सन्तोष दहित
न त कुनै दाम छ, न कसैको कर। न त निश्चित भविष्यको कुनै भरोसा। तर पनि, रातदिन यही यात्रामा तन्मय छु। कहिलेकाही आफैलाई प्रश्न गर्छु, जानेर लागेको हुँ कि नजानेर ? तर उत्तर भेटिन्न। लेख्दा, टाइप गर्दा, सेटिङ मिलाउँदा समयको होशै रहँदैन। कहिले रातको १ बज्छ, कहिले भाले कुकार्ने बेलासम्म ।
भोलिको भविष्य के होला ? के खानु, के लाउनु, कुनै ठेगान छैन। तर पनि एउटा अनौठो सन्तुष्टि अनुभूति हुन्छ । यही काममा, यही समर्पणमा। आज लौव अग्रासन साप्ताहिक १८ औँ वर्षमा प्रवेश गरेको छ।
यदि यो समय कुनै सरकारी सेवामा बिताएको भए, आज रिटायर्ड हुने बेला नजिकै पुग्थेँ होला। कम्तीमा बुढेसकालको साहारा त हुन्थ्यो। तर मिडियाको यस यात्रामा न आफूका लागि आधार बन्न सकें, न परिवारका लागि। यद्यपि, आत्मसन्तुष्टि भने प्रचुर छ । किनभने यो यात्रा अर्थका लागि होइन, उद्देश्यका लागि हो।
थारू भाषा, साहित्य र संस्कृति संरक्षण तथा प्रवर्द्धनको ध्येय बोकेर सुरु गरिएको लौव अग्रासन १७ वर्षअघि एउटा सानो बीज थियो। आज त्यो बीज १८ वर्षको दृढ रुखमा परिणत भएको छ। रचनाकार र स्तम्भकारको अभावका बीच पनि पत्रिका निरन्तर छापिनु आफैंमा ठूलो उपलब्धि हो।
आज डिजिटल प्रतिस्पर्धाको युगमा छापा मिडियालाई जोगाउनु सजिलो छैन। त्यसमा पनि मातृभाषामा पत्रिका चलाउनु त फलामको चिउरा चपाउनु जस्तै हो। न पर्याप्त थारू स्तम्भकार छन्, न थारू भाषामा लेख्ने पत्रकार। विज्ञापन पनि लोककल्याणकारी भावना बोकेका सीमित स्रोतहरूबाट मात्रै। कहिले त्यो स्रोत रोकिएला, अग्रासन बन्द होला । त्यो पनि थाहा छैन। तर यथार्थ जस्तो भए पनि, हाम्रा संकल्पहरू अटल छन्। हरेक चूनौतिको सामाना गर्दै लौव अग्रासन साप्ताहिकलाई निरन्तरता दिनेछौं । हरेक मंगलबार नयाँ अंक छाप्नेछौं, खोजमूलक सामग्री ल्याउनेछौं, छापासंगै डिजिटल प्लेटफर्म www.agrasankhabar.com मार्फत दैनिक रूपमा समाचार र सन्देश पुर्याइरहनेछौं।
अन्त्यमा, यो सुखद अवसरमा हामीलाई अहिलेसम्म साथ दिने सम्पूर्ण मैगर कबिला, लेखक, स्तम्भकार, पाठक, विज्ञापनदाता र शुभेच्छुक सबैप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौं। र, लौव अग्रासन साप्ताहिकका सम्पूर्ण परिवारतर्फबाट १८ औं वार्षिकोत्सवको यस अवसरमा सबैमा हार्दिक बधाई र शुभकामना !
प्रकाशित:
१४७ दिन अगाडि
|
२६ मंसिर २०८२
३ दिन अगाडि
|
२० वैशाख २०८३
१४ दिन अगाडि
|
९ वैशाख २०८३
१५ दिन अगाडि
|
८ वैशाख २०८३
१८ दिन अगाडि
|
६ वैशाख २०८३
१८ दिन अगाडि
|
५ वैशाख २०८३
२० दिन अगाडि
|
३ वैशाख २०८३
२० दिन अगाडि
|
३ वैशाख २०८३
१३०३ दिन अगाडि
|
२५ असोज २०७९
१३३८ दिन अगाडि
|
२१ भदौ २०७९
१३४७ दिन अगाडि
|
१२ भदौ २०७९
१३०२ दिन अगाडि
|
२६ असोज २०७९
१२५२ दिन अगाडि
|
१५ मंसिर २०७९
१३०८ दिन अगाडि
|
२० असोज २०७९
१२४० दिन अगाडि
|
२७ मंसिर २०७९