सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

८७० दिन अगाडि

|

७ वैशाख २०८१

दाङको धारापानीमा बढ्यो पर्यटकको चहलपहल

दाङको धारापानीमा बढ्यो पर्यटकको चहलपहल

८७१ दिन अगाडि

|

५ वैशाख २०८१

घोराही उपमहानगरपालिका ५, धर्ना, दाङमा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो । धारापानी घुम्न आएका राजापुर नगरपालिका ३, मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताइन् । ‘धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ’, उनले भनिन् । त्रिशूल, ॐ पोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाइन् । धारापानीमै तुलसीपुर उपमहानगरपालिका १९ का सविन केसी पनि भेटिए । शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए । अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उनले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि ९ किलोमिटर दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५.५ फिट उचाइको पञ्चधातुको त्रिशुल निर्माण गरिएको छ । पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ । ‘दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ’, उनले भने, ‘वनभोजका लागि यहाँ बाह्रै महिना भीडभाड हुने गरेको छ ।’ अग्लो त्रिशुल, १०८ शिवलिंग, १०८ बरपिपल जोडी, १०८ समीका वृक्ष, ॐ कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब २ सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई ४ हजार ९ सय ६३ सिँढी बनाउने काम सुरु भएको जानकारी दिए । गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए । सुनकोटमा देवीको मन्दिर तयार गरेर भइसकेको छ । धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए । कोसेली घर स्थापना घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । दाङमा उत्पादन हुने माटोको भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता ‍वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए । रासस 

जुडीसितोल हे सिरुवा पावन

जुडीसितोल हे सिरुवा पावन

८७४ दिन अगाडि

|

२ वैशाख २०८१

पृष्ठभूमिः बिक्रम सम्बत साल अनुसार वैसाख १ गते लया बछर (नयाँ वर्ष) सुरु हेछै । कोचिला थारु समुदायमे यीटा दिन बिषेश रुपसे मनछै । छोटना के मुडी मे पानी द्याके आशिर्वाद देछै, जनत बोडनाके गोडा मे पानी द्याके आशिर्वाद लेवेके चलन छै । नव विवाहित जोडी सिरमोर फुल जित लदी पोखरमे जल प्रवाह करछै । सिरुवाके बारेमे बहुते झनाके जानकारी नय हवे साकछै । सेहास सिरुवा के बिषयमे यीटा लेखमे जानकारी देवेलगिन प्रयास करनिस ।  सिरुवा पावन थारु समुदायके संस्कृति छेकै । बछरके अन्तिम चैत महिनामे बहरजत्रा पुजा करछै । ग्रामतीमे गोटे बछर भोगल रोगबियाद, दुखसांघ, पीडाकष्ट सवना बहिके जो हे लया बछर मे फरे यीना रोग, दुःख, पीडा घुमी नय आवियान कहिके डिहवारनी, ग्रामथान, संसारीमाय, मलङ, कुलदेवता, पाँचोदेवीके सुमरीके धामी तान्त्रिक विधिसे चलान करिके बही देछै । वेहा दिन से आपन कुलदेवता, ग्रामथान, डिहवारनी के तीन दिन धुपदिप से सांझवाती द्याके यीटा बछरके बिदाई हे लया बछरके स्वागत करेके चलन छै । बहरजत्रा पुजाके वाद सामुहिक रुपमे कुप, इनार, डगरबाट सफा करैक । वहिने चैतके रानल वैसाखमे ख्याके चलन छै । वैसाख १ गते कादमाटी से लेढीपेढीके भौजी, गोतिया, ननद संगे हँसिमजाक करिके मनवैक । वैसाख १ गते राजाके (थानके राजा, देशके राजा) घरमे जुडीसितोल मनावैक । तकरबाद वैसाख २ गते आम मलवैया आपन घरमे जुडीसितोल मनावैक । अखने वैसाख १ गते जुडीसितोल मनावेके चलन यलैस । जुडीसितोल मनावेके विधिः थारु समुदायमे कुलदेवता के बासस्थान के सिरापाट कहछै । सिरा के अर्थ शिरस्थ (मूल) पाट के अर्थ बास हेछै । कुलदेवता बासस्थान के भनसी घर या गहवर कहछै । कुलदेवताके भनसी घरके इसानकोण मे स्थापना करछै । थारु समुदाय मे कहवी छै ‘सिरा न पाट के गोड लाग टाट के’ कहेके मतलव आपन कुलदेवता के सफामन से पुकार करला से बहुतो बिघ्नबाधा आप्सेआप सामाधान हेल बहुतो प्रमाण छै । बछरके सुरुमे घरके शिरस्थ कुलदेवताके शुद्ध लज, फुलपती, धुपदिप अर्पण करिके आशिर्वाद लेछै । आपन आपन कुलके देवी देवता फरक फरक हवे साकछै ।  तकरबाद ग्रामथान मे स्थापित दरदेवता, धामी धमियेन, हातीबन्धा (गणेश जी), बघेसरी (भवानी जी), लक्ष्मीडारी, अघोरीनाथ, डिहडिहवारनी (बास्तु), संसारी के लजफुल ढारीके आशिर्वाद लेछै । यकरवाद ग्रामतिके बयोबृद्ध या गछदार, गुरुवा धामीके पइर (गोडा) मे जलफुल ढारीके आशिर्वाद लेछै । तव घरके बयोबृद्ध, मातापिता, ककाककी, ददाभौजी के गोडामे जलढारीके आशिर्वाद लेछै । वहिने आपन से छुमीनाके मुडीमे जल द्याके जुडीसितोल कहिके आशिर्वाद देछै । जुडीसितोल हे सिरुवा के अर्थः जुडी के अर्थ जुड (ठण्डा) सितोल के अर्थ सितल (शान्ति) हेछै । बैसाख मे गर्मी धमकल रहछै सेहास जुड (जुर) पानी से मन सितल (शान्ति) हेछै । सेहास बितल बछरके पिडासे दुखित हेल मन हे गर्मीसे तमसल मनके जुडावे लगिन सितल, जुड जल ढारीके कञ्चन शरीर रहोक कहिके आशिर्वाद देवेलेवे कारण जुडीसितोल कहछै ।   बहरजत्रा पुजाके बाद लया बछरमे रोगबियाद, हैजा, फौती, दुःख कष्ट नय भोगे परोक । सुख, शान्ति, निकेकुसले कञ्चन शरीर रहोक कहिके बछरके सुरुमे (सवसे पहिना) आपन कुलदेवताके सिरापाट, ग्रामथान, मातापिता, गुरुवा, धामीके सुरुमे जलफुल ढारकरिके सिरासे आशिर्वाद लेवेके कारणसे सिरुवा कहल गेलैस ।  राजधामी गुरुवा बैसाख १ गते पाँचोदेवती (पंचहायान) हांसपोसामे के पहिना पुजा करछै। तकरबाद इटहरीमे बैसाख २ गते उतर दिसर सिरामे कचना महादेवके जाग्राम पुजा किर्तन करछै । सिरा उतरमे बैसाख ३ गते इटहरीके कचना महादेवके पुजा करलके बाद भाठी दखिन दिसरके थानमे पुजा ढारते गेलके कारणसे सिरुवा कहछै । अखने बछरके सुरु बैसाख १ गते जुडीसितोल के सिरुवा पावन के रुपमे मान्यता पेलकैस । विहाके सिरमोर (फुल) बिसर्जनः नव विवाहित जोडीके सिरमोर (फुल) विवाह के वाद जतनसे सांठीके राखछै । सिरमोरसे झरल फुलनाके समटिके जतन करे परछै । तव बैसाख १ वा २ गते जित लदी या पोखर मे बिसर्जन करे परछै । फुल बिसर्जन के बाद विवाहित जोडी पानी मे हथरीके घुङघरी, झुना, माछ या कुन चिज पहिना पकडछि कि खाली हाथ रहछै, उटासे वकर छौडा कि छौडी बच्चाके जलम अनुमान जोखना कहिके जनबिश्वास छै । झुना भटेलासे छौंडी बच्चा, घुङघरी भेटलासे छौडा बच्चा हवेके प्रवल संभावना रहछै । तकरबाद जलकुमारीके धुपदिप हे फुलघोडा चढछै । जलकुमारी से सुखमय बैबाहिक जीवन हे सन्तान के कामना करछै ।  सिरापाट (कुलदेवता) मे अर्पण विधिः आपन आपन कुलदेवता के जुडीसितोल या सिरुवामे बिशेष करिके पवित्र मनसे गोचर बिन्ति करछै । कुलदेवताके आपन पाट (स्थान) मे आसन बान्हीके बैठे लगिन गोचर बिन्ति करछै । कुलदेवता फरक फरक हेछै । मुख्य रुपमे शिवपार्वती, गयाँ (गांगो), देवी भवानी (बघेसरी), काली, बामत, गहिल, लक्ष्मी (भण्डारनी), बिसहरा (नाग), मुलदुवारमे (प्रवेशद्वार) रक्षा करेलगिन देवीके बाहान सिंह दुनु काते रहछै सेहास सिंहदुवार अपभ्रमसमे सिदुवार बोलचालमे कहछै । बहारसे नकारात्मक शक्ति घर येङनमे प्रवेशमे रोक लगावे लगिन सिदुवारीमे नरसिंह, हलुमान ठाकुर, भैरव के स्थापना करल रहछै ।  हाथगोड धोवीके एकलोटा जल भोरिके, फुलपती, धुपदिप हे पान प्रसाद चढ्याके कल जोडिके कुलदेवतासे बिन्ति गोचर अनुरोध करछै, ‘हे कुलदेवता, हे पांचोदेवी, राजा राज छोडने राज नय भेटछै देवता पाट छोडने से पाट नय रहछै । सेहास आपन राजपाट समारीके स्थीर बरिके बैठ । हमर घरगैरना, बालगोपाल, सखासग्तउन के निके कुसले राखियान । हमे मलवैया छेकिन । येंठ खेछिन झुठ बोलछिन । घडीघडी अपराध करछीन । जे जानछुन वतन्या करछुन । जे जुरलु से चढनुस । जे नय जानछुन से नय चढनुस । अधना अज्ञानी जानीके हमर गलती क्षमा करिदिहेन । तोर शरणागत छुन दया कर, दया कर, दया कर ।’ कुल देवता कि जय, पाँचोदेवती कि जय । यतन्या बिन्ति करिके लोटाके जल ढारी देछै हे गोड लागछै ।                                                                                                 लेखक रामसागर चौधरी उपसंहारः सिरुवा थारु समुदायके सांस्कृतिक धरोहर छेकी । यकर महत्व हे फाईदाके बारेमे छलफल बहस चलना जरुरी छि । थारु समुदाय सिरुवा पावनके जीवन्त राखेलगिन हर प्रयतन करोक । सिरुवा पावनमे गुलगुलिया, पुव, करिबरी, चितकोव रोटी, खिर, सोहारी औठ रकमके पकवान के मजा लिहेन । लया बछर मे बिकृतिके रुपमे प्रवेश करल जाँड, दारू मे फजुल खर्च कम करिके झैझगडासे दुर रहिके आनन्दसे मनावम । कञ्चन शरीर हे प्रफुल मन बनोक सिरुवाके हार्दिक शुभकामना । इटहरी–१२, खनार, सुनसरी

कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

८७५ दिन अगाडि

|

१ वैशाख २०८१

२०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । सरकारले यसअघि सार्वजनिक नगरेको प्रतिवेदन ६ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी हुन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले ०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो । आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ । योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गर्नुपर्ने उत्तिकै छन् ।  स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सेन्ट ज्युड चिल्ड्रेन रिसर्च इन्स्टिच्युटबीच बालबालिकामा हुने क्यान्सरको औषधि उपलब्ध गराउने सहमति भएको छ । सहमतिअनुसार आउँदो चार वर्षसम्म ३५ प्रकारका औषधि निःशुल्क दिइने भएको छ । नेपालमा हरेक वर्ष करिब ९०० बालबालिकामा क्यान्सर पहिचान हुने गर्छ, जसमध्ये सीमितले मात्र उपचार पाउने गरेका छन् । चिकित्सकका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर बढी हुने गरेको छ ।       सरकारले पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’को दायरा बढाउन नसके पनि यो वर्ष नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा छ । ढिलै भए पनि पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई घटाउन एचपीभी खोप सरकारले यो वर्षदेखि लगाउन थालेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङ’ भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरु भयो । सरकारले १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गरी खोप दिने योजना ल्याएको थियो । खोप थोरै भएकाले यो वर्ष सात जिल्लामा मात्र दिइएको छ । आउँदो वर्ष देशैभरिका किशोरीलाई खोप दिइने सरकारको योजना छ । जटिल मानिने शल्यक्रियाका रूमा कलेजो प्रत्यारोपण पनि पर्दछ । नेपालमा वि.सं. २०७३ यता नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञहरूकै भरमा शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । अब त्यो अवस्था रहेन । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाइमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । वयस्क मात्र होइन, मानसिक समस्याको भुक्तभोगी किशोरकिशोरी भइरहेका छन् । नेपालमा हेर्ने हो भने मानसिक स्वास्थ्यको उपचारका लागि सरकारीस्तरमा धेरै सेवा उपलब्ध छैनन् । त्यसमाथि किशोरकिशोरीलक्षित उपचार सेवा एकदम कम छन् । कान्ति बाल अस्पतालबाहेक सरकारी तहमा त्यो सुविधा नभएकाले यही वर्षदेखि मानसिक अस्पताल लगनखेलमा ‘किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ’ सुरु भएको छ । बढ्दो मानसिक समस्यालाई हल गर्न पक्कै यो प्रयास सार्थक हुनेछ । देशकै एक मात्र प्रसूति सेवासम्बन्धी रिफरल अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल कुपन्डोलस्थित नयाँ भवन यो वर्षदेखि सञ्चालनमा आएको छ । बिरामीको बढ्दो चापले सेवा दिन कठिनाइ भएका बेला भवन विस्तारले सहजता पाउने देखिन्छ । पाँचतले भवनमा आईभीएफ सेवा, सुरक्षित गर्भपतन सेवा, पाठेघरको क्यान्सरको जाँचलगायत सुविधा प्रदान गरिने भएको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकानुसार पछिल्लो वर्ष देशभर ७६ हजारभन्दा बढी मानिस जलनबाट प्रभावित भएका छन् । संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्ने बताएका छन् । उपचार एकदम खर्चिलो र सबै ठाउँमा उपचार सुविधा नहुँदा धेरैले अनाहकमा ज्यान गुमाउनुपरेको छ । सुधार गर्नुपर्ने पाटो  गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि बजेट छुट्ट्याउनुपर्छ । तर, हाल बजेटको आकार हेर्ने हो भने स्वास्थ्य क्षेत्रलाई यो वर्ष ४.८ प्रतिशत मात्र विनियोजन गरिएको छ । स्वास्थ्यका सूचकलाई सुधार गर्ने हो भने बजेटको आकार बढाउनैपर्छ । आधारभूत अस्पताल निर्माणमा ढिलाइ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ मा ३९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । पहिलो चरणको अस्पताल निर्माण भइसकेका थिएनन् । त्यति नै बेला सरकारले थप २५९ तहमा अस्पताल निर्माणको निर्णय लियो । दुई वर्षभित्र निर्माण कार्य सकाउने सरकारको लक्ष्य भए पनि शिलान्यास गरिएका अधिकांशको काम पूरा भएको छैन । सुधारोन्मुख स्वास्थ्य बिमा     २०७८ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौं उपत्यकाको एउटा स्थानीय तह (बूढानीलकण्ठ नगरपालिका)मा छिट्टै लागु गरिने बिमा बोर्डको योजना छ । स्तरीय स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्‍याउन सुरु गरिएको बिमा कार्यक्रम सुधारोन्मुख छ । यो वर्ष केही नियम परिमार्जन भएका छन् । स्वास्थ्य बिमामा आबद्ध भइ वर्षभरिमा त्यसबाट उपचार सुविधा प्रयोग नगरेका बिमितले अर्को वर्ष नवीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने नियम छ । नियमावली भए पनि यसको कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी, बिमित सदस्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्न जाँदा २० प्रतिशत सहभुक्तानी (को पेमेन्ट) तिर्नुपर्ने भएको छ । बिमा बोर्डले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सहभुक्तानी गर्ने निर्णय गरेको हो । त्यसैगरी, बिमा बोर्डले बिमाअन्तर्गत रहेका ओपीडी र आकस्मिक शुल्क परिमार्जन गरेको छ । बिमितले ओपीडीमा ५० र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि, ओपीडीमा २०० र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो । बोर्डको तथ्यांकानुसार कुल बिमित परिवार संख्या २३ लाख ९२ हजार ६७६ अर्थात् ३५.८८ छ । बिमित जनसंख्या ७७ लाख ४१ हजार ४८३ छ । नवीकरण नगर्ने बिमित संख्या भने ४८ लाख आठ हजार ७६० छ । खोपमा बालबालिकाको पहुँच बढाउँदै लानुपर्ने  नेपाल जनसांख्यिक सर्वेक्षण–२०२२ का अनुसार १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । चार प्रतिशत बालबालिकाले शून्य डोज पनि लगाएका छैनन् । सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने सरकारको लक्ष्य थियो । तर, यो वर्ष पनि विभिन्न जिल्लामा दादुराको ‘आउट ब्रेक’ भएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवा र दिगो सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट छट्ट्याउनुपर्ने थियो । तर, यो वर्ष ४.९२ प्रतिशत छुट्ट्याएको अवस्था छ । स्वास्थ्य सूचकमा उल्लेखनीय प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । केही सूचकमा सुधार देखिन्छ । विगतको तुलनामा मातृ मृत्युमा सुधार हुँदै गइरहेको छ । राष्ट्रिय जनगणना–२०७८ ले नेपालमा प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । रासस

थारु विकासके चावी हुइटः डा.गोपाल दहित

थारु विकासके चावी हुइटः डा.गोपाल दहित

८८२ दिन अगाडि

|

२४ चैत २०८०

दुर्जन चौधरी  धनगढी । थारु भाषा, संस्कृति, प्रयास, प्रगति ओ चुनौती कना बिषयमे छलफल कैना क्रममे संविधान सभा सदस्य तथा पूर्व मन्त्री डा.गोपाल दहित थारु विकासके चावी हुइट कना विचार बातचित घरके पहिल बार्षिक उत्सवमे बट्वाइले बाटै ।  २४ चैतमे धनगढीमे आयोजना हुइल कार्यक्रममे उहाँ छलफल कैना क्रममे हम्रे अपन थारु भाषा, संस्कृति, भेषभुषा बचाइक लाग इतिहास हम्रे अपनेहे लिखे परल कोइ औरेजे आके हमार इतिहास नै लिखडी कलै ।  उहाँ आगे कहलै, हमार थारु भैयाहुक्रे कृषिमे आत्मनिर्भर किल नै होके पेशा विविधिकरण कर सेक्ले बाटै । कोइ बैदेशिक रोजगारमे जाइटा कलेसे कोइ लोकसेवा पास करके जागिर खाइटा कलेसे कोइ थारु परिकारके रेस्टुरेन्ट खोल्के व्यापार व्यवसाय सञ्चालन करटै । थारुन्मे सामाजिक चेतना, राजनीतिक चेतना आ सेकल बा । आब थारु अपन मुद्धा अपनेहे उठाई सेक्ना होगिल बटै । साथे उहाँ थारु विकासके चावी हुइट, थारुन्के चौतर्फी बिकास नै हुइटसम नेपालके समग्र विकास नै हुई सेकी कना बात बटैलै । उहाँ थारुनके जग्गा बिक्टि गैल सवालमे हम्रे थारु माल पाके चाल नै पैली, यी हमार बरवार चुनौतीके बाट हो कना विचार रख्लै ।   ओस्टके, थारु आयोगके सदस्य तथा अधिवक्ता शान्ती मोदी थारु आयोग धनगढी, धनकुटा, बुटवललगायत प्रदेशस्तरीय क्षेत्रमे विपन्न थारुहुकनके लाग लोकसेवा आयोगके फ्रि कक्षा सञ्चालन करल जनैलै । साथे महिला सशक्तिकरणके सवालमे थारु आयोग महिला सशक्तिकरणके लाग महिलाहुकनके लाग टमान खालके कार्यक्रम करटी आइल जानकारी डेली ।  डा दहित ओ अधिवक्ता मोदीसे थारु भाषा, संस्कृति, प्रयास, प्रगति ओ चुनौती कना बिषयमे सहजकर्ता इन्दु थारु बातचित करल रहि ।  बार्षिकोत्सवमे बातचित घरके बरघर ठाकुरप्रसाद करियाप्रधान, किसन्वा माधव थारुलगायतके व्यक्तिहुकनसे बातचित घरके थारु क्यालेन्डर विमोचन कैगिल रहे । कैलाली जिल्लाके धनगढीके थारु छात्रवासमे आई बातचित घर के एक वर्ष उत्सव मनाई कना मूल नाराके साथ समाज रुपान्तरणके लाग बातचित घरके सांस्कृतिक कार्यक्रमसहित भव्य रुपसे पहिल बार्षिक उत्सव मनागिल । 

राजरानी थारूको हजारबाट सुरु गरेको नर्सरी व्यवसाय करोडमा

राजरानी थारूको हजारबाट सुरु गरेको नर्सरी व्यवसाय करोडमा

८८५ दिन अगाडि

|

२२ चैत २०८०

सिराज खान बाँकेको कोहलपुर नगरपालिका–३, मैटहवाकी राजरानी थारूले कोहलपुरकै एक एग्रोभेटबाट पाँच सय रुपियाँको तरकारीको बिउ र पाँच सय रुपियाँको मलिलो माटो तथा पोली ब्याग खरिद गरेर सुरु गरेको नर्सरी व्यवसाय अहिले एक करोडमा पुगेको छ । आफूसँग भएको सात कट्ठा जमिन पनि बन्धकी राखेर दिदीको उपचार गराउँदा बिचल्ली भएको बेला पाँच सय रुपियाँमा खरिद गरेको बिउबाट घरमै तरकारीको दुई हजार बेर्ना उत्पादन गरी प्रतिबिरुवा तीन रुपियाँका दरले बिक्री गरेर व्यवसाय सुरु गरेको थारूले सम्झिनुभयो । उहाँले पाँच सय रुपियाँमा लौका, फर्सी, काँक्रा, करेला र घिरौँलाको बिउ खरिद गरेर बेर्ना उत्पादन गरी बिक्री गर्दा थोरै लगानीबाट सोचेभन्दा धेरै आम्दानी भएपछि हौसला बढेको बताउनुभयो । तरकारीको बेर्ना उत्पादनसँगै आफ्नो करेसाबारीमा क्लास्टिकको बिरुवा पनि उत्पादन गरेको राजरानीले बताउनुभयो । त्यहीबेला इलाका वन कार्यालय कोहलपुरका कर्मचारीले २० हजार रुपियाँ दिएर क्लास्टिकका एक लाख बिरुवा उत्पादन गर्न लगाए । सो रकमबाट एक लाख बिरुवा उत्पादन गरेर प्रतिबिरुवा एक रुपियाँका दरले बिक्री गरेर जम्मा भएको एक लाख रुपियाँले आफ्नो व्यवसाय फस्टाउनलाई ठुलो मद्दत भएको उहाँले बताउनुभयो । राजरानीले अहिले कोहलपुरमा दिपेश नर्सरी सञ्चालनमा ल्याउनुभएको छ । उहाँको नर्सरीमा अहिले खोजेको र रोजेको तरकारी, फलफूल र रुखका बिरुवा किन्न पाइन्छ । उहाँले कोहलपुरस्थित तरकारी बजारमा बिक्री केन्द्र नै राखेर बिक्री गर्दै आउनुभएको छ । उहाँले थप्नुभयो, “एक हजार रुपियाँबाट सुरु गरेको व्यवसाय एक करोडमा पुग्ला भन्ने कल्पनासमेत गरेको थिएन तर गरेपछि सबै सम्भव हुँदो रहेछ । अहिले हाम्रो नर्सरीमा उत्पादन भएका विभिन्न बोटबिरुवा देशको ५४, ५५ जिल्लामा पुग्ने गरेको छ ।” राजरानीले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट सुरुमा बढाउन १० हजार रुपियाँ ऋण लिनुभयो । उक्त ऋण चुक्ता गरेपछि २० हजार लिनुभयो । अहिले उहाँले सात लाख रुपियाँ ऋण लिएर मासिक २५ हजार रुपियाँ किस्ता बुझाउनुहुन्छ । अहिले महिनामा सरदर दुई लाख रुपियाँको व्यवसाय हुने गरेको जनाउँदै उहाँले यहीँबाट कमाएर म्याक्सिमा अटो र मोटरसाइकल किनेको, टनेल, पोली हाउस टनेल बनाएको राजरानीको भनाइ छ । आफ्नो व्यवसायमा श्रीमान् रामदयाल थारूले दिनरात सहयोग गर्ने गरेको जनाउँदै उहाँले आँट गर्ने हो भने पैसा कमाउन विदेश जानै नपर्ने बरु स्वदेशमै जति पनि कमाउन सकिने आफूले प्रमाणित गरेर देखाएको बताउनुभयो ।   गोरखापत्रबाट    

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

८८९ दिन अगाडि

|

१८ चैत २०८०

सबिना श्रेष्ठ संसारमा सबभन्दा धेरै भनिने शब्द हो – हेलो । अंग्रेजी जान्ने होस् वा नजान्ने, अधिकांशलाई 'हेलो' भन्न आउँछ। करिब करिब यो संसारभरकै मान्छेले जान्ने अभिवादनको शब्द हो। नेपालीहरू अभिवादन गर्नुपर्दा 'नमस्ते' वा 'नमस्कार' भन्छन्। थारू भाषामा 'गौर लागैचियै', 'जय गुरबाबा', 'राम राम' भनिन्छ। यसरी विभिन्न तरिकाले अभिवादन गरेपछि हाम्रो दिमागमा झट्टै अर्को प्रश्न आउँछ – तपाईंलाई कस्तो छ ? विशेषगरी, चितवनका थारूहरू 'तपाईंलाई कस्तो छ?' भनेर सोध्नुपर्दा 'डउले डउले' भन्छन्। यो उनीहरूको अभिवादन गर्ने शब्द पनि हो। एकअर्कालाई भेट्नेबित्तिकै सुरूमै उनीहरू यो शब्द भन्छन्। समग्र थारू समुदायले कस्तो छ भनेर खबर सोध्दा 'डउले डउले' भन्दैनन्। चितवनका थारूहरूले मात्र भन्ने यो शब्द प्रतिनिधिका रूपमा आए पनि समग्र थारू समुदायको कथा–व्यथा उस्तै हो। 'डउले डउले' शीर्षकमा नै पाटन दरबार स्क्वायरभित्र यति बेला मिक्सड–मिडिया प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा सबैभन्दा धेरै नयाँ–पुराना फोटा छन्। थारू समुदायले लगाउने र प्रयोग गर्ने सामग्री छन्। अनि 'लूप' मा चलिरहने एउटा भिडिओ छ। यी सबैले थारू समुदायको इतिहास, संस्कृति, जीवनपद्धति, ज्ञान, प्रतिरोध लगायत विषयबारे जानकारी दिन्छ। उनीहरूको समुदायमा के कति परिवर्तन भए र कति भएनन् भन्ने झलक दिन्छ।  'अहिलेसम्म थारूको इतिहास थारू आफैंले लेखेका छैनन्,' प्रदर्शनीमा संलग्न इन्दु थारूले भनिन्, 'हाम्रो हजुरबुबा, हजुरआमाहरूले लेख्न–पढ्न पाउनुभएन। जो पढ्न अनि लेख्न जान्थे, ती थारू समुदाय बाहिरका थिए। कि त विदेशी थिए। उनीहरू जति समय हाम्रोमा बसेर अध्ययन गरे पनि कति नै गर्न सक्छन् जस्तो लाग्छ।' यो प्रदर्शनी गर्दा पनि थारू इतिहास अनि उनीहरूको आवाज कसरी बन्ने भन्ने कुरामा आफूहरू सजग भएको उनले बताइन्। 'खास गरी हाम्रो इतिहासलाई कसरी देखाउने भन्ने विषयमा हाम्रा साथीहरूबीच धेरै बहस हुन्थ्यो। प्रदर्शनीका लागि फोटो छान्दा र त्यसलाई वर्णन गर्ने शब्द छान्दा हामी त्यतिकै सजग भएका थियौं,' उनले भनिन्। भनिन्छ, फोटो आफैंले हजारौं शब्द भन्छ। यो प्रदर्शनीमा २०६० सालदेखि हालै खिचिएका फोटा छन्, जसले थारूहरूको विगत र वर्तमानको चित्रण गर्छ। तिनले थारूहरूले बाँचेको जीवन, पहिरन, सामग्री, खानेकुरा लगायत वर्णन गर्छन्। पुराना फोटा हेर्नुभयो भने तपाईंले थारू महिलाहरूले सानादेखि ठूलासम्मले ब्लाउज, लेहेंगा लगायत पहिरन लगाएको देख्नुहुन्छ। अहिले यसरी पहिरन लगाउने चलन चाडपर्व र विशेष अवसरमा मात्र सीमित छ। त्यति बेला जुत्ताचप्पल लगाउने चलन पनि नआइसकेको देखिन्छ।  २०७० सालतिरको फोटो हेर्ने हो भने थारू गाउँका गाडामा काठको चक्का देखिन्छ। अहिले त्यसलाई टायरले विस्थापित गरिसकेको छ। उनीहरू भरपुर मात्रामा बाँसले बनाएका ढकिया, माटाका भाँडा प्रयोग गर्थे। अहिले छिटपुट प्रयोग गर्छन्। 'हामीले जोगाउनै नसकेको भनेको भौका भन्ने सामग्री हो। खरबाट बनाइने भौकामा आफ्ना लुगा, गरगहना तथा महत्त्वपूर्ण सामग्री राखेर घरमा झुन्ड्याइन्थ्यो। अहिले दराजले त्यसलाई विस्थापित गरिसक्यो। त्यो सीप हामीले जोगाउनै सकेनौं। अहिले फोटोमा मात्र सीमित छ,' इन्दुले भनिन्। नयाँ फोटामा हात्तीको रेखदेख गर्ने महिला माउतेहरू देख्न सकिन्छ। पुरूषहरूमा सीमित पेसामा आफूहरू पनि सक्षम छौं भनेर थारू महिलाहरूले प्रमाणित गर्दै लगेको देख्न सकिन्छ। थारू महिलाले आफ्ना शरीरका अंगमा बनाउने गोदना/टिका (ट्याटु) का फोटा पनि हालै खिचिएका धेरै छन्। थारू समुदायमा मृत्युपछि भगवानको घर जाँदा आफूसँगै लगिने कुराका रूपमा गोदनालाई लिइन्छ। त्यसमा कथाहरू पनि छन्। भगवानको घर कसरी जाने त? घोडा चढेर। उनीहरूले घोडा बनाए। जाँदाजाँदै बाटोमा भोक लाग्ला! चुह्लो अनि भाँडा बनाए। तरकारी काट्न हँसिया बनाए। आलु, भन्टा, लगायत खानेकुरा खोजे। बस्न डोरी अनि स्टुल बनाए। यस्तो कथासँगै गोदनामा मयुर, घोडा लगायत प्रकृतिसँग सम्बन्ध राख्ने कुराहरू पनि हुन्छन्। केही समययता इन्दु र उनका साथीहरूले पूर्वदेखि पश्चिमसम्मका थारू गोदनाको सीपबारे अध्ययन गरिरहेका छन्। त्यसक्रममा उनीहरूले थारू समुदायमा यो परम्परा लगभग लोप हुने स्थितिमा रहेको पत्ता लगाए। 'आफ्नो शरीरमा गोदना गर्छु भन्दै उनीहरूकहाँ मान्छेहरू नआएकै ३०–३५ वर्ष भइसकेछ। आधुनिक ट्याटु बनाउने र यस्ता मौलिक सीपलाई बेवास्ता गर्ने हो भने यो सीप हराउन धेरै समय लाग्दैन। हामीले त्यसलाई अभिलेख राख्ने प्रयास गर्दैछौं,' अनुसन्धाता पनि रहेकी इन्दुले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा थारूहट थारूवान आन्दोलनमा सहभागी भएका महिलाहरूको फोटा देख्न सकिन्छ। त्यतिबेला थारू पुरूष आन्दोलनकारीहरू बाटोमा देख्यो कि प्रहरीले समातेर लाने समय थियो। त्यही भएकाले थारू महिलाहरू आफ्नो मौलिक पहिरन लगाएर सडकमा आएका थिए। इन्दु आफैंले उक्त आन्दोलनमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी थिइन्। २०७२ सालमा संविधान बन्ने तयारी भइरहेका बेला थारूहरूले भूमि चाहियो र संविधानमा आफ्नो पनि स्थान हुनुपर्‍यो भनेर आन्दोलन गरका थिए। 'तर हाम्रो माग पूरा भएन,' इन्दुले भनिन्, 'हामीले भनेजस्तो थारूहट थारूवान प्रदेश पाएनौं। हामीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा प्रदेश हुनुपर्छ भन्यौं। तर कैलाली कञ्चनपुरलाई त्यही अखण्ड सुदूरपश्चिममा राखिदियो। थारूहरूलाई संघीयताले छुँदै छोएन। अझ सुदूरपश्चिमलाई त छुँदै छोएन। जे पुरानो संरचना थियो, त्यही नै भयो।' उनले अगाडि भनिन्, 'हामीले जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्यौं। त्यो भएन। आफ्नै भाषामा पढ्न पाउनुपर्छ भन्यौं। त्यो पनि भएन।' थारू भाषाका शब्दहरू खस समुदायले बिगारिदिएकोमा इन्दुलाई झनै चिन्ता छ। 'हामी बरघर भन्छौं। उनीहरू बडघर लेख्छन्। हामी माघ मनाउँछौं, उनीहरू माघी भनेर लेखिदिन्छन्। हाम्रा ठाउँहरूको नाम पनि निकै बिगारिएको छ। यो हाम्रो मौलिक शब्द माथिको आक्रमण नै हो,' उनले भनिन्। यो प्रदर्शनीमा गुरही चोकको एउटा फोटो छ। धनगढीमा बस्ने थारूहरूले यो चोकमा गुरही पर्व मनाउँछन्। करिब २० वर्षअघि यो चोकलाई थारूहरूले सिडिओसहितको उपस्थितिमा गुरही चोक नामाकरण गरे। तर गैरथारूहरूले यसलाई क्याम्पस चोक भन्नुपर्छ भनेर विरोध गरिरहेका छन्। 'हाम्रो थारू बस्तीमा आएर उनीहरू भानुको मूर्ति राख्छन् र भानु चोक भन्छन्। मोतीराम भट्टको मूर्ति राख्छन् र मोती चोक भन्छन्। जुन चोकलाई सरकारले नै गुरही चोक भनिसक्यो, त्यसबारे हामीले भने अहिलेसम्म लडाइँ लडिरहनुपरेको छ,' उनले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा 'मुक्तिक डगर' पत्रिकाका लेखहरू राखिएको छ। यो पत्रिका २०४९ सालमा इन्दुका बुबाले प्रकाशनमा ल्याएका थिए। वार्षिक रूपमा प्रकाशित हुने यो पत्रिका थारू भाषामा निस्किन्थ्यो। त्यसमा गीत, कविता, गजल अनि लेखहरूको संकलन हुन्थ्यो। २०५२ सालमा माओवादी युद्ध घोषणा भएपछि यस पत्रिकामाथि सरकारले अंकुश लगाउन खोज्यो। प्रहरीहरूले थारू घरमा छापा मार्न थाले र जसको घरमा यो पत्रिका छ; उनीहरूलाई समातेर लाने, धम्काउने र गिरफ्तार गरेर लान थाल्यो। सोही डरका कारण ज–जसको घरमा यो पत्रिका थियो, उनीहरूले त्यसलाई गाड्ने वा जलाउने गर्न थाले। 'मुक्तिक डगरमा आफ्नो अधिकारका लागि बोल्नुपर्छ, लड्नुपर्छ भन्ने खालका कुराहरू थिए। जमिनदारहरूको विरोध गर्ने, शासकहरूको विरोध गर्ने कुरा उनीहरूलाई पचेन। अनि सरकारले त्यसलाई नियन्त्रणमा लिन खोज्यो,' इन्दुले भनिन्, 'मेरो आमा, हजुरआमाले पनि प्रहरीले समात्छ भन्ने डरले हामीले पढ्नेबाहेक सबै किताब जलाउनुभयो कि माटोमुनि गाड्नुभयो।' यो प्रदर्शनीताका इन्दु र उनका साथीहरू थारू गाउँहरूमा यो पत्रिका खोज्दै हिँडेका थिए। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया हुँदै दांगसम्म पुग्दा पनि उनीहरूले फेला पार्न सकेनन्। काठमाडौंमा बसेर अध्ययन–अनुसन्धान गरिरहेका कृष्ण सर्वहारीको घरमा फेला परेपछि स्क्यान गरेर प्रदर्शनीमा राखिएको हो। पत्रिकामार्फत थारूहरूलाई जागरूक बनाउने इन्दुको बुबाको २०५९ सालमा गोली हानेर हत्या गरियो। त्यति बेलासम्म उनले मुक्तिक डगर पत्रिकाको ६ अंक प्रकाशन गर्न सफल भएका थिए। इन्दुले पछि २०७५ सालमा यो पत्रिकालाई पुनः निरन्तरता दिइन्। यही पत्रिकाको छेउमा इन्दुले थारू भाषामा लेखेको एउटा कविता छ, जसमार्फत यो साम्राज्य कसको हो भनेर आफूले प्रश्न उठाएको उनी बताउँछिन्। 'जुन साम्राज्यमा मेरी आमाले मलाई जन्म दिँदा एकदम पीडा भएपछि अय्या भनेर कराउँदा जोडले नकरा भनेर आदेश दिइन्छ, यो साम्राज्य कसको हो भनेर कवितामार्फत प्रश्न गरेको छु,' इन्दुले भनिन्, 'यसमा अलिकति गीतको कुरा पनि ल्याएको छु। हाम्रो आमाहरूलाई सजना, धमार, मागर लगायत थारू गीतहरू गाउन नदिएर खाली मनोरञ्जन (साली भाटु) को गीत मात्र गाउन लगाइयो। आफ्नो विरह, मुक्तिको गीत गाउन नदिने यो साम्राज्य कसको हो ?' उनले अगाडि भनिन्, 'हाम्री आमाहरूले आफ्नो आवाजलाई अलिकति घरको भित्ता माटोले लिप्ने बेला दबाउनुभयो। अलिकति खेतमा धान रोप्ने बेला औंलाले माटोमा थिचेर दबाउनुभयो। यसरी आफ्नो आवाज दबाउँदा दबाउँदै उहाँहरूको आवाज नै गुमनाम बनाइयो। आजका आमाहरूले वर्षौंदेखि दबाइएको आवाज नै हामीलाई हस्तान्तरण गर्नुहुन्छ कि नयाँ प्रतिरोधको आवाज हस्तान्तरण गर्नुहुन्छ भनेर मैले कवितामा प्रश्न गरेको छु।' थारू महिलालाई अरूले हेर्दा अलि प्रतिरोधी र स्वतन्त्र सोच्छन्। उनीहरूलाई निर्णय प्रक्रियामा धेरै अधिकार दिइएको छ भन्ने पनि धेरैलाई लाग्ला। तर आफूलाई भने आफ्नी आमा, हजुरआमा र जिजुआमा हेर्दा त्यस्तो कहिले नलागेको इन्दुले बताइन्। उनले एउटा उदाहरण पनि दिइन्, 'मेरो जिजुआमा बिहे गरेर आएको केही समयमा नै मेरो जिजुबुबा बित्नुभएछ। उहाँ बितेपछि मेरो जिजुआमाको बिहे उहाँको देवरसँग गराइदिए। त्यसरी बिहे गराइदिँदा त्यसलाई कसरी स्वतन्त्र भयो भन्ने? मेरी जिजुआमालाई देवरसँग बिहे गर्न मन छ कि छैन भनेर कसैले पनि सोधेन जस्तो लाग्छ।' 'थारू महिलाले खेतमा काम गरेको देख्यो, माछा मार्न गएको देख्यो वा बाहिर कतै नाचगान गरेको देख्यो भन्दैमा उनीहरू स्वतन्त्र छन् भन्न मिल्दैन। उनीहरूको जीवन संघर्ष कस्तो थियो भन्ने खालको बहस आउनुपर्छ जस्तो मलाई लाग्छ,' इन्दुले भनिन्, 'थारू महिलाको कथा र संघर्षबिना थारू इतिहास अधुरो छ।' राष्ट्रिय निकुञ्जको धारणा आएपछि कसरी थारूहरूको रैथाने पेसामा हस्तक्षेप भयो भन्ने कुरा पनि हामीले प्रदर्शनीबाट थाहा पाउन सक्छौं। थारूहरूको माछा मार्ने संस्कृतिमा कसरी राष्ट्रिय निकुञ्जले असर पुर्‍यायो भन्नेबारे प्रदर्शनीमा लेखिएको छ, 'राष्ट्रिय निकुञ्जहरूमा आदिवासीहरूलाई माछा मार्ने अनुमति छैन। थारू र अन्य आदिवासीहरूलाई थाहा छ कि पार्कमा प्रवेश गर्दा उनीहरू पक्राउ पर्ने खतरा छ। तैपनि उनीहरू माछा मार्न छाड्दैनन्। किनभने उनीहरूका लागि माछा मार्नु केवल पेसा होइन, अस्तित्वको सार हो।' यो प्रदर्शनी सफल बनाउन इन्दुसँगै वीरेन्द्र महत्तो, सञ्जीव चौधरी, लवकान्त चौधरी, अर्नभ चौधरी, मारिया बोसेरेट र टम रोबर्टसनले भूमिका खेलेका छन्। प्रदर्शनीमा 'लूप' मा चलिरहने भिडिओ लवकान्त चौधरीको हो। यो भिडिओले थारूहरूको गुरूवा (पुजारी) मार्फत गराइने धार्मिक अभ्यास, थारू भरियाको कथा, मुलुकी ऐनले थारूहरूलाई कसरी 'दास' बनाएको छ, राष्ट्रिय निकुञ्ज बनाए पनि विदेशी राजाहरू आएर पार्कमा शिकार गर्न गएको लगायत विषय समेटेको छ। यो प्रदर्शनीले पूर्वदेखि पश्चिमका थारूको कथा र सीप पनि देखाउने प्रयास गरेको छ। उनीहरूले भोग्दै आएको प्रतिरोध काठमाडौंलाई सुनाउने प्रयास गरेको छ। प्रदर्शनी हेर्दै गर्दा र उनीहरूको इतिहास बुझ्दै जाँदा तपाईंलाई लाग्न सक्छ, सधैं शोषण गर्ने शासक वर्गले थारूहरूलाई कहिले सोध्यो होला — डउले डउले। अर्थात्, 'तपाईंलाई कस्तो छ?'   प्रदर्शनीको आज चैत १८ गते अन्तिम दिन रहेको छ ।  सेतोपाटीबाट