काठमाडौं,
२०७२ सालमा टीकापुर घटनाको सम्झनामा नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते कार्यक्रम गर्ने भएको छ ।
टीकापुर र लम्की बजारमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक ललित ताम्राकारले बताएका छन् ।
स्मरण रहोस् यसअघि भदौ ७ र ८ गते टीकापुर घटनामा दोषी भनिएका रेशम चौधरी लगायतको रिहाइको दबाबका लागि नेपाल बन्द गर्ने पार्टीले तयारी थालेको थियो । यो कार्यक्रम प्रत्युत्पादक ठानेर फिर्ता लिएको बुझिएको छ ।
टीकापुर घटनाबारे नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनेकी छिन्, ‘थारुको पहिचान, स्वाभिमान र अधिकारका लागि गरिएको थरुहट आन्दोलनमा मिति २०७२ भदौ ७ गते भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै, लगत्तै अर्को दिन भदौ ८ गते गरिएको आवेगपूर्ण घटनाप्रति पनि गहिरो दुःख व्यक्त गर्दै ती दिनहरु स्मरण गर्न चाहन्छौं ।’
‘थारुको पहिचान, अधिकार र सबै नेपाली समान भन्ने भावका साथ थारुवान राज्य र सबै प्रस्तावित थारुवान राज्य निवासी आम नेपालीहरुलाई सभ्य, विकसित,सुशासित र प्रस्तावित थारुवान राज्यप्रति गौरवान्वित बनाउने वातावरण तयार गर्ने लक्ष्यसहित हामी अगाडि बढिरहेका छौं,’रन्जिता श्रेष्ठ चौधरीले भनेकी छिन्, ‘थारुको पहिचानमा अरुको पहिचान नमासिने प्रतिवद्धता जाहेर गर्दै समग्र जनयुद्ध, मधेस आन्दोलन, थरुहट आन्दोलनसहित बिभिन्न पहिचानवादी आन्दोलनहरुप्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छौं ।’
अध्यक्ष रन्जिताले भनेकी छिन्, साथै ती आन्दोलनहरुमा शहादत भएका सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । राजनीतिक आन्दोलनमा, राजनितीक संघर्ष हुँदा भएको राजनीतिक घटनालाई राजनीतिक रुपमा नलगी आपराधिक कार्यसँग पूर्वाग्राही रुपमा जोडी फौजदारी मुद्धा चलाई हाल नेपालका विभिन्न जेलहरुमा रहेका झुटा मुद्धा लगाईएका सम्पूर्ण राजबन्दीहरुको रिहाईका लागि राज्यसंग जोडदार अपिल गर्दछौं ।’
‘हाम्रो राष्ट्रियता मजबुत होस, विविधतामा रहेका सम्पूर्ण नेपालीहरुमा एकता होस्, हाम्रो देश विश्व परिवेश माझ विकसित सम्पन्न राष्ट्रमा स्थान बनाओस् भन्दै २०७२ सालको भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको घटनालाई स्मरण गर्ने, गराउने, आपसी सद्भाव कायम गर्ने, पहिचानको आन्दोलनलाई स्थापित गर्ने र यस क्षेत्रमा बस्ने आम समुदायको हक हितका लागि राज्यलाई दबाब सृजना होस् भनी शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्ने कुराको जानकारी गराउँदछौं,’ अध्यक्ष रन्जिताको अभिव्यक्ति छ ।
प्रकाशित:
१३५९ दिन अगाडि
|
३१ साउन २०७९
३ दिन अगाडि
|
२० वैशाख २०८३
१४ दिन अगाडि
|
९ वैशाख २०८३
१५ दिन अगाडि
|
८ वैशाख २०८३
१८ दिन अगाडि
|
६ वैशाख २०८३
१८ दिन अगाडि
|
५ वैशाख २०८३
२० दिन अगाडि
|
३ वैशाख २०८३
२० दिन अगाडि
|
३ वैशाख २०८३
१३०३ दिन अगाडि
|
२५ असोज २०७९
१३३८ दिन अगाडि
|
२१ भदौ २०७९
१३४७ दिन अगाडि
|
१२ भदौ २०७९
१३०३ दिन अगाडि
|
२६ असोज २०७९
१२५२ दिन अगाडि
|
१५ मंसिर २०७९
१३०८ दिन अगाडि
|
२० असोज २०७९
१२४० दिन अगाडि
|
२७ मंसिर २०७९