नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

९६८ दिन अगाडि

|

२७ पुष २०८०

माघमा चार दिन विदाको माग

माघमा चार दिन विदाको माग

९७१ दिन अगाडि

|

२५ पुष २०८०

कैलालीका विभिन्न दस संघसंस्थाले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म माघमा चार दिन विदाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पुस २४ गते मंगलवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले विदाको माग गरेका हुन् । थारू कल्याणकारिणी सभा कैलाली, थारू नागरिक समाज कैलाली, थरुहट थारूवान राष्ट्रिय मोर्चा कैलाली थारू पत्रकार संघ कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश, थाकस धनगढी नगर समिति,  बरघर भल्मन्सा धनगढी नगर समिति, सखी सन्जाल धनगढी तथा थारू विद्यार्थी समाज कैलालीले चार दिन विदाको माग गरेका हुन् ।  विज्ञप्तिमा भनिएको छ– माघ १ जति जति जति नजिकिदै छ, थारू समुदायमा उति उति रौनक बढ्दै गइरहेको छ, मान्छेमा स्वतःस्फूर्त रुपमा एक किसिमको खुशी, उत्साह, उमंग छचल्किन शुरु भैसकेको छ । र, माघमा दिइने सरकारी विदा बारेमा पनि चर्चा सुरु भैसकेको छ । संघ सरकारले दिने माघ १ गतेको विदामा कैलालीका केही स्थानीय सरकारले विदा थप्दा २०७९ सालमा कैलालीका धेरै स्थानीय तहमा माघ ३ गतेसम्म विदा भएको कुरा हामीले बिर्सेका छैनौं, यसको लागि सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ।  त्यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ– माघ थारूहरूको नयाँ वर्ष, धार्मिक हिसाबले लहान (पुण्य दिन), नेतृत्व छान्ने र हटाउने, मेलमिलाप गर्ने, बन्धनबाट मुक्त हुने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने आदि धेरै कारणले महत्व राख्ने हुनाले यो थारूहरूको लागि सब भन्दा ठूलो त्यौहार हुन भएको कुरा सबैलाई ज्ञात नै छ । यसका अतिरिक्त माघ मगर, छन्त्याल, किरात समुदायका लागि पनि नयाँ बर्ष, पहाडका लागि मकर संक्रान्ति, माघे संक्रान्ति, कतिपय समुदायका लागि तिला संक्रान्ति, खिचडी महोत्सव भएबाट माघ देशकै ठूलो हिस्साका लागि महत्वपूर्ण पर्व ठहर भैसकेको छ । देशको ठूलो जनसंख्याले मनाइरहेकोले यो एकताको पर्वको रुपमा पनि बिकसित भैरहेको छ र बिदामा बढोत्तरी पनि भएको छ । तर विदा ब्यबस्थापनमा भएको सानो त्रुटीले खुशीमा अलिकति कमी देखिएको छ ।  माघ थारूहरूको नयाँ वर्ष भएको र पुष अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गरिने, जिता मार्ने, लहानका (धार्मिकस्थल) का लागि निस्किने कार्य गर्नैपर्ने हुँदा पुस अन्तिम दिनदेखि नै माघ पर्वको शुरुवात हुन्छ । यसरी खास गरेर माघ पर्वको प्रभावको चरम उत्कर्ष भनेकै पुस अन्तिम दिन र माघ १, २ गतेसम्म हुने र क्रमशः घट्ने हुँदा हामी प्रदेश र स्थानीय सरकारलाई पुस अन्तिम दिनलाई नछुटाई माघ ३ सम्म क’ल ४ दिन विदा दिन हुन जोडदार माग गर्दछौं– विज्ञप्तिमा भनिएको छ । 

मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ: मन्त्री शर्मा

मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ: मन्त्री शर्मा

९७२ दिन अगाडि

|

२४ पुष २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताएकी छन्। मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताइन्। राष्ट्रिय समाचार समिति (रासस)को राष्ट्रिय (मातृभाषा)को समाचार सेवा शुभारम्भ गर्दै उनले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपाल वास्तविक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक बनेको पनि बताइन्। 'हामीले संविधानमै राष्ट्रको परिभाषा स्पष्ट गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेका छौं,' मन्त्री शर्माले भनिन्, 'नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्।' त्यति मात्र होइन नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने स्पष्ट व्यवस्था संविधानले गरेको मन्त्री शर्माले बताइन्। उनले भाषासम्बन्धी अन्य निर्णय गर्नुपरेमा आवश्यक सिफारिस गर्न भाषा आयोग पनि क्रियाशील रहेकाले अब भाषाकै आधारमा कोही उत्पीडनमा परेको महसुस गर्नुनपर्ने बताइन्। राज्यका नीति निर्णयहरू जनताबीच पुर्‍याउने र जनताका अपेक्षाहरू राज्यका निकायसम्म पुर्‍याउन पुलको भूमिका निर्वाह गर्ने मुख्य दायित्व बोकेका सरकारी सञ्चारमाध्यमहरूले मातृभाषाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने बताइन्। मन्त्री शर्माले समाचार बैंकको रूपमा रहेको राससले मातृभाषामा सामग्री उत्पादन गर्दा अब राज्यद्वारा सञ्चालित मिडियासँगै निजी क्षेत्रमा सञ्चालन भएका मिडियालाई राज्यको आधिकारिक तथा विश्वसनीय समाचार संप्रेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। नेपालमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बन्धित भाषामा आवश्यक सामग्री प्राप्त गर्न नसक्दा समस्या भोगिरहेको उल्लेख गर्दै उनले राससले सम्बन्धित भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा भाषाभाषीका सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिन्। 'राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको संघीयता र समावेशीको मर्मलाई समेत आत्मसात गरेको ठहरिन्छ। संघीयता र समावेशीता कार्यान्वयन गर्नु सरकारको दायित्व हो। र, राससले आजदेखि प्रारम्भ गरेको मातृभाषा समाचार सेवालाई सरकारकै कार्यक्रमका रूपमा लिइनुपर्छ,' मन्त्री शर्माले भनिन्, 'यसमा संघीय सरकारको मात्र नभई, प्रदेश र स्थानीय तहहरूको समेत दायित्व स्थापित गर्न खोज्नु अझ महत्वपूर्ण छ।'

आरती साहका लागि न्याय माग्दै मानव अधिकार आयोग अगाडि पत्र च्यातेर विरोध प्रदर्शन

आरती साहका लागि न्याय माग्दै मानव अधिकार आयोग अगाडि पत्र च्यातेर विरोध प्रदर्शन

९७२ दिन अगाडि

|

२४ पुष २०८०

काठमाडौँ । आरती साह संघर्ष समितिले मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन गरेको छ ।  आरती साहका लागि न्याय माग्दै आयोग पुगेको समितिको ध्यानाकर्षण पत्र आयोगले लिन नमानेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । साहको न्यायको लागि लड्दै आएका आफन्तहरू आज २०७ दिन आइपुग्दा पनि न्याय पाउन सकेका छैनन् । साहका आफन्तसँगै समर्थनमा आएका प्रदर्शनकारीहरूले पत्र च्यातेर विरोध प्रदर्शन गरेका छन् । ललितपुरको पुलचोकस्थित आयोगको अगाडि केही बेर बसेर विरोध जनाएका थिए । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरती साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ । आरती साहको माइती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।  

उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

९७५ दिन अगाडि

|

२१ पुष २०८०

प्रसिद्ध उपन्यासकार धुस्वां सायमीको नाममा स्थापित दुई पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यलाई दिने निर्णय भएको छ । उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां बसुन्धरा पुरस्कार’ सर्वहारीलाई र ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ वैद्यलाई दिने निर्णय गरिएको हो । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष अरुण सायमीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । गंकी धुस्वां बसुन्धरा पुरस्कार नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।  त्यस्तै धुस्वां साय्मि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौं गीतहरू रहेका छन् । उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नविन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो भने संगीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा सायमी र प्रकाश जिसीसहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो । पुरस्कार आगामी माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच प्रदान गरिनेछ । दुवै पुरस्कार ५० हजार रुपैयाँ राशिको हो । सर्वहारीको थारू भाषाको पहिलो उपन्यास फुटल करम (२०५५), मुक्त कमैया सम्बन्धी नेपाली भाषामा उपन्यास गन्तव्य (२०५९), थारू भाषाको पहिलो उपन्यास अर्को उपन्यास लाल केरनि (२०६४) प्रकाशित छ । थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष रहेका उनले हाइकु, मुक्तक, बालकविता, लघुकथा, हाँस्यव्यंग्य, यात्रा संस्मरणलगायत विविध विधामा थारू भाषामा पहिलो पुस्तक प्रकाशन गरेका छन् ।  

थारु संस्कृति जोगाउनको लागि माघ महोत्सव हुँदै

थारु संस्कृति जोगाउनको लागि माघ महोत्सव हुँदै

९७७ दिन अगाडि

|

१८ पुष २०८०

सन्तोष दहित तराइका आदिवासी धर्तीपुत्र थारु समुदायले आफ्नो संस्कृति जोगाउनको लागि दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव २०८० लगाउने भएका छन् । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको संयुक्त आयोजनामा यहि पुस २० र २१ गते महोत्सवको आयोजना गरेका हुन् । पछिल्लो समयमा थारु भाषा, कला, संस्कृति लोप भइरहेकाले त्यसको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए । यस महोत्सवले थारु भाषा, कला, संस्कृतिको प्रवद्धन संगै जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने उनले दाबी गरे । 'आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्धिमा हाम्रो योगदान’ भन्‍ने मुल नारासहित आयोजना हुन लागिएको महोत्सवमा थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोक भालेको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोल सहित परिकार विक्री वितरणको लागि राखिने संयोजक चौधरीले बताए । त्यस्तै थारु भाषा, कला, संस्कृति, ज्ञानगुनका दर्जनौ पुस्तक, पत्र पत्रिकाहरु समेत विक्री वितरणको लागि राखिने छ । यस्तै थारु हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छट्री, खटिया, डोली, डोला, थारु गरगहना संगै मिनी थारु संग्रहालय लगायत प्रर्दशनीको लागि राखिने उनले बताए । दुइदिनसम्म चल्ने महोत्सवमा ६ दर्जन भन्दा बढि मघौटा, हुर्डुंग्या, छोक्रा नाचको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका सल्लाहकार भुवन चौधरीले बताए । जिल्लाका सवै पालिकाका विभिन्न मौलिक नाच, मघौटा ढुम्रु गीतको प्रस्तुति सहित थारु राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने उनले बताए । थारु समुदायले माघ पर्वलाई महान पर्वको रुपमा मनाउदै आएका छन् । उनिहरुले माघीलाई नयाँ वर्षको रुपमा समेत गर्दछन् । हरेक बर्ष माघी आएसंगै दाङ लगायत तराईका थारु बाहुल्य थारु बस्तीमा अहिले देखि नै माघीको रौनक छाएको छ । माघ थारु समुदायको महान पर्व मात्र नभइ नयाँ वर्षको रुपमा मनाउदै आएको थारु साँस्कृतिक अभियन्ता समेत रहेका थारु अगुवा भुवन चौधरीले बताए । माघीमा गाउँका मटावा चयन गर्ने देखि वितेको बर्षको कामको समिक्षा र आउने बर्षको योजना लगायत बनाउने गर्ने गरेको उनले बताए । सामाजिक, साँस्कृति, धार्मिक र आर्थिक हिसाबले माघ पर्व महत्व पूर्ण भएकोले माघलाई थारु समुदाय विशेष रुपमा मनाउने गरेको चौधरी बताउछन् । पछिल्लो समयमा स्वदेशमा मात्र नभई विदेशमा समेत माघ साँस्कृतिक कार्यक्रम आयोजना  हुँदै आएको छ । विदेशमा बस्ने थारु समुदायहरुले माघीको अवसरमा माघ विशेष कार्यक्रम गर्दै आएको थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष कन्हैलाल चौधरीले बताए । आफुहरुले पनि यो वर्ष पनि जापानमा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको उनले बताए । उनका अनुसार जनवरी १४ अर्थात पुस २९ गते आयोजना गरिएको छ । त्यस्तै दुवई, कोरिया, अष्ट्रेलिया, अमेरिका लगायत देशहरुका माघ विशेष कार्यक्रम आयोजना गरिएको आयोजक सस्थाहरुले जनाएका छन् ।

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, माइतीघरबाट पक्राउ परेका सीके राउतसहित सबै रिहा

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, माइतीघरबाट पक्राउ परेका सीके राउतसहित सबै रिहा

९७९ दिन अगाडि

|

१६ पुष २०८०

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसहित ५१ जनालाई प्रहरीले रिहा गरेको छ ।  विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो।  माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले सोमबार जनमत पार्टीका अध्यक्ष राउतसहित ५१ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनीमार्गस्थित नगर प्रहरी कार्यालयमा पुगेर राउतसहितका प्रदर्शनकारीलाई भेटेका थिए । त्यसलगत्तै गृहमन्त्री श्रेष्ठले नियन्त्रणमा लिइएका सबैलाई रिहा गर्न निर्देशन दिएको प्रहरीका एक अधिकारीले बताए । राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।