समानुपातिक सांसदले पाए प्रमाणपत्रः संघीय सांसदलाई के–के सुविधा ?

समानुपातिक सांसदले पाए प्रमाणपत्रः संघीय सांसदलाई के–के सुविधा ?

१३६० दिन अगाडि

|

४ पुष २०७९

अर्जेन्टिनाले जित्यो विश्वकपः विश्व च्याम्पियन भए मेसी

अर्जेन्टिनाले जित्यो विश्वकपः विश्व च्याम्पियन भए मेसी

१३६० दिन अगाडि

|

४ पुष २०७९

गोविन्दराज नेपाल   मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ । अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् । विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् । यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो । तर कतारमा सम्पन्न २२औं संस्करणको विश्वकप ट्रफी उचाल्दै मेसीले अब भने पेले र म्याराडोना जस्ता महान खेलाडीको सूचीमा आफूलाई उभ्याए । पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएपछि रोनाल्डोको विश्वकप उचाल्ने सपना पूरा भएन । उनी यसअघि पनि विश्वकपको उपाधि नजिक कहिल्यै पुगेनन् । तर मेसीले सन् २०१४ मा पनि अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा जर्मनीसँग पराजित भएको थियो । यो अवधिमा मेसीकै करियरमा पनि धेरै उतारचढाव आए । लगातार फाइनलमा पुग्दै असफल हुँदा उनले राष्ट्रिय टिमबाट सन्यासकै घोषणा गरे । तर विश्वभरका फुटबल समर्थकदेखि अर्जेन्टिनाकै राष्ट्रपतिले समेत आग्रह गरेपछि मेसीले सन्यास फिर्ता लिएका थिए । प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित हार बेहोरे पनि त्यसपछिका लगातार ६ खेल जित्दै च्याम्पियन बनेको छ । सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएयता ३६ वर्षसम्म अर्जेन्टिनाले अर्को उपाधि जित्न सकेको थिएन । अर्जन्टिनाको टिम पनि यस पटक जसरी पनि मेसीका लागि विश्वकप जित्न एकजुट भएर लागेको थियो । मेसी आफै पनि मोटिभेट थिए र पहिलो खेलमा हारे पनि उनले समर्थकलाई आफूहरुलाई विश्वास गर्न भनेका थिए । हरेक खेलमा जितको मानसिकतासहित अर्जेन्टिनाले खेल्यो । साढे तीन दशक उमेरमा पनि मेसीको जोश उस्तै देखिन्थ्यो । अर्जेन्टिनालाई जिताउन हरेक खेलमा उनले एकनासको प्रदर्शन गरे । कुनै खेलमा आफैं गोल गरे त कुनै खेलमा अरुका लागि सहयोग गरे । मेसीले क्रोएसिया विरुद्ध युलियन अल्भारेजका लागि मिलाएको पासमा जति चर्चा गरे पनि कम हुन्छ । उनको खेल हेर्दा लाग्यो त्यहाँ मेसी जादु गरिरहेका छन् र अरु उनको जादु हेरेर आनन्द लिइरहेका छन् । अनि विपक्षी खेलाडी त्यसमा नतमस्तक छन् । मेसीले समूह चरणमा दुई खेलमा गोल गरे । नकबउट चरणमा अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलमा पनि गोल गरेका उनले फाइनलमा २ गोल गरे । उनले फाइनल सहितका ७ मध्ये ६ खेलमा ७ गोल गरे भने ४ असिस्ट समेत गरेका थिए । कीर्तिमानका पर्याय मेसी यस पटक मेसीले विश्वकप मात्र जितेनन् कतारमा विधिन्न कीर्तिमान बनाए । फ्रान्स विरुद्ध फाइनल खेल्दै विश्वकपमा सर्वाधिक २६ खेल्ने नयाँ कीर्तिमान बनाए । कतारमा विश्वकप खेल्नुअघि मेसीले विश्वकपमा १९ खेल खेलेका थिए । तर उनले यस विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडे । यस्तै इटलीका पाउलो माल्दिनीको नाममा रहेको विश्वकपमा सर्वाधिक मिनेट खेल्ने कीर्तिमान पनि उनले फ्रान्स विरुद्ध खेलमा तोडे । फ्रान्स विरुद्ध २४ मिनेट खेलेपछि मेसीले विश्वकपमा २ हजार २१७ मिनेट खेल्ने माल्दिनीको कीर्तिमानलाई तोडे । मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाए। यसका लागि उनले महान खेलाडी म्याराडोनासहित गाब्रिएल बाटिस्टुटालाई समेत पछि पारे । विश्वकपमा लगातार पाँच संस्करण खेल्ने ६ खेलाडीमध्ये मेसी पनि एक खेलाडी बने । विश्वकपमा मेसी र रोनाल्डोसहित मेक्सिकोका आन्द्रेज गुअर्डाडोले लगातार पाँच विश्वकप खेल्दै कीर्तिमान बराबरी गरे । खेल, गोल मात्र नभएर असिस्टमा समेत मेसीले कीर्तिमान बनाए । उनी लगातार पाँच विश्वकपमा असिस्ट गर्ने एक मात्र खेलाडी बने । पोर्चुगलका रोनाल्डोले कतारमा एक गोल मात्र गरेका थिए र लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । फ्रान्स विरुद्ध फाइनलमा गोल गरेपछि मेसी विश्वकपको नकआउट चरणमा अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बने । मेसी सबैभन्दा कम उमेर र सबैभन्दा पाको उमेरमा विश्वकपको एकै खेलमा गोल गर्ने र असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै मेसी आफ्नो टिनएज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने समेत पहिलो खेलाडी बने । मेसीले विश्वकपमा सर्वाधिक १९ खेलमा कप्तानी गर्ने कीर्तिमान पनि बनाए । उनले विश्वकपमा १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । पेले र म्याराडोनाको लेभलमा कतारमा विश्वकप जित्नुअघि मेसीले गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउँदै २० वर्षको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेका थिए । अर्जेन्टिनाले पछिल्लो परुटक १९९२ मा कोपा अमेरिका जितेको थियो । सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए तर त्यो यू-२३ टिमले खेल्ने भएकोले सिनियर टिमको मान्यता थिएन । उमेर समूहमा पनि मेसीले विश्वकप जितिसकेका थिएनन् । तर सात पटकका बालोन डी’ओर विजेतालाई अन्तर्राष्ट्रिय स्तरमा भने केही गर्न नसक्ने भनेर ट्याग लाग्ने गरेको थियो । विश्वकप जितेपछि मेसीले सबैको मुख बन्द गरेका मात्र छैनन् आफूलाई इतिहासकै महान खेलाडीको सूचीमा समेत सामेल गराएका छन् ।

रेशम चौधरीलाई भेटेर गच्छदारले जनाए अध्यादेशमा ऐक्यबद्धता

रेशम चौधरीलाई भेटेर गच्छदारले जनाए अध्यादेशमा ऐक्यबद्धता

१३६२ दिन अगाडि

|

२ पुष २०७९

रेशम चौधरीसँग भेटघाटपछि काँग्रेसबाट लुम्विनी प्रदेश सांसद देवीप्रसाद चौधरी नेता नागरिक उन्मुक्ति तथा पार्टीका लक्ष्मण थारू  डिल्लीबजार कारागार परिसरमा । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले शनिबार दिउँसो डिल्लीबजार कारागारमा रेशम चौधरीलाई भेटेका छन् । भेटमा गच्छदारले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले राम्रो स्थान ल्याउन सफल भएकोमा पार्टीका संरक्षक रेशमलाई बधाई दिएका थिए ।  गच्छदारले आफूले गठन गरेको फोरम लोकतान्त्रिक पार्टीलार्ई धेरै अगाडिसम्म डोर्याउन नसकेको तर नागरिक उन्मुक्ति पार्टीले लामो उडान भरोस् भनेर शुभकामना पनि दिएका थिए । अध्यादेशको पक्षमा सबै सरोकारवालाहरुसंग छलफल गर्ने, अध्यादेशको पक्षमा सडक आन्दोलनलाई निरन्तरता दिने  तथा थारुहरुलाई अपराधी देख्नेहरुको भण्डाफोर गर्न गाउँ गाउँमा अभियान चलाउनमा नागरिक उन्मुक्ति पार्टीले थारु कल्याणकारिणी सभा (थाकस) सँग सहकार्य गरिरहेको छ ।   रेशम चौधरी लगायतको रिहाइको लागि ल्याइएको अध्यादेशको पक्षमा आफू पनि साथमै उभिएको गच्छदारले रेशमलाई धाडस दिलाए । स्मरण रहोस् काँग्रेसका केन्द्रीय सदस्यहरु रामजनम चौधरी, योगेन्द्र चौधरी, डा गोपाल दहित, काँग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, कल्पना चौधरी लगायतले हालै ल्याइएको अध्यादेशको पक्षमा रहेको थाकसको विज्ञप्तीमा हस्ताक्षर गरेर ऐक्यबद्धता समेत जनाएका छन् । थाकसले अध्यादेशको पक्षमा दवाव दिन आफ्ना चौबीसै जिल्ला समितिलाई पत्राचार गरेको छ । यसबारे छलफल गर्न पुस ५ गते काठमाडौंमा बृहत् भेला बोलाइएको छ ।  

सधैँ ‘सत्ताको मोहरा’ मात्रै किन बनाइन्छन् रेशम चौधरी ?

सधैँ ‘सत्ताको मोहरा’ मात्रै किन बनाइन्छन् रेशम चौधरी ?

१३६३ दिन अगाडि

|

१ पुष २०७९

ध्रुवसत्य परियार  सरकारले सोमबार ‘मुलुकी फौजदारी कार्यविधि संहिता’लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता(पहिलो संशोधन) अध्यादेश’लाई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठायो । अध्यादेशमा थपिएको बुँदामा उल्लेख छ, ‘कुनै पनि राजनीतिक दल वा समूहले मुलुकको विद्यमान राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई सरकारसँग सहमति गरेको भए त्यो राजनीतिक दल वा समूहका नेता कार्यकताविरुद्ध नेपाल सरकार बादी भई चलाइएका मुद्दा फिर्ता लिन सकिनेछ ।’ टीकापुर घटनामा जेल परेका रेशम चौधरीलाई छुटाउन यो अध्यादेश ल्याइएको भनी नेकपा एमालेले विरोध जनाएको छ । जब कि यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नभएको बताएका थिए ।  उनले भनेका थिए,‘मलाई थाहा छ, यहाँका थारु नेता जेलमै छन् । अनेकौँ हजार मान्छे मरे, जेलमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन । मैले थारु समुदायसँग, थारु समुदायका नेताहरूसँग ६ बुँदे सम्झैता गरेर ती समस्याहरूको समाधान गरौँला भनेर प्रतिबद्धता जनाएको थिएँ । तर सरकार गयो । अहिलेको सरकारले १० महिनासम्म कुनै समस्याको समाधान गरेन, भोटको राजनीति गर्छ, समस्या समाधान गर्दैन । थारु कल्याणकारीलाई बोलाएर मैले सहमति गरेको थिएँ । तपाईंहरूका यी कामहरू म गर्दिन्छु भनेर प्रतिबद्धता जनाएको थिएँ । हाम्रो गृहमन्त्री उहाँहरू अनशन बसेका ठाउँमा आफैँ गएर पलेँटी कसेर बसेर माग पूरा गर्छु भन्नुभयो । तर सरकार गयो तपाईंहरूलाई थाहा छ ।’ यस्तै, नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद् गगन थापाले पनि यतिखेर अध्यादेश ल्याउनु उचित होइन भन्ने अभिव्यक्ति दिएका छन् । महामन्त्री थापाले अर्का कांग्रेस महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माको भनाइमा सहमति जनाउँदै आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’  यसपालिको निर्वाचनसँगै गगनले आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका छन् । यसमा विश्वप्रकाश शर्माले आफ्नो समर्थन रहने बताइसकेका छन् ।  यो अवस्थामा गगनको अभिव्यक्तिलाई ‘नयाँ कार्ड’का रूपमा पनि अथ्र्याइएको छ । हिजो उनले भनेका थिए, ‘हिजो टीकापुरको त्यो घटनालाई हामी बिर्सनौँ, त्यो घटनाको दुःखद पक्षलाई सम्झँदै, त्यसबाट सिक्दै, सबै समुदायका बीचमा सद्भाव कायम गर्दै, आज त्यहाँभित्र अन्यायमा परेका साथीहरूलाई न्याय दिलाउनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छ । यो बेलामा अब यो घटनालाई नतन्काएर यसको हल खोज्नुपर्ने होइन ? तर सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी के गरिरहेको छ ?’ ओली र थापाले आफूहरूको दल सरकारमा नभएका बेला दिएको अभिव्यक्ति हो यो । तर आज यी दुवैको जिब्रो किन फेरियो ? राजनीतिक दलका नेताले आफ्नो अनुकूल र प्रतिकूलमा बोली किन फेर्छन् ?  वाम विश्लेषक श्याम श्रेष्ठ नेपाली राजनीति सिद्धान्त र आदर्शमा नचल्ने भएका कारण नेताले आफ्नो अनुकूल वा प्रतिकूल अवस्थामा बोली फेर्ने गरेको बताउँछन् । ‘नेपाली राजनीतिमा अवसरवादी प्रवृत्ति हाबी छ । आफूलाई व्यक्तिगत रूपमा फाइदा हुने गरी नेताहरूले बोली फेर्छन्,’ श्रेष्ठ भन्छन्, ‘नेताहरूले ठीक र बेठीकको व्याख्या सिद्धान्त, आदर्श र नैतिकतामा आधारित भएर गर्दैनन् । एउटा नेताले एकै महिनाभित्र एउटै कुरालाई ठीक र बेठीक दुवै भन्छन् ।’ यसरी आफ्नो अनुकूल बोली फोर्नु नेपाली राजनीतिककर्मीको चरित्र र प्रवृत्ति नै भएको अभियन्ता सिएन थारु बताउँछन् । अध्यादेश रेशम चौधरीलाई छुटाउने गरी आएको छ भन्ने जुन बजारिया हल्ला छ, यसको सत्य नदेखिने पाटो भएको उनको भनाइ छ । ‘यो अध्यादेश किन ल्याइयो, कसरी ल्याइयो भन्ने उनीहरूलाई नै थाहा होला । यथार्थ के हो भने टीकापुर घटना नितान्त अपराधीकरण हो भन्ने पार्टीहरूको जुन अभिव्यक्ति आयो, त्यहाँनेर बहस हुनुपर्ने हो,’  उनले टेलिफोनमार्फत भने, ‘के त्यो घटना राजनीतिक होइन त ? अपराध गर्नकै लागि घटाइएको घटना हो ? यसमा निक्र्योल नहुँदासम्म अहिले ल्याएको अध्यादेशले ठूलो अर्थ राख्दैन ।’  यस घटनाको छानबिन गरी तयार गरिएका प्रतिवेदनलाई सार्वजनिक नगर्न अध्यादेश लगायत खेल भइरहेको उनको भनाइ छ । यस घटनामा पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा छानबिन आयोग बनी प्रतिवेदन तयार भएको थियो । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा नेतृत्वको छानबिन समितिले समेत प्रतिवेदन छ । सरकारले यी प्रतिवेदन सार्वजनिक नगरेकाले सार्वजनिक गर्नुपर्ने आवाज सरोकारवालाले उठाउँदै आएका छन् ।  टीकापुर घटना  संविधानसभा कालमा संघीयताको विषयलाई लिएर सुदूरपश्चिम क्षेत्रमा विभिन्न आन्दोलन चलिरहेको थियो । खासगरी अखण्ड सुदूरपश्चिम पक्षधर र थारुवान वा थरुहट पक्षधरले आ–आफ्ना माग राखी बेलाबखत आन्दोलन गरेका थिए । यी दुई पक्षधरबीच छिटपुट रूपमा झडपको स्थिति पनि देखिँदै आएको थियो । यसै क्रममा २०७० भदौ ७ गते कैलालीको टीकापुरमा चलिरहेको थारुहरूको आन्दोलन अकस्मात भड्कन पुग्यो र अकल्पनीय घटना भयो ।  घटनामा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । यस घटनाको मुद्दामा जिल्ला अदालतले ०७५ फागुन २२ गते रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको थियो ।  सरकारको अंक गणितमा नागरिक उन्मुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा विघटन गरेको संसदलाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो । अदालतको अर्को फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग बन्न पुगे । त्यसपछि सुरु भएको सत्ता खिचातानीमा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) निर्णायक थियो । प्रधानमन्त्री ओलीलाई आफ्नो सरकार टिकाउन होस् वा कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार बनाउन होस्, दुवैलाई जसपाको सहयोग अनिवार्य थियो । यो परिस्थितिमा ०७४ को निर्वाचनमा जसपाबबाट रेशम चौधरी सांसद् बनेका थिए । त्यतिबेला जसपाले ‘हिरासतमा रहेका निलम्बित सांसद चौधरीसहित मधेस आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ गर्नुपर्ने’ सर्त राखेको थियो । यतिखेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग ६ सिट छ । भर्खरै सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनलाई सरकार बनाउन दुई सिट आवश्यक छ । यही स्वार्थका बीच अध्यादेश ल्याइएको बुझिन्छ ।  रेशमको मुद्दा वाम विश्लेषक श्रेष्ठ टीकापुरमा जुन हिंसा भयो, त्यसमा रेशम चौधरीको संलग्नता थियो कि थिएन, थियो भने कुन ढंगले थियो, त्यसलाई हेरिनुपर्ने बताउँछन् । ‘हिंसा त नेपालका प्रमुख राजनीतिक दलले गर्दै आएका छन् । कांग्रेस, एमाले र माओवादी हिंसा गरेरै आएका हुन्,’ उनी भन्छन्, ‘क्रान्तिकारी हिंसा एउटा पाटो हो, अमानवीय हिंसा अर्को पाटो हो । हिंसा पनि छुट्ट्याइनुपर्छ ।’ आफूहरूलाई फाइदा पुग्ने किसिमले नेताहरूबाट रेशम चौधरीको मुद्दाको व्याख्या हुनु न्यायोचित नभएको उनको भनाइ छ ।   अधिवक्ता दीपेन्द्र झा सर्वोच्च अदालतले चाह्यो र तथ्यका आधारमा जाने हो भने रेशम चौधरीको मुद्दा उल्ट्याउन अर्थात् उनलाई सफाइ दिन सकिने बताउँछन् । ‘तथ्यका आधारमा हेर्दा घटना भएको दिन उनी घटनास्थलमै थिएनन् । दोस्रो जाहेरीमा मात्रै उनको नाम उल्लेख छ, यसलाई आफ्टर थट भनिन्छ । यस कारण उनले शंकाको सुविधा पाउनुपर्छ,’ रेशमको मुद्दामा बहस समेत गरेका झाले टेलिफोनमा भने, ‘यो मुद्दा पहिले नै सल्ट्याउनुपर्ने थियो, रेशम आफैँ हत्यामा संलग्न भएको कुनै मिसिलबाट देखिँदैन । यो घटनामा कानुनको समान प्रयोग नभएको देखिन्छ ।’  यस मुद्दालाई दलहरूले आ–आफ्नो स्वार्थ अनुकूल प्रयोग गरिरहेको र यो मुद्दामा ‘कोर्ट ट्रायल’भन्दा बढी ‘मिडिया ट्रायल’ भएको उनको भनाइ छ ।  झाले आफ्नो फेसबुक पेजमा रेशमको मुद्दा सम्बन्धमा आठबुँदे टिप्पणी समेत गरेका छन् । ‘टीकापुर घटना भएको बेलामा रेशम चौधरी घटनास्थल वरिपरि थिएनन् । उनको मोबाइल फोनको फोन सम्पर्क विवरण (कल डिटेल्स)ले उनी त्यस दिन घटना भएको बखत दिन १ः३० र २ बजेको बीचमा लम्कीमा भएको बेला कल, चिसापानी पुगेको बेला कल, गुलरिया पुगेको बेला कल र भिगौड पुगेको बेला कल आएकोबाट पनि रेशम घटना भएको दिन र समयमा घटनास्थलमा नभएको पुष्टि हुन्छ,’ उनले लेखेका छन्, ‘एनसेल र एनटिसीको मोबाइल टावर प्रतिवेदनले यो पुष्टि गर्छ । घटना स्थलमा रहेका प्रत्यक्षदर्शी प्रहरीहरू डम्बरबहादुर विष्ट, देवबहादुर मैजा, आनसिंह विष्ट, सुरेन्द्र चन्द, नेत्र पडाल, शम्शेर सिंह, केशव सिंह महरा, दिपेन्द्र सिंह धामी लगायत कसैले पनि रेशम चौधरी वारदात स्थलमा थियो भनी उल्लेख गरेको छैन । घटनास्थलमा रहेका प्रत्यक्षदर्शी प्र.ज. सुरेन्द्र चन्दले गरेको कागजमा समेत घटना स्थलको अग्रपंक्तिमा हरि नारायण चौधरी र राम प्रसाद चौधरी रहेको कागज गरेका छन् । त्यस्तै प्र.ह. मानबहादुर बुढा मगरले गरेको कागजमा प्रतिवादी रेशम चौधरी घटना स्थलमा रहेको सुन्नमा आएको मात्र भनेका छन् ।’ 

न्यायका लागि अध्यादेश जारी हुनु पर्ने भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

न्यायका लागि अध्यादेश जारी हुनु पर्ने भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

१३६५ दिन अगाडि

|

२८ मंसिर २०७९

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा बुधबार धर्ना दिएका छन् । सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।  सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरू निर्दोष रहेका बताए । उनले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गरे । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको भन्दै उनले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गरे ।  उनले भने – ‘हाम्रो चुनौती छ, एकजना अहिलेसम्म थुना भएका आरोपित एकजना मान्छेलाई त्यो मान्छे हत्यारा हो भनेर प्रमाणित गरेर देखाइदिनुस् । होइन भने नागरिक समाजको अगुवा भनेर सडकमा ओर्लिन पाइदैनँ । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङले थारुहरूको, उत्पीडित समुदायको, समग्र न्यायप्रेमी जनताहरूको विरुद्धमा तपाईहरुले भाष्य प्रयोग गर्नुभएको छ । त्यो भाष्यको सम्बन्धमा नेपाली काँग्रेसले आधिकारिक धारणा स्पष्ट गर्नुपर्छ । टिकापुरको घटना हेर्ने नेपाली काँग्रेसको दृष्टिकोणमा परिवर्तन आएको छैन । आधिकारिक धारणा के हो ? खुलेर भन्नुपर्‍यो । लुकेर भनेर हुँदैन । त्यसपछि हामी पनि हिसाबकिताब गरौँला । त्यो हाम्रो चुनौती छ । तपाईहरुले आफ्नो अनुकूलको सरकार बनाउँदा खेरी, आफ्नो अनुकूलको अध्यादेश ल्याउँदाखेरी काम चलाउ सरकार हुँदैन । त्यसको प्रश्न उठ्दैन । गरिब, निर्दोष थारुहरू जेलमा छन् । तिनीहरूलाई रिहाइ गरौँ । बिना प्रमाण हचुवाको भरमा अदालतले गरेको निर्णयलाई त्यही सत्य हो भनेर थारु हत्यारा हुन् भनेर तपाईहरुले बोलिराख्नु भएको छ उहाँहरूलाई हाम्रो चुनौती छ ।’ उनले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वैध चरित्र देखाएको आरोप लगाए । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफुले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनी एमालेले द्वैध चरित्र प्रदर्शन गरेको बताए । उनले भने, ‘एमालेले विरोध गर्दैछ । एमालेलाई हाम्रो प्रश्न छ, तपाईहरुले यही विषयमा सम्झौता गर्नुभएको थियो । किन गर्नुभएको थियो ? कसले गर्नु भनेको थियो ? २०७८ साल जेठ १८ गते तपाईहरुले सम्झौता गर्नुभएको छ । नेकपा थियो । उहाँहरूकै सरकार थियो । यहीँ हामी धर्ना बसेको थियौँ । गृहमन्त्री बादल आफैँ यही आउनुभएको थियो धर्ना बस्न । सम्झौता गर्नुभयो कानुन अनुसार रिहाइको प्रक्रिया अगाडी बढाउँछु । किन गर्नुभयो त्यो सम्झौता ? तपाईहरुले त्यही सम्झौता गर्दा रिहाइ हुनुपर्छ भन्दा ठिक । अर्को सरकार आउँदा बेठिक ? त्यो बेला गर्दाखेरी चाहीँ कानुन अनुसार हुने । अहिले गर्दाखेरी गैर कानूनी हुने । एमालेको द्वैध चरित्र सार्वजनिक भइसक्यो । जवाफ दिने कि नदिने अब ?’ उनले अध्यादेश संवैधानिक रूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबुहाङ, ठाकुर करिया प्रधान, कानुनलाल चौधरी लगायतले पनि सम्बोधन गरेका थिए ।  यसै गरी थाकस तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिले न्यायका लागि अध्यादेश नारासहित पुस १ गतेसम्म निरन्तर थरुहटका सबै जिल्लाहरुमा कोणसभा गर्ने तथा मंसिर २९ गते काठमाडौंमा बृहत् अन्तरक्रिया  कार्यक्रम गर्ने भएको छ ।

निर्मलादेवी थारूबाहेक नागरिक उन्मुक्ति पार्टीबाट ४ प्रदेश सांसद फेरिए

निर्मलादेवी थारूबाहेक नागरिक उन्मुक्ति पार्टीबाट ४ प्रदेश सांसद फेरिए

१३६५ दिन अगाडि

|

२८ मंसिर २०७९

रुपन्देहीकी निर्मलादेवी थारूबाहेक नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा समानुपातिकमा सिफारिश ४ प्रदेश सांसद फेरिएका छन् । समूह तथा पुरुष, महिला नमिलाई सिफारिश गरिएकाले त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन ।  निर्वाचन आयोगले आधिकारिकता दिएअनुसार सुदूरपश्चिमबाट लम्कीचुहा नगरपालिका–१, कैलालीकी टीका थापा (५३), धनगढी नगरपालिका–८, कैलालीकी इन्दिरा गिरी (५८), लुम्विनी प्रदेशबाट बारबर्दिया नगरपालिका–९, बर्दियाकी नरमाया ढकाल ‘प्रज्ञा’ (४०), देवदह नगरपालिका–४ रुपन्देहीकी निर्मलादेवी थारु चौधरी (४५) मधेस प्रदेशबाट ईश्वरपुर नगरपालिका–९, सर्लाहीकी उर्मिलादेवी सिंह (४७) चयन भएका छन् ।  यस अघि पार्टीले सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डित, लुम्बिनी प्रदेशबाट रेणुका चौधरी र निर्मलादेवी थारु चौधरी तथा मधेश प्रदेशबाट रामचन्द्र चौधरीलाई सिफारिश गरेको थियो । पार्टीले सिफारिश गरेको रुपन्देहीकी निर्मलादेवी थारु चौधरीबाहेक बाँकी ४ जना परिवर्तन भएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सिफारिश सुनिता चौधरी यसअघि २०७४ सालमा पनि प्रदेश सभा सदस्यको लागि सिफारिश भएकी थिइन् । राजपाबाट सिफारिश त्यसबेला पनि बधाई खाएकी उनको स्थानमा मालमतिदेवी राना सिफारिश भएकी थिइन् । सुनिताले ढकियाखबरसँग दुःखेसो पोख्दै भनिन्, राजनीतिमा पटक पटक अभागी सावित भइयो । अब त सुंगुर, बंगुर पालेर बस्नुपर्ने जस्तो भैसक्यो ।   

अध्यादेश जारी नभए थारु कल्याणकारिणी सभाले दियो आन्दोलन गर्ने चेतावनी

अध्यादेश जारी नभए थारु कल्याणकारिणी सभाले दियो आन्दोलन गर्ने चेतावनी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९

रेशम चौधरी लगायतलाई रिहा गर्न सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नभए  थारु कल्याणकारिणी सभाले सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । उसले अध्यादेश कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम पनि सार्वजनिक गरेको छ । थारु कल्याणकारिणी सभा एवं थरुहट, थारुवान संयुक्त सघर्ष समितिले मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी अध्यादेश कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । सभाले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारलाई अध्यादेश ल्याएकामा धन्यवाद दिँदै राष्ट्रपतिबाट जारी हुने विश्वास व्यक्त गरेको छ । ‘यसलाई कहिँ कतैबाट जान अञ्जानमा गरिएको विरोधको सामना गर्दै मौलिक हक अधिकार प्राप्तिको लागि जोडदार माग गर्दछौं । साथै  मन्त्रिपरिषदले ल्याएको अध्यादेश सम्माननीय राष्ट्रपतिज्यूबाट यथाशीघ्र प्रमाणीकरण गरिनेछ भन्ने विश्वासमा छौं’ केन्द्रीय अध्यक्ष धनीराम चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट, थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले अधिकार प्राप्तको आन्दोलनलाई राज्‍यले विभेद गरेर आपराधिक बनाएको भन्‍दै यसलाई सद्भावपूर्ण ढंगले नटुंग्याए थप विद्रोह निम्‍तिने बताए । उनले भने, ‘थारूहरुले अधिकार प्राप्तीको आन्दोलन गर्दा अपराधीको बिल्ला भिराएर फसाउने राज्‍य र केही नश्लवादीहरुले यदि यसरी नै सद्भाव भड्काउने हो भने थारूले थप विद्रोहको आगो बोक्न तयार रहन्छ । हामी सशक्त आन्दोलनको तयारी गर्न बाध्य हुन्छौं ।’ कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले पनि उक्त अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशक्य चाँडो जारी हुनुपर्ने बताए । उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने वा नजाने, सरकारलाई समर्थन वा नगर्ने विषय अध्यादेशसँग जोडिएको विषय नभएको पनि दावी गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति अनुसार अहिलेको सरकारले अध्यादेश ल्याएको बताए । उनले अहिले संसद् नभएको बेलामा सरकारले अध्यादेश ल्याएको भन्दै आलोचना गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे ।  कांग्रेसका अर्का केन्द्रीय सदस्य रामजनम चौधरीले थारुहरुले आफ्नो अधिकार र पहिचान स्थापित गराउन आन्दोलन गरेको बताए । आन्दोलनको क्रममा सबै जातिले आफ्नो अधिकार संविधानमा लेखाउन लागिपरेको सुनाउँदै उनले भने, ‘टीकापुर घट्ना दुर्भाग्यपूर्ण भयो । घटनाको भोलिपल्ट राज्यले थारुहरुको घरमा आगो लगाउने काम गर्‍यो ।’ नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य  सन्तकुमार थारुले पनि अध्यादेशको स्वागत गरे । उनले टीकापुरमा घटनामा तत्कालीन सरकारले थारुहरुमाथि थुप्रै झुटा मुद्दा लगाएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने र जेलमा रहेकाहरुको रिहाइ हुनुपर्ने बताए । थाकसले बुधबार मंसिर २८ गते थरुहटका सबै जिल्लामा अध्यादेशको पक्षमा जनपरिचालन र र्याली तथा मंसिर २८ गते दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा  अध्यादेश कार्यान्वयनको पक्षमा धर्ना, जुलुस गर्ने जनाएको छ ।