थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

९०२ दिन अगाडि

|

५ चैत २०८०

पाटनमा थारू कला प्रदर्शनी चल्दै

पाटनमा थारू कला प्रदर्शनी चल्दै

९०३ दिन अगाडि

|

४ चैत २०८०

पूर्वदेखि पश्चिमसम्मको थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा चैत ३ देखि शुरू भएको छ। पाटन संग्राहलयमा शुरू भएको प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ। ‘डउले डउले’ अर्थात ‘नमस्ते, तपाईँलाई कस्तो छ ?’ शीर्षकमा प्रदर्शनीको नामकरण गरिएको छ। यो चितवनमा बोलिने थारू समुदायको भाषा होे। थाारू समुदायमा अभिवादन गर्ने फरक फरक तरिका छन्। पूर्वी नेपालका थारू समुदायको भाषामा ‘गोर लागै चियै’ तथा पश्चिमी क्षेत्रमा ‘राम राम, जय गुरुबाबा’ भनेर पनि अभिवादन गरिन्छ। प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै डा। सुरेश ढकालले थारू समुदायको इतिहास लेखनका हिसाबले यो प्रदर्शनी महत्त्वपूर्ण रहेको बताए। “मेचीदेखि महाकालीसम्म थारू समुदायमा विविधता छ,” ढकालले भने। भाषा, संस्कृति, खानपान ठाउँ अनुसार फरक फरक भएकाले थारू समुदायलाई जोड्न साझा कुरा खोज्नुपर्नेमा जोड दिए। थारू समुदायको संस्कृतिलाई उजागर गर्न प्रदर्शनी महत्त्वपूर्ण रहेको पाटन संग्राहलयकी निर्देशक मञ्जु सिंह भण्डारीले बताइन्। “थारू समुदायको संस्कृति वेषभूषा, कार्यशैली, दैनिक क्रियाकलाप झल्किने कला प्रस्तुत गरिएको छ,” भण्डारीले भनिन्, “यो हेरेपछि थारू समुदायमा पुगेजस्तै महसुस हुन्छ।” थारू सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनीको क्युरेटरमा वीरेन्द्र महतो, लवकान्त चौधरी, सन्जीव चौधरी, इन्दु थारू, अर्नव चौधरी, मारिया बोसर्ट र टोम रोर्बटशन छन्। प्रदर्शनी आयोजना गर्न थारू एन्ड फ्रेन्डस् एशोसियशन यूएसए र फुलब्राइट नेपालले सघाएको छ। आयोजकका अनुसार प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ।  

‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौंः’ रेशम चौधरी 

‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौंः’ रेशम चौधरी 

९०६ दिन अगाडि

|

३० फागुन २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले श्रीमती रन्जिता श्रेष्ठ चौधरीसँगको राजनीतिक विवाद सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद उत्कर्षमा छ । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमले फेसबुकमा लेखेका छन् । ‘म रन्जितालाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका छन् । रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् । उता पार्टीका ज्येष्ठ संस्थापक सदस्य तथा वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले प्रचण्डलाई विश्वासको मत नदिन भनेका छन् । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’ कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री  नियुक्त भएका छन् । कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नहुने रन्जिताको मत छ । पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ । रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन् । आफू घर परिवारकोभन्दा जनताको मान्छे भएको भन्दै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभइ विवशता भएको बताएका छन् । ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’ रन्जिता भने प्रचण्डले नाउपाका नेता(कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने पक्षमा छिन् । आफूहरुप्रति प्रचण्डको सहानुभूति भए पनि कसैको कृपाले नाउपाका नेता(कार्यकर्ताहरु रिहा नभएको रेशमले उल्लेख गरेका छन् । बरु दुई लाख ७८ हजार जनताको भोटको बलमा टिकापुर घटनामा बन्दीहरु रिहा भएको र रन्जिता पनि मन्त्री बनेको रेशमको भनाइ छ । रेशमले लेखेका छन्, ‘उनको (रन्जिताको) भनाइ छः प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौ ।’ ‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं । जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो,’ रेशमले थप लेखेका छन् । नागरिक उन्मुक्ति पार्टी कांग्रेस, कम्युनिस्ट जस्तो नभई भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो भन्दै रेशमले एक अर्कोमा हिलो छ्यापाछ्याप नगर्न आह्वान पनि गरेका छन् । पश्चिम थरुहटमा राम्रो क्षत्रीय पार्टीको उदय भैरहेकोमा धरापमा पर्ने अवस्थाले धेरै थरुहट नेतालाई चिन्तित बनाएको छ ।

थारु युवा सभाको अध्यक्षमा पवनकुमार चौधरी चयन

थारु युवा सभाको अध्यक्षमा पवनकुमार चौधरी चयन

९०९ दिन अगाडि

|

२८ फागुन २०८०

थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु युवा सभा केन्द्रिय कार्य समितिको चौथो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै काठमाडौमा शनिवार सम्पन्न भएको छ । १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएकोमा पवनकुमार चौधरी (बाँके) अध्यक्षमा चुनिएका छन् । त्यस्तै, समितिको अन्य कार्यसमितिमा वरिष्ठ उपाध्यक्षत्रयमा जीवन कुमार धामी (सुनसरी), अन्जित कुमार चौधरी (मोरङ), राम स्वागत चौधरी (सप्तरी) चयन भएका छन् ।  उपाध्यक्ष राजकुमार चौधरी (रुपन्देही),  महासचिव संगम चौधरी (सिराहा) तथा सचिवद्वयमा अशोककुमार चौधरी  (पर्सा) तथा सुरेशकुमार चौधरी  (सप्तरी) रहेका छन् ।       यसैगरी, केन्द्रिय सदस्यमा रामनारायण चौधरी (बारा), रमेश कुमार माझी (मोरङ), प्रमोदकुमार सिंह चौधरी (महोत्तरी), मनसा थारु (बाँके), सुषमा थारु (बर्दिया), समीरकान्त चौधरी (सुर्खेत), मुकेश गौरो  (पर्सा), कृष्ण प्रसाद चौधरी (पर्सा) रहेका छन् । यसैगरी, केन्द्रिय पार्षद सदस्यमा कानुनलाल चौधरी र पुष्पा गोजेवार रहेका छन् । हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका कानुनलाल चौधरी थारु युवा सभाका संस्थापक अध्यक्ष हुन् ।  यस अघि थारु युवा सभाको चौथो महाधिवेशनको उद्घाटन बाँकेको कोहलपुरमा यही असोज २७ मा उद्घाटन गरिए पनि बन्द सत्र स्थगित भएको थियो । फागुन २६ मा भएको बन्द सत्रले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो । 

थारू समुदायबाट भगवती चौधरी एकमात्र मन्त्री

थारू समुदायबाट भगवती चौधरी एकमात्र मन्त्री

९१३ दिन अगाडि

|

२४ फागुन २०८०

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते नेपाली कांग्रेससँग गठबन्धन तोड्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बनाएका छन् । बुधबार २० नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा गएर शपथ समेत खाइसकेका छन् । यस मन्त्रीमण्डलमा थारू समुदायबाट भगवती चौधरी एकमात्र मन्त्री बनेकी छिन् ।उनले  महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय पाएकी छिन् । एमालेकी नेतृ भगवती चौधरी २०२८ सालमा औरावनी–३, सुनसरीमा जन्मिएकी थिइन् । उनले मानविकी संकायबाट समाजशास्त्रमा स्नातकोत्तर र व्यवस्थापन सङ्कायमा स्नातक सम्मको अध्ययन गरेकी छिन् ।  भगवती चौधरी २०६४ सालमा संविधानसभा सदस्य, २०६७ सालमा वन तथा भू संरक्षण राज्य मन्त्री भएकी थिइन भने गत वर्ष एमाले र माओवादी गठबन्धनमा झन्डै २ महिना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी थिइन् । उनले गत संसदीय चुनावमा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी थिइन् । यसअघि थारु समुदायबाट अमनलाल मोदी माओवादी पार्टी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बीचबाटै हटाइदा मन्त्रीमण्डलमा नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठ चौधरीमात्र थारु समुदायबाट प्रतिनिधित्व गरेकी थिइन् । यो मन्त्रीमण्डलमा नाउपा सहभागी नहुने भएको छ । तर, उसले लुम्विनी या सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको माग गरेको छ ।  यस अघिको मन्त्रीमण्डलमा काँग्रेसबाट खै थारु मन्त्री ? भन्दा महामन्त्री विश्व प्रकाश शर्मालगायतले लुम्विनी  प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई देखाउँदै  प्रदेशको मुख्यमन्त्री थारु समुदायकै बनाएर थारु समुदायको सम्मान गरेको अभिव्यक्ति दिदै आएका थिए ।  नयाँ गठबन्धनले  लुम्विनी  प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पद पनि धरापमा परेको छ ।   

दाङदेउखुरीमा खै थारू भाषाको पढाई ?

दाङदेउखुरीमा खै थारू भाषाको पढाई ?

९१६ दिन अगाडि

|

२१ फागुन २०८०

थारू अगुवा तथा बुद्धिजीवीहरुले दाङदेउखुरी जिल्लामा थारू भाषाको पठनपाठन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । लौव अग्रासन साप्ताहिकको आयोजनामा शनिबार फागुन १९ गते दाङको घोराहीमा भएको ‘थारू भाषाको वर्तमान अवस्था’ बिषयक् अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनीहरुले कुनै पनि भाषा, संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने बताए । ‘भाषा थारूको भए पनि सम्पत्ति राज्यकै हो’– उक्त शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले भने, ‘थारू भाषाको संरक्षण र प्रवद्र्धनको काम पनि राज्यकै हो ।’ उनले घोराही उपमहानगरलगायतका कतिपय स्थानीय सरकारले थारू भाषा संरक्षणमा काम शुरु गरेकोप्रति खुशी व्यक्त गर्दै हुनुपर्ने जति काम स्थानीय सरकारहरुले नगरेकोमा चिन्ता व्यक्त गरे । थारू समुदाय आफैले थारू भाषा विर्सदै गएकोप्रति चिन्ता व्यक्त गर्दै डा सर्वहारीले भाषा संरक्षणका लागि यसको प्रयोगमा वृद्धि गर्नुपर्ने बताए । उनले जुनसुकै ठाउँमा बोल्दा पनि थारू भाषा र शब्दको परिकल्पना गर्दा अभिव्यक्तिमा पनि आउने भन्दै थारू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा विकास गर्न जरुरी रहेको धारणा राखे । उनले थारू भाषा संरक्षणका लागि विद्यालयमा पठनपाठन हुनुपर्ने, थारू भाषाका सञ्चार माध्यमको संरक्षण गर्नुपर्ने, विद्यालय, विश्वविद्यालयहरुमा थारू भाषामै साहित्यिक गतिविधि हुनुपर्ने र खासगरी थारू कल्याणकारिणीसभा, थारू लेखक, थारू विद्यार्थीहरुले स्थानीय सरकारलाई झक्झक्याउने काम गर्नुपर्ने औंल्याए । सो अवसरमा बोल्दै प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा थारूहरुको पहिचान भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । ‘अहिले थारू भाषा बिग्रिन थाल्यो, अशुद्ध भयो । बोलीचालीमा पनि कमी आइरहेको छ’– चौधरीले भने– ‘भाषा जीवन हो । यसैले हामीलाई बाँच्न सिकायो, बोल्न सिकायो, त्यसैले आफ्नो भाषा संरक्षणमा लाग्नुपर्छ ।’  उनले घोराही उपमहानगरपालिकाले थारू भाषालाई सरकारी कामकाजको भाषा बनाएको र थारू भाषामै पठनपाठनको व्यवस्था मिलाएको भन्दै यसले थारू भाषालाई जीवन्त बनाउन टेवा पुग्ने बताए । उनले दाङमा डंगौरा र डेउखुरियाको अलग बोलाई भएकाले मानकको नाममा एकैमा मिलाउनु भन्दा छुट्टै पाठ्यक्रम पाठ्यपुस्तक जरुरी रहेको बताउँदै भाषालाई जटिल बनाउनेभन्दा पनि सरल बनाएर यसलाई जीवन्त बनाउन जरुरी रहेको विचार व्यक्त गरे । कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अनुसन्धान केन्द्रका निर्देशक डा जर्मन चौधरीले जनसंख्याको हिसावले थारू धेरै भए पनि थारू भाषी कम हँुदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले थारू भाषामै पठनपाठन हुँदा भाषालाई जीवन्त बनाउन सकिने भन्दै यसमा स्थानीय सरकारको भूमिका बढाउनुपर्नेमा जोड दिए । साथै, थारू भाषा संरक्षण र प्रवद्र्धनका लागि नियमित गतिविधि गर्न र सरोकारसँग जोडिएर काम गर्न छुट्टै संयन्त्र आवश्यक रहेकोमा जोड दिए । लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलाले थारू भाषाको लेखाईमा नेपालीपन बढी देखिएकाले मौलिकतामा जोड दिनुपर्ने बताए ।  लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक कुलवीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, थारू कल्याणकारिणीसभाका सल्लाहकार भुवन चौधरी, थाकसको थारू मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरी लगायतले विचार राखेका थिए ।  लौव अग्रासन साप्ताहिकका प्रकाशक, सम्पादक सन्तोष दहितको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रिकाकी समाचारदाता कल्पना चौधरीले गरेकी थिइन् । घोराहीको माला इन होटलमा भएको ‘थारू भाषाको वर्तमान अवस्था’ बिषयक् अन्तक्र्रिया कार्यक्रम लगत्तै सोही स्थानमा थारू आयोगको प्रायोजनमा थारू भसा साहित्य केन्द्रले थारू मानक भाषा लेखन शैलीबारे गोष्ठी आयोजना गरेको थियो ।     

अब घोंघी खाने प्रतियोगिताः ४ मिनेटमा एक किलो घोंघी खानुपर्ने

अब घोंघी खाने प्रतियोगिताः ४ मिनेटमा एक किलो घोंघी खानुपर्ने

९१६ दिन अगाडि

|

२० फागुन २०८०

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न आइतबारदेखि तीन दिन प्रतियोगिता हुन  लागेको हो ।  होमस्टे संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोंघी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए। उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोंघी खानुपर्ने प्रावधान राखिएको बताए । दुई सय पाँचजना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोंघी खपत हुने बताइएको छ । हामीले घोंघी कसरी खाएको भन्ने विषयमा मूल्याङ्कन गर्न टिम बनाएका छौँ, उनले भने। महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताए। होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उहाँले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गरे। आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ । नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब रु आठ लाख ५० हजार खर्च हुने बताए।  रासस