देउखुरी निसराउ समूहले दाङदेउखुरीको गढवा गाउँपालिका–५ स्थित श्रीमावि चैनपुरमा आगामी असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्दै गरेको सोको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।
देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीका अनुसार दाङदेउखुरीको गढवा गाउँपालिकाले शिविर व्यवस्थापनको आर्थिक पाटोमा सघाइरहेको छ । गढवा गाउँपालिकाका प्रतिनिधि, प्रशासकीय अधिकृत, लेखा अधिकृत , स्वास्थ्य विभागका प्रमुख , थाकसका पदधिकारी, सल्लाहकारहरुसँग विहीबार सौहादपूर्ण छलफल भएको अध्यक्ष चौधरीले बताए ।

शिविरमा हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । साथै, मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा संगम सिंह, डा केदार अधिकारी, डा कौशल गिरी, डा रुविना चौधरी, डा सुदीप चौधरी लगायतले विरामी जाँच गर्नेछन् ।
गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य तथा थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम भैरहेको छ ।

शिविरको सुमद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गर्नेछन् । शिविरलाई विभिन्न तवरबाट सहयोग गरिने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत चौधरीले बताए ।
२०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाएको छ ।
प्रकाशित:
१४३५ दिन अगाडि
|
१४ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९