बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

९८१ दिन अगाडि

|

१४ पुष २०८०

कोरिया जाने सपनाको अवसान

कोरिया जाने सपनाको अवसान

९८१ दिन अगाडि

|

१४ पुष २०८०

कोरिया जान दुई वर्षदेखि तयारी गरिरहेका अछामका वीरेन्द्र शाह र दुई सातादेखि मात्र भाषा सिक्न थालेका दैलेखका सुजन रावत मारिए, दुवै युवा २३ वर्षका थिए ।   रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।  अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका टेकबहादुर शाह २३ वर्षीय छोरा वीरेन्द्रको फोन कुरिरहेका थिए । घर छोड्ने दिन वीरेन्द्रले भनेका थिए, ‘म कोरिया जाने दिन उडाउन काठमाडौं आउनुहोला ।’ शुक्रबार साँझ हतारहतार गरी टेकबहादुर ३५ घण्टाको गाडी यात्राका निम्ति तयार भएर काठमाडौंका लागि हिँडे । तर, छोरालाई उडाउन होइन, उसको शव बुझ्न । ईपीएस कोटामार्फत कोरिया जाने सपना देखेर काठमाडौं गएका वीरेन्द्रको शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा आन्दोलनका क्रममा मृत्यु भयो । छोराको खबर सुनेपछि ५३ वर्षीय टेकबहादुर काठमाडौंतर्फ हान्निएका छन् भने आमा दुर्गादेवी मूर्छित छिन् । छिमेकी हजुरबुबा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहका अनुसार वीरेन्द्रले सिउडी माविबाट २०७८ सालमा कक्षा १२ सम्मको अध्ययन सकेका थिए । यतै बसेर जागिर गर्ने भनेर उनले भेटेरिनरी जेटीए पढेका थिए । ‘मैले नै पढाएको विद्यार्थी हो । अरूभन्दा पढाइमा पनि राम्रै थिए । देशभित्र जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जान भाषाको तयारी गर्न काठमाडौं गए,’ प्रअ शाहले भने, ‘वीरेन्द्रका दाइ लामो समयदेखि परिवारसहित भारतमा छन् । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले परिवार सम्हालिन सकेको छैन । टेकबहादुरलाई प्यारालाइसिसका कारण हातको समस्या छ । ‘दसैंमा आउँदा बुबाआमालाई केही चिन्ता नगर्नु, म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै गएको थियो । तर, छोराको लास ल्याउन वृद्ध अवस्थाका बुबाले जानुपर्ने समय आयो,’ बमबहादुरले भने । आर्थिक अवस्था कमजोर भएकाले वीरेन्द्र कोरिया जाने भन्दै २ वर्षअघि काठमाडौं पसेका थिए । झन्डै एक वर्षअघि बुबाको मृत्यु भएपछि र पारिवारिक व्यापार बिग्रिएपछि दैलेखको महाबु गाउँपालिका–६ रानीवनका २३ वर्षीय सुजन रावतले घरको अवस्था सुधार्न विदेश जाने निर्णय लिएका थिए । सरकारले कोरिया जाने कामदारका लागि आवेदन खुलाएको थाहा पाएपछि एक महिनाअघि काठमाडौं पुगे । काठमाडौंको थानकोटमा साइँला काकाको छोरासँगै बस्दै आएका उनले बागबजारको एक इन्स्टिच्युटमा कोरियन भाषा सिक्न थालेको करिब एक साता पुगेको थियो । शुक्रबार ललितपुरको बालकुमारी नजिकै युवाहरूले गरेको आन्दोलन हेर्न गएका उनको प्रहरीको निर्घात कुटपिटबाट ज्यान गएको छ । यो घटना सुनेपछि आमा ४६ वर्षीय नन्दाकुमारी अर्धबेहोस अवस्थामै छिन् । ‘भाउजू अहिलेसम्म पति वियोगमै हुनुहुन्थ्यो,’ मृतकका काका खगेन्द्रले भने, ‘त्यसमा जेठो छोरा गुमेको थाहा पाएपछि उहाँ अर्धबेहोस नै हुनुहुन्छ ।’  

मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

९८२ दिन अगाडि

|

१३ पुष २०८०

काठमाडौं, १२ पुष । मुलुकमा गणतन्त्र आएको १७ वर्ष वितिसक्दासमेत पनि पश्चिम नेपालमा रहेका कृषि दासताबाट मुक्त घोषणा भएतापनि मुक्त कमैया तथा कमलहरीहरुले अझै पनि चरम गरिवी र अभाव जीवनयापन गर्न बाध्य छन् । नेपाल सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तीको घोषणा गरेको २२ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसक्दा पनि मुक्त कमैया र कमलहरीको पुनःस्थानालगायत जीविकोपार्जनका समस्या सम्बोधन हुन सकिरहेका छैनन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुक्त कमैया महिला विकास मञ्च, कैलालीले संघीय सरकारले मुक्त कमैया तथा कमलहरीका सवाल तथा समस्याहरु सम्बोधन गर्न बेवास्ता गर्दै आएको आरोप लगाएको छ । संघीय सरकारले मुक्त कमैया, कम्लहरी समूदायसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न र उक्त समूदायले भोगेको समस्याहरुको समाधान गर्न संघीय सरकारसँग जोडदार माग गरेको छ । मञ्चले विभिन्न ११ बुँदे मागसमेत अघि सारेको छ । मञ्चले अघि सारेका मागहरुमा मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने, गरिवी निवारण मत्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवाको लागि तयार पारेको पूनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्नुपर्ने, मुक्त कमैया, कमलरीहरुको समस्या समाधानको लागि एकीकृत ऐन जारी गरी पूनःस्थापना कार्य अगाडि बढाईनुपर्ने रहेका छन् । मुक्त कमैया महिला विकास मञ्च, कैलालीकी अध्यक्ष सीमा कुमारी चौधरी र कमैया र कमलहरी आन्दोलन अभियानकर्ता कौशिल्या चौधरीले संयुक्त हस्ताक्षरमा जारी गरेको विज्ञप्तीमा मुक्त कमैया र कमलहरीहरुद्धारा सञ्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरिनुपर्ने पनि मुख्य माग समावेश गरिएको छ । यस्तै, नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पिएचडी, चिकित्सा, ईन्जिनियरिङ, सूचना तथा प्रविधि) आदि गरिनुपर्ने पनि माग छ । माथि उल्लेखित माग सम्बोधन नगरिए संघर्षमा होमिने पनि मञ्चको चेतावनी छ । कार्यक्रममा मञ्चकी अध्यक्ष सिमा कुमारी चौधरी, संविधानसभा सदस्य हरेराम शेर्पाली, मुक्त कमैया आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य कौशिल्या चौधरी, दलित गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष गजाधर सुनार, भागिराम चौधरी, मुक्त कमैया वर्ग सञ्जाल कैलालीका अध्यक्ष रामपल चौधरीलगायतले मुक्त कमैया र कमलहरीको न्यायिक पूनःस्थापनको लागि आवाज उठाएका थिए । मुक्त कमैया महिला विकास मञ्च, कैलालीको ११ बुँदे मागहरु : १) मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् । २) भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवा पुर्नस्थापनाका लागि तयार पारेको कार्ययोजना तथा कार्यविधि मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन गरियोस् ।  ३) मुक्त कमैया, कमलहरीहरुको समस्या समाधानको लागि एकिकृत ऐन जारी गरि पुर्नस्थापना कार्य अगाडी बढाइयोस् ।  ४) मुक्त कमैया र मुक्त कमलहरीको तथ्यांक संकलनमा विविध कारणवस नाम छुट भएका वास्तविक मुक्त कमैया, मुक्त कमलहरीहरुको तथ्यांक संकलन गरी प्रमाणीकरण गरि परिचयपत्रको व्यवस्था गरियोस् ।  ५) मुक्त कमलहरीको शिक्षामा पहुँच अभिवृद्धि गर्न कमलरी छात्रवृत्ति शिक्षा निर्देशिका संशोधन गरि लागु गरियोस् ।  ६) सरकारी प्रति जमिनमा बस्ती लागेर बसोबास गरिरहेका मुक्त कमैयाहरुलाई छानबिन गरि बसिरहेकै स्थानमा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइयोस् । (टीकापुर न.पा शक्तिनगर, शिवनगर, गोदावरि न.पा गेटी कत्ठा टोल)  ७) अभिभाभवक विहिन मुक्त कमलरी तथा विवाह गरेर पनि जग्गाजमिन नभएका कमलरीहरुका लागि भूमि सहितको घरवासको व्यवस्थाको गरियोस् । ८) मुक्त कमैयाहरु बसोबास गरिरहेका बस्तीमा रुखका कारणले वर्षेनी धनजनको क्षति भइरहेकोले सो बस्तीको काठ कटानि गरि मुक्त कमैयाहरुलाई उपलब्ध गराइयोस् । (भजनीको मधुवन, सृजना वस्ती, गोदावरि न.पाको अत्तरिया, गौरीगंगा न.पाको सालघारी मुक्त कमैया बस्ती) ९) प्रदेश तथा संघीय सरकारमा मुक्त कमैया, कमलहरीहरुको समानुपातिक प्रतिनिधिको व्यवस्था गरियोस् साथै बसोबास रहेको गाउँपालिका, नगरपालिका , निर्माण हुने विविध समिति तथा आयोगमा प्रतिनिधित्वको व्यवस्था साथै निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरियोस् । १०) नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरीहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पि.एच.डि , चिकित्सा, इन्जिनियरिङ, सूचना तथा प्रविधि आदि )    ११) मुक्त कमैया र कमलहरीहरुद्वारा सन्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरियोस् ।       

एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

९८३ दिन अगाडि

|

१३ पुष २०८०

धनगढी । लामो समय विभिन्न गैरसरकारी संस्थामा आबद्ध भई काम गरेका कैलालीका अधिकारकर्मी वसन्ती र वीरेन्द्र चौधरी दम्पती व्यवसायमा जुटेका छन् । कमैया कमलरी मुक्त अभियानकर्ता रही अन्तर्राष्ट्रिय स्तरको एन पिस अवार्ड २०१६ बाट समेत सम्मानित भइसकेकी वसन्ती र उनका श्रीमान वीरेन्द्र चौधरी थारू परम्परागत परिकारको मुख्य सुविधासहितको ‘दहिटान घर’ नाम दिएर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । धनगढी उपमहानगरपालिका–४, घरेलु चोक उत्तरबेहडीमा २० लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन् । उनीहरूले आफ्नो ‘दहिटान घर’ लाई थारू समुदायको माघी पर्वको अवसरमा उद्घाटनको योजना बनाएका छन् । तर सो दहिटान घरले आफ्नो प्रि–ओपनिङमै ग्राहकको मन जित्न सफल भएको हो । व्यवसायप्रति उत्साहित भएका वीरेन्द्र भन्छन्, ‘माघमा उद्घाटनको तयारी छ । अहिले हामी ट्रायल परियडमै छौँ । तर सोचेभन्दा बढी ग्राहकहरूले माया दिनुभएको छ । हामीले दैनिक हुने कारोबारको सीमा निर्धारण गरेका छौँ । जुन कारोबारको सीमा दैनिक रूपमा क्रस भएको छ ।’ १७ वर्षसम्म विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरेका वीरेन्द्रले हालै सञ्चालनमा ल्याएको व्यवसायले जागिरे जीवनको आरोहअवरोहलाई भुल्याएको सुनाउँछन् । ‘दहिटान घर’ अर्थात् थारू जातिभित्रको मुख्य उपथर दहिट बाट ‘दहिटान घर’को अवधारणा ल्याएको उनीहरूको भनाइ छ । जहाँ गाउँले स्वाद प्रमुख विशेषता रहेको सञ्चालिका वसन्ती बताउँछिन् । उनीहरूको दहिटान घरमा थारू परिकार ढिक्री, अन्डिक भात, सिद्राको चटनी, बयरको चटनी, आलुको चटनी, घोघी, लोकल कुखुराको ग्रेबी, बङ्गुरको सेकुवा, पकुवा र चिल्ली पाइन्छ । जसको स्वाद लिन दैनिक रूपमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहने गरेको वसन्ती बताउँछिन् । हाल थारू मौलिक परिकारको प्रवर्धन गर्दै आएका उनीहरू निकट भविष्यमा सुदूरपश्चिमका अन्य रैथाने परिकारको पनि व्यवस्था गर्ने बताएका छन् । दुई दशकदेखि कमैया, कमलरी मुक्ति अभियानलगायत अधिकारमुखी आन्दोलनमा सक्रिय वसन्तीले समाज सेवासँगै व्यवसायलाई निरन्तता दिने बताउँछन् । उनी कमैया प्रथा उन्मूलन समाज, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, थारू नागरिक समाजलगायत सङ्घ संस्थासँग आबद्ध छिन् । 

कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

९८८ दिन अगाडि

|

७ पुष २०८०

कैलाली । सर्वोच्चको आदेशपछि नेपालमा पहिलो पटक समलिंगी (ट्रान्स कपल) ले विवाह दर्ता गराएका छन् । सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको सूचना पाएपछि प्रकाश र मनिला विवाह  दर्ताको लागि कैलारी गाउँपालिका वडा नम्बर ८ मा प्रक्रिया अगाडी बढाएको बताए । उनीहरु चार वर्ष अगाडी नै मन्दिरमा गएर नेपाली परम्परागतरुपले विवाह गरिसको फोटो भिडियो र विवाह क्रममा मन्दिरमा तिरेको रसिद देखाएपछि वडाले विवाह दर्ता गरेको बताए । मनिला भन्छिन् ‘ट्रान्स कपल जोडी विवाह  गरेर कानूनी मान्यता पाउने नेपालमै हामी पहिलो जोडी बन्यो । सरकारले हाम्रो माग सुनुवाई गरिदिएकोमा एकदमै खुशी छौं ।’ उनीहरु विवाह  हुनुभन्दा अगाडीदेखि नै प्रेम सम्बन्धमा थिए । अफिसले उनीहरुको चार वर्ष अगाडी विवाह  गरिदिएको हो । विवाह पश्चात उनीहरु दुबै जना एक अर्काको घरमा जाने बस्ने गर्दछन् । अहिले परिवारले पनि स्वीकार गरिसकेको प्रकाश बताउँछन् । उनी भन्छन् ‘हामी कानुनी मान्यता नपाउँदा सम्म पारिवारिक र सामाजिक लडाई त थियो नै, जटिल विरामी भएको बेला स्वास्थ्य उपचारमा जाँदा सम्बन्धको आधारमा गर्न नपाउँने । अस्पतालले परिवार नै खोज्थ्यो । बैंकि· कारोवारमा पनि हामीलाई गाह्रो भयो ।’ उनका अनुसार जहिलेपनि हाम्रो यौनिकता र लैंगिकतामाथि प्रश्न खडा हुन्थ्यो, अब हामी ढुक्कका साथ विवाहित जोडी बन्यो । यस अघि सर्वोच्च अदालतको आदेशमा परम्परागत रूपमा विबाह मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्था थियो । विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँदै समलिंगीहरूको विवाह दर्ता अस्वीकार गर्दै आएका थिए । त्यस्तो अवस्थामा समलिंगी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्ति लगायतका व्यवहार र कारोबारमा अड्चन आउँथ्यो । समलिंगी विवाहलाई दर्ता गर्ने कानुनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।

अपाङ्गता भएका प्रदेशु डंगौरा भन्छन्– ‘कमाउनैलाई प्रदेशिनु पर्दैन’

अपाङ्गता भएका प्रदेशु डंगौरा भन्छन्– ‘कमाउनैलाई प्रदेशिनु पर्दैन’

९८९ दिन अगाडि

|

७ पुष २०८०

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२, कोटाका प्रदेशु डंगौरा थारू पनि शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । तर उनी आफूलाई सबलाङ्गकै दर्जामा आफूलाई उभ्याउन सफल भएका छन् । उनका दुवै खुट्टा चल्दैनन् । तर उनको सफलताको रफ्तार भने असीमित छ । उनले गाउँमै मोबाइल ग्यालरी सञ्चालन गरेका छन् । त्यसबाट उनले महिनाको ५० देखि ६० हजार रूपैयाँसम्मको कारोबार गर्छन् । उनले मोबाइल मर्मत तालिम लिई १० वर्षदेखि गाउँकै त्रिवेणी बजारमा मोबाइलको एसेसरिज सामग्री बिक्री र मर्मत गर्ने पसल थापेका हुन् । पसलबाट नै उनले आफ्नो घरखर्च र जीविकोपार्जन गर्दै आएका छन् । अपाङ्गता भएका प्रदेशु डंगौरा भन्छन्– कमाउनैलाई प्रदेशिनु पर्दैन उद्यमी छविलाल चौधरी कैलालीको घोडाघोडी नगरपालिका वडा नं। १, सुक्खडका छविलाल चौधरी एक सफल किसान र उद्यमी भनेर चिनिन्छन् । शारीरिक रूपमा अपाङ्ग भए पनि आफ्नो मेहनत र लगनशीलताले उनी गाउँमै उदाहरणीय व्यक्ति बनेका हुन् । वीरबहादुर जस्तै उनी पनि घरमै वेतबाँस फर्निचर उद्योग र कृषि फर्म सञ्चालन गर्दै आएका छन् । उनले आफ्नो उद्योगमा अन्य दुई जना व्यक्तिलाई पनि रोजगारी दिन पनि सफल भएका छन् । उनको उद्योगमा टेबल, सोफा, मुढा, कुर्सी, ह्याङ्गर, फूलदानी, स्ट्यान्ड, र्याकलगायतका सामग्री उत्पादन गर्छन् । त्यस्तै कृषि फर्ममा उनी च्याउ उत्पादन गर्छन् । चार लाख रूपैयाँ लगानी गरी उद्योग सञ्चालन गरेका उनले महिनामा लाखौँका कारोबार गर्दै आएका छन् । व्यवसायमा अब्बल वीरबहादुर कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–३ का वीरबहादुर तमाङले बाल्यकालमै आँखाको ज्योति गुमाए । जन्मिदा भने उनी सबलाङ्ग नै थिए । सानैदेखि विद्यालय पनि जान थाले तर विस्तारै उनको आँखामा समस्या देखिन थाल्यो । आँखाका ज्योति कम हुने समस्या देखियो । कक्षा ७ मा पुगेपछि उनका दुवै आँखा बन्द भए अनि पढाइ पनि छोडे ।  समयमा उपचार नपाएका उनले हेर्दै आएको उज्यालो संसार पूरै अन्धकारमय बन्यो । आँखा देख्न छोडेपछि उनको शिक्षा प्राप्त गर्न विद्यालयको ढोका पनि बन्द हुन पुग्यो । अनि उनको जीवन झनै सकसपूर्ण बन्दै गयो ।  तर उनले जीवनदेखि हार मानेनन् । सङ्घर्ष गर्दै गए । खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ उनी अहिले एक सफल उद्यमी बन्नेका छन् । बाँसको मुढा बनाउने व्यासाय गर्दै आएका उनी त्यसैबाट आफ्नो घरपरिवारको जीविकोपार्जन गर्दै आएका छन् । अहिले मुढा बुनेर नै सबै खर्च कटाएर मासिक २० हजारभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएका छन् । वीरबहादुर भन्छन्, ‘२३ वर्षदेखि वेतबाँसका मुढा बनाएर बेच्दै आएछु । मेरो पेसा नै यही हो ।’ उनी छामछुम गरी बाँस चिर्ने र मुढा बनाउन चाहिने सिन्का तयार गर्ने गर्छन् । अनि ती सिन्कालाई डोरीले बुनेर आकर्षक मुढा बनाउँछन् । एउटा मुढा बनाउन उनलाई डेढदेखि दुई दिन लाग्छ भन्छन् उनी । मुढा तयार भएपछि उनी आफैँ बजार लगेर बिक्री गर्छन् । बजारमा उनले प्रतिमुढा पाँच सय रूपैयाँमा बिक्री गर्दै आएका छन् । तयार भएका मुढा उनले धनगढी, महेन्द्रनगर, बेलौरी बजार पुगेर बिक्री वितरण गर्दै आएका छन् । वीरबहादुरका परिवारमा श्रीमती, एउटा छोरा र एउटी छोरी गरी चार जना छन् । उनले मुढा बनाएर खाना, छोराछोरीको पढाइलेखाइको खर्च गरी बचेको आम्दानीले पाँच कट्ठा जमिन समेत जोर्न सफल भएका छन् ।  यो पेसाका लागि उनले तालिम लिए । पुनर्वासस्थित नेत्रहीन कल्याण सङ्घले उनलाई मुढा बनाउने तालिम दिएको थियो । त्यहाँबाट तालिम लिएपछि त्यसैलाई उनले आफ्नो व्यवसाय बनाए ।  

थाविस मवक्या  दाङको अध्यक्षमा अनिल चौधरी चयन

थाविस मवक्या दाङको अध्यक्षमा अनिल चौधरी चयन

९९१ दिन अगाडि

|

५ पुष २०८०

महेन्द्र बहुमुखी क्याम्पस दाङमा लामो समयदेखि नेतृत्वबिहीन थारु विद्यार्थी समाजले नेतृत्व पाएको छ । अनिल चौधरीको संयोजकत्वमा पुस ४ गते ५१ सदस्यीय मुल कमिटि गठन गरिएको छ । थारु कल्याणकारिणी सभाका दाङ जिल्ला अध्यक्ष अशोक चौधरीका अनुसार यो कमिटिले आगामी दिनमा बृहत् भेलाको आयोजना अधिवेशन गराउने छ ।  थाविस महेन्द्र बहुमुखी क्याम्पस दाङ ईकाई सक्रिय हुन नसक्दा यसको मुखपत्र हमार पहुरा पनि लामो समयदेखि प्रकाशन हुन सकेको छैन । थाविस मबक्या दाङ ईकाई २०४७ सालमा गठन भएको थियो । थारु विद्यार्थी समाज केन्द्र पनि लामो समयदेखि निस्क्रिय देखिएको छ । यसले नेतृत्वमा थारु युवाको अभाव खड्काएको छ ।