७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

१३५२ दिन अगाडि

|

१२ पुष २०७९

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि लामिछाने बने गृहमन्त्री

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि लामिछाने बने गृहमन्त्री

१३५३ दिन अगाडि

|

११ पुष २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ दिएका छन् ।  बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा जनताको नाममा पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री प्रचण्डद्वारा जनताको नाममा पद तथा गोपनीयताको शपथ

१३५३ दिन अगाडि

|

११ पुष २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् ।  प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ ।   त्यस्तै स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन रहेको छ । प्रचण्ड तेस्रो पटक गणतान्त्रिक नेपालको प्रधानमन्त्री बनेका हुन् । कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

१३५३ दिन अगाडि

|

११ पुष २०७९

काठमाडौं । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ ।  पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्तिको समर्थन रहेको छ । तर सरकारमा तत्काल जाने निर्णय भएको छैन ।  पार्टी प्रवक्ता पण्डितले ढकियाखबरसँग भने,‘सरकारमा जान हामीले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएका छौं । सुदूरपश्चिममा पनि हामी निर्णायक छौं तर बटमलाइन पुरा नभए प्रदेश सरकारमा पनि सहभागी हुन्नौं ।’ प्रवक्ता पण्डितले हालका प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी लगायतको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले पार्टीले समर्थन गरेको बताए । स्मरण रहोस्, पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीका सांसदहरुलाई सोमबार बिहान डिल्लीबजार कारागारमा छलफलका लागि बोलाएका थिए । उनले सरकारमा जान नहतारिन आग्रह गरेका थिए ।   

पुस्तकालयका उत्कृष्ट पाठक चौधरीलाई १० हजार पुरस्कार

पुस्तकालयका उत्कृष्ट पाठक चौधरीलाई १० हजार पुरस्कार

१३५६ दिन अगाडि

|

८ पुष २०७९

                                                                                                                                               फाइल : फोटो कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।  महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।  टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए। “हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ”, उनले भने, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।” सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा  चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे ।  रासस

थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

१३५७ दिन अगाडि

|

७ पुष २०७९

दिपेश शाही  शिरमा रंगीचंगी टोपी, जीउमा कमिज, स्वेटर, कोट र सेतो धोती अनि खुट्टामा खराऊ । हातमा डायरी र कलमसँगै मोबाइल बोकेका गंगाराम चौधरी पृथक र आकर्षक देखिएका थिए । कैलाली–३ बाट निर्वाचित सांसद चौधरी बिहीबार पद तथा गोपनीयताको शपथ लिन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रवेश गर्दा उनको पहिरनले धेरैको ध्यान तान्यो । शीर्ष नेता र प्रभावशाली सांसदको संसद भवन प्रवेशलाई पर्खिरहेका फोटो पत्रकारका लेन्स गंगारामको प्रवेशसँगै उनको पहिरनतर्फ सोझियो । थरीथरीका पहिरनमा सजिएर आएका नवनिर्वाचित सांसदहरूका पहिरन साँच्चिकै आकर्षक र विविधतायुक्त थिए । त्यसमा पनि पृथक थियो गंगारामको पहिरन । उनको पहिरनबारे सोधेको प्रश्न भुइँमा खस्न नपाउँदै गंगारामले छोटो जवाफ दिए, ‘हामी थारुहरूको पहिचान ।’ शपथ लिएर संसद भवनबाट बाहिरिएपछि उनले आफ्नो पहिरनबारे धेरैलाई बुझाउनुपर्‍यो । सांसददेखि सञ्चारकर्मीसम्म, सुरक्षाकर्मीदेखि कर्मचारीसम्म उनलाई घेरिरहेका हुन्थे । उनी सबैलाई त्यसबारे भन्थे, ‘यो थारुहरूको पहिचान हो । मैले माथि लगाएको टोपीलाई कटौती भनिन्छ । कोट, स्वेटर र सर्ट (कमिज) भइहाल्यो । यो सेतो धोतीलाई मर्दानी भनिन्छ । खुट्टामा लगाएको काठको पौवा हो । यो राम बनवास जाँदा पनि पहिरिएका थिए । नेपालीमा यसलाई खराऊ भनिन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’ उनले कटौती (टोपी), मर्दानी (सेतो धोती) र पौवा (खराऊ) का बारेमा थप व्याख्या गरिदिए । ‘यसलाई नेपालीमा टोपी भनेरै बुझ्दा हुन्छ । तर थारु भाषामा यसलाई कटौती भनिन्छ । यो महिलाहरूले लगाउने चोली र गुनियाँ (लेहेंगा) बनाउँदा काटेर बनेको हुन्छ । त्यसैले कटौती भनिन्छ । महिलाहरूले पनि लगाउँछन् । सेतो धोतीलाई हाम्रो भाषामा मर्दानी भनिन्छ । ठाउँ हेरी अरू नाम पनि हुन्छ’ उनी भन्दै गए, ‘पौवालाई नेपालीमा खराऊ भनिन्छ, जुन काठबाट बन्छ । लगाउँदा सहज पनि हुन्छ । स्वास्थ्यलाई पनि फाइदा हुन्छ । बलियो पनि हुन्छ ।’                                                                 गंगाराम चौधरीसहित नागरिक उन्मुक्तिका चार जना सांसद संसद भवनमा । विभिन्न समुदायका सांसदहरूको जस्तै गंगारामको पनि यो पहिरन लगाएर शपथ लिन आउनुमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने चाहना नै थियो । उनको दल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र अर्का सांसद अरुण चौधरीले पनि थारु समुदायकै पोशाक लगाएका थिए । तर सबैले सल्लाह गरेर भने लगाएका थिएनन् । ‘आ–आफै लगाएर आयौं । हेर्दा सल्लाह गरेजस्तो देखियो । तर संयोग मात्रै हो,’ उनले भने । ‘मेरो उद्देश्य आफ्नो पहिचान झल्काउनु पर्छ भन्ने हो । हाम्रो पार्टीको गठन नै पहिचानको मुद्दालाई संस्थागत गराउने उद्देश्यले भएको हो । संसदमा शपथ लिन आउँदा यसले आफ्नो पहिचानप्रति इमान्दार रहन प्रेरित गर्छ भन्ने लागेर पहिरिएर आएको हुँ,’ उनले अगाडि भने, ‘हाम्रा अन्य साथीहरूले पनि थारु पहिचान झल्काउने विभिन्न पहिरन लगाउनु भएको छ । अन्य पार्टीका सांसदले पनि लगाउनु भएको छ । यसले हाम्रो देश विविधतालाई देखाउँछ । राज्यले यसलाई स्वीकार गर्नुपर्छ ।’ भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित सांसदहरूको शपथ लिन देशका विभिन्न क्षेत्रबाट काठमाडौं आइपुगेका सांसदहरूले आ-आफ्नो कला र संस्कृति झल्काउने पहिरन लगाएका थिए । आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू प्रायः यस्ता खालका सांस्कृतिक पहिरनमा सजिएर आएका थिए । सबैले पहिरिएका त्यस्ता पहिरनले मुलुकको सांस्कृतिक विविधता झल्काउँथ्यो नै आफ्नो पहिचानप्रतिको प्रेमलाई पनि प्रतिबिम्बित गरिरहेको थियो । अनलाइनखबरबाट

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

१३५७ दिन अगाडि

|

७ पुष २०७९

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यापक भोजराज दाहालले बताए । ‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैंमा दुर्लभ संयोग हो,’ दाहालले भने, ‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।’ जुम्ल्याहा जन्म आफैंमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन् । ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौं’, दाहालले भने । जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीं झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन् । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए । विद्यालयको कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजु–बहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरु घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउँछन् । उनीहरु जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदी–बहिनी हुन् । दिदी–बहिनी त्यसैमाथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरु र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उनीहरुसँग छ । जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता ऋषिकान्त सापकोटा बताउँछन् । जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरु आवश्यक मात्रमा पुर्याएर सुरु–सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन् । ‘सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरुले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ’, उनले भने । वि.सं. २०४६ मा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३औं वार्षिकोत्सवमा मंगलबार जुम्ल्याहा सन्तान र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ । रासस