टीकापुर घटना: न्यायको खातिर लामो संघर्ष

टीकापुर घटना: न्यायको खातिर लामो संघर्ष

१२०३ दिन अगाडि

|

१० जेठ २०८०

लुम्बिनीमा दोस्रो चरणको मन्त्रीमण्डल बिस्तार, पाएन पूर्णता

लुम्बिनीमा दोस्रो चरणको मन्त्रीमण्डल बिस्तार, पाएन पूर्णता

१२०४ दिन अगाडि

|

९ जेठ २०८०

लुम्बिनी प्रदेशमा सोमबार नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।  नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने छन् । माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ । माओवादीबाट कृष्णा केसी नमुना र दीपेन्द्र पुनको नाम चर्चामा छ । यसपाली इन्द्रजीत चौधरीको नाम चर्चामा छैैन । लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

टीकापुर घटनाको फैसला र न्याय प्रणालीमाथिको विश्वास

टीकापुर घटनाको फैसला र न्याय प्रणालीमाथिको विश्वास

१२०४ दिन अगाडि

|

९ जेठ २०८०

सञ्जीव कार्की विचारका दृष्टिले रेशम चौधरी एक राजनीतिक कार्यकर्ता तथा नेता हुन् । विगतमा यिनी खेलाडी थिए, रेडियो प्रस्तोता थिए, राम्रो सङ्गीतकार र गीतकार थिए; अहिले पनि छन् । उनको पुस्तक लेखक परिचय पनि छ । सञ्चार उद्यमी र रिसोर्ट सञ्चालक यिनको चिनारीमा पर्ने विशेषण हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक र हाल सत्तारूढ दलका कैदी बन्दी पनि हुन् । विचारक, चिन्तक हुन् ।  प्रतिनिधि सभाको चुनाव २०७४ मा कैलाली क्षेत्र नं. १ बाट राजपाको तर्फबाट जेलमा बसेर नै चुनाव जित्ने रेशम आजसम्म पनि जेलमा नै छन् । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले आजीवन कारावास (२० वर्ष) को फैसला सुनाएका रेशमलाई सर्वोच्च अदालतले पनि उक्त फैसला सदर गरिदिएका कारण अझै १५ वर्ष (यो बिचमा कुनै अन्यथा माफी राजनीतिक परिवर्तन, पुनरवलोकन आदि नभएमा) जेल बस्नुपर्ने देखिन्छ ।  २०७२ भाद्र ७ को कैलालीको टीकापुर घटनामा कर्तव्य ज्यान मुद्दाका आरोपित रेशम अब आरोपित मात्र रहेनन्, अपराधी नै ठहर गरेर सर्वोच्च अदालतले २०८० जेठ २ मा फैसला गरेको छ । यद्यपि उनलाई कानुनी उपचारको हक सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनको निवेदन दिन सक्ने रहेको छ ।  अदालतलाई सम्मान गर्छु र पुनरवलोकनका लागि जान्छु भनेर उनले आफ्ना दलका नेताकार्यकर्ता शुभेच्छुक सबैलाई धैर्य गर्न शान्त हुन आग्रह गर्दै जेलबाट हस्तलिखित नै एक अपिल जारी गरेका छन् । उनले भद्र र शान्त रहेर अझै न्यायिक निकायप्रति आशा गरेका छन् । यही मौकामा द्वन्द्वको आगो सल्काउनेहरू सल्बलाएका देखिन्छन् । यी सबको बाबजुद पनि रेशम संयम र जिम्मेवार रहन आग्रह गरिरहेका छन् । यसलाई अनुभवी, परिपक्व राजनीतिका सुरुवात मान्न सकिन्छ ।  रेशमले आफ्नो सुझबुझ र समझदारीमा भावी राजनीति र अन्य राजनीतिकर्मीलाई शालीन परिचय र उदाहरण प्रस्तुत गर्न खोजेका छन् । राज्यको क्रुर दमन अत्याचार र बिरामी भएर अस्पताल जाँदासमेत नेल र हत्कडी लगाएर दिइएको निर्मम यातनाविपरीत सरकार र न्यायिक निकायप्रति विनम्र छन् । आफ्नो आक्रोश र विद्रोही चेतनालाई रेशमले आफ्नो पार्टीमार्फत भड्काउने काम गर्ने सम्भावाना र सामाजिक अराजकता निम्तिने खतराका कारण संयमता देखाएका छन् । त्यसले राज्यलाई न्यायिक निकायलाई गम्भीर भएर सोच्न बाध्य बनाउने छ ।  आवेशमा अभद्र, अशिष्ट र उदण्ड प्रतिक्रिया व्यक्त गरेका छैनन् । यद्यपि उनले अझै १५ वर्ष जेल बस्नुपर्ने फैसला आएको छ । राजनीतिक हिंसा र अपराध गर्नेको हकमा पनि हाम्रो कानुन र व्यवस्था विभेदी छ । रेशम चौधरी जस्तै राजनीतिक हिंसाको आरोपितहरू निरपराध मानिएका छन् । कतिलाई मुद्दा नै चलाइएको छैन भने कतिको मुद्दा अदालतमा निष्क्रिय राखिएको छ । कतिपयको मुद्दा टाउकामाथि तरवारका रूपमा राखिएको छ । स्वार्थ बाझिनेबित्तिकै त्यो बल्झाइन्छ । राजनीतिको आडमा भएका आन्दोलन प्रदर्शनका, युद्ध अनि हजारौँको हिंसाबाट हजारौँले उन्मुक्ति पाएका छन् तर रेशम चौधरीलगायत केहीलाई जेलमा नै सडाएर राख्ने फैसलाले सदरमाथि सदर हुँदै आएको छ । जसले न्याय प्रणालीमाथि प्रशस्त शङ्का उत्पन्न गरेको छ ।  सजाय गर्ने कानुनमा दोहोरो मापदण्ड किन ? सजाय गर्न सेन्डिकेट किन ? कानुनी राज्यमा कानुन सबैका लागि बराबर हो भने १७ हजार मान्छेको हत्या भएको हिंसात्मक जनयुद्धमा सामेलहरू, जनयुद्धको प्रतिकार गर्नेहरू किन सरकार प्रमुख उपराष्ट्रपति र मन्त्री अनि संसद् बन्न सके ? अनि किन जनताबाट निर्वाचित सांसद रेशम एक दिन पनि संसद्को मुख देख्न नपाई जेलमा कोचिनु पर्यो ? २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्तालाई बीभत्स ढङ्गले मारिँदा, महिलाहरू बलात्कृत भएर मारिँदा, स्तन काट्दै, योनीलाई छियाछिया पारेर एकै पटक नरसंहार हुँदा मधेशी जनाधिकार फोरमका नेताकार्यकर्ताले कसरी उन्मुक्ति पाए ? टीकापुर घटनामा सात जनाको हत्याको दोष कार्यक्रम आयोजक म होइन भन्दाभन्दै पनि रेशम चौधरीलाई बोकाउँदा २७ जनाको हत्याको दोष तत्कालीन मधेशी जनअधिकार फोरमको भागमा किन पर्दैन ? त्यो फाइलको मुद्दा किन खोलिँदैन । फास्ट ट्रयाकमा यस्ता मुद्दा किन फैसला गरिँदैनन् । हत्या, हिंसा, बलात्कारका उस्तै घटना किन सौदाबाजीमा निष्क्रिय बनाएर राखिन्छ ? ‘ठूलालाई चैन र सानालाई ऐन’ किन गरिन्छ ? घटना हुनुभन्दा केही दिनअघि टीकापुरको कार्यक्रममा बोल्ने वक्ताहरू डाक्टर अमरेश, राजेन्द्र महतो लगायतले हिंसा भडकाउन र जातीय घृणा फैलाउन दिएको अभिव्यक्ति टीकापुर घटनाको कारक बन्छ बन्दैन ? यसतर्फ किन सोचिँदैन ? न्याय डबल स्ट्यान्डरमा चल्छ कि न्यायको एउटा मात्र सर्वमान्य सिद्धान्त हुन्छ ? न्याय किनबेचको वस्तु हो ?  इटालीयन कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, साम्यवादी विचारक, चिन्तक, आन्तिनिओ ग्राम्सीका अनुसार ‘शासक वर्गले आफ्नो प्रभुत्वलाई टिकाउन एउटा प्रणालीको विकास गरेको हुन्छ । यस प्रणालीमा संविधान, कानुन, धर्म, शिक्षा र अनेक संस्था बनाएर वैधानिकता प्रदान गर्ने गरिन्छ ।’ प्रणाली कब्जा गरेर वैधानिकताको जामा पहिर्याएर आफ्नो कामलाई सार्वजनिक समर्थन खोज्ने कामलाई न्याय भनिन्छ ।  अदालतले रेशम चौधरीका हकमा गरेको फैसला पनि न्याय र विधिशास्त्रको खोल ओढाएर गरिएको प्रभुत्वशालीको कार्य हो । प्रणाली कब्जा गरेर प्रजातान्त्रिक देखाउने इलुजन हो । सीमान्त्तकृत मान्छेमाथि गरिएको न्यायिक निरङ्कुशता हो । गलत भाष्य निरङ्कुश भाष्य निर्माण गरेर गरिएको दमन हो । अदालतले रेशम चौधरीका हकमा गरेको फैसला पनि न्याय र विधिशास्त्रको खोल ओढाएर गरिएको प्रभुत्वशालीको कार्य हो । प्रणाली कब्जा गरेर प्रजातान्त्रिक देखाउने इलुजन हो । सीमान्त्तकृत मान्छेमाथि गरिएको न्यायिक निरङ्कुशता हो । गलत भाष्य निरङ्कुश भाष्य निर्माण गरेर गरिएको दमन हो । समाजका शासित वर्गलाई आफ्नो अधीनस्थ बनाएर राख्ने हतियारका रूपमा न्यायालयको प्रयोग भएको छ । जसको विरोध निन्दा र प्रतिवाद ग्राम्सकीकै भाष्यमा समाजका अग्र्यानिक बौद्धिकले गर्नुपर्छ ।  समाजमा न्यायको नाममा छरिएको भ्रम र झुटलाई अन्य घटना प्रसङ्ग र विषयसँग तुलना गरेर अन्याय भएको कुरा भनिदिनुपर्छ । परम्परागत बुद्धिजीवी सत्ताको ताबेदारी गर्ने बुद्धिजीवीको विरुद्ध भुइँ तहका मान्छेको पिरमर्कामा बोल्ने अग्र्यानिक पब्लिक इन्टलेक्चुअल निस्कनुपर्छ । अन्यथा न्यायको हत्या शृङ्खलाबद्ध रूपमा न्यायको बर्को ओढेर भइरहन्छ । भुइँ तहका मान्छेको पक्षमा बोल्नेले प्रभुत्व वर्ग र तिनले उत्पादन गरेको शासक वर्गको विचार धाराविरुद्ध प्रतिरोधी चेतना निर्माण गरी एन्टी थेसिसको उत्पादन गरेर न्यायको आवाज बुलन्द बनाउनुपर्छ ।  रेशमलाई आजसम्म थुनामुक्त गर्न ज९जसले वचन दिए ती वचन आफ्नो सत्ताको भर्यांग चढ्न सत्ता जोगाउन मात्रै भएका छन् । कसैले पनि उनको उन्मुक्तिको आवाजदेखि उठाएको पाइन्न ।  रेशम चौधरीले आफूलाई जनताको फैसलाले न्याय दिएको भए पनि अदालतले गुमराहमा पारेको गुनासो गरेका छन् । म जातिवादी हुँ तर मेरो जातिवाद नेपाली जाति हो । २०७२ भाद्र ६ गतेको सर्वदलीय बैठकमा मैले भनेको हुँ ः आन्दोलन मेरो नियन्त्रणमा छैन, म यो आन्दोलनको संयोजक पनि होइन ।’ भाद्र ७ गतेको आन्दोलन रोक्न मैले सक्दो प्रयत्न गरेँ । सिडिओलाई भनेँ, जिल्ला प्रहरी प्रमुखलाई भनेँ, अन्य सरोकारवालालाई पनि भने सर्वदलीय बैठकमा सबैले रेशम दोषी होइन भनेर स्वीकार गरेका छन् तब म कसरी दोषी भएँ ? अधिवक्ता स्वागत नेपाल भन्छन, “हत्यारा भनिएका रेशम घटना स्थलमा छैनन् । अन्यत्र नै बसेर शेरबहादुर देउवा र सिडिओसँग टीकापुरमा कफ्र्यु लगाउन माग गर्दै फोन वार्तामा छन्, उनी कसरी हत्यामा संलग्न भए ?” उस्तै घटनामा कोही दोषी हुने, कोही निर्दोष कसरी हुन्छन् ? टीकापुर घटनामा सात वर्ष थुनिएर अहिले निर्दोष ठहर भएकाको मानव अधिकार यतिन्जेल कहाँ हरायो ? निर्दोषलाई थुनामा राख्नेलाई कारबाही गर्नु पर्छ कि पर्दैन ? अदालत र सरकारले उचित क्षतिपूर्ति दिएर निर्दोष ठहरिएकाहरूलाई सामाजिक पुनस्र्थापना कहिले गर्ने ? निर्दोषलाई अन्याय गर्ने दोषीलाई उम्काउने कार्य पक्कै न्यायको मन्दिरबाट हुनेछैन । तीन ठाउँबाट अन्याय हुँदा पनि विनित प्रार्थना गर्दै न्याय पाउने आशा राख्ने रेशमको चाहलाई सर्वोच्च अदालतले पुनरवलोकन गर्दा न्यायको हत्या पक्कै नहोला ।  ‘निर्दोष नफसून्, दोषी नउम्किऊन्’ यो राज्य र न्याय प्रणाली सबैको होस् ।  कार्की त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका एमफिल पिएचडीका अनुसन्धाता हुन् ।

वाङचुक राजवंशभन्दा जेठा हुन् भुटानमा नेपालीभाषी

वाङचुक राजवंशभन्दा जेठा हुन् भुटानमा नेपालीभाषी

१२०५ दिन अगाडि

|

८ जेठ २०८०

ध्रुवसत्य परियार यतिखेर हामीकहाँ नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा पठाउने भन्दै ठगी गर्ने गिरोहसँग जोडिएका ठुल्ठूलै नेता पक्राउ परिरहेका छन् । यतिसम्म कि भुटानी शरणार्थीकै ‘उच्च नेता’ भनेर कहलिएका टेकनाथ रिजाल समेत पक्राउ परिसके । यो आलेख भने भुटानमा नेपाली कसरी पुगे र झाँगिए भन्ने सम्बन्धमा केन्द्रित छ ।  भुटानको इतिहासमा दुई शासकका नाम प्रमुख रूपमा आउँछन् – ङावाङ नामग्याल र उगेन वाङचुक । तिब्बतका अवतारी एवं भविष्यवक्ता ङावाङ नामग्याल २३ वर्षको उमेर (सन् १६१६) मा भुटान गएका थिए । उनले भुटानमा केही डिजोङ (प्रशानिक केन्द्र)हरू निर्माण गरे, यिनलाई भुटानको एकीकरणकर्ता पनि मानिन्छ ।  टेकनाथ रिजालको पुस्तक ‘निर्वासन’ अनुसार, त्यतिबेला भुटानमा रहेका दर्जनौँ गाउँले सरदारबीचको आपसी द्वन्द्व अन्त्य गरेर शक्तिशाली बनेका ङावाङ अन्ततः भुटानका प्रथम राजा बने । सन् १६३९ मा यिनले आफूलाई धर्मराजा घोषणा गरेका थिए । सन् १६४० तिर ङावाङ पुनः गोरखा गएर राजा डम्बर शाहसँग सम्पर्क गरे, त्यतिबेला ६० परिवारलाई भुटान लगियो । मीनबहादुर केसीले आफ्नो पुस्तक ‘नेपालमा भुटानी शरणार्थी’मा ङावाङलाई आध्यात्मिक एवं प्रशासनिक प्रमुख भनेका छन् । ङावाङका पाला छिमेकी राज्य तिब्बत लगायतसँग भुटानको सम्बन्ध बिग्रँदै गएको थियो । त्यसैले उनले सन् १६२४ मा गोर्खाली राजालाई भेटेर सम्बन्ध विस्तार गरे । बौद्धधर्म अनुरूप शासन चलाउँदै आएका उनले अत्यन्त दुर्गम तथा घना वनले ढाकिएको भुटानलाई हराभरा बनाउन चाहन्थे । त्यसका लागि गोर्खाका राजा राम शाहले भुटानको रक्षार्थ विशुन थापा मगरको नेतृत्वमा करिब ५० घर गोर्खावासीलाई भुटान पठाइदिए । ङावाङले यस्तै सम्बन्ध काठमाडौंमा पनि राखेकाले राजा शिवसिंह मल्लले भुटानमा जोङ र गुम्बा निर्माणका लागि केही सिकर्मी, डकर्मी पठाइदिएका थिए । सन् १६४० तिर ङावाङ पुनः गोरखा गएर राजा डम्बर शाहसँग सम्पर्क गरे, त्यतिबेला ६० परिवारलाई भुटान लगियो । जसमा थिए – बेनु पाध्याय, बुदिन थापा, विर्जु गुरुङ, दाङसाङ गुरुङ, मने मुर्मी, विष्णु शाही, सुने मुर्मी, विष्णु जैसी, सेतुमान नेवार, न्याउले नेवार, जिम्वे खम्बु, नैनी पाण्डे, जिमु आले, सन्ने कामी लगायतको साठी परिवार ।  ‘भुटान लैजानुअघि उनीहरूलाई ‘हामी पहिला गोर्खा राजाका जनता थियौँ, अबदेखि धर्मादेवा राजाका रैयत (रैती) भयौँ’ भनी शपथ खुवाइएको थियो,’ मीनबहादुर केसी आफ्नो पुस्तकमा लेख्छन्, ‘त्यहाँ लगिएपश्चात ६ मुख्तियार मण्डलको नियुक्त गरी उनीहरूकै रेखदेखमा भुटानको भूमिमा बस्ती बसाउने, तिरो उठाउने, शान्ति सुरक्षा तथा सम्पूर्ण प्रशासनिक अधिकार समेत सुम्पन थालियो । यसरी अधिकार पाउनेहरूमा करवीर आलेमगर, दालचन गुरुङ, जंगबहादुर प्रधान, धनवीर बुढाथोकी, कीर्तिमान बुढाथोकी, गुलिङ गजमेर, गञ्जवीर थापा, अमर प्रधान, सनमान नेपाल, भीमराज राई, पूर्णसिंह कटुवाल, लालवीर तामाङ, गुमानसिं थापा, गर्गमान गुरुङ, मोतीराज गुरुङ, हेमराज गुरुङ, बलभद्र गुरुङ, नन्दलाल क्षत्री, लालसिं गुरुङ आदि रहेको पाइन्छ ।’  ङावाङ नामग्यालले स्थापना गरेको दोहोरो शासन प्रणालीमा प्रशासनिक अधिकारका लागि खिचलो बढिरहँदा उगेनले भुटानकै राजा बन्ने अवसर देखेका थिए । यसका लागि उनलाई ब्रिटिस प्रशासक लगायतसँग समर्थन जुटाउन आवश्यक थियो । ङावाङले देश सञ्चालन र आध्यात्मिक अधिकार धर्मगुरु (जे खेन्पो)ले पाउने र प्रशासनिक अधिकारका लागि ‘ड्रक देसी’को नियुक्ति गर्ने दोहोरो शासन प्रणालीको व्यवस्था गरेका थिए । यो खालको शक्तिपृथकीकरणबाट भुटान राज्य सञ्चालित हुँदै आयो । पछि प्रशासनिक अधिकारका लागि आपसी द्वन्द्व र कलह देखिन थाले । यही बीचमा भुटानले कुच बिहारलाई आफ्नो कब्जामा लियो, कुचविहारले ५ अप्रिल १७७३ मा इस्ट इन्डिया कम्पनीसँग सम्झौता गरेर भुटानीलाई लखेट्न सफल भयो । यसपछि ११ नोभेम्बर १८६५ मा भुटान र इस्ट इन्डिया कम्पनीबीच ‘सिन्चुला सन्धि’ भयो । त्यतिबेला भुटानले कालेबुङ तथा डुवर्स समेतको भूभाग गुमाउनुप¥यो ।  भुटानमा १७ डिसेम्बर १९०७ देखि ‘वाङचुक राजवंश’ सञ्चालित छ । १७ वर्षको उमेरमा भुटानको पारो प्रान्तमा पेन्लोप (राज्यपाल जस्तै) हुन पुगेका उगेन नामग्याल पछि टोङ्सा प्रान्तको पनि पेन्लोप हुँदै भुटानको संस्थापक राजा बन्न पुगे ।  ङावाङ नामग्यालले स्थापना गरेको दोहोरो शासन प्रणालीमा प्रशासनिक अधिकारका लागि खिचलो बढिरहँदा उगेनले भुटानकै राजा बन्ने अवसर देखेका थिए । यसका लागि उनलाई ब्रिटिस प्रशासक लगायतसँग समर्थन जुटाउन आवश्यक थियो । ब्रिटिस प्रशासकले तिब्बतसित व्यापार तथा अन्य सम्झौता गर्नका लागि उगेनलाई प्रयोग गर्न सकिने ठाने र समर्थन गरे । सन् १९०४ को सेप्टेम्बरमा उगेनकै सहयोगले तिब्बतका लामा प्रशासकसँग ब्रिटिस भारतको सम्झौता भयो । तत्कालीन सिक्किमका राजनीतिक अफिसर रहेका जोन क्लाउड ह्वाइटबाट उगेनलाई सन् १९०५ मा ‘नाइट कमान्डर अफ दी अर्डर अफ द इन्डियन एम्पायर’को उपाधि दिइयो ।  केसीका अनुसार, ब्रिटिस सरकारले राजतन्त्र स्थापना गराउनमा भूमिका निर्वाह गर्नेहरूलाई ‘राय बहादुर’को पदले सम्मान गरेको थियो, जसमा नेपालीभाषी भुटानी देवान गर्जमान गुरुङ पनि परेका थिए । केसी लेख्छन्, ‘भुटानमा वंशानुगत राजतन्त्रको स्थापना गर्नमा विशेष गरी गर्जमान गुरुङ लगायत जंगबहादुर प्रधान, धनवीर बुढा, कीर्तिमान बुढाथोकी, सनमान नेपाल, गुमासिं थापा, गन्जबहादुर क्षेत्री, लालवीर तामाङ, पूर्णसिं कटुवाल, लालसिं गुरुङ, नन्दलाल क्षेत्रीको भूमिका थियो । यिनीहरू नेपालको राजधानी काठमाडौं आई प्रधानमन्त्री चन्द्रशमशेरको सहयोग लिएर उगेनलाई भुटानका प्रथम महाराजा बनाइने स्वीकृति मोहर (छाप) प्राप्त गरेका थिए ।’  सत्तासीन समुदायबाट आफूहरूमाथि दमन र शोषण भयो भनी नेपालीभाषी भुटानीले सन् १९४६/४७ मा ‘जय गोर्खा’को नाराबाट आवाज उठाउन थालेका थिए । भुटानमा खासगरी दक्षिणी भेगमा ल्होत्साम्पा (नेपालीभाषी) रहेका छन् । आफ्नो पुस्तक ‘निर्वासन’मा टेकनाथ रिजाल लेख्छन्, ‘भुटानभित्र ल्होत्साम्पाहरूको प्रवेशको इतिहास खोज्नुपर्दा अहिलेको भारत देशभित्रका दार्जिलिङ, कालेङपोङ, सिक्किम, आसाम हुँदै बर्मातिर कहिले नेपाली जाति पुगे त भन्ने खोजी गर्नुपर्ने हुन्छ । वास्तवमा नेपाल, भारत, सिक्किम र भुटान सीमा जोडिएका छिमेकी भएका कारण भारतीय भू–भागमा जहिलेदेखि नेपाली जातिको बसोबास थियो, त्यही समयदेखि भुटान भूप्रदेशमा नेपाली जाति खेतीपाती, पशुपालन लगायत व्यवसायमा संलग्न भएर बसोबास गरेको ठोकुवा गर्न सकिन्छ ।’  भुटानको उत्तरी भागमा ङालोङ (तिब्बती मूलका मानिसहरू) बस्दै आइरहेका छन् । यिनीहरूले बोल्ने भाषा ‘जोङ्खा’लाई राजतन्त्रको स्थापनापछि राष्ट्रभाषाको रूपमा मानिएको छ ।  नेपालीभाषीमाथि विभेदको सुरुवात खासगरी दोस्रो विश्वयुद्धताका संसारभर नै निरंकुश शासनविरुद्ध नागरिकमा चेतनाको प्रवाह हुन गएको थियो । भारतमा ब्रिटिस हैकमविरुद्ध र नेपालमा राणाशासनविरुद्ध जनता जागेका थिए । यही प्रवाह भुटानमा पनि देखियो ।   सत्तासीन समुदायबाट आफूहरूमाथि दमन र शोषण भयो भनी नेपालीभाषी भुटानीले सन् १९४६/४७ मा ‘जय गोर्खा’को नाराबाट आवाज उठाउन थालेका थिए । महासुर क्षेत्रीको नेतृत्वमा भूमिगत राजनीतिक दल ‘भुटान स्टेट कांग्रेस’को गठन गरी प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन तीव्र पारियो । ‘सत्तापक्षबाट गर्जमान गुरुङ, महासुर क्षत्री, डम्बरसिं चोक्दाक र पाङ्गमी मगर लगायतका केही व्यक्तिहरू मारिए, कैयनलाई धरपकड गरियो,’ केसीको पुस्तकमा उल्लेख छ, ‘यसको विरोधमा देशभित्र र बाहिर आसाम, कालिम्पोङ, दार्जिलिङ, डुवर्स, बाग्राकोट र कलकत्तामा समेत सभाहरू भए ।’  केसीका अनुसार, ४ नोभेम्बर १९५२ मा आएर बीबी गुरुङको अध्यक्षतामा भुटान स्टेट कांग्रेसको पुनर्गठन गरी सत्याग्रहको कार्यक्रम सुरु गरियो । यस क्रममा भागीलाल गुरुङ, धनवीर स्याङदेन, सहवीर गुरुङ लगायत २४ जनाले वीरगति प्राप्त गरे । कैयन् गिरफ्तारीमा परे, एक सय ५० घरजति भारततर्फ आश्रय लिन पुगे ।  ६ अगस्त १९६९ मा महाराजा जिग्मी दोर्जी र डीबी गुरुङबीच सम्झौता भयो, नेताहरूलाई क्षमादान, राष्ट्रियकरण गरेको सम्पत्ति फिर्ता, औषधि उपचारको व्यवस्था, मासिक भत्ता, नानीहरूको शिक्षादीक्षाका लागि सहयोग आदि सम्झौतामा उल्लेख थिए ।  सन् १९५८ मा नागरिक अधिनियम ल्याएर भुटानभित्र घरजग्गा भई बसोबास गर्नेलाई भुटानी नागरिक मानिने व्यवस्था गरियो । यस अधिनियमलाई पूर्ण रूप दिन जनगणना आवश्यक ठानी पहिलो जनगणना (सन् १९६४–६६) सम्पन्न गरिएको थियो ।  विस्थापित नेपालीभाषी भुटानी भारत हुँदै नेपालको झापा आइपुगे । उनीहरूलाई झापा र मोरङका सातवटा शिविरमा राखियो । उनीहरूको जनगणना वा दर्ता कार्य सन् २००६ देखि सुरु भएको थियो । सन् १९८८ मा दोस्रोपटक सुरु गरिएको जनगणनाले भुटानी नागरिकलाई वर्गीकरण ग¥यो । देश बाहिरबाट विवाह गरी ल्याएकी महिला र ऊबाट जन्मेका सन्तान अनागरिक हुने, गो र किरा (भुटानी पोसाक) लगाउनैपर्ने, जोङ्खा भाषा बोल्नैपर्ने, जोङ्खा संस्कृति मान्नैपर्ने, नो अब्जेक्सन सर्टिफिकेट (आचरण प्रमाणपत्र) पेस गर्नुपर्ने आदि वर्गीकरणले नेपालीभाषी भयभीत हुन थाले ।  ९ अप्रिल १९८८ मा भुटानका तत्कालीन राजकीय सल्लाहकार पार्षद टेकनाथ रिजाल र विद्यापति भण्डारीले ‘सिटिजनसिप एक्ट सन् १९५८’ को सुधारका महाराजा जिग्मे सिङ्गे वाङचुक समक्ष ज्ञापनपत्र बुझाए । जनगणना टोलीले जनतालाई अनुचित धम्की दिई सोधपुछ गर्नुका साथै नागरिकलाई विभिन्न स्तरमा विभाजन गरेको, टोलीले जनताबाट सन् १९५८ सालअघि भुटानमा बसोबास गरेको सबुत प्रमाण मागेको आदि ज्ञापनपत्रमा उल्लेख थिए ।  ज्ञापनपत्रको कुनै सुनुवाइ भएन र ४ जुन १९८८ मा टेकनाथ रिजाल पक्राउ परे । जनगणनाले दक्षिण भुटानमा असजिलो स्थिति सिर्जना गरेपछि ‘मानव अधिकार सार्वजनिक मञ्च’ नामक एक संगठन स्थापना गरिएको थियो । यसको सुइँको पाएपछि राजकीय अंगरक्षक सेना शाखाद्वारा दक्षिण भुटानमा अत्याचारको सिलसिला तीव्र पारियो । टेकनाथ रिजालले लेखेका छन्, ‘मेरो अनुपस्थितिमा एक लाखभन्दा बढी ल्होत्साम्पा समुदायका मानिसलाई देश छाड्न विवश बनाइएछ । मेरा निजी घर भत्काइएछन् । मेरा आफन्त सबै नै देश छाड्न बाध्य भएछन्, मेरो गाउँ चिराङ लामिडाँडाका पाँचजना निर्दोष गाउँले राजदरबारसँग सम्बन्धित प्रशासकद्वारा मारिएछन् । दागापेलाका मण्डल धर्मराज गुरुङलाई डम्फु स्कुलमा ल्याएर कुटीकुटी मारिएछ । यातनाका सिकार हुनेमा यावा गाउँका सबैभन्दा बढी संख्याका राई, लिम्बु, गुरुङ, तामाङ जातिका सोझासिधा मानिस थिए । सरकारको क्रूर दमनबाट हाहाकार मच्चिएपछि कैयौँ मानिस बेपत्ता भएको कुरा मलाई मेरा बन्दी मित्र रामबहादुर राईले सुनाए ।’  विस्थापित नेपालीभाषी भुटानी भारत हुँदै नेपालको झापा आइपुगे । उनीहरूलाई झापा र मोरङका सातवटा शिविरमा राखियो । उनीहरूको जनगणना वा दर्ता कार्य सन् २००६ देखि सुरु भएको थियो । सन् २०१५ सम्म कुल एक लाख १६ हजार ३५७ जना भुटानी शरणार्थी दर्ता भएका थिए, तर भुटानी शरणार्थीको अभिलेख राख्ने संस्था युएनएचसीआरले कुल मान्यता प्राप्त शरणार्थी संख्या एक लाख १९ हजार ८८४ भनेको छ ।  यी शरणार्थीलाई नेपाल सरकार र विभिन्न विदेशी दातृ संस्थाबाट खाद्यान्न, औषधोपचार, लत्ता–कपडा र बासस्थानको व्यवस्थापन गरिएको थियो । सन् १९९२ देखि सन् २०१८ को डिसेम्बरसम्म संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले खाद्यान्न एवं नगद अनुदान सहयोग गरेको थियो ।  भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेपाल सरकारले पहल नगरेको होइन, तर सफल भएन । यहीबीच उनीहरूलाई तेस्रो मुलुक लैजाने वातावरण बन्यो । सन् २००६ देखि २०१९ सम्म अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड गरी आठ देशमा एक लाख १३ हजार ३०७ जना भुटानी शरणार्थी पुनस्र्थापना भइसकेका छन् । जसमध्ये सबैभन्दा बढी अमेरिकामा ९६ हजार १७० जना गएका छन् । सरकारी प्रतिवेदन (२०७६) अनुसार, त्यतिबेलासम्म दर्तावाला ६ हजार ५७७ भुटानी शरणार्थी नेपालमा बाँकी रहेको, केही शिविर बाहिर र केही दर्ता हुन छुट रहेको अवस्था थियो । रातोपाटीबाट

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाले रोकेको प्रधानमन्त्री  प्रचण्डको दावी भ्रामक

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाले रोकेको प्रधानमन्त्री  प्रचण्डको दावी भ्रामक

१२०८ दिन अगाडि

|

५ जेठ २०८०

                                                                       २०७२ भदौको दोस्रो साता कर्फ्युको समयमा टीकापुर बजारः फायल फोटो उमेश श्रेष्ठ प्रतिनिधि सभाको २०८० जेठ ४ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि अदालतले हाल लाल आयोगको प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको बताए। तर हाम्रो तथ्य जाँचमा प्रधानमन्त्रीको दावी भ्रामक देखियो। सर्वोच्च अदालतले सूचना आयोगलाई प्रतिवेदन सम्बन्धी निर्णय शीघ्र गर्न परमादेश दिएको र आयोगले २०७८ फागुन ५ गते ६० दिनभित्र प्रतिवेदन उपलब्ध गराउन आदेश जारी गर्ने निर्णय गरेको तथ्य भेटिएको छ। तथ्य जाँच प्रकाशनपछि प्राप्त थप विवरण अनुसार सरकारका मुख्य सचिवले सूचना आयोगसहितलाई प्रतिवादी बनाएर रिट दायर गरेपछि अल्पकालीन अन्तरिम आदेश दिएको भेटिएको छ। के हो विषय ? नयाँ संविधान जारी हुनु अघि र संविधान जारी भएपश्चात तराईका विभिन्न ठाँउमा मधेशकेन्द्रित दल तथा अन्य दलहरुले नेपाल सरकारसँग विभिन्न माग राखी आन्दोलन गरिरहेका थिए। आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिनको लागि भन्दै २०७४ साल मंसिर २८ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा “तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय छानबिन आयोग” गठन गरेको थियो। उक्त आयोगले अध्ययन र छानबिन गरी तयार पारेको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो। यो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन। प्रतिनिधि सभामा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरका क्रममा सांसद शिशिर खनालले लाल आयोगको रिपोर्ट सार्वजनिक गर्छ कि गर्दैन? गर्छ भने कहिलेसम्म गर्छ भनेर प्रश्न सोधेका थिए। यसको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘यो कुरा साँचो हो कि म दोस्रो पटक प्रधानमन्त्री हुँदा थारुहट आन्दोलन र मधेश आन्दोलनसँग सम्बन्धित विषयहरुमा छानबिन गरेर रिपोर्ट पेश गर्नका लागि लाल आयोग गठन भएको कुरा साँचो हो। र, त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्दछ भन्ने भित्र पर्छु म पनि। त्यो प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र पर्छु तर त्यसलाई कुन रुपमा, कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी म यहाँहरुलाई गराउन चाहन्छु। र हामी अहिले पनि त्यो आयोग… सर्वोच्च अदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर त्यसलाई खुला गरेपछि त्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्दछ भन्ने मेरो मान्यता छ…. ‘ के हो तथ्य? हामीले यो विषयमा तथ्य जाँच गर्ने क्रममा दि काठमान्डु पोस्ट अङ्ग्रेजी दैनिकका पूर्व सम्पादक सञ्जीव सतगैँयाले गरेका ट्विट हेर्‍यौँ। उनको ट्विटमा सर्वोच्च अदालतले अक्टोबर २०१९ मा सर्वोच्च अदालतले सूचना आयोग र सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न वा गर्न नसकिने भए कारण दिन तीन महिनाको समय दिएको काठमान्डु पोस्टको समाचारको लिङ्क राखिएको छ।हामीले यही आधारमा सर्वोच्च अदालतको वेबसाइटमा आदेश खोज्ने क्रममा आदेश भेट्टायौँ- शशिधर पाण्डेयसहित चार जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय सूचना आयोग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै दायर गरेको रिट निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र सपना प्रधान मल्लको संयुक्त इजलासले २०७६ असोज ३० गते आदेश गरेको थियो। आदेशमा प्रधानमन्त्री दाहालले दावी गरे जस्तो सर्वोच्चबाट प्रतिवेदन सार्वजनिक गर्न रोक लगाएको नभई राष्ट्रिय सूचना आयोगलाई ‘कुन के प्रकृतिको हो दिन मिल्ने सूचना भए दिन मिल्ने निर्णय गर्नु तथा निबेदकले माग गरेको सूचना दिन नमिल्ने प्रकृतिको भए सोही बमोजिमको निर्णय गर्नु पर्नेमा हाल सम्म निर्णय नभई ढिलाई गरी राखेको अवस्थाले नागरिकमा सूसुचित हुने हकमा बन्देज लाग्न गएको अवस्था देखिदा तत्कालै निर्णय गर्नको निमित्त राष्ट्रिय सूचना आयोगका नाममा परमादेशको आदेश जारी गर्नु पर्ने देखिन आयो’ भनिएको छ। आदेशमा लेखिएको छ- ‘राष्ट्रिय सूचना आयोगका नाउँमा निज निवेदकले दिएको पुनरावेदनमा यो आदेश पाएका मितिले ३ महिना भित्र “तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग”को प्रतिवेदन सम्बन्धी निर्णय सिघ्र गर्नु भनी परमादेशको आदेश जारी हुने ठहर्छ।’ सूचना आयोगले के निर्णय गर्‍यो ? सर्वोच्च अदालतको आदेशपछि सूचना आयोगले यस विषयमा के निर्णय गर्‍यो भनी हेर्ने क्रममा हामी राष्ट्रिय सूचना आयोगको आधिकारिक वेबसाइटमा गयौँ। त्यहाँ हामीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ भेट्टायौँ।उक्त प्रतिवेदनको पृष्ठ १३, बूँदा नम्बर ४.१.४ मा ‘प्रस्तुत प्रतिवेदन सार्वजनिक चासोको विषय रहेको र यस्ता प्रतिवेदन गोप्य राख्नु भन्दा सार्वजनिक गर्दा वा चासो राख्ने नागरिकलाई उपलब्ध गराउँदा पारदर्शी कायम हुने र कुनै घटनाका सम्बन्धमा छानवीन भएका विषय सबै नागरिकको पहुँचमा पुग्ने’ उल्लेख गर्दै लेखिएको छ, ‘तसर्थ सूचना मागकर्तालाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (३) को खण्ड (क) अनुसार तपसिलको सूचना ६० दिनभित्र उपलब्ध गराउनू भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा मिति २०७८।११।०५ मा आदेश जारी गरेको छ।’ अर्थात् राष्ट्रिय सूचना आयोगले २०७८ साल फागुन ५ गते लाल आयोगको प्रतिवेदन माग गर्नेलाई ६० दिनभित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा आदेश जारी गरेको थियो। उक्त पूर्ण पाठमा सर्वोच्चको आदेशपछि सूचना आयोगले गृह मन्त्रालयलाई लिखित जवाफ पठाउन आदेश भएको, गृह मन्त्रालयको जवाफपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसित लिखित जवाफ मागिएको र त्यसपछि आयोगले गरेको ठहर बारे विस्तृत उल्लेख छ। तथ्य जाँच प्रकाशनपछि प्राप्त थप विवरण अनुसार सूचना आयोगको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सचिव शंकरदास बैरागीले राष्ट्रिय सूचना आयोग र उक्त प्रतिवेदन प्राप्त गर्न आयोगमा निवेदन दिनेहरु शशिधर पाण्डे , गीता कुमारी बरई , धर्मेन्द्र मुराउ, अवधेश प्रसाद कुर्मीलाई प्रतिवादी बनाई २०७८ चैत १६ गते रिट दायर गरेका थिए। न्यायाधीश कुमार रेग्मीको इजलासले चैत २० गते ‘कारण देखाउ, अल्पकालीन अन्तरिम आदेश र अन्तरिम आदेश छलफल’ को आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। उक्त अल्पकालीन अन्तरिम आदेश के थियो भन्ने बारे सार्वजनिक रुपमा दस्तावेज उपलब्ध छैन। प्राप्त गर्ने प्रयास जारी छ। प्राप्त हुने बित्तिकै हामी यहाँ अपडेट गर्नेछौँ। यो रिटमा २०७९ साउन ३० गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठले पूर्ण सुनुवाईका निम्ति पेश गर्ने आदेश दिए पनि हालसम्म अन्तिम आदेश/फैसला भइसकेको छैन। यसबारे अनलाइनखबरले पनि ‘प्रधानमन्त्रीको दोहोरो रवैया : प्रतिवेदन गोप्य राख्न मुद्दा हाल्ने, सदनमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। तथ्य जाँच दावी : सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन हाल प्रकाशित नगर्नू भन्ने फैसला गरेको छ।  सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको हो। दावीकर्ता : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथ्य : भ्रामक। सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन प्रकाशित नगर्नू भन्ने ‘फैसला’ गरेको छैन। उक्त प्रतिवेदन माग्दै राष्ट्रिय सूचना आयोगमा परेको निवेदनमा ३ महिना भित्र निर्णय गर्न सर्वोच्चले परमादेश दिएको हो। उक्त परमादेशपछि सूचना आयोगले २०७८ साल फागुन ५ गते लाल आयोगको प्रतिवेदन माग गर्नेलाई ६० दिनभित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा आदेश जारी गरेको थियो। प्रधानमन्त्रीले संसदमा दावी गरे जस्तो सूचना आयोगले त्यो विषयमा मुद्दा दिएको नभई सरकारकै मुख्य सचिवले सूचना आयोगलाई प्रतिवादी बनाई रिट दायर गरेका हुन्। यो विषयमा प्रधानमन्त्रीले भने जस्तो सर्वोच्चले ‘फैसला’ गरिसकेको छैन, अल्पकालीन अन्तरिम आदेश दिएको मात्र हो। तसर्थ प्रधानमन्त्री दाहालले संसदमा गरेको दावी भ्रामक छ। नेपाल  फ्याक्ट चेक डट ओआरजीबाट विस्तृत हेर्नुहोस्ः  https://nepalfactcheck.org/2023/05/laal-aayog/?fbclid=IwAR0fZrFcUMS5tqnJTXRzWH72V1QgfhBvMJ-cGgdF3JXoZo8CRUQkC4pD8zs  

सर्वोच्चको फैसलाले रत्तिभर मन विचलित छैन: रेशम चौधरी

सर्वोच्चको फैसलाले रत्तिभर मन विचलित छैन: रेशम चौधरी

१२०९ दिन अगाडि

|

३ जेठ २०८०

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् ।  आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताए ।  ‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,’ विज्ञप्तिमा उल्लेख छ । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकन‌मा जान सकिने चौधरीले बताए । ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नहुन अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् । आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको उनको भनाइ छ । ‘हामी अझै न्यायिक पर्खाइमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु, उनले भने, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु ।  रत्तिभर मन विचलित छैन ।’ आफू पुस्तक लेखिरहेको भन्दै केही दिनमा ‘धरातल’ नामक पुस्तकका आउने उनले बताए ।

देउखुरी  प्रदेश राजधानी तोकिएपछि रोकिएको जग्गा किनबेच फुकुवा गर्न मन्त्रीलाई जिम्मा

देउखुरी प्रदेश राजधानी तोकिएपछि रोकिएको जग्गा किनबेच फुकुवा गर्न मन्त्रीलाई जिम्मा

१२१५ दिन अगाडि

|

२९ वैशाख २०८०

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा लगाएको छ।   राप्ती उपत्यकामा लुम्बिनीको स्थायी राजधानी तोकिएपछि त्यहाँ जग्गा किनबेच रोकिएको थियो। जग्गा फुकुवा नगर्दा जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । यस विषयमा मन्त्री मास्कीले आन्दोलनरत पक्षसँग छलफल गरेका थिए। छलफलमा एक महिनाभित्र जग्गा फुकुवा गर्ने गरी प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेपछि आन्दोलन रोकिएको थियो।  ‘एक महिनाभित्र जग्गा फुकुवाका लागि मैले प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजान्छु’, मन्त्री मास्कीले भने ‘त्यसपछि जग्गा फुकुवाको काम अघि बढ्छ।’   लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिनादेखि जग्गा किनबेच रोक्का थियो। लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा समस्या भएको थियो। त्यस्तै अंशवन्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन समस्या भएको छ। लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पूरै नौवटा वडा, गढवा–१, २ र ३ वडा तथा सितगङ्गा नगरपालिका–८ र ९ मा जग्गा रोक्का गरिएको छ। रासस