सुरेन्द्र र रेशम चौधरीबीच अर्थपूर्ण भेटघाट

सुरेन्द्र र रेशम चौधरीबीच अर्थपूर्ण भेटघाट

९२३ दिन अगाडि

|

१३ फागुन २०८०

केपी ओलीले किने शान्ता चौधरीको उद्योगको अचार

केपी ओलीले किने शान्ता चौधरीको उद्योगको अचार

९२३ दिन अगाडि

|

१३ फागुन २०८०

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गरेका छन् । आइतबार ओली निवास बालकोटमा चौधरी अचार लिएर पुगेकी थिइन् ।  ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी सार्वजनिक गरेका छन् ।  उनले लेखेका छन्–‘शान्ता चौधरीले अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् । मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’ पूर्व सांसद चौधरीले आफूले उद्योग सञ्चालन गरी अचार उत्पादन गरेकोमा अध्यक्ष ओलीले खुसी व्यक्त गरेको बताइन् । ओलीले ४ सय ग्रामका प्याकिङ भएका टिमुर र लसुनको ४ हजार रुपैयाँ बराबरको अचार खरिद गरेको बताइन् । राजनीतिमा लाग्ने व्यक्ति आफ्नो व्यवसायमा आत्मनिर्भर हुनुपर्छ, उद्यम व्यवसायतर्फ जोडिनुपर्छ भन्ने पार्टी अध्यक्षको प्रेरणाबाट नै आफूले अचार उद्योग सुरु गरेको उल्लेख गरिन् ।

लुम्बिनीको लोकसेवा आयोगको विज्ञापनमा ७ संवैधानिक आयोगको गम्भीर आपत्ति

लुम्बिनीको लोकसेवा आयोगको विज्ञापनमा ७ संवैधानिक आयोगको गम्भीर आपत्ति

९२७ दिन अगाडि

|

१० फागुन २०८०

लुम्बिनी प्रदेश लोक सेवा आयोगले कर्मचारी बढुवाको विज्ञापन समावेशी नभएको भन्दै सातवटा संवैधानिक आयोगले त्यसलाई रद्द गरी पुनस् विज्ञापन गर्न माग गरेका छन् । आयोगले २६ माघमा प्रकाशन गरेको र ३ फागुमा संशोधन गरेर पुनस् प्रकाशित गरेको कर्मचारी बढुवासम्बन्धी विज्ञापन समावेशी सिद्धान्त अनुसार नभएको भन्दै राष्ट्रिय महिला आयोग दिलत आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले विरोध जनाएका हुन् । लुम्बिनी प्रदेश लोकसेवा आयोगले खुला प्रतिस्पर्धामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, शिक्षा र विविध सेवामा गरी १७८ जना कर्मचारी माग गर्दा खुला प्रतिस्पर्धा र महिला आरक्षण मात्र दिएको छ । महिलालाई पनि जम्मा १९ पदमा आरक्षण दिएको छ । त्यस्तै हेल्थ असिस्टेन्ट (स्वास्थ्य, हेल्थ इन्सपेक्सन) मा ज्येष्ठता कार्यसम्पादनबाट ५ जना र आन्तरिक प्रतिस्पर्धाबाट १८ जना बढुवाको विज्ञापन गर्दा संविधानले तोकेका कुनै पनि क्लस्टरमा आरक्षण दिइएको छैन । सब इन्जिनियर (इन्जिनियरिङ, सिभिल)मा ज्येष्ठता र कार्यसम्पादनबाट २४ जना र कार्यक्षमता मूल्यांकनबाट ९ जना माग गर्दा पनि आरक्षण दिइएको छैन । ज्येष्ठता र कार्यसम्पादनबाट प्राविधिक सहायकमा ११ जना, पशु स्वास्थ्य प्राविधिकमा ४ जना, पशु सेवा प्राविधिकमा ३ जना र कम्प्युटर अपरेटरमा ४ जनाको बढुवाको सूचना निकाल्दा पनि आरक्षण दिइएको छैन । बुधबार ७ संवैधानिक आयोगका अध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा यो विज्ञापन नेपालको संविधानको धारा १८, ४२ र २२७ को प्रावधानविपरीत रहेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश लोकसेवा आयोग ऐनको दफा ११ मा खस आर्य महिला १५ प्रतिशत, आदिवासी जनजाति १८ प्रतिशत, मधेशी १६ प्रतिशत, दलित ९पहाडी र मधेशी० १५ प्रतिशत, थारू १४ प्रतिशत, विपन्न खस आर्य ७ प्रतिशत र मुस्लिम ७ प्रतिशत विशेष व्‍यवस्था रहने भनिएको छ । तर ३ फागुनमा प्रकाशित विज्ञापन उक्त ऐन अनुसार समावेशी नभएकाले रद्द गर्न माग गरिएको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए । उनले भने, ‘लुम्बिनी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरिसकेको निजामती ऐनलाई लत्याएर यसरी स्थानीय तहमा मनपरी ढंगले विज्ञापन खुलाउनु लज्जास्पद हो ।’ थारु मुख्यमन्त्री भएर थारुलगायत कोटालाई बेवास्ता गर्नु ठिक नरहेको उनको जिकिर छ । लुम्विनी प्रदेश सांसद इन्द्रजीत थारु भन्छन्, लुम्बिनी प्रदेशमा थारु समुदायकै मुख्यमन्त्रि भएर पनि प्रदेश निजामती सेवा ऐनले दिएको ब्यवस्था अनुसार लोकसेवा को बिज्ञापनमा थारुले पाउने कोटा निर्धारण गर्न नसक्नु गैर जिम्मेवारीको पराकाष्ठा हो । यो बिज्ञापन तत्काल खारेज गरियोस ।

मातृभाषा दिवसमा गुन्जिए मातृभाषी कविहरू

मातृभाषा दिवसमा गुन्जिए मातृभाषी कविहरू

९२७ दिन अगाडि

|

९ फागुन २०८०

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तराष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा मातृभाषा राष्ट्रिय सेवा पुरस्कार अर्पण तथा मातृभाषा कविता वाचन कार्यक्रम गरेको छ ।  फागुन ९ गते सिद्धार्थ कटेज धोवीधारामा सम्मपन्न कार्यक्रममा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले वरिष्ठ जनकविर गीतकार दुर्गालाल श्रेष्ठलाई  एक लाखसहित मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० प्रदान गरिन् । दुर्गालाल अस्वस्थ भएर अनुपस्थित हुँदा उनका छोरा सुमन श्रेष्ठले पुरस्कार ग्रहण गरेका थिए । उनले घरबाटै भिडियो मन्तव्य दिएका थिए । प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु चौधरी, जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, सुरेश आले मगर, डा चुन्दा बज्राचार्य लगायतले मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा जुनु थारु, विमला गुरुङ, भागवता कुमाल लगायत १७ मातृभाषाका २६ जना कवि,कवियात्रीहरूबाट मातृभाषामा कविता वाचन गरिएको थियो ।  यसैगरी फागुन ९ गते नै नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा आयोगको सहकार्यमा कमलादीमा मातृभाषाबारे गोष्ठी गरेको छ । उता यसपाली नेपाल प्रज्ञा प्रतिष्ठानले धरानमा विविध कार्यक्रमका साथ मातृभाषा कविता महोत्सव मनाएको छ । प्रतिष्ठानबाट डा योगेन्द्र प्रधानाङ्ग र बेचन उराँवलाई  जनही एक लाखसहित मातृभाषा साहित्य पुरस्कार दिइएको छ ।   

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

९३५ दिन अगाडि

|

१ फागुन २०८०

सरला चौधरी राष्ट्रिय थारु कलाकार मञ्चको २ दिने प्रथम महाधिवेशनले पुनः वीर बहादुर चौधरी (विनय वैद्य) को अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको  छ ।  चितवन, सौराहास्थित  सौराहाको सेभेन स्टार होटलमा माघ २८ गते सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।   जसमा वरिष्ठ उपाध्यक्ष रोशन रत्गैंया, उपाध्यक्षद्वयमा लक्ष्मीकान्त चौधरी, समिक्षा चौधरी, महासचिवमा विजयकुमार चौधरी, सचिवमा राधाकृष्ण चौधरी (आरके), अनुपमा चौधरी कोषाध्यक्षमा अञ्जु चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राज कुश्मी, सोनु कुश्मी, मनिषा चौधरी, अमृता चौधरी, नरेश जोगी, वीर बहादुर चौधरी, अञ्जु चौधरी, गणेश चौधरी, राजन कुमार चौधरी छानिएका छन् ।  कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि भूमि सुधार तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले थारु समुदायले राज्यलाई आवश्यक परेको बेला देशको वलियो खम्बाको निर्वाह गरेता पनि राज्य पक्षबाट यो समुदाय ओझेलमा परेकोले थारु समुदाय जागरुक हुनुपर्ने जिकिर गरिन् । थारु भाषामा विचार राख्दै उनले कलाकार देशको गहना हुन् भन्दै भाषा र संस्कृति संरक्षणको लागि  थारु कलाकारहरुको आवश्यकता रहेको विचार राखिन् । आफूले रेशम चौधरीको गीत सुन्दै थारु भाषा सिकेको उनको भनाई थियो ।  त्यसैगरी, मन्तव्यकै क्रममा सांसद मेटमणि चौधरीले थारुहरु कमैया, कमलहरी मात्र नभएर थारु समुदाय देशको धरोहर भएकोले देशको राजनीतिक नेतृत्वमा थारु समुदाय आउनु पर्ने धारणा राखे । थारु यूवाहरुलाई आफ्नो इतिहासको बारेमा जान्न र बुझ्न जरुरी रहेको उनको भनाइ थियो । गीत संगीतको माध्यमले धेरै कुरा सिकाउन सकिने भएकोले थारुहरुको सर्वाङुगीण विकासको लागि राष्ट्रिय थारु कलाकार मञ्चले महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको उनले धारणा राखे । थारुहरु एउटा क्षेत्रमा मात्र नरहेर हरेक क्षेत्रबाट अगाडि बढे मात्र थारुहरुको समग्र विकास हुने उनले बताए । सम्मेलन उद्घाटनमा राष्ट्रिय थारु कलाकार मञ्चको वरिष्ठ सल्लाहकार नन्दुराज चौधरी, सल्लाहकार सोमती चौधरी, थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री प्रेमीलाल चौधरी, थाकस उपत्यका कार्यसमितिका सभापति सुमन चौधरी, थाकस चितवन जिल्ला सभापति ललित चौधरी, थारु आयोगका सदस्य सुवोध सिंह थारु लगायतले शुभकामना  मन्तव्य दिएका थिए । 

थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु धर्मदेखि थारु साहित्यको अनुवादबारे बहस

थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु धर्मदेखि थारु साहित्यको अनुवादबारे बहस

९३८ दिन अगाडि

|

२८ माघ २०८०

सुनसरीको गढीमा भएको ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको दोसो दिन माघ २७ गते विभिन्न विषयमा छलफल भएको छ ।    के हो मानक लेखन ? सन्दर्भः थारू मानक लेखन लेखन शैली (बोडे घोषणापत्र) को कार्यान्वयनको अवस्थाको बारेमा भोलाराम चौधरी, डा रामबहादुर चौधरी, अगिव बनेपालीले आ–आफ्नो मन्तव्य राखेका थिए । यस क्रममा थारु आयोगका सदस्य भोलाराम चौधरीले आयोगले थारु मानक भाषाको बारेमा थारु कल्याणकारिणी सभासँग कार्यदल नै बनाई काम गरिरहेको र यो अन्तिम चरणमा रहेको बताए । उनले पूर्वीया भाषाको लेखनशैली, मध्यपूर्वीया थारु भाषाको लेखनशैली तथा डंगौरा थारु भाषाको वर्ण निर्धारण लगायतको काम भएकोमा सबै शैलीलाई एकै शैलीमा राखेर मानकता कार्यको लागि रफ्तार दिनु पर्ने विचार व्यक्त गरे ।  यसैगरी थारु भाषा बारेमै विद्यावारिधि गरेका डा. रामबहादुर चौधरीले थारु भाषा जस्तो बोल्छौं त्यस्तै लेख्नु पर्ने तर आगन्तुक शब्दलाई पनि भित्र्याउन उपयुक्त हुने बताए । उनले थारु मौलिक शब्दको सूचीकरण गर्नुपर्ने जरुरी रहेको पनि विचार राखे । त्यसैगरी प्राज्ञ अगिव बनेपालीले भाषालाई सत्ताले पनि असर गर्ने बताउँदै पहिले मल्लकालमा भक्तपुरमा सत्ता रहेकोमा नेवार भाषा त्यहीँको आधिकारिक मानिएको तर अहिले काठमाडौंमा सत्ता रहेकोले काठमाडौंकै नेवार भाषा आधिकारिक मानिएको बताए । उनले कुन क्षेत्रको थारु भाषालाई मानक बनाउने त्यसको आधार प्रष्ट्याउनु पर्ने जनाए । यो सेसनको सहजिकरण लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलाले गरेका थिए ।  त्यसैगरी अनुवादको आवश्यकता र थारू साहित्यमा अनुवादको अवस्था शीर्षकमा डा कृष्णराज सर्वहारी तथा हंसावती कुर्मीले विचार राखेका थिए । सर्वहारीले थारु साहित्यमा अनुवादको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै थारुबाट अन्य भाषामा अनुवाद कार्य निकै कम भएको जनाए । उनले थारु लोक साहित्यलाई अन्य भाषामा अनुवाद गरी व्याख्या विश्लेषण जरुरी रहेको बताए । त्यसैगरी प्राज्ञ हंसा कुर्मीले अनुवाद पनि साहित्यको एक विधा भएकोले अनुवादकलाई दोस्रो दर्जाको साहित्यकारको रुपमा हेर्ने दृष्टिकोण गलत रहेको बताइन् । अनुवाद कार्यले एकअर्काको समाज बुझ्न मद्दत गर्ने भएकोले थारुबाट नेपाली अंग्रेजीमा मात्र नभई यहींकै मातृभाषा अवधि, मैथिली, भोजपुरी लगायतमा पनि अनुवाद हुनुपर्ने जिकिर गरिन् । यो सेसनको सहजीकरण शत्रुघन चौधरीले गरेका थिए ।  त्यसैगरी अर्को सेसन सुनसरी मोरङ्मा थारु साहित्यको अवस्थाबारे हौली परिवारका पूर्व अध्यक्ष सम्पतलाल चौधरी, सल्लाहकार रामसागर चौधरी तथा गायिका उर्वशी चौधरीले प्रकाश पारे । राजेश सरदारले सहजीकरण गरेको कार्यक्रममा हौली परिवारले सो क्षेत्रमा संस्थागत रुपले थारु साहित्यिक क्षेत्रमा गरेको कामको चर्चा भयो । भोलाराम चौधरीले हौली वार्षिक पत्रिकाको पहिलो अंक २०४२ सालमा प्रकाशित भएकोमा हालसम्म ३८ वटा अंक प्रकाशन भइसक्नु पर्नेमा किन १६ वटा मात्रै प्रकाशन भएको जिज्ञासा राखे । प्रतिउत्तरमा रामसागर चौधरीले अािर्थक अभावसँगै थारु भाषामा लेख, रचना लेख्न सक्ने जनशक्तिकै अभाव रहेको बताए ।  यसैगरी अर्को सेसन थारुको इतिहास तथा धर्म संस्कृतिको आधार विषयमा डा. गोपाल दहित, डा. अपार लम्साल, हृदयनारायण चौधरी वक्ता रहेकोमा शेखर दहितले सेसनको सहजीकरण गरेका थिए । कार्यक्रममा थारु र बुद्धको सम्बन्धबारे विस्तृत छलफल भएको थियो । तर, थारुहरुको आनिबानी हेर्दा प्रकृतिसँग नजिक देखिएकोले प्राकृत धर्मको नजिक देखिएको छलफलको निचोड थियो ।  यसैगरी अर्को सेसन पश्चिमा थारू साहित्यको संरक्षणमा संस्थागत प्रयास विषयमा लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिला, हरचाली त्रैमासिकका प्रधान सम्पादक सागर कुश्मी, तथा जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौरा वक्ता रहेकोमा कवियित्री भूमिका थारुले सेसनको सहजीकरण गरेकी थिइन् ।  कार्यक्रममा पश्चिमा थारु साहित्यमा भइरहेको सस्थागत प्रयासबारे पूर्वी क्षेत्रका थारु भाषीहरुले पनि सिको गर्नु पर्ने निचोड रह्यो । सागर कुश्मीले साहित्यिक पाठक निकै कम भएकाले हरचाली पत्रिका हाललाई स्थगित गर्नु परेको जनाए । कोपिलाले लावा डग्गर पत्रिका प्रेस काउन्सिलको क वर्गमा परे पनि पत्रिका प्रकाशनको व्यवस्थापन गर्न गाह्रो भएको बताए । उनले आफू रहँदासम्म यसलाई निरन्तरता दिने बताए । डेमनडौराले कुनै समय मलेसिया, भारत लगायत देशमा पनि बखेरीको शाखा गठन भइ थारु भाषामा विभिन्न पुस्तक प्रकाशन गरिएकोमा यस अभियानलाई पुनः निरन्तरता दिने जनाए ।  सम्मेलनबाट ९ बुँदे घोषणा पत्र पनि जारी गरिएको छ । जसमा आगामी नवौं सम्मेलन बर्दियामा गर्ने, थरुहटका पालिकामा थारु पाठ्यपुस्तक लागु गर्न पहल गर्ने, थारु लोक साहित्यका सर्जकहरुको पाण्डुलिपी प्रकाशनको व्यवस्थापन गर्ने, थारु लेखक संघ नेपालबाट लागि आफूले पाएको पुरस्कार रकममा थप गरी अक्षयकोष वृद्धि गर्न सहयोग गर्ने रामसागर चौधरीलाई धन्यवाद दिने तथा थारु साहित्यमा अनुवाद कार्यलाई जोड दिनु पर्ने लगायत रहेका छन् ।  कार्यक्रममा १५० भन्दा बढी विभिन्न जिल्लाबाट थारु साहित्यकारहरुको उपस्थिति रहेको थियो ।   थारु लेखक संघ नेपाल तथा हौली परिवारको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढीमा माघ २६ गते शुक्रवार ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको समुद्घाटन पूर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरीले गरेकी थिइन् । कार्यक्रममा थारु लेखक संघ नेपालबाट स्थापित यस वर्षको पुरस्कार स्रस्टाद्वय रामसागर चौधरी तथा शान्ति चौधरीलाई प्रदान गरियो । सम्मेलनमा बमबहादुर थारूको मेची महाकाली थारु भाषा सर्वेक्षण, इन्द्र चौधरी टिपटिप (रानाथारू लोककथा), रामसागर चौधरीको पूर्विया थारू हरिनाम गीत, हृदयनारायण चौधरीको भाषासम्बन्धी पुस्तक खोजखबर, लेखनाथ चौधरीको थारु संस्कृति तुलनात्मक अध्ययन, डा गोपाल दहितको सम्पादनमा तीन पुस्तक थारु बाल्हा झुल्ना ओ बैठैना गीत, थारु कहकुट तथा थारु डफ (धमार गीत), नेपाल प्रज्ञा प्रतिष्ठानको थारु भाषाको वार्षिक पत्रिका लवाङ्गी (अंक १), हौली परिवारको वार्षिक पत्रिका हौली (अंक १६) लगायत पुस्तक विमोचन भएको थियो । 

८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको भव्य समुद्घाटन

८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको भव्य समुद्घाटन

९३९ दिन अगाडि

|

२७ माघ २०८०

थारु लेखक संघ नेपाल तथा हौली परिवारको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढीमा यही माघ २६ गते शुक्रवार ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको समुद्घाटन भएको छ । पूर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरीले कार्यक्रमको उद्घाटन गरेकी हुन् । सो अवसरमा उनले समाज परिवर्तनमा साहित्यकारहरुको ठुलो भूमिका हुने हुँदा उहाहरुको सम्मान हुनुपर्ने बताइन् । कार्यक्रममा पूर्व मन्त्री डा गोपाल दहितले हौली परिवार कुनै समय गुमनाम भैसकेकोमा थारु लेखक संघ नेपालको सहकार्यमा भब्य ८औं थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना गर्न सफल भएकोमा बधाइ दिए । रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार कर्यक्रममा थारु लेखक संघ नेपालबाट स्थापित यस वर्षको पुरस्कार स्रस्टाद्वय रामसागर चौधरी तथा शान्ति चौधरीलाई प्रदान गरियो । इटहरी–१२, खनार, सुनसरीका रामसागर चौधरीलाई दिन थालिएको थारू साहित्य पुरस्कारको राशी ३० हजार रुपैया तथा सम्मानपत्र रहेको छ । उनको अनमोल बिहाल (थारू कविता संग्रह २०४९), थारु समाजमा प्राप्त ऐतिहासिक दस्तावेजहरू (२०५३), मोरङिया थारू (२०७८), पूर्विया थारू लोकगीत .चोरखेलिया नाच संकलन २०८०), हालत (थारू कविता के मोटरी २०८०) तथा पूर्विया थारू हरिनाम गीत (लोककिर्तन के मोटरी संकलन २०८०) प्रकाशित छ । हौली परिवारका संस्थापक सचिव उनी हौली पत्रिकाका सम्पादकसमेत हुन् । रामसागरले आफूले पाएको पुरस्कारमा २० हजार रुपैया थप गरी ५० हजारको अक्षयकोष रकम थारु लेखक संघलाई उपलब्ध गराउने तथा त्यसबाट खास गरी पूर्वीया थारु साहित्यकारलाई पुरस्कत गर्ने घोषणा गरे । त्यस्तै, बारा जिल्ला करहिया गाउँकी चौधरीलाई दिन थालिएको थारू महिला प्रतिभा सशक्तिकरण पुरस्कारको राशी १५ हजार रुपैया तथा सम्मानपत्र रहेको छ । यो पुरस्कर थारु लेखक संघ नेपालका लागि कैलाली कैलाली, धनगढीका चन्द्रसिंह चौधरीले आफ्नो दिवंगत धर्मपत्नी प्रतिभा चौधरीको नाममा स्थापना गरेका हुन् । २०२९ सालदेखि कविता लेखनबाट साहित्य यात्रामा लागेकी उनले २०४७ सालमा आफ्नै आत्मकथाको पहिलो पुस्तक प्रकाशित गरेकी थिइन् । उनको पछिलो बालचित्रकथाको पुस्तक मेरी दुधु (२०७७) तथा लडेया र बछिया (२०७७) थारु तथा नेपाली भाषामा प्रकाशित छ । उनका विविध विधामा ६८ वटा प्रकाशित छन् ।  लेखिका शान्ति चौधरीले आफूले पाएको पुरस्कार रकमबाट आफ्नो गृह जिल्ला बारामा थारु साहित्य विशेष कार्यक्रममा सघाउने बताइन् ।    दसवटा पुस्तक विमोचन सम्मेलनमा बमबहादुर थारूको मेची महाकाली थारु भाषा सर्वेक्षण, इन्द्र चौधरी टिपटिप (रानाथारू लोककथा), रामसागर चौधरीको पूर्विया थारू हरिनाम गीत, हृदयनारायण चौधरीको भाषासम्बन्धी पुस्तक खोजखबर, लेखनाथ चौधरीको थारु संस्कृति तुलनात्मक अध्ययन, डा गोपाल दहितको सम्पादनमा तीन पुस्तक थारु बाल्हा झुल्ना ओ बैठैना गीत, थारु कहकुट तथा थारु डफ (धमार गीत), नेपाल प्रज्ञा प्रतिष्ठानको थारु भाषाको वार्षिक पत्रिका लवाङ्गी (अंक १), हौली परिवारको वार्षिक पत्रिका हौली (अंक १६) लगायत पुस्तक प्रमुख अतिथि भगवती चौधरी लगायत अतिथिहरुबाट संयुक्त रुपमा विमोचन भएको थियो ।  उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठाननकी प्राज्ञ परिषद सदस्य हंसावती कुर्मी लगायतले मन्तव्य राखेका थिए । उद्घाटन सत्रपछि आशनारायण चौधरी (अध्यक्ष गढी गाउँपालिका) शंकरलाल चौधरी (मेयर रामधुनी नगरपालिका) तथा गुणावती धामी थारु (उपाध्यक्ष ग्रामथान गाउँपालिका) संग पत्रकार गवनसिंह चौधरीले सुनसरी, मोरङको थारुकेन्द्रित विकासबारे बहस गरेका थिए । उता विमोचित पुस्तकका लेखकहरुसँग सोम डेमनडौराले अन्तक्रिया गरेका थिए । त्यस्तै। भूमिका थारुले थारु कविताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।