गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

११४१ दिन अगाडि

|

९ साउन २०८०

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

११४१ दिन अगाडि

|

९ साउन २०८०

कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ । कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताएका छन् । उनले भने ,“ कृषिमा  सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ । ” राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए । “अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ”, उनले भने, “त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौँ । त्यसमा ऐक्यबद्धता सबैको चाहिन्छ ।” नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिनुभयो । सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न राम्रो हुने उनको धारणा छ । “टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन् । राष्ट्रिय गौरवको आयोजना यहीँ छ । कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ”, उनले भने, “हामी बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ । त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ ।”  परिषद्ले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ । उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ । “जग्गा आवश्यकताका आधारमा चाहिने कुरा हो । तत्कालका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक हुन्छ, ” निर्देशक मिश्रले भने, “भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बढ्दै जाने हुनसक्छ ।”  सरकारले चार वर्ष अगाडि नै सुदूरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो ।  सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्र स्थापनाले समग्र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने जानकारी दिए । उनले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीयहरू नेपाली बजारमा आएर खरिद गर्ने स्थिति बन्छ भने । “टीकापुरका बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ । किनभने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको बिद्यार्थी अध्ययन गर्नुहुन्छ । उहाँहरूका लागि बलियो सिकाइ केन्द्र बन्न सक्छ ,' जोशीले  भने । टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए ।  उनले भने ,“अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ । त्यससँगै तीन वर्षीय बाली विज्ञानको अध्ययन–अध्यापन पनि टीकापुरमा हुन्छ । त्यतिमात्र नभई, कृषि, पशु र वन विज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ ।” टीकापुर नगरपालिकाका उपप्रमुख खड्क शाहले बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि टीकापुर एक ठाउँमा उभिने बताए । उनले कृषिबाटै देश समृद्ध बनाउन पनि कृषिमा आधुनिकीकरण आवश्यक हुने बताउँदै त्यसका लागि अनुसन्धान केन्द्रले टेवा पुर्याउने विश्वास व्यक्त गरे । “नगरपालिकाले गर्ने काममा समग्र टीकापुरको ऐक्यबद्धता चाहिन्छ । यसमा सबैले केन्द्रको आवश्यकता महसुस गर्नुभएको छ,” नगर उपप्रमुख शाहले भने, “अझै आवश्यक छलफल र बहसमार्फत कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागि नगरपालिका लागेको छ र लाग्ने छ । आशा गरौँ केन्द्रको स्थापना हुन्छ ।” सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अमागाईँले कृषि विकासको मेरुदण्ड भएको जनाउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा बिद्यार्थीको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे । उनले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पूर्ण हुने बताए । रासस

थारू भाषाको टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु   (भिडियोसहित)

थारू भाषाको टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु (भिडियोसहित)

११४३ दिन अगाडि

|

७ साउन २०८०

इण्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने थारू भाषाको बहसमूलक टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु भएको छ । चली गोचाली कार्यक्रमका निर्माता, निर्देशक कृष्णराज सर्वहारीले कार्यक्रमको सुरुवात गरेका थिए । १८ अप्रिल २०१९ मा यसको पहिलो भाग प्रसारण भएको थियो, जसको सञ्चालन सरला चौधरीले गरेकी थिइन् ।  पछि उर्मिला गम्वा थारु कार्यक्रम प्रस्तोता भइन् । लकडाउनमा यो कार्यक्रम स्थगित थियो । उर्मिला गम्वा थारु हाल हिमाल मिडिया फेलोशिपमा आवद्ध भएपछि सरला चौधरीले कार्यक्रम सुरु गरेकी छिन् ।  प्रस्तोता सरला चौधरीले पछिल्लो पटक चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, अग्रासन समूहकी अध्यक्ष चम्पा चौधरी लगायतसँग कुराकानी गरेकी छिन् ।    https://www.youtube.com/watch?v=_D734EijzhI  

 गुमराहमा सहिद गुम्रा थारू

 गुमराहमा सहिद गुम्रा थारू

११४४ दिन अगाडि

|

६ साउन २०८०

सन्तोष दहित चलनचल्तीको नाममा ट्राफिक चोक । घोराही उपमहानगरपालिकाले नामकरण गरेको नाम गुम्रा चोक । त्यही चोकमा फेरि उपमहानगरले घोडाको प्रतिमा राख्यो । घोडाको प्रतिमादेखि करिब सय मिटर पश्चिम–उत्तर कुनामा किसान नेता सहिद गुम्रा थारुको शालिक छ तर शालिकको नाम निशाना नै देखिन्न । गुम्रा थारुको शालिक मात्रै होइन घोडा राखेदेखि त गुम्रा चोक नै गुमराहमा परेको छ । गुम्रा थारु किसान आन्दोलनका योद्धा थिए। जुन योगदान गुम्राको छ, किसान आन्दोलनमा त्यसरी उनको सम्मान हुन नसकेको महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुदीप गौतमको भनाइ छ । ‘गुम्रा थारु किसान सहिद मात्र नभई दाङको प्रथम सहिद हो’– गौतमले भने– ‘तर जुन हिसाबले उनको सम्मान हुनुपथ्र्यो, त्यो अझै पनि हुन सकेको छैन । एउटा कुनामा शालिक बनाएर गुम्रा थारुको सम्मान होला र रु’ को हुन् गुम्रा थारु ? घोराही–३ बेलुवाका कालुराम थारूका माइला छोरा थिए गुम्रा थारू । १९८२ सालमा जन्मिनु भएका गुम्रा किसान संघको सदस्य भएर किसानहरुको पक्षमा सशक्त आवाज उठाउने क्रान्तिकारी किसान योद्धा थिए। कम्युनिष्ट पार्टीका किसान नेता बयरबटुवाका ढाँटु चौधरी, गैरागाउँका मोतीलाल चौधरी, बर्गद्दीका नारायणप्रसाद शर्मा, माणिकलाल गौतम, मानबहादुर, फुलपाती, चुके, पिठु, बहादुर, क्रिमलाल, ऋषि चौधरी, अशोक चौधरीलगायत नेताहरु सँगसँगै गाउँ–गाउँमा किसानहरुलाई संगठित बनाउने काम गरे । किसानको पक्षमा संघर्ष गर्दागर्दै गुम्रा थारु ३५ वर्षको उमेरमा सहिद भए । २०१७ साल साउन ६ गतेका दिन तत्कालीन सरकारको निर्देशनमा खेत जोत्दै गर्दा प्रहरीले गुम्रा थारुको हत्या गरेको थियो । कसरी भएको थियो घटना ? तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माका अनुसार दाङमा जमिन्दारविरुद्ध किसान आन्दोलन भएको थियो । किसान संघको अगुवाइमा झण्डै १० वर्षसम्म भएको किसान आन्दोलन उत्कर्षमा पुग्यो । सोही आन्दोलनकै क्रममा २०१७ साल साउन ६ गतेका दिन जमिन्दारहरूले वर्षातको समयमा खेत जोत्न नदिएपछि जबर्जस्त रूपमा किसानहरूले खेत जोत्न थाले । जमिन्दार र प्रहरीले रोक्न खोज्दा खोज्दै पनि खेतमा हलो जोतिरहेपछि प्रहरीले गुम्रा थारुमाथि गोली चलायो । जोत्दा जोत्दै गुम्रा थारुको खेतमै निधन भयो । ६२ औं स्मृति दिवस यसैबीच सहिद किसान नेता गुम्रा थारुको ६२ औं स्मृति दिवस दाङलगायत विभिन्न ठाउँमा आज मनाइएको छ । नेकपा एमाले दाङ र अखिल किसान महासंघले संयुक्त रूपमा सहिद थारुको स्मृति दिवसको अवसरमा अन्त क्र्रिया कार्यक्रम गरेको एमाले घोराही नगरका अध्यक्ष भुवन चौधरीले बताए । किसान महासंघले हरेक वर्ष साउन ६ गते गुम्रा थारुलाई सम्झने गरेको छ । नयाँ युगबोधबाट  

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

११४६ दिन अगाडि

|

४ साउन २०८०

कमैयाको जञ्जिरबाट उदाएको एक अथक अभियन्ताको नाम हो, स्माइल चौधरी । यिनको खास नाम हो बन्सीराम डंगौरा थारू ।  बहुमुखी प्रतिभाका धनी स्माइलको पेशाको कुनै निश्चित दायरा भने छैन । उनी कुशल शिक्षक, प्राचार्य, प्रशासक, सामाजिक अभियन्तादेखि कुनै बेलाका राजनीतिकर्मीसमेत हुन् । मेहनत गरे कसैको मुख ताक्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका स्माइलको विगत पनि निकै कहालीलाग्दो छ । कैलालीको गोदावरी नगरपालिका–१ जित्तलपुर मुक्त कमैया शिविर स्थायी घर भएका स्माइल (४०) का बुवा पल्टु डंगौरा र आमा तुलसी डंगौरा थरुनी जन्मजात कमैया थिए । उनी जन्मिनुभन्दा पहिले उनका बुवा १७ जनाको परिवारको गर्जो टार्न साहुबाट १५ हजार सौंकी (ऋण) लिएका थिए । तर लिएको सौकी कहिल्यै तिर्न सकेनन् । पछि सोही सौकी तिर्न जमिनदारलाई जग्गाजमिन बेचे । यसरी उनको बुवाको कमैया जीवन सुरु भयो । स्माइल भन्छन्, ‘म जति बेला जान्ने बुझ्ने भएँ, त्यति बेला मेरो बुवा अनि दाई धनीराम चौधरीलाई कमैया भएको पाएँ । पछि मैले पनि उहाँहरुसँग मालिकको काम गर्नुपर्यो ।’ विभिन्न ठाउँमा कमैया बस्दै जाँदा उनका बुवा र दाई धनगढी बडहाराका जमिनदारको घरमा कमैया बसे । जमिनदारका छोराछोरीसँगै स्माइललाई नजिकैको नवदुर्गा प्राथमिक विद्यालयमा भर्ना गरियो । अनि सुरु भयो उनको स्कुले  जीवन ।  कक्षा ५ सम्म नवदुर्गामै पढेका उनी  कक्षा ६ र ७ भने धनगढीकै त्रिनगर माविमा पढे । उनका बुवा र दाई अत्तरिया फर्केपछि कक्षा ६ र ७ को विद्यालय खर्च जोहो गर्न उनलाई निकै ठूलो संघर्ष गर्नुपरेको थियो । विगत स्मरण गर्दै उनले भने, ‘बुवा र दाई अत्तरिया फर्केपछि पढ्नकै लागि आफन्तकहाँ बस्न थाले तर खर्च जुटाउन गाह्रो भयो । दिनभरि स्कूल पढ्थे, स्कूल विदापछि राति अवेरसम्म रिक्सा चलाउँथे । त्यही पैसाले कापी कलम किन्थे । स्कुलको शुल्क तिर्थे ।’ पछि उनी पनि अत्तरिया फर्केर ग्वासी माध्यमिक विद्यालयबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसताका उनलाई कक्षा ८ देखि १० सम्मको अध्ययनमा अत्तरियाका शिक्षक रामेश्वर विकले सहयोग गरेको उनी सम्झिन्छन् । विक हाल बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापक छन् । शिक्षा प्राप्तीको लागि निकै संघर्ष गरेका उनी पूर्वाञ्चल विश्वविद्यालयबाट डेभलमेन्ट स्टडीबाट मास्टर्स गरेका छन् ।  अध्ययनसँगै उनले शिषण पेशा सुरु गरे । कैलालीको चौमालामा २०५८ सालमा आनन्द प्रावि स्थापना गरे । जहाँ उनले मुक्त कमैयालगायतका बालबालिकाहरुलाई पढाए । उनको शिक्षा पेशामा मात्रै सक्रियता रहेन । सन् २००३ देखि २०१० सम्म कमैया प्रथा उन्मुलन समाज नामक् गैरसकारी संस्थाको उनी कार्यक्रम संयोजक भइ ७ वर्ष काम गरे । २०६४ सालको पहिलो सविधानसभा सदस्य निर्वाचनमा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमार्फत् उम्मेदवारी दिएका थिए । काममा निकै लगनशील उनी नेपालकै प्रतिष्ठित चौधरी ग्रुपमा म्यानेजरदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रशासकको रुपमा काम गरे । उनी  हाल अत्तरियास्थित एभेरेष्ट एकेडेमीका प्राचार्य छन् ।   त्यस्तै, युथ एलाइन्स फर डेभलपमेन्ट (याड) संस्थाका प्रमुखसँगै थारू भाषाको पहिलो दैनिक पत्रिका ‘पहुरा थारू दैनिक’ का प्रकाशक पनि हुन् ।   

छेग्रहुवाबाट हेडमास्टर बने सीताराम

छेग्रहुवाबाट हेडमास्टर बने सीताराम

११४७ दिन अगाडि

|

३ साउन २०८०

सीताराम चौधरी (४२), कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् । जमिनदारको घरमा जन्मजात कमैया बसेका बुवा बुझावन डंगौरा थारू र आमा सुमित्रा देवी थरुनीका जेठा छोरा सीताराम छेग्रहुवा (बाख्रा चराउने) जीवन हुँदै हाल आफू पढेकै विद्यालयमा प्रधानाध्यापक छन् ।  एक ताका पढाइ खर्च जोहो गर्न गाउँ–गाउँ डुलेर चन्दा संकलन गरेका उनी हाल हजारौं बालबालिकालाई शिक्षाको ज्योति बाँडिरहेका छन् । कैलारी गाउँपालिका–६ बेनौली घर भएका सीतारामका बाजेको देहान्तपछि उनका सानो बाजेले भएको जग्गा बेचे । पुरानो थातथलो सामरचौरा भए पनि बस्ने ठाउँ नै नभएपछि उठीबास भयो । त्यसपछि उनका परिवारको कमैया जीवन सुरु भएको उनी बताउँछन् । उनका बुवा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली गरी धेरै ठाउँका जमिनदारकहाँ कमैया बसे । जहाँ–जहाँ बुवा आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु उनीसहित ४ दाजुभाईको नियति थियो । उनका बुवा सामरचौरा, देवीगञ्ज, खुरहिया, भित्तरिया, बेनौली गरी धेरै ठाउँका जमिनदारकहाँ कमैया बसे । जहाँ–जहाँ बुवा आमा जान्थे, त्यहाँ–त्यहाँ बालश्रमिक बनेर काम गर्न जानु उनीसहित ४ दाजुभाईको नियति थियो । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । पश्चिम तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित हजारौं कमैयाहरु मुक्त भए । तर सीतारामका बुवा भने मुक्त हुन सकेनन् । कमैया नै रहे ।  २०४४ सालमा बेनौली गाउँमा विद्यालय स्थापना भयो । सीतारामका उमेरका सबै बालबालिका विद्यालय जान थाले । उनी भने जमिनदारका बाख्रा चह्राउँथे । २०४७ सालताका बेनौलीको अपरम्पार प्राथमिक विद्यालयको प्रधानाध्यापक दामोदर बस्नेत भए । उनै बस्नेत र केही गाउँकै व्यक्तिले उनलाई स्कूल भर्ना गरिदिए । अनि सुरु भयो उनको स्कुले जीवन ।  पढाइमा अति नै मेहनती र तीक्ष्ण बृद्धि भएका उनलाई केही महिनामै कक्षा बढुवा गरियो । कक्षा ५ को जिल्ला बोर्ड परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । उप्पलो शिक्षा अध्ययनको लागि उनी जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना भए ।  उनको मेहनत र लगनशीलताले निकै प्रभावित भएका विद्यालयका तत्कालीन प्राधानाध्यापक विनय कुमार चौधरीले उनको विद्यालय शुल्क, ड्रेसलगायतको व्यय भार वहन गरिदिए । पछि उनै विनय चौधरीले उनलाई धनगढीको मोडर्न एरा स्कूलमा कक्षा ९ कक्षा भर्ना गरिदिए । त्यहाँको बसोबासलगायत सबै व्ययभार समेत उनले नै लिए ।  २०५६ सालमा एसएलसी परीक्षामा पनि उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । द्वन्द्वकालमा विनय चौधरी विस्थापित भएपछि उनी आफै भाइहरुको सहयोग लिदै क्याम्पस भर्ना भए । तर क्याम्पसको खर्च जोहो गर्न उनलाई धौ धौ भयो । अनि भित्री मनले चन्दा उठाउन अह्रायो । ‘मेरो दिमागमा चन्दा उठाएर त हेरौं भन्ने आयो । मानसिक रुपमा तयार भएँ । गल्ली–गल्ली पुगें । धेरैलाई कुरा सुनाएँ । केहीले सहयोग गरे’, उनी सम्झिन्छन्, ‘सबैभन्दा ठूलो सहयोग तत्कालीन गदरिया गाविस अध्यक्ष सन्तराम चौधरीले गर्नुभयो । उहाँले आफूले पाउँदै आएको भत्ता बापतको रकम सहयोग गर्नुभयो । त्यसपछि गदरियाकै वडाध्यक्ष प्रेमबहादुर चौधरी, गाविस मुखिया ठागुराम चौधरीलगायतले मलाइ सहयोग गर्नुभयो । उहाँहरुलाई कहिल्यै विर्सन सकिदैन ।’ २०५९ सालमा कक्षा १२ उत्तीर्ण भएपछि उनी शिक्षण पेशामा सक्रिय भए । आफू पढेकै विद्यालय मोडर्न एरामा पढाउन थाले । फुर्सदको बेला ट्युसन पढाए । अन्ततः उनी पढ्दै पढाउँदै अंग्रेजी भाषामा स्नाकोत्तरसम्म शिक्षा हासिल गर्न सफल भए । बाँया हातले लेख्ने अभ्यास २०७५ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका उनी बझाङको महादेव माध्यमिक विद्यालयमा नियुक्त भए । तर, शिक्षण पेशाको जिम्मेवारीकै क्रममा उनी आफ्नो दाहिने हात समेत गुमाउन पुगेका छन् । उनी एकदिनको सडक दुर्घटना सम्झिन्छन्, ‘कोभिड महामारीले लकडाउन चलिरहेको थियो । बस चलेको थिएन । विद्यालयकै कामको सिलसिलामा म र हेडसर मोटरसाइकलमा बझाङबाट धनगढी फर्किदै थियौं । २०७७ असार २२ गते राति धनगढीको निर्माणाधीन ६ लेन सडकमा मोटरसाइकल दुर्घटनामा प¥यौ । विद्युतको पोलले मेरो दायाँ हात च्यापियो । अप्रेसनको क्रममा हात गुमाउन पुगे ।’ अस्पतालको बेडबाटै उनी अर्को बायाँ हातबाट लेख्न अभ्यास गर्न थाले । बिस्तारै उनको लेखनको रफ्तार र हेन्डराइटिङ पुरानै लयमा फर्किएयो  ।  जनता माध्यमिक विद्यालय, गदरिया, कैलालीबाट एसएलसी सकाएका उनी हाल सोही विद्यालयमा प्रधानाध्यापक छन् । उनी अब आफ्नो विद्यावारिधि गर्ने योजना रहेको सुनाउँछन् । जीवनमा संघर्ष सबैभन्दा ठूलो कुरा रहेको बताउँदै उनले सरकारको मुख मात्रै ताकेको भए आफू यो स्थानमा पुग्न नसकिने बताउँछन् । जुन कारण शिक्षा आर्जनलाई जोड दिइ संघर्ष गर्नुपर्न उनको जोड छ ।   

‘महुवा’ जोगाउन यसकारण कस्सिए थारू समुदाय 

‘महुवा’ जोगाउन यसकारण कस्सिए थारू समुदाय 

११४७ दिन अगाडि

|

३ साउन २०८०

पछिल्लो समय आदिवासी थारू समुदाय महुवाको वृक्षारोपणमा जुटेको छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवा लोप हुँदै गएपछि संरक्षण तथा प्रवद्र्धन गर्न यसको बृक्षारोपणमा जुटेका हुन् । कैलालीको गौरीगंगा नगरपालिका–१० स्थित नुक्लीपुर सामुदायिक होमस्टेले त्यहाँस्थित लक्ष्मी सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा २ हजार बोट महुवा वृक्षारोपण गरेको छ । यो सँगै असना, कर्मालगायत रुखको विरुवा समेत रोपेको होमस्टेका अध्यक्ष दिनेश दहितले जनाए । उदासीपुर सवडिभिजन वन कार्यालयको प्रविधिक र डिभिजन वन कार्यालय धनगढीको आर्थिक सहयोगमा पहिलो चरणमा बृक्षारोपण सम्पन्न गरेको बताउँदै अध्यक्ष दहितले दोस्रो चरणको लागि महुवाको १० हजार बोटको नर्सरी तयार भइरहेको र अन्य पालिकास्थित सामुदायिक वनमा पनि वृक्षारोपण गर्ने योजना रहेको सुनाए । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन समन्वय समिति मसुरियाको प्राविधिक सहयोगमा पनि महुवा बृक्षारोपण गरिएको छ ।  धनगढी उपमहागरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले पनि केही वर्ष अगाडि भादास्थित रामेश्वर धार्मिक वनको करिब ५ विघा क्षेत्रफलमा २ हजार महुवाको विरुवा रोपिएको बताए ।  पछिल्लो समय स्थानीय पालिकाहरु महुवा प्रवद्र्धन कार्यक्रमसमेत गर्न थालेका छन् । यसमा खास गरी थारू किसानहरुको आकर्षण बढ्दै गएको छ ।  महुवाको विशेषता  महुवा प्रायः तराईको वनमा पाइन्छ, जुन वसन्त ऋतुमा फुल्छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवाको बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्छन् । सो फुल संकलन गरेर प्रशोधन गरी रक्सी बनाउने कार्यमा थारू समुदाय उहिल्यैदेखि पारंगत छ । महुवालाई शक्तिवद्र्धक जडीबुटीको रुपमा लिइन्छ । डिभिजन वन कार्यालय कैलालीका पूर्व वनअधिकृत रामचन्द्र कँडेलका अनुसार महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो, जसको फूल र फलमा औषधीय गुण रहेको हुन्छ । महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको बताइन्छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले भने, ‘खास गरी थारू समुदायमा महुवाको विशेष महत्व रहेको छ । जसकारण वनमा भएपनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।’  थारू समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि महुवाको रक्सी थारू गाउँमा अनिवार्य जस्तै हुन्छ । नुक्लीपुर सामूहिक होमस्टेका अध्यक्ष दहित भन्छन्, ‘पर्यावरण संरक्षण त छँदैछ । योसँग थारू समुदायमा महुवाको विशेष महत्व छ । हामी होम स्टेको प्रवद्र्धनको लागि पनि महुवा प्रवद्र्धनमा जुटेका हौ । यसको रक्सीलाई उच्च प्रविधिको प्रयोगसँगै ब्राण्डिङ गर्ने हाम्रो योजना हो । साथै, यसको काठको प्रयोग र फललाई प्रशोधन गरी निकालिएको तेललाई विभिन्न औषधीमा प्रयोग गरिने भएकोले यसको प्रवद्र्धनमा जुटेका छौ ।’   थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूहरुले सञ्चालन गरेको होम स्टेमा महुवाको रक्सीको माग उच्च रहेको बताए । महुवाको रक्सी प्रति बोतल (२५० मिलिलिटर) ४ सय रुपैयाँमा बिक्री हुँदै आएको अध्यक्ष चौधरीले बताए । स्मरण रहोस्, लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकारले यस आर्थिक वर्षमा महुवालगायत रक्सीको ब्राण्डिङको लागि १२ करोड रकम विनियोजन गरेको छ ।