काठमाडौंस्थित देउखुरी निसराउ समूहले दाङदेउखुरीको गढवा गाउँपालिका–५ स्थित श्रीमावि चैनपुरमा आगामी असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
लामो समयदेखि तयारी हुँदै गरे पनि निसराउ कार्यसमितिको शनिबार बसेको बैठकले मिति तय गरेको हो । शिविरको सुमद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गर्नेछन् ।
देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीले एक विज्ञप्ती जारी गर्दै उक्त निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी दिएका हुन् । शिविरमा हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । साथै, मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा संगम सिंह, डा केदार अधिकारी, डा कौशल गिरी, डा रुविना चौधरी, डा सुदीप चौधरी लगायतले विरामी जाँच गर्नेछन् ।
गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य तथा थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम भैरहेको देउखुरी निसराउ समूहको जारी विज्ञप्तीमा उल्लेख छ ।
शिविरलाई विभिन्न तवरबाट सहयोग गरिने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत चौधरीले बताए ।
२०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाएको छ ।
प्रकाशित:
१४४५ दिन अगाडि
|
५ असोज २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९