नेपाली काँग्रेस थारू विभागको प्रमुखमा योगेन्द्र चौधरी

नेपाली काँग्रेस थारू विभागको प्रमुखमा योगेन्द्र चौधरी

१०९८ दिन अगाडि

|

१७ भदौ २०८०

काठमाडौं कलिङ साहित्य महोत्सवमा मिथिला संस्कृतिको चर्चा

काठमाडौं कलिङ साहित्य महोत्सवमा मिथिला संस्कृतिको चर्चा

१०९९ दिन अगाडि

|

१६ भदौ २०८०

नेपाली कांग्रेस नेतृ चित्रलेखा यादवले मिथिलाको संस्कृति बचाउन महिलाको महत्त्वपूर्ण योगदान रहेको बताएकी छिन्। काठमाडौं कलिङ साहित्य महोत्सवको 'मिथिलाको कामधेनु संस्कृति; विषयको सत्रमा बोल्दै यादवले मैथिली संस्कृति बचाउन महिलाको ठूलो भूमिका रहेको बताएकी हुन्।  पहिल्यैदेखि नै मिथिलाका महिलाहरु संस्कृतिको मामिलामा अग्रसर रहेको भन्दै उनले थपिन्,  'महिलाहरु सबै शक्तिका स्रोत हुन्। त्यो मलाई हजुरआमाबाट अनुभूति हुन्थ्यो। उहाँ पढेलेखेको हुनुहुन्थेन। तर, उहाँले जसरी संस्कृतिसँग जोडिएका विषयलाई हामीलाई ‍सिकाउनुहुन्थ्यो। त्यसबाट पनि मलाई मिथिलाका महिलाहरु बलियो रहेको अनुभूति भएको हो।'  चित्रलेखाका अनुसार मैथिली संस्कृतिमा महिलालाई शक्तिको स्रोतको रुपमा लिइन्छ। तर,  समाजको पित्तृसत्तात्मक संरचनाले महिलाहरुलाई कमजोर बनाएको हो। उनले भनिन्, 'मैथिली संस्कृति हेर्दा महिलाहरु साँच्चै नै शक्तिका स्रोत थिए। तर, जबजब आक्रमणहरु हुन थाले, सबै संरचनाहरु भत्किँदै गए। अनि मान्छेहरुले असुरक्षित महसुस गरे। त्योबेला सबैभन्दा बढी महिलाहरुले झन असुरक्षित महसुस गर्न थाले। त्यसपछि उनीहरुमा आत्मविश्वास घट्दै गयो। जसकारण पुरुषले अवसर पाए। महिलाहरुको भूमिका सिमित हुँदै गयो।'  मिथिला चित्रकलामा धेरैजसो महिलाहरु नै सक्रिय रुपमा लागेका छन्। त्यस्ता चित्रकला निकै चर्चितसमेत छन्।   'मैले बाल्यअवस्थादेखि नै देखेँ, चाडपर्व होस् बिहे महिलाहरुले नै चित्र बनाउनुहुन्थ्यो। जुन मिथिला पेन्टिङ चर्चित छ। सबैले मन पराउनु पनि हुन्छ। त्यो जगाउने उहाँहरु नै हो। हिजोको दिनमा पनि महिलाहरुले मिथिलाको कलालाई विभिन्न माध्यमबाट आजसम्म जोगाएर राख्नुभएको छ,' उनले भनिन्, 'मिथिलाको साहित्य, कला, नृत्य, गीत र सीप यी सबै कुरालाई संरक्षण गर्नुमा महिलाहरुको महत्त्वपूर्ण भूमिका रहेको छ। जब म मिथिलाको महिलाहरु देख्छु उहाँहरु महान हुनुहुन्छ। उहाँहरुकै कारण हामी चाडपर्व, संस्कृति र परम्परामा धनी छौँ।'   कला, साहित्य र संस्कृतिसँग मानवको भावना जोडिएकाले यसलाई मिलेर जोगाउनुपर्ने उनको धारणा छ। कला र साहित्य समाजको ऐना हो। कला र साहित्यले समाज देखाउँछ। समाजमा के भइरहेको र कस्तो हुनुपर्छ भन्ने पनि देखाउँछ। यससँग हाम्रो भावना समेत जोडिएको हुन्छ। जसकारण पनि संस्कृतिलाई जोगाउने काम सबैबाट भएको हुन्छ।  यसै सत्रमा नेतृ चित्रलेखासँगै विश्लेषक सिके लाल र लेखक धिरेन्द्र प्रेमर्षी, पत्रकार तथा संस्कृति अभियन्ता रामनारायण देव र रंगकर्मी रमेश रञ्जन झाले मैथिली संस्कृतिबारे थप प्रकाश पारे। विश्लेषक सिके लालले भने, ५ सय वर्षअघि कामधेनु संस्कृति मिथिलामा आएको बताउँदै मल्लकालमा मैथिली भाषालाई निकै प्रयोग गरिएको बताएँ। मल्लकालमा राजाहरुले मैथिलिमा लेख्ने र बोल्ने गर्थे। त्योबेला मैथिली योग्य भाषा थियो। तर, अहिले यो अवस्था छैन।   सीताको कालखण्डबाट मिथिलामा कृषि र पशुपालनले ‍सभ्यताको विकास भएको उनी मान्छन्। मिथिलामा कृषिकर्म र पशुपालनले सभ्यता आएको थियो। कृषि र पशुपालनमा धर्म र आध्यात्मिक कुरा जोडिन्छ। जब धर्ममा कर्मकाण्ड हावी हुन्छ, आध्यात्ममा ज्ञानको खोजी हुन्छ। त्यस्तो बेला साहित्य र कलाको सिर्जना उच्चतामा पुग्छ।   

थारू सँस्कृतिको मौलिकताको खोजी

थारू सँस्कृतिको मौलिकताको खोजी

१०९९ दिन अगाडि

|

१६ भदौ २०८०

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा शुक्रबार बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल  गरिएको छ। लेखक तथा अधिवक्ता  शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच 'थारु संस्कृति : हिजो र आज' छलफल  भएको हो। कार्यक्रमको सहजीकरण पत्रकार बुनू थारुले गरेकी थिइन्।  अधिवक्ता शान्ति चौधरीले थारु समुदाय विगतभन्दा उदार बन्दै आएको धारणा राखिन्। पहिला अशिक्षा, अन्धविश्वास र रुढिवादी परम्परा रहेको अनुभव सुनाउँदै उनले भनिन्, 'काठमाडौंमा छँदा मैले सबै सेवा सुविधा पाएँ। तर, मेरो परिवारले थारु चलन परिवर्तन गर्न सकेन। उहाँहरूले बाराकै केटासँग मेरो बिहे गरिदिनुभयो। त्यहाँ गएर निकै दुःख भोग्नुपर्‍यो। शौचालय पनि राति जानुपर्ने। सबैले नखाएसम्म खाना खान नपाइने। तर, अहिले त्यस्तो छैन।' पछिल्लो समय थारु समुदाय र अन्य समुदायबीच संस्कृति आदानप्रदान हुँदै गइरहेको उनले बताइन्।  'पहिले थारुहरू अरु समुदायसँग घुलमिल हुँदैन थिए। आफ्नो समुदायभित्र रमाउने हुँदा संस्कृति पनि उनीहरुबीच सीमित थियो। खेतीपातीमा निर्भर हुने उनीहरू अशिक्षित थिए', उनले भनिन्, 'तर,  आधुनिक र वैज्ञानिक युगले गर्दा थारु संस्कृति र अन्य संस्कृतिबीच आदानप्रदान भएको छ। उनीहरू छोरीलाई पढाउने भएका छन्। रुढिवादी परम्परा पनि हराउँदै गएको छ।'   अर्का वक्ता सर्वहारीले थारु समुदायभित्र पनि विविधता रहेको बताउँदै पूर्वी नेपाल र पश्चिम नेपालका थारुहरुको फरक संस्कृतिबारे प्रकाश पारे। उनले पूर्व र पश्चिमका थारुको संस्कृति फरक भएकैले पाठ्यक्रम निर्माणमा समस्या भएको बताए। 'लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई थारु भाषा लागू गर्नुपर्छ भनेर सरकारले सिफारिस गरेको छ। विडम्बना, कैलाली जिल्लाको एउटा गाउँपालिकाबाहेक कसैले पनि लागू गरेको छैन। कैलालीले एक कक्षामा राखे पनि निरन्तरता दिएको छैन। एकदेखि पाँच कक्षासम्मको जनक शिक्षामा म पनि लेखक हुँ। त्यसमा पूर्वको एउटा र पश्चिमका थारुको भाषा फरक हुँदा पनि पाठ्यक्रम निर्माणमा समस्या आएको छ,' उनले भने। थारु लेखक संघ बनाएर थारु संस्कृति र साहित्यको संरक्षणमा योगदान गरिरहेको सर्वहारीले बताए।  पूर्व र पश्चिमका थारु समुदायको भाषा र संस्कृतिमा विविधता छ। तर, मधेसी समुदायमा बस्ने हुँदा पूर्वको थारुहरुले भोजपुरी संस्कृति अपनाएको आरोप लाग्ने गर्छ।  शान्ति भने पूर्वीय थारुहरूले कसैको संस्कृति ग्रहण नगरेको बताउँछिन्। थारु संस्कृतिको विकासमा राज्य अग्रसर हुनुपर्ने बताउँदै थारु भाषालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।  सरस्वती चौधरीले कलाररंगमञ्चले थारु संस्कृतिको विस्तारमा सहयोग गरे पनि नाटकमा भने काम गर्न नसकेको बताइन्। थारु समुदायमा एकता नहुँदा पहुँचमा पुगेका थारुहरूको पनि साथ नपाएको उनको दुखेसो छ। महोत्सव आइतबारसम्म जारी रहनेछ।

जानकी थारू भन्छिन्ः जवानीमा ढिकीजाँतो कुटेकाले सय वर्ष बाँचे

जानकी थारू भन्छिन्ः जवानीमा ढिकीजाँतो कुटेकाले सय वर्ष बाँचे

११०३ दिन अगाडि

|

१२ भदौ २०८०

धनगढी, भदौ १२ गते । “डाई कहाँ गैलो ? (आमा कता जानू भो)”, जाईकी जानकी डङ्गौरा थारूको मुखबाट दिउँसो तथा राति पनि निस्किने आवाज हो यो । भनिन्छ, मान्छे आफ्नो जीवनमा दुई पटक बच्चा बन्छ । पहिले बाल्यकालमा, त्यसपछि बुढेस्कालमा ।  धनगढी उपमहानगरपालिका–५, जाई गाउँकी ११० वर्षीय ज्येष्ठ नागरिक जानकी पनि अहिले बच्चा सरह नै हुनुभएको छ । आँखाको ज्योति लगभग गुमाइसकेकी जानकी जतिखेर पनि आमाका रूपमा आफ्नो बुहारी रम्कीलाई खोजिरहनुहुन्छ ।  बयोवृद्धा जानकी बुहारीलाई आमा भन्नुहुन्छ । त्यसैले मुखबाट निस्किरहन्छ, ‘डाई कहाँ गैलो ?’ “बज्यैले डाई डाई भनेर जति बेला पनि हाम्रो सासूलाई खोजिरहनुहुन्छ,” जानकीकी नातिनी बुहारी कल्पनाले भन्नुभयो, “अहिले उहाँको आफ्नै बुहारी आमा सरह हुनुभएको छ ।” नेपालमा पुरुषको भन्दा महिलाको औसत आयु बढी देखिएको छ । महिलाको आयु ७२ वर्ष रहेको छ । यद्यपि एक सय वर्षभन्दा बढी वर्ष बाँच्ने महिला बिरलै भेटिएका छन् । जानकी कैलाली जिल्ला कै सम्भवतः सबैभन्दा बढी वर्षकी ज्येष्ठ नागरिक हुनुहुन्छ । विगतमा ढिकीजाँतो तथा नियमित कामसँग भलाकुसारी गरेकाले एक सयभन्दा बढी वर्ष बाँचेको अनुभव उहाँको छ । त्यो बेलाको खानपान पनि उहाँको उमेर एक सयमाथि लाग्नुको मुख्य कारण भएको हुनसक्ने आफन्तहरू बताउछन् ।   “पहिले अहिलेको जस्तो मिल थिएन । खानका लागि ढिकी कुट्नै पथ्र्यौ, जाँतोमा मकै, दाल पिध्नै पथ्र्यौ,” ज्येष्ठ नागरिक जानकीले भन्नुभयो, “जवानीमा खुब काम गरेकाले धेरै वर्ष बाँच्न पाइयो । हिँडडुल गर्न सकिन्न नत्र अझै काम गर्ने इच्छा छ ।”  घर लिपपोतका लागि थारू महिलाले खुट्टाले खुब किचेर माटोको ‘गिलुवा’ बनाउने गर्दथे । जानी नजानी हजुरआमाले गरेको काम शारीरिक व्यायामसरह भएकाले उहाँको आयु लामो भएको कल्पनाको ठहर छ । “अहिलेको मान्छेलाई त ७०/८० वर्ष पनि बाँच्न मुस्किल छ,” उहाँले भन्नुभयो ।  जानकी एक सयभन्दा बढी वर्ष बाँच्ने ज्येष्ठ नागरिक मात्रै नभई दाङबाट बसाइँ सरेर कैलाली आउने (बुह्रान झर्ने) एक जिउँदो इतिहास पनि हुनुहुन्छ । विक्रम सम्वत् १९७० चैतमा जन्मिनुभएकी उहाँको दाङकै टर्गैं (हालको टरिगाउँ तुलसीपुर नगरपालिका) मा जन्म र विवाह भएको थियो । पछि तीन सन्तान बोकेर श्रीमान् बुद्धिराम डङ्गौराको साथमा कैलालीको जाई आउनुभयो ।  जानकीका बुहारी रम्कीका अनुसार कमाउन आएकाले सासू ससुराले जाईमा जग्गा बनाउन सकेनन् । “पछि तीन सय रुपियाँमा तीन कट्ठा जग्गा किन्नु भएछ,” उहाँले भन्नुभयो । जानकीका तीन छोरा थिए । जेठो महेरमान डङ्गौराको निधन भइसकेको छ । यसै गरी सात नाति, आठ नातिनी, आठ पनाति र एक खनातिनी रहेका छन् ।  सासूले परिवारमा कैयौँ पुस्ता देख्न पाएको रम्कीले बताउनुभयो । “हिँडडुल गर्न र राम्ररी देख्न नसक्ने सासूको मैले रेखदेख गर्दै आएकी छु,” उहाँले भन्नुभयो । सासू बुहारी दुवै जनाले सामाजिक सुरक्षा भत्ता पाएर जीवन निर्वाह गरिरहेका छन् । गोरखापत्रबाट     

प्रधानमन्त्रीको दाबी : कानुन बमोजिम नै रेशमलाई कैद माफी दिइएको हो

प्रधानमन्त्रीको दाबी : कानुन बमोजिम नै रेशमलाई कैद माफी दिइएको हो

११०३ दिन अगाडि

|

१२ भदौ २०८०

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकार विधिको शासनमा प्रतिवद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार नै रेशम चौधरीले गृह मन्त्रालयमार्फत कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन दिएको उनले बताए । प्रचण्डले अघि भने, ‘महान्यायाधिवक्ताको कार्यालयको राय समेतका आधारमा प्रचलित कानुन बमोजिम नै नेपाल सरकार, मन्त्रिपरिषद्बाट गणतन्त्र दिवस २०८० को सम्बन्धमा निजलाई माफी गर्न सिफारिस गरिएको प्रष्ट गर्न चाहन्छु ।’ संक्रमणकालीन न्यायसम्पादन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले संसदमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरे ।  

थारू जनजीवन : फुर्सदमा हस्तकलाका डेलुवादेखि बरेरुवासँग रमाउनेहरू

थारू जनजीवन : फुर्सदमा हस्तकलाका डेलुवादेखि बरेरुवासँग रमाउनेहरू

११०४ दिन अगाडि

|

११ भदौ २०८०

धनगढी । रोपाइँ सकिएको छ । खेतबारीमा धान बाली लहलहाउँदो छ । जता हेर्‍यो उतै हरियाली छ । मनमोहक छ ग्रामीण परिवेश अचेल । रोपाइँ सकिने बित्तिकै गाउँका बेरोजगार युवा भारत पलायन भएका छन् । बाँकी रहेकाहरू कोही बस्तुभाउको हेरचाहमा त कोही धानबालीमा उम्रिएका झार उखेल्ने काममा छन् । कामको चटारो कम भएकाले युवा फुर्सदिला छन् । यही फुर्सदिलो समयको सदुपयोगमा छन् कैलारी गाउँपालिका ६, बेनौलीका भोजराज चौधरी । पेसाले राजमिस्त्रीको काम गर्दै आएका उनी आजभोलि भने नजिकैको सुटैहिया नालामा हेल्का (माछा मार्ने उपकरण) र टापी (माछा मार्ने उपकरण)सहित भेटिन्छन् । फुर्सदको समयमा माछा मार्ने, सुकुटी बनाउने र साँझ बिहानको छाक टार्ने उनको दिनचर्या छ । उनी भन्छन्, ‘खाली बस्नुभन्दा केही गर्नु राम्रो । माछा मार्‍यो, साँझ बिहानको छाक टर्छ । समयको सदुपयोग पनि हुन्छ ।’ कैलारी गाउँपालिका वडा नंं. ८, टेंढीका भगवान् दास चौधरीको दिनचर्या पनि बरेरुवा र ढह्रिया झार्नमै व्यस्त छ । परम्परागत हस्तकलामा अति नै निपुण उनले पूरै नालाभरि बरेरुवा (माछा मार्ने ठूलो उपकरण) बनाएका छन् । र, खेतको गरामा ढह्रिया लगाउँछन् । उनी भन्छन्, ‘पहिलैदेखि माछा मार्ने सिप हो । जसबाट वर्षातभरि माछा खान पाइन्छ । दैनिक छाक मज्जाले टर्छ । बढी भएको बेला सुकाएर सिद्रा बनाउँछु ।’ रोपाइँ सकिएपछि गृहिणीहरु भने फुर्सदको समयमा ढकिया, डेलुवा बन्नमा व्यस्त छन् ।  बेनौलीकी रामराशी चौधरी डेलुवा, ढकिया बुन्नमा व्यस्त छिन् । उनी आफ्नी भतिजीको बिहेमा चाहिने डेलुवा बुन्न लागेकी छन् । ‘रोपाइँपछि हामी फुर्सदिलो हुन्छौँ । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौँ,’ रामराशीले भनिन्, ‘घरमै हरचाली (फुर्सदको काम) गर्नु नै ठिक लाग्छ ।’ जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु जातिमा प्रायः विवाह, औपचारिक कार्यक्रममा सजावटी तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुँदैछ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नका लागि गरिन्छ । ग्रामीण भेगका तन्नेरीहरु कोही नयाँ प्रविधि उन्मुख छन् त कोही बिना काम आजभोलि भौतारिन्छन् । वयस्कदेखि बुढापाकाहरु भने पुर्ख्यौली ज्ञान, सिपको सदुपयोगमा छन् । यतिबेला ग्रामीण भेगका महिलाहरु ढकिया, डेलुवा, पनछोप्नी (पानी छोप्ने बस्तु) लगायत घरायसी प्रयोगमा आउने वस्तु बनाउनमा लागेका छन् । पुस्तौँदेखि प्रचलनमा रहेको ज्ञान र सिपको सदुपयोग गर्दै उनीहरू विभिन्न उपकरण बनाउन लागेका हुन् । उनीहरू चाडपर्वहरू नजिकिँदै गर्दा पर्वमा चाहिने वस्तुहरू जोहो गर्न लागेका हुन् । बेनौलीकै भिखु डंगौरा थारु आजभोलि हेल्का बुन्नमा व्यस्त छन् । उनी आजभोलि हेल्का बुनेर फुर्सदको समय सदुपयोग गर्दै आएका छन् । माछा मार्ने उद्देश्यले हेल्का बुन्दै आएका उनले यताउता डुलेर समय खेर फाल्नुभन्दा घरमा बसेर हरचाली गर्नु नै ठिक हुने बताउँछन् । उमेरले ७९ कटाइसकेका भिखु भन्छन्, ‘पुुरानो ज्ञान, सिपको फाइदै फाइदा छ । तर आजभोलिका नयाँ पुस्तालाई पुरानो हस्तकला सँग सम्बन्धित ज्ञान सिपमा पटक्कै चासो छैन । हामीसँगै हाम्रो सिप पनि जाने भयो ।’ यतिबेला ग्रामीण बस्तीहरुमा हेल्का, ढह्रिया मात्रै होइन, टापी, जाल, बरेरुवालगायत माछा मार्ने प्रविधिका साथै खतिया, सुप्पा (नाङलो) डिलिया (माछा राख्ने भाँडो), छिट्नी, छिटुवा, बस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, छर्की, बेना (हाते पंखा)लगायत बन्ने काम हुँदै आएको देख्न पाइन्छ । घरायसी प्रयोजनमा आउने ती सामान फुर्सदको समयमा बनाइने गरिए पनि बाह्रैमास प्रयोगमा आउँछन् । जुन वातावरणीय हिसाबले र आयआर्जनको हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको बताइन्छ । तर पछिल्लो समय सो प्रविधि तथा बनाउने ज्ञान र सिप विस्तारै लोप हुँदै गएका छन् । समय अनुसार नयाँ पुस्तामा हस्तान्तरण हुन सक्दा ती हस्तकला सम्बन्धी ज्ञान र सिप लोप हुँदै गएको थारु संस्कृतिविद् अशोक थारु बताउँछन् । विभिन्न दृष्टिकोणबाट वैज्ञानिक, किफायती रहेका ती सामग्री बनाउने ज्ञान र सिपमा व्यावसायिकता दिन सके संरक्षण गर्न सकिने संस्कृतिविद् थारु औंल्याउँछन् ।