दाङमा कुन पालिकाको कति बजेट ?

दाङमा कुन पालिकाको कति बजेट ?

११६९ दिन अगाडि

|

११ असार २०८०

सम्झनामा महेश सर

सम्झनामा महेश सर

११७० दिन अगाडि

|

९ असार २०८०

सीएन थारू प्रजातान्त्रिक व्यवस्थाको स्वर्णिम युग तथा वीपी कोइरालाको चमात्कारिक नेतृत्वमा नेपाल सरकार चलायमान थियो । यसै क्रममा दाङ जिल्लामा किसान विद्रोह विष्फोट हुन पुग्यो । वि.सं. २०१६ साल भदौ महिनामा थारू किसानहरु आफ्ना जोतिरहेको खेतमा हकदावी गर्न थालेपश्चात प्रशासनको जोडबलमा गैरथारू जमिनदारहरु ती किसानहरुलाई दवाउन कोशिशमा थिए । तर, किसानहरु परिवारैसहित खेत खलिहान पुगेर आफ्नो हकदावी कायम राखेको बेला प्रहरी अधिकृृतको गोली लागेर गुमरा थारूले सहादात प्राप्त गरे ।  उक्त घटनालाई धेरैले किसान विद्रोहको रुपमा मात्र व्याख्या नगरी कम्युनिष्ट आन्दोलनको लेपन लगाउन पुगे । कस्तो होला कम्युनिष्ट आन्दोलन, ती किसानहरुलाई के थाहा ?  तर, थारूहरुले त्यो किसान विद्रोहको ठूलो मुल्य चुकाउनु पर्यो । हजारौं थारूहरु दाङ छाडी बुह्रान गएको तथ्याङ्क देखियो भने बाँकी जति लामो समय कमैया, कमलहरी, बुक्रही आदि भएर दासत्वको जीवन बिताउन बाध्य भए ।  किसान विद्रोहका साक्षी बनेका महेश चौधरी सरको जन्म पश्चिम दाङको पछला प्रगन्ना अन्तरगतको हेकुली गाउँको बैवाङमा वि.स.२००९ सालमा  भएको थियो ।  प्रतिष्ठित किसान परिवारमा जन्मेका महेश सर राज्यको थारूहरुप्रतिको नीति तथा गैरथारु जमिनदारहरुको प्रवृत्ति बाल्यकालमा नै अनुभूत गर्न पाउनु भयो । साथै, किसान विद्रोहले थप संकटको पुनःउत्पादन गर्न थालेपश्चात थारूको अस्तित्व रक्षा पहिलो मिसन बनाउन थाल्नु भयो ।  यसै क्रममा कम्युनिष्टको बुर्जुवा शिक्षा बहिष्कारको आह्वानलाई उहाँले वास्ता नगरी आफ्नो अध्ययनलाई निरन्तरता दिई रहनु भयो । अन्ततः भूगोल विषयमा स्नातकोत्तर पढाई पूरा गर्नु भयो ।  महेश सरको अध्ययन प्रतिको त्यो लगाव निरन्तर जारी रहेको उनकै सम्पादनमा थारू भाषाको प्रकाशित पहिलो पत्रिका गोचाली (२०२८) तथा माँगर, धमार, गुर्वावक् जल्मौटी लोककाव्य जस्ता अन्य प्रकाशित पुस्तकहरुले समेत झझल्को दिई आएकै छ ।  जीवनको अन्तिम समयसम्म एमालेको विभिन्न पदमा रही काम गरेका अनुभवी नेता कम्युनिष्ट आन्दोलन बुझ्यो कि बुझेन थाहा भएन तर उहाँ समाजवादी आन्दोलनको नेता रहिरहनु भयो ।  फेरि पनि मैले उठाउन खोजेको विषय नै फरक धारको छ । महेश सर कम्युनिष्ट पार्टीमा लामो समय विताउनु भयो । प्रगतिशील विचारको उहाँ २०४८ को आमनिर्वाचनपश्चात एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएर संसदमा छिरेदेखि को राजनीतिक पहिचान सबल बन्दै गयो ।  वहुदलीय जनवादका हिमायती भई पार्टीभित्र काम गर्दै जाँदा गुटगत राजनीतिको महत्व उहाँको मष्तिषक भन्दा परको विषय बन्यो । पहिलो पटक जब विभिन्न भाषा भाषीको समाचार रेडियो नेपालमार्फत् प्रसारण गर्ने नीति तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले लियो, सोही समय दंगौरा थारू भाषाको पक्षमा अडान कायम राख्दै उहाँले सुर्खेत क्षेत्रीय प्रसारण केन्द्रबाट थारू भाषाको समाचार प्रसारण गर्ने गरी दवाव बढाउनु भयो ।  थारू भाषाको केन्द्रीय प्रसारणमार्फत् समाचार नआउने भएपछि यता तत्कालीन सञ्चारमन्त्री विजयकुमार गच्छदारले धनकुटा क्षेत्रीय प्रसारणबाट थारू भाषाको समाचार दिने व्यवस्था मिलाए । यसरी पश्चिमा र पूर्विया गरी थारू भाषामा दुइटा समाचार बुलेटिन प्रसारण भयो । रेडियो नेपालबाट २०५१ भदौ १ बाट प्रसारण सुरु भएको थारू समाचार अद्यापि जारी छ ।  जीवनको अन्तिम समयसम्म एमालेको विभिन्न पदमा रही काम गरेका अनुभवी नेता कम्युनिष्ट आन्दोलन बुझ्यो कि बुझेन थाहा भएन तर उहाँ समाजवादी आन्दोलनको नेता रहिरहनु भयो ।  थुप्रै भ्रमहरु थिए होलान् उहाँको कि समाजवादी आन्दोलन भनेकै कम्युनिष्ट आन्दोलन हो तर दाङलगायत देशका विभिन्न भूभागमा चलेको जमिनदार विरोधी आन्दोलनहरुमध्ये किसान आन्दोलन आज पनि कम्युनिष्ट आन्दोलनको अभिन्न अंग दावी भईरहँदा उहाँ यसबारे आफ्नो धारणा सार्वजनिक नगर्नु भनेकै सोही भाष्यप्रति सहमत देखिनु हो ।  यही विन्दुमा नेपालका कम्युनिष्ट आन्दोलनको अस्पष्टता कायम छ र उच्च तहका नेतृत्वकर्ताहरु आ–आफ्नो रुटतिर फर्किदै कम्युनिष्ट आन्दोलन भजाउनमा मात्र केन्द्रित रहे ।  कुनैवेला यो पंक्तिकारसमेत रातो किताबमा आधारित मार्क्सवादको प्रशिक्षणमा बस्दै रातो झण्डामुनि क्रान्तिको भाषामै ताल मिलाउँदै थियो । नेपालमा कम्युनिष्ट आन्दोलनको विरोधाभाष आफैंमा जटिल र कार्यशैली दोधारे बन्दै जाँदा अर्कोतिर माओवादी जनयुद्धको विस्तार हुँदै गयो । त्यसले पनि संगठनभित्र अर्थात् एमालेमा विभाजन ल्याउन वातावरण बनाएको बुझ्न कठिन रहेन । महेश सर गुटगत प्रवृतिलाई पन्छाएर कम्युनिष्ट आन्दोलनबाटै थारूको समस्या समाधान हुने विश्वासमा अडिग देखिनु हुन्थ्यो । उहाँसंग तत्काल कुनै विकल्प पनि थिएन । दाङमा जनयुद्धको प्रभाव तीब्र बन्दै जाँदा तत्कालीन शाही नेपाली सेनाको ज्यादति बढेर गएको थियो । पूरै थारू वस्ति मओवादी लडाकुहरुको सेल्टरमा रुपान्तरित भएको थियो । सोही कारण सेनाको दमनमा दिनदिनै आवाजविहीन थारू जनता पर्दै वेपत्ता बनाइने क्रम जारी थियो ।  यसखाले कहालीलाग्दो समयमा उहाँले गठन गरेको गोचाली परिवार क्रमशः माओवादी जनयुद्धतिर विस्तारै होमिने क्रम शुरु भयो । आफ्नै आँखा अगाडि थारूको दुर्दशा हेर्न महेश सर बाध्य रहेको बुझ्न सकिन्छ । २०५९ सालको मंसिर महिनामा सेनाको ज्यादति बढेर दाङमा ११ जना थारूलाई एक लाइन लगाएर गोली चलाउँदा पार्टीमा पनि जुन तवरले ती घटनाबारे विरोधको मत राख्नुपथ्र्यो, त्यो हुन सकेको थिएन ।  आफ्नै गाउँवस्ती जलिरहेको थियो, यता महेश सर काठमाडांै राजधानी सहरको बसाइँले बुजर्सवा बनिसक्नु भएको थियो । पार्टी कार्यालयतिर सोही समयमा आक्कलझुक्कल भेट हुने गर्दथ्यो महेश सरसंग । निराश देखिनु हुन्थ्यो त्यसबखत । र, किताबहरु लेखपढ गर्ने काममा सोही संकटकाल उपयुक्त ठानेर अध्ययन बढाउन थाल्नु भएको हो ।  बागबजारस्थित आर्ट इन्टरनेसनलमा हाम्रो भेटघाट हुँदा उहाँको मनमष्तिष्कमा पार्टीको विचार लाइन भन्दा पर थारूको इतिहास र संस्कृतिबारे अधिक चर्चा रुचाउने गरेको अनुभूत गर्थें । क्लासिकल कम्युनिष्ट मेनिफेष्टो तथा कम्युनिष्ट राजनीतिक साहित्य पढेर केही हदसम्म आफूलाई ज्ञान विस्तारमा लगाएको मैले महेश सरसंग थप ज्ञानको अपेक्षा राख्ने गर्थें तर उहाँसंगको कमजोर संगतले सो वातावरण नमिलेकै बुझ्नुपर्छ  फेरि पनि मेरो बुझाईमा थारू महिला विकास संस्था घोराही (दाङ) मा उहाँसंगको भेटले अझ मलाई झस्कायो । उहाँ त त्यसबखत आर्थिक रुपमा कमजोर र किताब प्रकाशन गर्न सहयोगी हात खोजी गर्दै रहनु भएको थियो । म अचम्म परें कि छ वर्ष सांसदको जिम्मेवारीमा भएको र एक पटक राज्यमन्त्री भएको व्यक्ति आर्थिक संकटबाट गुज्रिरहेको थाहा पाउँदा ।  त्यसले मलाई एक चीज बुझ्न सघायो कि एमालेभित्र गुट कतिसम्म मौलायो भनेर । त्यसपश्चात पार्टीको नेतृत्वकर्ता जसरी नै म पनि आफ्नो रुट खोजी गर्न जरुरी ठाने भने महेश सर उही एमालेसंग आवद्ध रहिरहनु भयो । परिणामस्वरुप पहिलो संविधानसभामा सदस्यको रुपमा समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्न पाउनु भयो ।  तर, पार्टीकै मजबुतिका लागि अहोरात्र खट्ने महेश सर गुटविहीन हुँदा नै दुइटै पक्षबाट वेवास्तामा पर्नु भयो । एक समय त पार्टीको कोपभाजनमा समेत पर्नुभयो । जबसम्म मौजुदा ज्ञान अवधारणामा चुनौती खडा गरिंदैन, मानिसलाई नयाँ खुराक पस्कन सकिने स्थिति रहँदैन । संविधानसभामा आफैं मधेसी कोटाबाट प्रतिनिधित्व गर्नु र फेरि हामी त तराईवासी भनि प्रतिवाद गरिरहनुको अर्थ बुझ्न नसकिएकै हो । महेन्द्र बहुमसखी क्याम्पस दाङमा भूगोल विषय प्राध्ययापनरत रहँदा र गहिरिएर त्यसमा खोज अनुसन्धान गर्दै जाँदा उहाँले कहिल्यै र कहीँ पनि थारू जाति तराई र पहाड अलग गर्ने ‘नो म्यान्स लाइन’का बासिन्दा भएको उल्लेख गरेको पाइँदैन ।  ‘नेपालको तराई र यसका भूमिपुत्रहरु’ पुस्तक लेख्दै गर्दासमेत उहाँले सो शोधकार्यमा दिमागलाई उत्तेजित बनाउने नयाँ धारणा पस्कन सक्नु भएको पाइँदैन । त्यो भन्दा गहन र दृष्टिकोणलाई बदल्न सक्ने पुस्तिकाको रुपमा प्रकाशित रामानन्द प्रसाद सिंह थारूको ‘द रियल स्टोरीज अफ थारू’ भन्ने लाग्यो ।  जबसम्म मौजुदा ज्ञान अवधारणामा चुनौती खडा गरिंदैन, मानिसलाई नयाँ खुराक पस्कन सकिने स्थिति रहँदैन । संविधानसभामा आफैं मधेसी कोटाबाट प्रतिनिधित्व गर्नु र फेरि हामी त तराईवासी भनि प्रतिवाद गरिरहनुको अर्थ बुझ्न नसकिएकै हो । त्यसलाई कुन समाजशास्त्र भन्ने प्रश्न उहाँको जीवनमा अन्तिम समयसम्म पछ्याएको हुनुपर्छ । राजनीतिक रुपमा महेश सर सफल मान्न सकिने आधार निर्माण गर्न सक्नु भएन । यो सत्य हो कि थारू विद्वतवर्गमा उहाँको योगदान अतुलनीय छ । गोचाली पत्रिका प्रकाशन गर्दा सगुनलाल चौधरी, भगवति प्रसाद चौधरी लगायत जेल पर्नुभयो भने महेश सर पनि त्यसको प्रताडना सहनु परेको थियो ।  गोचाली परिवारको स्थापना गरेर साहित्यिक मञ्चहरुमा कविता, नाटक मञ्चन गर्ने र जागरण तथा दवाव बढाउने उहाँको कार्यलाई कम आकलन गर्न मिल्दैन । किनकि पार्टीहरु भूमिगत रहेको वेला यस्तै यस्तै विधिहरुमार्फत् समाजलाई सचेत गराउने स्थिति थियो ।  उहाँले ‘द हिडेन ट्रेजर अफ द लो ल्याण्ड अफ नेपाल’मार्फत् आफ्नो पैदल अनुसन्धान प्रकाशन गराउन सफल भएपछि नेपालको असली शक्ति बुझाउन सफल भएको मानिन्छ । तर, चुरिया र शिवालिक क्षेत्र नै अनुसन्धानको केन्द्र हुँदासमेत उहाँको सो पुस्तकमा पोलिटिकल इकोनोमीको अवधारणा खासै उजागर भएको देखिन्न ।  साथै, जीवनको उत्तराद्र्धमा फेरि किसान र उहाँलाई सहयोगी हुने जैविक मलसम्बन्धी उद्योग सञ्चालन गर्न थालेका उहाँ आफैं सफल व्यापारी हुन नसकेको स्वीकार गर्नु हुन्थ्यो ।  महेश सरको यही जेठ २४ गते निधन भएको छ । मैले महेश सरसंग धेरै अपेक्षा गरेको थिइनँ तर कता कता उहाँको निरन्तरता सामाजिक साँस्कृतिक अभियानमा रहेको भए अहिले थारू जातिको लागि धेरै गर्न सक्ने क्षमताका व्यक्ति उहाँ पक्कै हो ।  आफ्नै स्वाभिमानमा बाँच्ने उहाँ श्रमको मुल्य बुझ्न एमालेको कार्यकर्ता भइरहनु पर्ने जरुरी नभएकै हो । अन्तिम समयमा आएर एमालेले केन्द्रीय सल्लाहकार पद समेत खोसी अयोग्य घोषणा गरेको समाचार पनि छ । जे भए पनि उहाँको प्रेरणाको श्रोत दर्शनशास्त्रीय हिसावले ‘गुर्वावक् जल्मौती’ (सृष्टिको कथा) हो भन्ने लाग्छ । यसको लागि कुनै विश्वविद्यालय पढ्नु परेन र थारू ज्ञानको रुट समाएर पनि सम्भव भयो । मार्क्सवादले यसलाई थप बुझ्न तुलनात्मक अध्ययनमा जान रोक्यो ।  मुक्ति आन्दोलनमा ‘गुर्वावक् जल्मौती’मा नभेटेर हो अथवा किसान विद्रोहलाई कम्युनिष्ट आन्दोलनको पर्यायवाची बनाएकोले हो, उहाँको युवा मतिष्कमा संसार बदल्ने सपनाले राज गर्न थाल्यो । बुह्रानतिर छारा (बसाइँ) गर्ने हुलका हुल थारूको सामाजिक–आर्थिक अवस्था अर्को प्रेरणाको श्रोत बन्यो तर यसलाई सही विश्लेषणमार्फत् मिमांशा गर्न नसक्नुले मुक्तिको बाटो कम्युनिष्ट आन्दोलन देखेको हुनुपर्छ ।  महेश सरले आफ्नो जीवनमा जे जति सामाजिक भार वहन गर्ने जिम्मेवारी लिनु भयो, व्यक्तिगत हिसावले अरुले पनि गर्ने त्यही हो । तर, कमैया मुक्ति आन्दोलन अन्ततः कम्युनिष्ट आन्दोलन भन्दा जसरी पृथक पहिचान बनाउन सफल भयो, त्यसतर्फ एक विद्वान थारूको हैसियतले कुनै ठोस धारणा निर्माणमा योगदान नभएकै हो ।  जबकि सरोकारवालाको हिसावले चासो यसमा केन्द्रित हुनैपर्ने हो, कारण दाङ जिल्लामै कमैया, भूमिहीन तथा सुकुम्बासी एकै ठाउँमा मिसमास गरेर समस्या जटिल बनाउँदै लगेको बेलामा राज्यको निर्णायक तहमा पुग्नु एक अवसर थियो, जसलाई महत्व दिएर समाधानतर्फ लग्ने काम सही हुन सक्थ्यो । महेश सरलाई म किसान नेता भन्न मन पराउँछु यतिवेला । किसानलाई माटोसंग परिचित गराउने र माटो विग्रेर गए किसानसमेत विग्रिने उहाँको मष्तिस्कमा स्वचेतना निर्माणले जीवनको उत्तराद्र्धमा जैविक मल तयारी उद्योग सञ्चालन थाल्नु भयो । त्यो ज्ञान प्राप्त गर्दा र त्यसको सदुपयोग गर्दै जाँदा इन्टेलेक्च्युअल प्रपर्टी राइट लिन सक्ने हैसियत त निर्माण गर्नु भयो तर नेपालको कानुन दैवले जानुन् भन्दा महेश सर त्यसको अंशियार अब पाउनु होला कि नाई ? प्रश्न उठ्छ ।  प्रश्नै प्रश्नको बीचबाट उहाँको अस्तित्व कायम रह्यो र आखिर सोही प्रश्नहरुका चाङ बोकेर अस्ताउनु भयो । न त किसानले चिन्न सके महेश सरलाई, न समाजले । एक क्रान्तिकारीको मृत्यु अज्ञात अवस्थामा हुन्छ भन्ने समाज विज्ञानको नियम पालन गरेर जानु भयो । त्यसैले, किसान नेताले खासै पछुतो मान्नुपर्ने जरुरी छैन भन्छु म त । किसानको श्रम तथा उत्पादन सम्बन्ध समाजवादको कडी हुन सक्ने बुझाई त्यतिकै सही छ, जति चिसो हिउँ । महेश सरको राजनीतिक जीवनको सार यही रह्यो । 

थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

११७३ दिन अगाडि

|

७ असार २०८०

थारू आयोगले थारू समुदायका लागि योगदान दिने ११ जनालाई थारू रत्न तथा थारू गौरवबाट सम्मान गरेको छ ।  बुधबार थारू आयोगले  औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । थारू रत्नले सम्मनित हुनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डे, थारू संस्कृतिविद्द्वय महेश चौधरी र भुलाई चौधरी तथा महिला सशक्तीकरणअन्तर्गत सुनसरीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन् । त्यस्तै, थारू गौरव सम्मानअन्तर्गत पत्रकारिता विधामा डा कृष्णराज सर्वहारी, खेल विधामा जयरानी थारू, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, कमलरी अभियन्ता उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी ७ जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुलाई सम्मान पत्रका साथै बुद्धको मूर्ति प्रदान गरिएको थियो । कार्यक्रममा सम्मनित हुनेहरु डा राजन पाण्डे, भुलाई चौधरी, डा कृष्णराज सर्वहारी, उर्मिला चौधरी, राज कुश्मी तथा फरवार्ड माइक्रो फाइनान्सको तर्फबाट संघीय सांसद भगवती चौधरीले आआफ्नो मन्तव्य राखेका थिए ।  थारू आयोगका अध्यक्ष विष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य डा उमाशंकर प्रसाद चौधरीले २०७८ सालको जनगणनामा थारू जातिको जनसंख्या तथा भाषाबारे प्रस्तुति दिएका थिए । यस पालीको जनसंख्यामा राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा थारूको जनसंख्या प्रतिशत घटेको छ ।  राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा यसलाई सच्याउन थारू आयोगले यसअघि नै विज्ञप्ती जारी गरिसकेको छ ।    

रेशम चौधरीसँग भेटघाटमा बाबुरामले भनेः खुला आकाशमुनि हार्दिक स्वागत 

रेशम चौधरीसँग भेटघाटमा बाबुरामले भनेः खुला आकाशमुनि हार्दिक स्वागत 

११७७ दिन अगाडि

|

२ असार २०८०

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खादा लगाएर स्वागत गरेका छन् । शनिबार आफ्नो निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् । ‘हालै जेलमुक्त भएका नागरिक उन्मुक्ति पार्टीका संरक्ष्नक रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत’, भट्टराईले लेखेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।  भट्टराईुँगको भेटमा रेशमले भट्टराईसँग आफू पार्टी निर्माणको क्रममा देशदौडाहा गरिरहेको जानकारी दिएका थिए । ‘म देशभर घुमिरहेको छु, साथीहरुले बोलाइ रहनुभएको छ । थप कुरा पछि गरौंला भनेर निस्किएँ’, उनले  भने ।  आफू पश्चिम थरुहटतिर भेटघाट सकाएर धरान, उदयपुर, मोरङ, सर्लाहीलगायत पूर्वी जिल्ला जान लागेको रेशमले जानकारी दिए ।

पुनः दृष्टि फर्किँदाको खुसी ...

पुनः दृष्टि फर्किँदाको खुसी ...

११८३ दिन अगाडि

|

२९ जेठ २०८०

नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।   ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो । ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ । पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ ।  सो अस्पतालको नेत्र अधिकृत नरेन्द्रराज विष्टले यही जेठ १५ र १६ मा गते डोटीको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए ।   त्यस्तै डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ मा सम्पन्न शिविरमा तीन सय ९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएकोे उनले बताए । त्यसैगरी, यही जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा तीन सय ९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले ती आँखा शिविरमा न्यूनदृष्टि देखिएका चार सय ५२ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझीलगायत १४  प्राविधिकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीले आफ्नै घरआँगनमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । सङ्घअन्तर्गत सञ्चालित गेटा आँखा अस्पतालले सुदूरपश्चिमा थप तीन ‘सेकेन्डरी लेभल’का आँखा अस्पताल, दुई ‘सर्जिकल सेन्टर’ तथा १७ आँखा उपचार केन्द्रमार्फत यस क्षेत्रका नागरिकलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ । अस्पतालको सेवा सुलभ र गुणस्तरीयसमेत भएकाले छिमेकी देश भारतका नागरिकसमेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने जनाइएको छ ।  अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थासँगको सहकार्यमा प्रदेशका नौवटै जिल्लाका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । रासस

रोपाइँँको समय आयो, आएन मल

रोपाइँँको समय आयो, आएन मल

११८५ दिन अगाडि

|

२७ जेठ २०८०

गिरिराज नेपाली  किसान– हेलो, साहुजी मल आयो ?  साहूजी – नाई, छैन ।  किसान – कहिले आउँछ ?  साहुुजी– थाहा छैन ।  यो संवाद दाङ, घोराही उपमहानगरपालिका–७ का किसान हरिलाल चौधरी र उनको गाउँकै मल वितरण गर्ने एक कृषि सहकारी संस्थाको एक कर्मचारी बीचको हो ।  चौधरीले रोपाइँँका लागि ब्याड राख्न खेत खनजोत गरी ठिक्क पारेका छन् । तर ब्याडका लागि बीउ छरांै कि नछरौं भन्ने दोधारमा छन् उनी । समयमा मल आएन भने समयमा धान रोपाइँँ हुदैन । समयमा रोपाइँँ नहुुँदा ब्याड–बीउ खेर जान्छ कि भन्ने डर उनकोमा छ ।  रोपाइँँको सुरसारमा रहेका चौधरी मल नआउँदा निराश बनेका छन् । उनले भने–‘जेठमास सकियो, असारको आधाउधीबाट खेतीपाती चल्छ । तर, अझै मल आएको छैन ।’ उता घोराही उपमहानगरपालिका–१८ का मोतिलाल घर्तीले रोपाइँँका लागि खोला छेउको खेतमा ब्याड राखिसकेका छन् । असारको १०÷१५ बाट उनी रोपाइँ गर्ने तयारीमा छन् । तर उनले पनि अझै मल पाएका छैनन् । उनले भने–‘मलको वर्षेनी दुःख छ । हाम्रा दुःख कल्ले सुन्ने ?’  असार सुरु हुन लागेसँगै दाङका किसान रोपाइँका लागि खेतमा ब्याड बीउ राख्ने तयारीमा छन् । तर, अझै पनि रासायनिक मल पाउन सकेका छैनन् ।  कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले समयमा मल व्यवस्थापन गर्न नसकेको स्वीकारे ।  कृषि ज्ञान केन्द्र दाङका अनुुसार दाङमा कुल खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टरमध्ये हाल ६५ हजार ९८० हेक्टरमा खेती हुने गर्दछ । जसमध्ये गत आर्थिक वर्षमा बर्खेखेती धान ३७ हजार ४३० हेक्टर, मकै १७ हजार ८५० हेक्टर र बर्खे आलुु २७ सय ८८ हेक्टरमा खेती भएको थियो ।  कुल खेतीयोग्य जमिनका लागि युरिया, डिएपी र पोटास गरी वर्षेनी करिव ३३ हजार मेक्ट्रि टन रासायनिक मल आवश्यक पर्ने भए पनि ३० प्रतिशत मात्रै मल आपूर्ति हुँदै आएको छ ।  कोटा आउँछ, मल आउँदैन कृषि ज्ञान केन्द्र दाङले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि दाङको खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टरका लागि युरिया १७ हजार २१० मेक्ट्रि टन, डिएपी १२ हजार ४९५ मेक्ट्रि टन र पोटास ३१ सय १६ मेट्रिक टन माग गरेको छ ।  तर हालसम्म लुुम्विनी प्रदेशस्तरीय मल वितरण समितिले ४८७ मेट्रिक टन मात्र युुरिया पाउने कोटा पठाएको छ । कोटासँगै सरकारले मल पठाउनुुपर्ने हो । तर, कोटा मात्रै पठाउँदा दाङमा अहिले रासायनिक मलकोे निकै अभाव छ ।  कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछाने भने–‘दाङका किसानले प्रत्येक वर्ष सिजनमा रासायनिक मलको अभाव व्यहोर्नुु परिरहेको छ । किसानले माग गरे अनुुसारको मल पाउन सकेका छैनन् ।’  रित्तो गोदाम चालु अािर्थक वर्षमा दाङका लागि आवश्यक रासायनिक मल युरिया, डिएपी र पोटास गरी कृषि ज्ञान केन्द्र दाङले मल वितरण समितिलाई ३२ हजार ८२१ मेट्रिक टन मल माग गरेको थियो ।  जसअनुसार समितिबाट दाङमा करिव ३० प्रतिशत मात्रै रासायनिक मल आपूर्ति भएको थियो । यसमा युरिया ३३३१.४ र डिएपी १०९४.४ तथा पोटास १६३ मेट्रिक टन आपूर्ति भएको थियो ।  माग अनुुसारको रासायनिक मल आपूर्ति हुुन नसक्दा अहिले जिल्लाका रासायनिक मलका गोदामघर रित्तै छन् ।  खरिदमै ढिलासुुस्ती रासायनिक मलको खरिद प्रक्रिया अन्र्तराष्ट्रिय ठेक्का प्रक्रियाबाट नेपाल सरकारले खरिद गर्दै आइरहेको छ । एउटा मलको ठेक्का खरिद गर्न र ल्याई पुु¥याउन सरकारलाई झण्डै ५ महिना लाग्छ ।  कार्यालय प्रमुख गौतमले भने–‘४५ दिन ठेक्का आह्वानको समय हुन्छ । कतिपय अवस्थामा ठेक्कै लाग्दैन । सरकारको झन्झटिलो खरिद प्रक्रियाका कारण किसानले समयमा रासायनिक मल पाउन सकेनन् । सरकारले खरिद प्रक्रिया छिटोछरितो बनाउन पहल गर्नुपर्छ ।’   

आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो

आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो

११८५ दिन अगाडि

|

२७ जेठ २०८०

दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम शुक्रबार पुनः ‘ब्रेक’ भएको छ ।  जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो । जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ ।  विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । मापन गरिएकामध्ये २३ स्थानको तापक्रम ३५ देखि ४० डिग्री, २९ स्थानमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।  विभागका विभिन्न दुई सय ७२ केन्द्रमध्ये ४० वटा केन्द्रले वर्षा मापन गरेको जनाइएको छ । पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता केन्द्रमा सबैभन्दा बढी ६३ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको विभागको विवरणमा उल्लेख छ । चालीस मिलमिटरभन्दा बढी वर्षा मापन एक स्थानमा, २५ मिलिमिटरभन्दा बढी वर्षा चार स्थान तथा १० मिलिमिटरभन्दा बढी वर्षा सात स्थानमा मापन गरिएको विभागले जनाएको छ । रासस