‘थ्रेसहोल्ड’का कारण समानुपातिक मतमा नागरिक उन्मुक्ति र नेकपा एस अभागी

‘थ्रेसहोल्ड’का कारण समानुपातिक मतमा नागरिक उन्मुक्ति र नेकपा एस अभागी

१३७६ दिन अगाडि

|

१८ मंसिर २०७९

यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

यी हुन् एमालेबाट चुनिन सक्ने समानुपातिक सांसद (सूचीसहित)

१३७७ दिन अगाडि

|

१७ मंसिर २०७९

रुपक चौलागाईं ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सांसदहरूको जोडघटाउ सुरु भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १६२ क्षेत्रको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।  समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा छ। यो रिपोर्ट तयार पार्दासम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गणना सम्पन्न भइसकेको छ। मतगणना अन्तिम चरणमा पुग्दा दलहरूबाट छानिने समानुपातिकतर्फका सांसदहरूको सूचीबारे आम चासो बढेको छ। ०७४ को निर्वाचनमा देशकै सबैभन्दा ठूलो पार्टीको बनेको नेकपा एमाले यो पटक पनि समानुपातिकतर्फ पहिलो दलको रुपमा दर्ज भएको छ। तर, प्रत्यक्षतर्फ भने एमालेलाई ठूलो क्षति पुगेको छ। ०७४ मा ८० सिट प्रत्यक्षतर्फ जितेको एमालेले अहिले ४४ सिटमा मात्र जित निकालेको छ। ५ वर्षअघिको निर्वाचनमा ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेर एमालेले समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो। यो पटक पनि समानुपातिकतर्फ पहिलो दल बन्दै एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरिसकेको छ। निर्वाचन आयोगका अनुसार अझै केही मत गणना गर्न बाँकी भएकाले यसमा अझै केही मत थप हुनेछ। संघीय संसदमा सबै दलले कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनपर्ने संवैधानिक व्यवस्था छ। अहिलेसम्मको अवस्थालाई हेर्दा नेकपा एमालेले कम्तीमा ३४ सिट समानुपातिकतर्फबाट पाउने देखिन्छ। राष्ट्रिय सभामा एमालेका अध्यक्षसहित १६ सांसद छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ जितेको छ। अब राष्ट्रिय सभाका समेत जोड्दा एमालेको कम्तीमा ९४ जना सांसद हुनेछन्। जसमध्ये एमालेबाट अहिले ९ जना महिला राष्ट्रिय सभामा छन्। प्रत्यक्षतर्फ ४ जना महिला सांसद चुनिइसकेका छन्।  संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत पुर्याउन एमालेलाई ३१ जना महिला सांसदहरु अनिवार्य चाहिन्छन्। राष्ट्रिय सभामा रहेका ९ र प्रतिनिधि सभाबाट निर्वाचित ४ गरी १३ जना अहिले महिला छन्।  अब एमालेलाई १८ जना महिला सांसद आवश्यक छन्, जुन समानुपातिकबाट पठाउनुपर्ने हुन्छ। र, निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको बन्दसूचीअनुसार ती सांसद छान्नुपर्ने हुन्छ। प्रत्यक्षबाट निर्वाचित महिला सांसदहरु प्रत्यक्षतर्फ निर्वाचित भएकामध्ये ज्वाला कुमारी साह (बारा–३), जुलीकुमारी महतो (धनुषा–३) गरी २ जना मधेशी समुदायका छन्।  विद्या भट्टराई (कास्की–३) खस आर्य समुदायबाट छिन् भने भगवती चौधरी (सुनसरी–३) थारु समुदायकी हुन्। समानुपातिकबाट छानिने महिला सांसदहरू अब एमालेबाट समानुपातिकका सांसदहरू छान्दा जातीय क्लस्टर मिलाएर पठाउनुपर्ने हुन्छ। विद्यमान व्यवस्था अनुसार प्रतिनिधि  सभामा आदिवासी जनजाति २८.७० प्रतिशत, खस आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी ५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ। तर यसरी छान्दा महिला उम्मेदवार प्राथमिकतामा पार्नुपर्छ। किनकि एमालेको ३३ प्रतिशत महिला संख्या पुगेको छैन। खसआर्य क्लस्टर अनुसार एमालेले प्रतिनिधित्व गराउने २४ जना हुन्। त्यसमा १ जना महिला (विद्या भट्टराई, कास्की–२) ले जितेकी छिन्। अन्य २३ जना पुरुष छन्। यो क्लस्टरमा महिला थप गर्ने सम्भावना कम छ।  आदिवासी जनजाति क्लस्टरबाट एमालेले २२ जना सांसद पुर्याउनुपर्छ। यो क्लस्टरमा प्रत्यक्षतर्फ ११ जना निर्वाचित भइसकेका छन्। अब ११ जना समानुपातिकतर्फबाट छान्नुपर्ने हुन्छ। यसरी पठाउँदा खस आर्य, आदिवासी जनजाति, दलित, थारु, मधेशी र मुस्लिम क्लस्टरबाट छान्न भने पाइनेछ। आदिवासी जनजाति क्लस्टरबाट प्रत्यक्षतर्फ कोही पनि महिला निर्वाचित भएका छैनन्। यसमा आवश्यक ११ जनामध्ये नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती र रणकुमारी बलम्पाकी निर्वाचित हुने सम्भावना ज्यादा छ। त्यहाँ अन्य क्षेत्रबाट समेत निर्वाचित गराउने महिला संख्या हेरेर पुरुष निर्वाचित गर्न सकिन्छ।  थारु क्लस्टरबाट चार सांसद चाहिनेमा प्रत्यक्षतर्फ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भइसकेकी छिन्। अब समानुपातिकको बन्दसूचीबाट आस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी डंगौरा चौधरी पर्नेछन्।  मधेशी क्लस्टरमा ६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन्। जसमा २ महिला छन्।  दलित क्लस्टरमा प्रत्यक्षतर्फबाट १ जना मात्र निर्वाचित भएका छन्। विधान अनुसारको प्रतिशत पुर्याउनका लागि अब १० जना सांसद आवश्यक पर्छ। जसको पहिलो प्राथमिकतामा महिला पर्ने देखिन्छ। एमालेले बुझाएको बन्दसूची अनुसार महिलातर्फ रुक्मिणी राणा बराइली, हर्कमाया वि।क, इन्दिराकुमारी पन्थी, अन्जु प्रसाईं बर्देवा पहिलो प्राथमिकतामा पर्नेछन्। मुस्लिम क्लस्टरबाट रुही नाज, साविदा खातुन सिद्दिकी, सैहरा खातुन पहिलो प्राथमिकतामा पर्नेछन्।  यसपछि पनि ३३ प्रतिशत महिलाको संख्या नपुग्ने भएकाले ३ जना महिला आदीवासी जनजाति र दलित क्लस्टरबाट पुरा गरिनेछ।  त्यसरी नाम पठाउँदा शान्ति श्रेष्ठ, सरस्वती सुब्बा जनजातितर्फबाट पर्न सक्छन्। यस्तै, अन्जु नेपाली दलित महिला कोटाबाट समेटिन सक्छन्। समानुपातिकमा छानिने पुरुष सांसदहरू महिलाको ३३ प्रतिशत (१८ जना)कोटा पूरा भएपछि एमालेले समानुपातिकबाट पाउने ३४ जनामध्येमा अब १६ जना थप्न सक्नेछ। जुन सबै क्लस्टरबाट मिलाउन उसलाई छुट हुनेछ।  एमालेले बुझाएको बन्दसूची अनुसार पहिलो र दोस्रो प्राथमिकतामा रहेकाहरु सांसद बन्ने निश्चित छ।  खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकाल निर्वाचित हुने निश्चित छ। एमालेले बुझाएको समानुपातिक सूचीमा पन्तको नाम खस आर्यतर्फको पहिलो नम्बरमा र ढकालको नाम दोस्रो नम्बरमा छ। त्यस्तै, आदीवासी जनजाती तर्फबाट देवीप्रसाद भट्टचन र हेमराई राई निर्वाचित हुनेछन्। एमालेले बुझाएको बन्दसूची अनुसार यो क्लस्टरमा भट्टचन पहिलो र राई दोस्रो नम्बरमा छन्।  दलित क्लस्टरबाट पनि महिला पुगेसँगै अब पुरुष छान्न सकिनेछ। त्यसरी छान्दा दलित क्लस्टरबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध निर्वाचित हुनेछन्। विक पहिलो र दुसाध दोस्रो नम्बरको प्राथमिकतामा रहेका छन्।  मधेशी क्लस्टरबाट पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी निर्वाचित हुनेछन्। यो कोटाको पहिलो नम्बरमा यादव र राजवंशीको नाम छ। मुस्लिम क्लस्टरबाट सराज अहमत फारुकी र एजाज आलम चुनिनेछन्। फारुकी र आलम यो कोटामा क्रमशः पहिलो र दोस्रो नम्बरमा छन्। थारु क्लस्टरबाट सत्यनारायण चौधरी र जञ्जिरप्रसाद चौधरीको नाम क्रमशः पहिलो र दोस्रो नम्बरमा छ।  सबै क्लस्टरबाट त्यसपछि समानुपातिक सांसद छान्दा पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व गराउनपर्ने हुन्छ। पिछडिएको क्षेत्रबाट एमालेले ४ जना सांसदहरु बन्दसूचीमा समावेश गरेको छ। जसमध्येबाट हुम्लाका गोरखबहादुर बोगटी पुरुषतर्फ निर्वाचित हुनेछन् भने बझाङकी भागरथी कुमारी चन्द महिलातर्फबाट निर्वाचित हुनेछिन्।  अब बाँकी रहेका २ सांसद खस आर्यतर्फका महिलाको कोटाबाट छानिने संभावना छ। जसमा क्रमशः मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली पर्नेछन्। एमालेका प्रत्यक्ष निर्वाचित खसआर्य सांसदहरू (१) उदयपुर २– अम्बरबहादुर रायमाझी (२) गुल्मी २– गोकर्ण विष्ट (३) झापा २– देवराज घिमिरे (४) झापा ५– केपी शर्मा ओली (५) ताप्लेजुङ– योगेश भट्टराई (६) अर्घाखाँची– टोपबहादुर रायमाझी (७) प्युठान– सूर्य थापा (८) मकवानपुर २– महेश बर्ताैला  (९) पर्वत– पदम गिरी (१०) रुपन्देही ५– बासुदेव घिमिरे (११) कास्की २– विद्या भट्टराई (२२) बाँके १– सूर्यप्रसाद ढकाल  (१३) बैतडी– दामोदर भण्डारी  (१४) कपिलवस्तु १– बलराम अधिकारी (१५) कास्की ३– दामोदर पौडेल वैरागी  (१६) बारा १– अच्युतप्रसाद मैनाली (१७) सर्लाही ३– हरिप्रसाद उप्रेती (१८) काभ्रेपलाञ्चोक २– गोकुलप्रसाद बास्कोटा (१९) पाल्पा २– ठाकुर गैरे (२०) पाल्पा १– नारायणप्रसाद आचार्य (२१) मोरङ २– ऋषिकेश पोखरेल (२२) रुपन्देही २– विष्णु पौडेल  (२३) सुनसरी २– भीमप्रसाद आचार्य (२४) इलाम १– महेश बस्नेत  एमालेका प्रत्यक्ष निर्वाचित आदीवासी जनजाति सांसदहरू (१) काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ (२) ललितपुर २– प्रेमबहादुर महर्जन (३) लमजुङ १– पृथ्वीसुब्बा गुरुङ (४) सोलुखुम्बु– मानवीर राई  (५) झापा ४– लालप्रसाद साँवा लिम्बु  (६) धनकुटा– राजेन्द्रकुमार राई (७) कञ्चनपुर १– तारा लामा तामाङ (८) पाँचथर– वसन्तकुमार नेम्वाङ (९) कास्की १– मनबहादुर गुरुङ  (१०) सिरहा ३– लीलानाथ श्रेष्ठ (११) इलाम २– सुवासचन्द्र नेम्वाङ एमालेका प्रत्यक्ष निर्वाचित मधेशी सांसदहरू (१) पर्सा ३– राजकुमार गुप्ता (२) सिरहा १– रामशंकर यादव  (३) बारा ३– ज्वालाकुमारी साह  (४) धनुषा ३– जुलीकुमारी महतो (५) कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता (६) महोत्तरी १– लक्ष्मी महतो  (७) धनुषा ४– रघुवीर महासेठ एमालेका प्रत्यक्ष निर्वाचित थारु सांसद (१) सुनसरी ३– भगवती चौधरी एमालेका प्रत्यक्ष निर्वाचित दलित सांसद (१) रुपन्देही १– छविलाल विश्वकर्मा नेपालखबरबाट

‘हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ’–मेटमणि चौधरी

‘हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ’–मेटमणि चौधरी

१३७७ दिन अगाडि

|

१७ मंसिर २०७९

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले हालै सम्पन्न निर्वाचनको नतिजालाई आफूहरुले स्वीकार गरेको बताएका छन् । आफ्नो पार्टीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसकेको अवस्थामा पनि प्रत्यक्षतर्फ १० सिट जितेकोमा उनी सन्तुष्ट देखिन्छन् । उनले तत्काल कुनै पनि पार्टीसँग आफ्नो पार्टीको एकता प्रक्रिया अघि नबढ्ने प्रस्ट पारे । उनले सरकार गठनको प्रक्रियामा अब प्रवेश गर्ने र त्यसमा पनि मोटामोटी सहमति भइसकेको जानकारी पनि दिए । सरकारको नेतृत्व कांग्रेसले नै गर्ने र यही गठबन्धनको सरकार बन्ने उनको भनाइ छ । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश– पार्टी र चुनाव चिह्न नयाँ लिएर चुनावी मैदानमा होमिनुभयो । ५ वर्षअघि एउटा पार्टी र चुनाव चिह्न लिएर जानुभयो । अहिले अर्को पार्टी र चुनाव चिह्न लिएर जानुभयो । यो निर्वाचनको दौरानमा कति गाह्रो भयो ? अहिले पाँच दलीय गठबन्धन थियो । स्वाभाविक रुपमा धेरै मतदाता हामीसँगै हुनुहुन्छ भन्ने भयो । सामान्य रुपमा त्यति गाह्रो भएन । तर, व्यावहारिक रुपमा नयाँ चुनाव चिह्न, जहाँ जनतामा स्थापित भएको थिएन । भोट हाल्ने जनता त्यसमा बानी परेका थिएनन् । चुनाव चिह्न नयाँ भएकाले चिनाउन अप्ठ्यारो भयो । चुनावका दौरानमा अरु खासै अप्ठ्यारो भएन । ‘सूर्य चिह्नमा भोट हालौँ, मेटमणि चौधरीलाई जिताउँ’ भनेर नारासमेत लागेछ, हैन ? कतिपय ठाउँमा यस्तो भएको रहेछ । हामीले थाहा पाएको ठाउँमा आफै पुगेर करेक्सन गर्न लगायौं । त्यसमा हामीले सकेको चिर्ने काम गरियो । तर, धेरै ठाउँमा मेटमणिको चुनाव चिह्न कलम हो । हामीले सूर्य चिह्नमा हाल्नु हुँदैन भन्ने थियो । मेटमणि असल मान्छे हो । हिजो पनि जितायौं, अब पनि जिताउनुपर्छ भनेर भनेको पाएँ । गंगा चौधरी तपाईंले उठाएको डमी उम्मेदवार हो, त्यस कारण तपाईंलाई चुनाव जित्न सहज भयो भन्छन् नि, खास के हो ? गंगाजीको भोट भनेको १ हजार ९३ मात्रै हो । मेरो बुझाईमा उहाँ हामीसँग हुँदा अप्ठ्यारो हुने थियो । यदि हामीसँगै भएको भए धेरै सेवा र संरक्षण गर्नुपर्ने हुन्थ्यो । म एक्लै हुँदा मलाई चुनाव जित्न सहज भयो । अर्को कुरा, उहाँसँग कुरा नभएको महिनौं भइसक्यो । त्यस कारण उहाँ मेरो डमी उम्मेदवार होइन । एमालेका महासचिव शंकर पोखरेल पराजित भएपछि तपाईंले सामाजिक सञ्जालमा प्रतिगमनकारी मतियारको हार भयो भन्ने आशयले लेख्नुभयो । मेटमणि कति असहिष्णु भएका हुन्, शंकर पोखरेल पराजित हुँदा यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो भन्ने खालको कुरा पनि आयो, तपाईं के भन्नुहुन्छ ? यस्तो खालको टिप्पणी आउनु स्वाभाविक हो । प्रतिक्रिया पोजेटिभ र नेगेटिभ दुवै आउँछन् । सबै कोणबाट टिप्पणी हुन्छन् । फेरि सत्य कुरा जनतालाई भन्नै पर्छ । हामीलाई पनि कति पीडा होला ? म त्यतिबेला एमाले दाङको इन्चार्ज थिएँ । हामी जस्तो एमालेमा दुःख गरेको नेता पार्टी छोडेर जानुपर्ने अवस्था आयो । यो अवस्थामा लैजान शंकर र केपी ओलीहरुको मुख्य भूमिका थियो । त्यो पीडाको रुपमा बाहिर अभिव्यक्तमात्रै भएको हो । शंकरजीहरु प्रतिगामी हो नि । तत्कालीन नेकपाका झण्डै बहुमत प्राप्त सांसद थियौं । त्यति ठुलो कम्युनिस्ट पार्टीलाई छियाछिया बनाइयो । जननिर्वाचित सांसदहरुको थलोलाई विघटन गर्ने काम गरियो । त्यसमा मलजल गर्ने भूमिका शंकरजीहरुकै थियो । मेटमणि आफू जितेकोमा खुसी हुनु स्वाभाविकै हो । तर शंकर पोखरेल हार्दा यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो भन्ने कुरा नि ? एउटा बेठिक मान्छेलाई अझ बेठिक बनाउने कुरा स्वाभाविक हो । यो कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउने नेताको हार हुँदा सिङ्गो देशै हाँसेको थियो । त्यसमा म पनि हाँसे, के बिग्रियो ? एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जित्यो । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पार्टीमा ह्वीप पनि नलाग्ने, जो जता गए पनि हुने भयो भन्ने छ । अब तपाईंहरुले कुनै पार्टीसँग एकता गर्नुहुन्छ कि यसरी नै पार्टी चलाउनुहुन्छ ?  हाम्रो पार्टी कुनै पार्टीसँग एकता प्रक्रिया अगाडि जाँदैन । यदि सम्भव भयो भने सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भन्ने छ । एमाले बाहेकका कम्युनिस्ट पार्टीहरुसँग एकीकृत र ध्रुवीकृत हुने अवस्थामा जान सकिन्छ । यद्यपि एमालेभित्रका असल नेता कार्यकर्तालाई एकतामा जोड्ने हुन सक्छ । एउटा पार्टीसंग एकता गर्ने, समन्वय गर्ने सम्भावना छैन । हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्यो, ठिकै छ । यदि राष्ट्रिय पार्टी बनेन भने पनि ह्वीप नलाग्ने भन्ने हुँदैन । सबै रहन्छ । यो अनावश्यक हल्लामात्रै हो । तत्काल एकताको विषयमा सोचेका छैनौं । एकता हुने प्रक्रियामा छिर्ने अवस्था पनि छैन । चुनावमा राष्ट्रिय पार्टी भएन । यो पार्टीमा नेता कार्यकर्ता नै रहँदैनन् भन्ने छ । के जसरी पनि एकतामा जान एकीकृत समाजवादी बाध्य हुँदैन ? कांग्रेसले कति धेरै ठाउँमा लडेको थियो । पछि धेरै ठाउँमा पराजय भयो । माओवादी कति धेरै ठाउँमा लडेको थियो । पछि कति जित्यो ? एमाले कति धेरै ठाउँमा लडेको थियो । अहिले यति आयो । हामीले जम्मा १९ क्षेत्रमा मात्रै चुनाव लडेका थियौं । हामीले १० क्षेत्रमा चुनाव जित्यौं । हामीले ५० प्रतिशतभन्दा बढी क्षेत्रबाट चुनाव जितेका छौं । यसरी उम्मेदवारी दिएका  ५५ प्रतिशतभन्दा बढी चुनाव जितेको अरु पार्टी छैन । जति ठाउँमा उम्मेदवारी दिएको थियो, त्यसका आधारमा हेर्दा हामीले उपलब्धि हासिल गरेका छौं । यद्यपि हामीले १५ देखि १७ सिट जित्छौं भन्ने थियो । चुनावी नतिजामा त्यस्तो देखिएन । समानुपातिकमा १० लाखभन्दा बढी मत ल्याउँछौ भन्ने थियो । तर तीन लाख पुग्न पनि अप्ठ्यारो भइराखेको छ । पुग्न त हाम्रो पार्टीको ३ लाखभन्दा बढी मत ल्याउने देखिन्छ । हामीले जुन अपेक्षा र अनुमान गरेका थियौं, त्यो पूरा भएको छैन । तपाईंहरुले भने बमोजिम किन नतिजा ल्याउन सक्नु भएन ? अहिले राष्ट्रिय रुपमै समस्या देखिएको छ । कांग्रेस, माओवादी, एमालेसहित सबै दलको सिट संख्या र मत घटेको छ । केपी ओलीले एक सय सिट कटाउँछौ भन्थे । समानुपातिकमा ४० लाखभन्दा बढी ल्याउँछौ भन्थे । अन्तिममा हावा खाए । नेपालको राजनीतिमा यति धेरै स्वतन्त्र उम्मेदवार आउलान् भन्ने थिएन । उनीहरुप्रति यति धेरै सकारात्मक मनोविज्ञान होला भनेर सोच्दै सोचिएन ।  मेरो निर्वाचन क्षेत्रमा घण्टीले १३ हजारभन्दा बढी मत ल्यायो । जहाँ सहरी क्षेत्र थिए, त्यहाँ घण्टीले चुनाव जित्यो । यो कुनै दलले अनुमान गरेको थिएन । हामीले अनुमान गरेको भन्दा फरक नतिजा आयो । जुन हामीले कल्पनासमेत गरेका थिएनौं । जसले गर्दा हामीले सोचेको सिट र समानुपातिकमा मत आएन । वाम लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाँदा सफल भयो कि भएन ? यो गठबन्धनलाई असफल भन्न मिल्दैन । मैले गठबन्धनबाटै चुनाव जितेको छु । पार्टीबाट १० जनाले गठबन्धनबाटै चुनाव जितेका छन् । माओवादी साथीहरु गठबन्धनबाटै चुनाव जितेर यो ठाउँमा हुनुहुन्छ । कांग्रेस पनि गठबन्धनकै कारण यति ठुलो पार्टी भयो । गठबन्धन धेरै ठाउँमा सफल नभए पनि मुल रुपमा सफल भएको छ । अहिले समानुपातिकमा एमाले ठुलो पार्टी देखिएको छ । प्रत्यक्षतर्फ पनि पहिलो पार्टी बन्ने थियो । त्यसैले अहिले थोरै सिटमा खुम्चेको छ । समग्र रुपमा हेर्दा गठबन्धन सफल भएको छ । जति हुनुपर्ने हो, अपेक्षा गरिएको थियो, त्यति हुन सकेन । जति भोट एक आपसमा ट्रान्सफर हुनुपर्ने थियो, त्यति हुन सकेन । त्यसो भए गठबन्धनबाट सबैभन्दा बढी फाइदा एकीकृत समाजवादीलाई भयो ? सबैलाई फाइदा भएको छ । गठबन्धन भनेको एक अर्कालाई सहयोग गर्ने  हो । हामै्र कारण अधिकांश ठाउँमा कांग्रेसले चुनाव जितेको छ । दाङ–२ मा रेखा शर्मा १९३ मतले जित्नुभयो । घोराही उपमहानगर हामीले स्थानीय तहमा उम्मेदवार मात्रै उठाउँदा ११ सयभन्दा बढी मत ल्याएका थियौं । अहिले त्यो संख्या थपिएको होला । यो माओवादीमात्रै होइन, कांग्रेसको हकमा पनि लागु भएको छ । हामो हकमा पनि लागु भएको छ । यो गठबन्धनले सबैलाई फाइदा पुगेको छ । यस्तै गठबन्धनले एमालेलाई समेत फाइदा पुगेको छ । गठबन्धन भएकाले कांग्रेस, माओवादी, समाजवादीमा रिसाएको मान्छेहरुले भोट हालेर एमालेको धेरै मत आयो । गठबन्धन बनाएर चुनाव लड्दा एमालेले यति धेरै सिट जितेको छ । सबै एक्लाएक्लै चुनावमा गएको भए त एमालेले एकलौटी पार्ने रहेछ, हैन ? हामीले एमालेले धेरै सिट ल्याउने आकलन मात्रै गर्छौं । त्यसको ठिक उल्टो रिजल्ट आउन सक्थ्यो । अहिले घण्टी र स्वतन्त्रहरुले ल्याएको मत कांग्रेसबाट भोट ट्रान्सफर भएको छ । यदि गठबन्धन नभएको भए कांग्रेसमै रहने थियो । जुन भोट जहाँ थियो त्यहीँ रहँदा एमाले कमजोर हुन सक्ने पनि हुन सक्थ्यो । गठबन्धनबाट असन्तुष्टको मत एमालेमा थपिएकाले बलियो भयो । सबै पार्टीले गठबन्धन नगरेर आ–आफ्नो पार्टीबाट चुनाव लडेको भए भोट ट्रान्सफर हुने थिएन । यस्तो हुँदा कांग्रेस झन् अगाडि आउने र एमाले साइजमा हुने अवस्था हुन सक्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारबाट एमालेलाई फाइदा भएको भन्न खोज्नु भएको हो ? एमालेलाई फाइदा भएको छ । कांग्रेसको भोट ट्रान्सफर भयो तर एमालेको भोट जहाँको त्यहीँ रह्यो । त्यसो हुँदा कांग्रेसको भोट डाउन भयो । एमालेको भोट माथि आयो । त्यसैले घण्टी र स्वतन्त्र उम्मेदवारबाट धेरै फाइदा भएको छ । अब एकीकृत समाजवादी कति दिन रहन्छ भन्ने छ । यस्तो अवस्थामा एमालेसँग एकता हुने कति सम्भावना छ ? एमालेसँग तत्काल एकता हुँदैन । अरु पार्टीका नेताभन्दा हामीलाई मुख्य दुष्मन ओलीले लिएका छन् । राजनीतिमा सबै कुरा असम्भव भन्ने हुँदैन । तर यति चाँडै एमालेसँग एकता हुने सम्भावना छैन । कार्यकर्ता पनि त्यसरी एमालेमा फर्किने अवस्था छैन । ओलीहरु सरकारमा नगएपछि बरु ओलीका कार्यकर्ताहरु हामीतिर आउँछन् । एकीकृत समाजवादीले तत्काल एकता गर्दैन तर गर्नै परेमा माओवादीसँग एकता गर्छ, हो ? अहिले कुनै पार्टीसँग एकता हुँदैन । सहकार्य हुन सक्छ । मोर्चाबन्दी हुन सक्छ । एकता कुनै राजनीतिक दलसंग हुँदैन । यसरी मोर्चा वा सहकार्य गर्दा एमालेसँग हुन्छ कि हुँदैन ? एमालेसँग कुनै हालतमा एकता हुँदैन । हामीलाई मुख्य दुस्मनकै रुपमा हेर्न थालेपछि कसरी सहकार्य हुन्छ ? कसरी एकता हुन्छ ? आगामी सरकार कसको नेतृत्वमा बन्दैछ ? अब सरकार पाँच दलीय गठबन्धनकै बन्छ । सरकारमा सीके राउत नेतृत्वको जनमत पार्टी थपिन सक्छ । यो गठबन्धनमा १ सय ४८ सांसद रहन्छन् । यो भनेको सुविधाजनक बहुमत हो । प्याकेजमै सहमति गरेर गठबन्धकै सरकार बन्छ । अबको पाँचै वर्ष अगाडि जानेगरी सहमति भइसक्यो । प्रधानमन्त्री कसलाई बनाउनुहुन्छ ? यो गठबन्धन पार्टीको मुख्य साझेदार दल कांग्रेस हो । कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री बन्छ । हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ । हाम्रो पार्टीबाट प्रधानमन्त्रीमा कसैको दाबी छैन । राष्ट्रिय स्वतन्त्र पार्टीलाई यतिधेरै भोट कसरी आयो भन्ने विश्लेषण गर्नुभएको छ ? यो हामीप्रतिको विद्रोह हो । दलहरुप्रतिको विद्रोह हो । तिमीहरु काम लाग्दैनौं । तिमी जस्तो उम्मेदवारको काम छैन । हामीले २०४८ सालदेखि चुनाव जिताएर पठायौं । जनताले के पाए भन्ने भयो । यी सबै दलप्रतिको विद्रोह वा रोष प्रकट हो । दलप्रतिको आक्रोस बाहेक केही होइन । घण्टी पार्टीले केही गर्छ भनेर जनताले भोट दिएको होइन । नो भोटको सिस्टम भएको भए घण्टी वा लौरो जस्तामा जाने थिएन । नो भोटको अप्सन नभएपछि ती पार्टीहरुले मत पाएका हुन । जसले गर्दा हामी सबैलाई करेक्सन गर्ने अवसर दिएका छन् जनताले । हामीलाई स्थानीय चुनावदेखि प्रेसर दिइसकेका थिए । स्थानीय र संघीय चुनावको जुन समय थियो, त्यो छोटो भएकाले करेक्सन गर्ने मौका पाएनौं । यो हामीलाई निरन्तर प्रेसर हो । यसलाई म नकारात्मक रुपमा लिन चाहन्न । हामीलाई सच्याउन, करेक्सन गर्न मौका दिएका छन् यदि त्यसो नगरेमा समाप्त हुन्छौ भन्ने सन्देश हो । अब हामी कि सिद्धिने कि सच्चिने दुई वटा अप्सनमात्रै छन् । हामी सच्चिएर जानुको विकल्प छैन । यदि दलहरु सच्चिएन भने सकिन्छन् । २०४८ साल र २०५१ सालदेखि लगातार चुनाव जितेको नेता एकदमै कम चुनाव जितेका छन् । अहिले अधिकांश फ्रेस अनुहार भएकाले जितेका छन् । लगातार चुनाव जित्नेले नराम्रो काम नगरे पनि चुनाव हारेका छन् । जसले गल्ती गरेको छैन, आरोप लगाउने ठाउँ छैन । तर पनि चुनाव हारेका छन् । उहाँहरुले जनताको सेवा गर्न सक्नु भएको छैन भन्ने बुझ्नुपर्छ । एउटा कुरा तिमीहरु मात्रै छैनौ, अरु पनि छन् भन्ने सन्देश दिएका छन् । अर्को, तिमीहरु सच्चिएर जनताको सेवा गर भनेका छन् । यसले हामीलाई दबाब महसुस भएको छ । अहिले यसअघि सांसद भएका ६० भन्दा बढीले चुनाव हारेका छन् । अरु नयाँ अनुहार आएका छन् । यो राम्रो पक्ष हो । एउटै व्यक्तिको दादागिरी हुने राम्रो पक्ष पनि होइन । मैले २ पटक चुनाव जितिसकेँ । उमेरले ४९ वर्षको भएँ । अब एक पटक उठेपछि बारम्बार उठ्ने राम्रो हुँदैन । योभन्दा माथि पुग्छु भन्ने कार्यकर्ता र मतदाताले मनोविज्ञान बनाएमा जिताउन सक्छन् । नभए जनताले नै जिताउँदैनन् । मैले त्यस्तो अवस्थामा छोड्दिनु पर्छ र  अरुलाई अवसर दिनुपर्छ । एमालेले सरकार बनाउने कसरत जारी राखेको छ । कतै वामपन्थीहरुको सरकार बन्ने त होइन ? यो कुनै सम्भावना छैन । यो लेखेरै राख्नुस्, कुनै हालतमा बन्दैन ।  राजनीतिमा सबै बाटा खुला हुन्छन् । अहिलेको अवस्थामा वामन्थीहरुको सरकार बन्ने बाटो बन्द छ । माओवादी, एकीकृत समाजवादी र जनमोर्चा हुन् । यी तीन पार्टी ओलीको पार्टीमा मिल्न चाहँदैनन् । ओलीको पार्टीको नेतृत्वलाई नेता मान्दैनन् । ओलीले पनि तीन पार्टीलाई प्रहार गरेर कमजोर बनाउन खोजेका छन् । केपी ओलीले प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे मान्ने अवस्था हुन सक्छ कि ? त्यो पनि सम्भावना छैन । हामीलाई नैतिक रुपमा त्यसो गर्न मिल्दैन । चुनाव पाँच दलीय गठबन्धनबाट जित्ने, सरकार एमालेसँग बनाउन मिल्दैन । जसका विरुद्ध चुनाव लडेर यो ठाउँमा आएको छ, उसैसँग मिलेर सरकार बनाउने भन्ने अवस्था छैन । प्रधानमन्त्रीको कुर्सी नै ठुलो कुरा हो भन्ने होइन । मन्त्री नै सबैथोक हो भन्ने होइन । पदहरुको बाँडफाँट कसरी हुँदैछ ? प्रधानमन्त्री लिडिङ पार्टीको हैसियतले कांग्रेसको हुन सक्छ । यो कांग्रेसभित्रको आफ्नो कुरा भयो । त्यसपछि माओवादी ठुलो पार्टी हो, त्यसले राष्ट्रपति वा सभामुख छनोट गर्नसक्छ  । तेस्रो लार्जेस्ट पार्टी हामी हौं । माओवादीले सभामुख लिएमा हामीले राष्ट्रपति लिन्छौं । राष्ट्रपति माओवादीले लिए सभामुख हामीले लिन्छौं । त्यसपछि उपराष्ट्रपति, उपसभामुख लगायत दलहरुले लिन सक्छन् । अब राजनीतिमा लिन के छ ? सबैलाई मिलाएर अगाडि बढ्ने हो । रातोपाटीबाट

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतमाथि लगाइएको टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ ।  सरकार गठनका लागि सहयोग माग्दै सत्ता गठबन्धनका एकसेएक प्रमुख नेताहरू रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागारमा धाइरहेका बेला सो पार्टीले टीकापुर घटनाको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको हो ।  नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले भने, सरकारमा जानका लागि मुद्दा फिर्ताको मुद्दालाई नै प्रधान बनाएका छौं । अब उधारो सहमति हुन्न ।  माग पुरा भएपछि मात्रै सरकारमा जाने बचन दिएका छौं ।   ‘हामीले टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्छ भनेको छौँ । सरकारले तत्काल मुद्दा फिर्ता लिए सुदूरपश्चिम तथा लुम्विनी प्रदेश तथा संघीय दुवै सरकारमा तुरुन्त सहभागी हुन्छौँ’,  प्रवक्ता दामोदर पण्डितले भने, ‘यदि सरकारले मुद्दा फिर्ता नलिए प्रदेश र संघको शपथ पनि लिन्नौँ । हामी सडकबाटै दबाब दिन्छौं ।’  आफूहरू सत्तामा जान चुनाव नलडेको बताउँदै पण्डितले मुद्दा प्रमुख एजेन्डा भएको जिकिर गरे । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट  रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।  यसै गरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नपुगेपछि नेताहरूले रेशमलाई जेलमै भेटेर सहयोगका लागि आग्रह गर्न थालेका हुन् ।  रेशमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाँण लगायतले भेटेर सरकार बनाउन सहयोग मागेका हुन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर मुद्दा फिर्ता लिने भन्दै सरकारमा सहभागी हुन उनीहरुले रेशमलाई आग्रह गरेको बताइएको छ ।    २०७४ सालको चुनावमा रेशम तत्कालीन राजपाबाट कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनको मुद्दा फिर्ता लिने भन्दै पार्टी पटक पटक सरकारमा समेत गएको थियो । तर, उनको मुद्दा सरकारले फिर्ता नलिएपछि जेलबाटै पार्टी बनाएका हुन् । उनको पार्टीले प्रतिनिधि सभामा ४ सिट ल्याएपछि सरकार गठनमा निर्णायक भएको हो ।  २०७२ सालमा भएको टीकापुर घटनामा ८ प्रहरी र एक नाबालकसहित ९ जनाको ज्यान गएको थियो । थारु समुदायले कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा राख्नुपर्ने माग गरेको थियो । तर, थारुबाहेकका समुदाय अखण्ड सुदूरपश्चिमको पक्षमा देखिएका थिए । यही विवादमा आन्दोलन चर्किँदा टीकापुर घटना भएको थियो ।  सोही घटनामा रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गंगाराम डंगौरा, वीरबहादुर चौधरी, सीताराम चौधरी संलग्न भएको भन्दै जन्मकैदको सजाय तोकिएको छ ।  उनीहरु अहिलेपनि जेलमै  छन् । लक्ष्मण थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरी लगायत ५८ जनाले राजद्रोहको मुद्दा बोकिरहेका छन् ।  यस्तै टीकापुर घटनामा छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा छानबिन समिति समेत बनाएको थियो । लाल आयोगको प्रतिवेदन भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । यो प्रतिवेदन सार्वजनिक गर्न नागरिक उन्मुक्ति पार्टीको अर्को अल्टिमेटम छ । 

नागरिक उन्मुक्ति पार्टी : डेब्युमै ‘ह्याट्रिक’

नागरिक उन्मुक्ति पार्टी : डेब्युमै ‘ह्याट्रिक’

१३८० दिन अगाडि

|

१४ मंसिर २०७९

दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले कैलालीमा पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ । पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा गत पुसमा उक्त राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले निर्वाचनमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकिया चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोे उक्त दलले यहाँका प्रदेशसभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधिसभा सदस्यतर्फ ८१ हजार छ सय २८ मत प्राप्त गरेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत राजेश चौधरीले बताए।  उनका अनुसार समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो । जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १, २ र ३ जितेको उक्त  पार्टीले सुदूरपश्चिममा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ र २ समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ मा पार्टी अध्यक्षसमेत रहेकी उम्मेदवार रञ्जिताले प्रतिनिधिसभा सदस्यमा जित्दा सोही क्षेत्रमा रहेको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १(क) मा कैलाश चौधरी र क्षेत्र नं २(ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भए भने सो क्षेत्रको प्रदेशसभा सदस्यका लागि  क्षेत्र नं २(ख) मा सोही पार्टीका रामेश्वर चौधरी निर्वाचित हुनुभएको छ ।  त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं ३ मा पनि उन्मुिक्त पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधिसभातर्फ गङ्गा चौधरी निर्वाचित भए भने प्रदेशसभातर्फ  क्षेत्र नं १(क) मा घनश्याम चौधरी र २(ख) मा खुसीराम चौधरी विजयी भए। पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो दल नेकपा एमाले को जीत शून्य हुँदा सत्ता गठबन्धनबाट कांग्रेसका दुई उम्मेदवार यहाँ निर्वाचित भए ।  “अब पार्टी सङ्गठन विस्तार र संरचना निर्माणमा पनि हामी जोड दिँदै जान्छौँ,” निर्वाचित सदस्य चौधरीले भने, “डेब्युमै नतिजा राम्रो आउँदा हामी उत्साहित छौँ ।” गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा नागरिक उन्मुिक्त पार्टी दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले चार वटा पालिकामा जितेको थियो । कञ्चनपुरमा प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १(क)मा पल्टु राना र २(ख)मा काली चौधरी उम्मेदवार थिए । यहाँ काली चौधरीले भने पाँच हजार पाँच सय १७ मत ल्याइन् । यहाँको निर्वाचन क्षेत्र नंं २ (क) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गीता चौधरीले पाँच हजार एक सय ५३ मत ल्याइन् । रासस

यी हुन् कांग्रेसका सम्भावित समानुपातिक सांसदहरु (सूचीसहित)

यी हुन् कांग्रेसका सम्भावित समानुपातिक सांसदहरु (सूचीसहित)

१३८० दिन अगाडि

|

१४ मंसिर २०७९

कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा करिब ३२ प्रतिनिधि सभा सदस्य पाउने  देखिएको छ।  प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सिट छ। त्यसमा पनि जातीय क्लस्टर अनुसार सांसद चुनिने व्यवस्था छ।  जसअनुसार प्रतिनिधि सभामा २८.७ प्रतिशत आदिवासी जनजाति, ३१.२ प्रतिशत खस आर्य, ६.६ प्रतिशत थारु, १३.८ प्रतिशत दलित, १५.३ प्रतिशत मधेसी र ४.४ प्रतिशत मुस्लिमको प्रतिनिधित्व हुनेछ। यसरी प्रतिनिधित्व गराउँदा महिलाको संख्या ३३ प्रतिशत पुर्याउनै पर्ने संवैधानिक व्यवस्था छ।  महिलाको ३३ प्रतिशत सहभागिता पुर्याउनै पर्ने बाध्यात्मक अवस्था भएका कारण समानुपातिकतर्फ  कांग्रेसका बढीमा ४ जना पुरुष मात्रै सांसद बन्ने सम्भावना देखिन्छ। यसमा थारु कोटातर्फ पहिलो नम्बरमा रहेका काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी सिफारिश हुने सम्भावना अत्यन्त न्यून देखिन्छ ।  महिलाको संख्या पुर्याउनु पर्ने बाध्यात्मक अवस्थाका कारण विभिन्न क्लस्टरबाट १ नम्बरमा सिफारिस भएका पुरुषहरु समेत नपर्ने अवस्था आएको हो । प्रत्यक्षतर्फ काँग्रेसकी सीता गुरुङ एकजना मात्रै तेह्रथुमबाट विजयी भएकी छिन् । एक जना मात्र महिला उम्मेदवार जितेपछि अब महिला सहभागिता पुर्याउन समानुपातिकबाट बढीभन्दा बढी महिला पठाउनै पर्ने हुन्छ । यस्तोमा एक नम्बरमा सिफारिस भएका पुरुषहरुको सम्भावना एकदमै कम छ। योगेन्द्र यो चुनावमा गच्छदार क्याम्प परिवर्तन गर्दै गृहमन्त्री बालकृष्ण खाँण क्याम्पमा थिए । उनी खाँणलाई चुनाव जिताउन धेरैजसो समय दाङदेउखुरीभन्दा रुपन्देहीमै थिए । त्यसो त उनी समानुपातिक उम्मेदवार रहेको दाङ–१ मा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ काँग्रेस उम्मेदवार नभएपछि पार्टीले उनलाई रुपन्देहीमै खटाएको थियो । तर खाँण राप्रपाका दीपक बोहरासँग पराजित भए । खाँण पनि हारेपछि सांसदमा योगेन्द्रको सिफारिश हुने संभावना क्षीण भएको हो ।  थारु कोटाबाट महिलामा कल्पना चौधरी अनिवार्य तथा विनाकुमारी थनेत पर्ने देखिएको छ । त्यस्तै काँग्रेसबाट समानुपातिकबाट सांसद बन्ने सम्भावना देखिएकाहरु यसप्रकार छन्ः सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, विष्णुमाया परियार, नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, नीनुकुमारी मण्डल, जावेदा खातुन जागा, डा। प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र जीवन परियार।   

गच्छदार सत्ताको अन्त्यः बल्ल पछारिन् भगवती चौधरीले

गच्छदार सत्ताको अन्त्यः बल्ल पछारिन् भगवती चौधरीले

१३८१ दिन अगाडि

|

१३ मंसिर २०७९

अन्ततः २०४८ सालदेखि लगातार सत्ताको आरोहण गरिरहेका विजयकुमार गच्छदारको सत्ता आरोहणको अन्त्य भएको छ । सुनसरी–३ मा गच्छदारलाई हराएर एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए । यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । २०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् ।  लगातार सात पल्ट चुनाव जित्ने गच्छदारको इतिहासमा ब्रेक लाग्न पुगेको छ । लगातार सात पल्ट चुनाव जित्ने रेकर्ड अब शेरबहादुर देउवाको मात्रै रहने भएको छ ।  हालै सम्पन्न काँग्रेस पार्टीको महाधिवेशनमा धनराज गुरुङसँग मात्र २ भोटको अन्तरले उपाध्यक्षमा हारेपछि गच्छदारको हारको दिनगन्ती सुरु भैसकेको थियो । अब पार्टीमा उनको पकड निकै कमजोर हुने देखिन्छ । राजनीतिमा गच्छदार युगको अन्त्य भएको छ भन्दा फरक परोइन ।  एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् । चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार १८८ बढी मतान्तरले पछारेकी छिन् । हालसम्मको गच्छदारको चुनावी नतिजा २०४८ – सुनसरी क्षेत्र नम्बर २ विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २७,७७५ लिला श्रेष्ठ (नेकपा एमाले) : १५,८८५ मतान्तर : ११,८९० २०५१ – सुनसरी क्षेत्र नम्बर २ विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २१,९६३ कुलदिप पेसकर (नेकपा एमाले) : १०,७०८ मतान्तर : ११,२५५ २०५६ – सुनसरी क्षेत्र नम्बर २ विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २७,५२७ रेवतीरमण भण्डारी (नेकपा एमाले) : २३,३३९ मतान्तर : ४,१८८ २०६४ – सुनसरी क्षेत्र नम्बर ३ विजयकुमार गच्छदार (मधेशी जनअधिकार फोरम) : २३,७६९ अगमलाल चौधरी (नेपाली कांग्रेस) : १०,८०६ मतान्तर : १२,९६३ २०७० – सुनसरी क्षेत्र नम्बर ३ विजयकुमार गच्छदार (फोरम लोकतान्त्रिक) : १७,५२४ भगवती चौधरी (नेकपा एमाले) : १७,१६२ मतान्तर : ३६२ २०७४ – सुनसरी क्षेत्र नम्बर ३ विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : ३८,९७२ भगवती चौधरी (नेकपा एमाले) : ३८,६५१ मतान्तर : ३२१ २०७९ – सुनसरी क्षेत्र नम्बर ३ भगवती चौधरी (नेकपा एमाले) : ४०,७८८ विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : ३५,६०० मतान्तर : ५,१८८ को हुन् भगवती चौधरी ? परिवारमा कान्छी छोरीको रुपमा भगवती निम्न वर्गीय परिवारमा गढी–२, औरावनी सुनसरीमा जन्मिएकी हुन् । दाङदेउखुरी नर्तीका दिनेश चौधरीसँग उनको विवाह भएको थियो । चौधरीको एम्बुलेन्स दुर्घटनामा निधन भैसकेको छ । उनको एक छोरा छन् ।  त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लघुवित्त मार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा लागेकी छन् । उनी यस संस्थाको संंस्थापक हुन् । फरवार्ड लघुवित्त नेपालको सबैभन्दा ठूलो लघुवित्त मानिन्छ । अखिल नेपाल महिला संघको राजनीतिबाट एमालेको राजनीतिमा आएकी उनी अहिले  एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइन्चार्ज छिन् । जिल्लाको इन्चार्ज नपाएकोमा उनले पार्टी अध्यक्ष केपी ओलीको खरो टिप्पणी गरेकी थिइन् । उनी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सदस्य हुँदै वन तथा भूसंरक्षण राज्यमन्त्री समेत भएकी थिइन् ।