगेर ट्युसन पनि पढ्छन् सानै कक्षादेखि । मलाई स्कुलकै पढाइले पुग्थ्यो । कक्षामा शिक्षकले पढाएको ध्यानपूर्वक सुन्ने हो भने र घर आएर पनि त्यसलाई दोहो¥याएर पढ्ने हो भने स्कुलकै पढाइ काफी छ । ट्युसनको जरुरत नै पर्दैन ।
मैले ट्युसन भनेको के हो धेरैपछि मात्रै थाहा पाएँ । एसएलसीको परीक्षा दिने बेलामा अंग्रेजी विषयको एक महिना र गणित विषयको आधा महिना ट्युसन पढेको थिएँ, त्यो पनि रहरले । सबै ट्युसन जान्थे । एसएलसी त फलामे ढोका हो भनेर डर देखाउँथे । ट्युसन बिना पास हुन सकिन्न भन्ने हल्ला थियोे ।
मेहनती विद्यार्थीलाई जुनसुकै परीक्षा सजिलो हुन सक्छ । कुनै ट्युसन वा चीटको आवश्यकता पर्दैन । अरू साथीहरू प्राविदेखि नै चीट चोर्थे । छुट्की घुम्नाका एकजना विद्यार्थी थिए, उनी मभन्दा जेठो अनि हट्टाकट्टा थिए । परीक्षक बाहिर गएको मौका छोपेर मेरो उत्तरपुस्तिका खोसेर सार्थे ।
मेहनती विद्यार्थीलाई जुनसुकै परीक्षा सजिलो हुन सक्छ । कुनै ट्युसन वा चीटको आवश्यकता पर्दैन । अरू साथीहरू प्राविदेखि नै चीट चोर्थे । छुट्की घुम्नाका एकजना विद्यार्थी थिए, उनी मभन्दा जेठो अनि हट्टाकट्टा थिए । परीक्षक बाहिर गएको मौका छोपेर मेरो उत्तरपुस्तिका खोसेर सार्थे । मैले उनले सारुन्जेल लेख्न पाउँदैनथेँ । तर, मेरो नम्बर राम्रै आउँथ्यो । उनी प्रथम हुन्थे ।
यसरी मेरो मनमा एक खालको घमण्ड हुन्थ्यो । मेरो सारेर त प्रथम भएको हो । चिट चोरेर त प्रथम भएको हो । माथिल्लो कक्षामा पनि यस्तै हुन्थ्यो । साथीहरू चीट चोरेरै प्रथम हुन्थे ।
एकपटक मैले पनि चीट चोर्ने आँट गरेँ । सायद कक्षा आठको गणित विषयको परीक्षा थियोे । जुन चीट लगेको थिएँ । ठ्याक्कै त्यही प्रश्न पर्यो । मेडमले चुप लागेर लेख कोही दायाँ–बायाँ गर्ने हैन भन्नुभएको थियो ।
मैले बडो आँट गरेर गोजीबाट चीट निकालेर लेख्न के लागेको थिएँ । अगाडि राजेन्द्र सर आएर हात थाप्नुभयो । हेडसरले चीट देखेर मागिसकेपछि दिनै प¥यो । मैले पनि चुप लागेर सरको हातमा चीट राखिदिएँ । सर नबोली फर्केर जानुभयो । त्यस दिनदेखि चीट चोर्न बन्द भयो ।
‘प्लस टु’ पढ्नेबेला फेरि एकपटक चीट चोर्ने प्रयास गरेँ । प्लस टु पढ्दा चीट लेख्ने दिन गइसकेको थियोे । साथीहरू गाइड, गेस पेपर बोकेर परीक्षा हल छिर्थे । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको थिएन । गेसपेपर बोकेर परीक्षा हल छिरेँ ।
“बाहिरबाट निरीक्षक आउँदैछ । तिमीहरूको चीट भेटियो भने सिधै निष्कासित हुन्छौ । जे जे ल्याएका छौ । यहाँ अगाडि ल्याएर राख । पछि फेरि भेटियो भने तिमीहरूको खैरियत छैन ।” परीक्षकले भनेपछि सबै विद्यार्थी थुरथुर भए । गाइड, गेसपेपर के के थियोे सबैले अगाडि लगेर राखे ।
मलाई पनि डर लाग्यो । मैले पनि अगाडि लगेर राखेँ । निरीक्षण कहाँबाट आउनु, आएन तर अरू साथीहरूले दुइ दुइ, तीन तीनवटा बोकेर जाने रहेछन् । उनीहरू खुरुखुरु सारेर उत्तरपुस्तिका बुझाएर हिँड्थे । मैले कहिल्यै चीट चोर्न सकेन । चीट चोरेर राम्रो अंक ल्याइएला । पछि राम्रो जागिर पाइएला तर आफ्नो मनलाई जीवनभर चीट चोर बनाउनु हुँदैन ।
परीक्षाको अघिल्लो दिनसम्म म कुलो लाग्न झराली जान्थें । परीक्षाको पूर्व तयारी कहिल्यै गर्न पाइएन । ठूलो हुँदै गएँ । जिम्मेवारी पनि बढ्दै गयो । घरको आर्थिक स्थिति कमजोर थियो । पाँच कक्षा पास भएपछि नयाँ स्कुलमा भर्ना हुनलाई प्रमाणपत्र निकाल्ने आमासँग पैसा थिएन ।
परीक्षाको अघिल्लो दिनसम्म म कुलो लाग्न झराली जान्थें । परीक्षाको पूर्व तयारी कहिल्यै गर्न पाइएन । ठूलो हुँदै गएँ । जिम्मेवारी पनि बढ्दै गयो । घरको आर्थिक स्थिति कमजोर थियो । पाँच कक्षा पास भएपछि नयाँ स्कुलमा भर्ना हुनलाई प्रमाणपत्र निकाल्ने आमासँग पैसा थिएन । बुवा कालीकोटको बाटो खन्न जानुभएको थियो । त्यस वर्ष नाम लेखाउन ढिलो भयो । चौध वर्षको बालखा म अनि दाजुहरू घोराही बजार लेबर काममा हिँड्यौँ ।
छिमेकी दाइले घोराहीमा घर बनाउने ठेक्का लिनु भएको थियो । हामीले उहाँको काम गथ्र्याैँ । केही समय काम गरिसकेपछि उहाँलाई घाटा हुने देखियो । दाइहरू भाग्ने सल्लाह गर्नुभयो । हामी रातारात घोराही बजारबाट भागेर पनौरा गाउँ पुग्यौं । त्यस रात आर्मीले भेटेको भए हामी सबैको एउटै चिहान हुन्थ्यो । संकटकाल थियो । हरेक रात कफ्र्यु लाग्थ्यो । राज्य पक्षको नजरमा सबै माओवादी हुन्थे, सबै देशद्रोही हुन्थे । बिहानपख रेडियोले समाचार भन्थ्यो होला । गए रातिको भीडन्तमा यति जना माओवादी छापामारको मृत्यु ।
पनौरा गएपछि हामी अर्को ठेकेदारकोमा काम गर्न थाल्यौँ । म सानै भएर होला । ठेकेदारले मलाई गाह्रो काममा लगाउँदैनथ्यो । ठेकेदार थारू समुदायका थिए । अहिले उनको नाम बिर्सेँ ।
एकपटक घरको प्लास्टर गर्दा खटको तल म मसला उठाउँदै थिएँ । खट भाँचिएर दुइजना मिस्त्रीसहित ममाथि खसे । मेरो ढाडमा चोट लाग्यो । त्यो चोटले अझैपनि दुःख दिन्छ ।
एकपटक ढलानको दिन मेरो टाउकोमा दुइ तला माथिबाट कराही खस्यो । काम गर्ने क्रममा यस्ता धेरै दुर्घटना हुन्छन् । ठेकेदार कम्पनीले कामदारको दुर्घटना वीमा गरेका हुँदैनन् । ठेकेदार कम्पनीले यस्ता जोखिमका काममा लगाउनु पूर्व कामदारको वीमा गर्नुपर्ने खाँचो अहिले पनि छ तर बोल्ने को ?
केही महिना काम गरेपछि मेरो स्वास्थ्य बिग्रियो । म घर फर्केँ । कमाएको थोरै पैसा पनि उपचार अनि घर खर्चमा सकियो ।
उता स्कुलमा नयाँ भर्ना सुरु हुँदै थियोे । मसँग पैसा थिएन । म साथीहरूसँग गहुँ काट्न भैरहवा गएँ । चैत मासको गर्मीमा पसिना बगाएर कमाएको पैसाले स्कुलबाट सर्टिफिकेट निकालेँ अनि देउखुरीको श्री बाल जनता उच्च मावि बनगाउँ स्कुलमा भर्ना भएँ ।
रोकिएको मेरो पढाइ सुरु भयो । पुराना स्कुलका पोशाक धोइधाइ पारेर शरीरमा धारण गरेर पुनः स्कुल जान पाउँदाको त्यो दिन, आहा !! ठूलै युद्ध जितेजस्तै असीम खुसी लाग्यो । नयाँ दसैं आएजस्तो लाग्यो । नयाँ स्कुलको नयाँ पोशाकको ठेगान थिएन, तैपनि मन हावामा कावा खाँदै सधैं स्कुलको बाटो दगुरिरहन्थ्यो ।
अहिले पनि मेरो ऊ बेलाको जस्तै धेरै बाबुनानी शिक्षाबाट बञ्चित छन् । निःशुल्क शिक्षा त भनिन्छ तर त्यो नीतिनियम भन्न र देखाउनलाई मात्रै हो । हामीजस्ता निम्नवर्गका केटाकेटी अझै पनि इट्टा भट्टामा काम गर्दैछन् । ठूलाठूला महल बनाउन पिठ्युँमा इट्टा अनि बालुवा बोकिरहेका छन् । मजदुरी गरिरहेका छन् ।
उनीहरूको स्कुले झोला बोकेर खुसी हुँदै स्कुल हिँड्ने दिन कहिले पो आउला... ?
प्रकाशित:
१४४४ दिन अगाडि
|
५ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९