सुदूरपश्चिममा सरकार गठनः कांग्रेसले तोड्न सक्ला एमाले–माओवादी गठबन्धन ?

सुदूरपश्चिममा सरकार गठनः कांग्रेसले तोड्न सक्ला एमाले–माओवादी गठबन्धन ?

१३४० दिन अगाडि

|

२४ पुष २०७९

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

मुस्लिम समुदायः  मधेसीमा इन, आउट, इनः भैरहेको छ किन ? 

१३४० दिन अगाडि

|

२४ पुष २०७९

मुस्लिम समुदाय मधेसी क्लस्टरमा नरहेको भन्दै आएको मुस्लिम आयोगले समुदायलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन माग गरेको छ ।  मधेसी आयोगले मधेसमा रहेको जात जातिको क्लस्टर तयार गरी त्यसको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सो क्लस्टरमा मुस्लिम र थारुलाई पनि मधेसी क्लस्टरमा राखिएको थियो । त्यसपछि मुस्लिम आयोग तथा थारु आयोगले ‘मुस्लिमहरू मधेसी होइनन्, उनीहरूको छुट्टै क्लस्टर र पहिचान रहेको’ भन्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा त्यसका सदस्यहरूले सो निर्णयको व्यापक विरोध गरे ।  मुस्लिम आयोगका अध्यक्ष अन्सारीको त्यसबेला अभिव्यक्ति थियो– नेपालको संविधान २०७२ जारी हुनु पहिले कठिन सङ्घर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारु समुदायले पाएको अधिकारमाथि हमलाको प्रयास गर्न खोज्नु सिङ्गो समुदाय र लोकतन्त्र  माथिको प्रहार हो । मधेस एउटा भूगोल हो, मुस्लिम र थारु समुदाय मधेसमा मात्र होइन, काठमाडौँ  तरार्इ ,पहाड र हिमालमा बसोबास छ । त्यसैले  सबैलाई एउटै बाकसमा राख्ने कोसिस गर्नु गलत हो । मधेसी आयोगले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ ।’ ब्यापक विरोधपछि मधेसी आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई मङ्सिर २१ गते पत्र पठाएर मुस्लिम तथा थारुलाई मधेसी समुदायको क्लस्टरबाट हटाइएको जानकारी दिएको थियो ।  मधेसी आयोगको निर्णयपछि मुस्लिम आयोगका अध्यक्ष अन्सारीले मुस्लिमको आफ्नो छुट्टै पहिचान र क्लस्टर रहे पनि अहिले कानुनको रूपमा विचाराधीन रहेको कारण मधेसी क्लस्टरमा नै रहेर सेवा सुविधा लिने प्रतिक्रिया दिएका थिए ।  तर मुस्लिमलाई मधेसी क्लस्टरबाट हटाएपछि मुस्लिम आयोगले पुनः गृह मन्त्रालयलाई पुस १९ मा पत्र लेखी मधेसीमै राख्न भनेको छ । सो पत्रको बेहोरा छ, ‘निजामती सेवा ऐन, २०४९ मा मधेसी समुदाय उल्लेख भएको छ । तत् समयको संवैधानिक व्यवस्था अनुसार नै मधेसमा बस्ने मुस्लिम समुदायलाई पनि मधेसीमा राखिएको छ । मधेसी व्यवस्थाअन्तर्गत नै मुस्लिम समेत भएको र सोही अनुसार नै मुस्लिम समुदायले लोकसेवामा प्रतिस्पर्धा गर्दै आएको छ । हालसम्म रही आएको यही निजामती सेवा ऐन, २०४९ को कानुनी व्यवस्थाअनुसार हाल मुस्लिम समुदायलाई मधेसी मुस्लिम भनी पहिलादेखि दिँदै आएको सिफारिस हाल नदिएकाले लोक सेवा आयोगमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुन परेको अवस्था देखिएकाले पहिलादेखि दिँदै आएको सिफारिसलाई निरन्तरता दिन गृह मन्त्रालय र संघीय मामिला प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने ।’ यसले मुस्लिम आयोगका कारण मुस्लिम कुन क्लस्टरमा बस्ने संकट देखिएको छ ।

के हो अरनिकोको खास नाम ?

के हो अरनिकोको खास नाम ?

१३४१ दिन अगाडि

|

२३ पुष २०७९

शिखर मोहन नेपालका राष्ट्रिय विभूति हुन् कलाकार अरनिको । आजभन्दा करिब ७७७ वर्ष पहिले काठमाडौँ उपत्यका वरपर जन्मिएका भनिएका अरनिकोबारे प्रमाणिक अभिलेख नेपालमा अझै भेटिएको छैैन ।   नेपालको कलाकृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी नेपाल र नेपालीको गौरव बढाएको भनेर विसं २०२४ मा उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । राष्ट्रिय विभूतिका रूपमा मान्यता पाउने उनी एक मात्र कालिगढ हुन् ।  राष्ट्रिय विभूति घोषणा भएपछि नेपाल सरकारले २०२९ वैशाख १ गते उनको चित्रअङ्कित हुलाक टिकट प्रकाशित गरेको थियो । उक्त हुलाक टिकटमा अरनिकोले चीनमा निर्माण गरेको विशाल श्वैत स्तूप पृष्ठभूमिमा राखिएको छ ।  यति मात्र होइन, चीन र नेपाललाई जोड्ने राजमार्गलाई पनि उनको नामबाट अरनिको राजमार्ग नामकरण गरिएको छ । अरनिको चीन जाँदा यही मार्ग भएर गएका थिए । चीनमा गएर नेपाललाई चिनाउने महत्त्वपूर्ण कार्य गरेकाले उनको सम्मानमा यो राजमार्गको नामकरण गरिएको हो ।  अरनिकोका बारेमा गहन अध्ययन अनुसन्धान गरी पुस्तक नै प्रकाशन गर्ने कार्य सबैभन्दा पहिले इतिहासविद् सत्यमोहन जोशीले गरेका हुन् । उनले ‘कलाकार अरनिको’ पुस्तकमार्फत् चीनमा अरनिकोले गरेका कार्य प्रस्तुत गरेका छन् । जोशी नेपाल भाषा एकेडेमी चान्सलर हुँदा अरनिकोको ग्यालरी नै स्थापना गरी परिसरमा अरनिकोको पूर्ण कदको प्रतिमासमेत बनाउन लगाएका छन् । ललितपुर महानगरपालिकाले कार्यालय परिसरमा अरनिकोको पूर्ण कदको सालिक २०७५ सालमा निर्माण गरेको छ ।  बबरमहलस्थित नेपाल आर्ट काउन्सिल भवनको दोस्रो तलामा अरनिकोले बनाएको कुब्ला खाँ र उनकी धर्मपत्नीको चित्र राखिएको छ । तर यी सबै पछिल्लो समय स्थापना गरिएका सामग्री मात्र हुन् । अरनिकोको बारेमा नेपालमा अहिलेसम्म कुनै ऐतिहासिक अभिलेख भने प्राप्त भएको देखिँदैन ।  चीनको इतिहासका पुस्तकहरूमा अरनिकोलाई पलपाउ, पराबाबु, पल्पो वा वल्पो, बलबाहु, अरनिको, आनिक लगायत धेरै नाम विद्वानहरूले उल्लेख गरेका छन् । तर नेपाली नाम के थियो भन्ने अझै विवाद नै रहेको छ । यसर्थ अरनिकोको बारेमा चीनको इतिहासमा मात्र यत्रतत्र खुलेको पाइन्छ । अरनिकोको बारेमा चिनियाँ इतिहासको पुस्तक चिनियाँ युआन राजवंशको इतिहास खण्ड २०३ मा चर्चा गरिएको सुविज्ञसुन्दर श्रेष्ठले ‘अरनिको’ भिडियो डकुमेन्ट्रीमा समेटेका छन् ।  उनको जन्म सन् १२४५ मा काठमाडौँ उपत्यकामा राजा अभय मल्लका पालामा भएको थियो । उक्त इतिहासमा अरनिकोको बुबाको नाम लाकेना (अर्थात् लक्ष्मण) र आमाको नाम सुमा केताई भन्ने उल्लेख छ । उनका बुबा लाकेना स्थापित मूर्तिकला र डिजाइन चिनिने कारिगरी जातिबाट आएको देखिन्छ भने हजुरबा र हजुरआमाको नाम मितिरा (मित्र) र कुनदला (कुन्दलक्ष्मी) भनेर दिइएको छ । अरनिकोको नाम अझै अस्पष्ट अरनिको नेपालमै जन्मिएर १७ वर्षको उमेरमा चीनको तिब्बत गएको कुरा चीनकै इतिहास हेरेर धेरैले भन्ने गरेका छन् ।  चीनको इतिहासका पुस्तकहरूमा अरनिकोलाई पलपाउ, पराबाबु, पल्पो वा वल्पो, बलबाहु, अरनिको, आनिक लगायत धेरै नाम विद्वानहरूले उल्लेख गरेका छन् । तर नेपाली नाम के थियो भन्ने अझै विवाद नै रहेको छ । ‘कलाकार अरनिको’ पुस्तकमा सत्यमोहन जोशीले उल्लेख गरेका छन्– “कलाकार अरनिकोको खास नेपाली नाम के हो, यसको आजसम्म कुनै पत्तो लगाउन सकिएको छैन । अरनिको भन्ने त चिनियाँ नाम हो । एक त चिनियाँ भाषामा विदेशीलाई अरनिको भन्ने भाव आउँछ ।”  यसरी अरनिकोको नामका सम्बन्धमा धेरै विद्वानहरूले फरक फरक नामकरण गरे पनि नेपाल आउने चिनियाँ एक भिक्षुले अरनिकोको खास नाम ‘पराबाबु’ हो भनेका छन् भने कसैले उनलाई पलपाउ पनि भनेका छन् । तर, यही पलपाउ शब्दका आधारमा चीनका भित्री मङ्गालियाका निवासीहरूले आफ्नो अद्वितीय कलाकारलाई ‘पालवा’ भन्ने चलन रहेको जोशीले उल्लेख गरेका छन् ।  प्राडा माधवप्रसाद पोखरेल पनि अरनिको वास्तविक नामबारे अझै थाहा नभएको बताउँछन् । उनी केही समय पहिले चाइना रेडियो इन्टरनेसनलमा नेपाली भाषा विशेषज्ञ भएर गएको बेला अरनिकोले बनाएको श्वैत चैत्य भ्रमण गरेका थिए । त्यहाँ नजिकै अरनिकोको सङ्ग्रहालयभित्र उनको वंशावली पनि पोखरेलले अवलोकन गरेका थिए ।  आनिक भोट–चीनमा पल्पोको नामले परिचित थिए । पल्पो वा बल्वो भनेको नेपाली अर्थात् नेपालको मान्छे भनेको हो भन्छन् उनी । त्यसलाई अनुसरण गरी उनलाई बलबाहु भन्ने नामकरण पनि गरिएिको थियो । “हामी जसलाई अरनिको भन्छौँ, चिनियाँ भाषामा त्यसको उच्चारण आनिक हुँदो रहेछ ।” पोखरेल भन्छन्, “आनिक भनेको चिनियाँ अर्थ चाहिँ आ– हाम्रो; नि– नेपाल; क– दाजु भन्ने हुँदो रहेछ ।” यसरी आनिक भनेको हाम्रो नेपाली दाजु भन्ने हुँदो रहेछ । तर, अरनिकोको नाम चाहिँ के हो भन्ने खुल्दैन ।  “हामी जसलाई अरनिको भन्छौँ, चिनियाँ भाषामा त्यसको उच्चारण आनिक हुँदो रहेछ ।” पोखरेल भन्छन्, “आनिक भनेको चिनियाँ अर्थ चाहिँ आ– हाम्रो; नि– नेपाल; क– दाजु भन्ने हुँदो रहेछ ।” यसरी आनिक भनेको हाम्रो नेपाली दाजु भन्ने हुँदो रहेछ । तर, अरनिकोको नाम चाहिँ के हो भन्ने खुल्दैन ।  अरनिकोका बारेमा इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालको माध्यमिक कालको इतिहास’ पुस्तकमा केही जानकारी दिएका छन् । त्यसमा उनले आनिक भनेर अरनिकोको नाम र उनको योगदानका बारेमा चर्चा गरेका छन् । ज्ञानमणिले चीनको युवान वृत्तान्त र उनै (आनिको) को चिहानका अभिलेख र श्वेतचैत्यको मूर्तिकला शिल्पले उनीबारे केही जान्ने अवसर पाएको कुरा उल्लेख गरेका छन् । चीनको इतिहास अध्ययन गरी आनिकोलाई नेपालको इतिहासमा प्रकाशमा ल्याइदिने काम सिल्भाँ लेबीले गरेका थिए भन्छन् उनी ।  आनिक भोट–चीनमा पल्पोको नामले परिचित थिए । पल्पो वा बल्वो भनेको नेपाली अर्थात् नेपालको मान्छे भनेको हो भन्छन् उनी । त्यसलाई अनुसरण गरी उनलाई बलबाहु भन्ने नामकरण पनि गरिएिको थियो । “त्यो अशुद्ध थियो । उनको खास नाम आनिको पाइएकाले कसैले अनङ्गबाट आएको माने,” उनी भन्छन् । अनेकबाट अनेकौँ हुँदा आनिक भन्ने नामकरण नै उचित देखिनेमा विश्वस्त छन् ज्ञानमणि नेपाल ।  चीन जानुअघि आनिकोले नेपालमै विवाह गरेका थिए । चीन गएर पनि उनले धेरैवटा विवाह गरेका थिए । उनका आठ पत्नीमध्ये प्रथम पत्नी नेपाली थिइन् । उनको अभिलेखमा तिनको नाम च य त लक्मी, बाबुबाजेको नाम ल क ओ न, मि ति हे देखिएकाले यी नाम संस्कृत मूलकै चिनियाँ उच्चारण हुँदा यिनलाई जयत लक्ष्मी लक्ष्मण मैत्रेयबाट बनेको भनेर व्युत्पत्ति गर्न सकिन्छ भन्छन् ज्ञानमणि ।  अरनिकोको चीन आगमन नेपाल र चीनको सम्बन्ध स्वयम्भू पुराणमा नै भेटिन्छ । मञ्जुश्रीको नेपाल आगमनले नेपाल–चीन सम्बन्ध प्राचीन हो भन्ने आधार भेटिन्छ । नेपालकी छोरी भृकुटीको बिहे भोटका राजा स्रोनचोङ गम्पोसँग भएको इतिहास पनि छ ।  तिनै भृकुटी र शीलमञ्जुको सतत प्रयत्नमा बुद्ध धर्मले भोटमा राज्यबाट संरक्षण पनि पाएकाले नेपालबाट गएको धर्म, कला र संस्कृतिले पूर्ण अधिकार जमाइसकेको थियो ।  तत्कालीन तिब्बत सरकारको निम्तो र नेपाली राजाको स्वीकृतिमा कलाकार लिएर सन् १२६० मा कोदारीको बाटो हुँदै महिनौँ दिन लगाएर अरनिको तिब्बत पुगेका थिए ।  सन् १२६० मा चीनका बादशाह कुब्ला खाँका गुरु भोटका शाक्य मठका महन्त पाहसपा थिए । कुब्ला खाँले आफ्ना धर्मगुरु पाहसपालाई तिब्बतमा सुनौलो स्तूप बनाउन आग्रह गरेका थिए । धर्मगुरु पाहसपा नेपाली कलात्मक कालिगढबारे परिचित थिए र उनले नेपालका राजा भीम मल्ललाई १०० जना कलाकार चीन पठाइदिन आग्रह गरेका थिए ।  “राजा अभय मल्लकै पालामा भोटले एक विशाल स्तूप बनाउनका लागि १०० जना नेपाली कलाकार मागी पठायो,” जोशी लेख्छन्, “यसमा ७० जना नेपाली भोटमा जान मञ्जुर भए ।” ७० जना कलाकारलाई नेतृत्व गर्ने टोली नेताको आवश्यक थियो । त्यसमध्ये सबैभन्दा सिपालु र तीक्ष्ण बुद्धि भएका १७ वर्षका जवान आनिक थिए । उनकै नेतृत्वमा टोली भोट गएको थियो ।  अरनिकोको कला  तत्कालीन तिब्बत सरकारको निम्तो र नेपाली राजाको स्वीकृतिमा कलाकार लिएर सन् १२६० मा कोदारीको बाटो हुँदै महिनौँ दिन लगाएर अरनिको तिब्बत पुगेका थिए ।  सहासी र तीक्ष्ण बुद्धिका कलाकार अरनिको चीनका बादशाहका दरबारमा गई आफ्नो कालिगढी कौसल देखाए । उनले एक वर्षमै सुनौलो स्तूप तयार गरे । “उनले शाक्य विहारमा बनाएको सुवर्ण चैत्यको सौन्दर्य अनुपम सिद्ध भयो,” जोशी लेख्छन्, “सबले एक मुखले अरनिकोको कलागुण र दक्षताको प्रसंशा गरेका थिए ।”  अरनिकोले पाहसपा मातहत रहेर तीनवटा चैत्य, नौवटा ठूला मन्दिर, दुईवटा पुर्खाको पूजा गर्ने भवन र एउटा सत्तल र अनेकौँ तस्बिरहरू बनाएका थिए । उनले चीनमा रहँदा धेरै भवनहरू डिजाइन पनि गरे । अरनिकोले धर्मगुरु पाहसपालाई एक वर्षमै (सन् १२६१ मा) प्रभावित गरे । पाहसपाले अरनिको असाधारण कलात्मक सीप भएको व्यक्तित्व भन्ने चाल पाई प्रशासनिक क्षमताको कदर गर्दै निर्माणको सुपरिवेक्षण गर्ने जिम्मा दिए । उनले शाक्य मठको मुख्य हलभित्र स्तुपा निर्माण गर्ने जिम्मा दिएका थिए, त्यो पनि दुई वर्षमा पूरा गरे । अनि नेपाल फर्किन अनुरोध गर्दा पाहसपाले चीनमै बस्ने व्यवस्था गरिदिए ।  सन् १२६० मा निपार (नेपाल) का कलाकारहरूले तिब्बत आई बौद्ध चैत्य बनाउने काममा मद्दत गरे, त्यसमध्ये आनिक पनि भएको कुरा युआन वंशको इतिहासमा उल्लेख छ ।  “युआन वंशका राजगुरु पाहसपासँगै आनिक पेकिङ आइपुगे, युआन वंशमा ३० वर्ष भन्दा बढी काम गरे,” जोशीले उल्लेख गरेका छन्, “त्यहाँ आनिक निर्माण कार्य, चित्रकला र मूर्तिकलाको विषयमा सिपालु थिए ।”  अरनिकोले पाहसपा मातहत रहेर तीनवटा चैत्य, नौवटा ठूला मन्दिर, दुईवटा पुर्खाको पूजा गर्ने भवन र एउटा सत्तल र अनेकौँ तस्बिरहरू बनाएका थिए । उनले चीनमा रहँदा धेरै भवनहरू डिजाइन पनि गरे । अरनिकोले चीनमा सुनको जलप भएका अनेकौँ रङ्गले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काम कुशलतापूर्वक सम्पन्न गरेका थिए ।  बेइजिङको मियायेयिङको सेतो स्तूप बनाउन अरनिकोलाई १० वर्ष लागेको थियो । यो श्वेत चैत्य चीनमा महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा हेरिन्छ । यो चैत्यलाई अझै पनि नेपाल र चीन बीचको पवित्र मित्रताको प्रतीकका रूपमा लिइन्छ ।  त्यो समयमा अरनिकोले हजारौँ चिनियाँ युवालाई तालिमसमेत दिएका थिए । ४५ वर्ष चीनमा रहँदा उनले सर्वोच्च शाही पद र धेरै सम्मान कमाएका थिए । चीनमा उनलाई ‘क्वान्ह्यु नाइफ’ र ‘नासथु’ जस्ता उपाधि दिइएको थियो । चीनमा बादशाहले उनलाई ‘साङ्नुु (काजी ?) दर्जा’ पनि दिएका थिए । अरनिकोको निधन  सन् ११ मार्च १३०६ मा अरनिकोको निधन भयो । उनको देहान्तमा चीनका सम्राटले आफ्ना हजुरबा कुब्ला खाँको चीनलाई बौद्ध राज्यमा बदल्न मद्दत गर्ने नेपाली कालिगढको सम्मानका रूपमा श्रद्धाञ्जली गरे । सम्राटले दरबारलाई परिवारको हेरचाह, संरक्षणका लागि आदेश र परिवारलाई २५ हजार चाँदीका सिक्का प्रदान गर्न आदेश दिएका थिए । अरनिकोले निर्माण गरेका चीनका स्तूपाहरूमा रञ्जना लिपिमा लेखिएका छन्, यो उनको प्रभाव थियो । अरनिको सन् १२४५ मा जन्मिएको, १२६० मा तिब्बत गएको र १३०६ मा ६३ वर्षको उमेरमा बेइजिङमा निधन भएको थियो । रातोपाटीबाट

विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दा टुंग्याउने पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दा टुंग्याउने पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

१३४२ दिन अगाडि

|

२२ पुष २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी लगायतको मुद्दा सरकारले विश्वासको मत लिएपछि टुंग्याउन पहल गर्ने  बताएका छन् । शुक्रबार थारू कल्याणकारिणी सभा (थाकस) का पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताए । उनका अनुसार टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्‍याउने पहल आफूले गर्ने जनाए ।  साथै, निजामती सेवा ऐनमा थारू समुदायको आरक्षणसमेत सुनिश्चित गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् । भेटघाटमा थारू आयोगका अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकर चौधरी, शान्ति मोदी पनि संग्लग्न थिए । तिनले थारूको भाषा, संस्कृतिमाथि संवैधानिक निकायबाटै भइरहेको आक्रमणलाई जोगाउनसमेत पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए । स्मरण रहोस्, हालै मधेसी आयोगले थारु जातिलाई मधेसीमा सूचीकरण गरेको थियो । 

चेपाङ बस्तिमा चिसिंदा

चेपाङ बस्तिमा चिसिंदा

१३४५ दिन अगाडि

|

१९ पुष २०७९

                                                                                                                                तस्विरः सर्जु चेपाङसँग लेखक चितवनको पहाडी गाविस कोराकतिर सल्यानी मित्र रतनलाल केसीसँग मोटरसाइकलमा हुँइकियो । पुरानो पर्सा बजारबाट ४ किलोमिटर पूर्व वीरेन्द्रनगर बजारबाट उत्तरतर्फ कोराक गाविसको मध्यभाग किरनटार गाउँसम्म म कैयौँपटक गएको छुँ । रतन भने दोश्रो पटक गइरहेको थिए । ‘किरनटारबाट ठकुरी भन्ज्याङसम्म बाटो राम्रो छ, मोटरसाइकल मजाले आउँछ’‐ हामीलाई सूचना दिनेले यस्तै भनेको थिए ।  किरनटारबाट ठुकरी भन्ज्याङ हिँडेर गए ४ घण्टा, हामीलाई पैदल जाने जाँगर चल्ने कुरै थिएन । त्यसैले, पर्याप्त पेट्रोलको जुगार गरेर हिँड्यो हामी भटभटेमा । तर किरनटारबाट थोरै उकालो उक्लिएपछि भटभटेको कान जति बतार्दा पनि माथि उक्लिन मानेन । हामीले बाइक किरनटार झार्यौं अनि चिनजानको शेरबहादुर तामाङको आँगनीमा राख्यौं । अब यात्रा कसरी अगाडि बढाउने भन्ने चिन्तामा रहेका हाम्रा लागि धन्न ठकुरी भन्ज्याङसम्म जाने मालबाहक गाडी किरनटारमा तम्तयार थियो । हामी चामलको बोरामा बोरालाई दुख्ने गरी बस्यौँ । ठाउँ ठाउँमा चामल झारियो, दुखाइ मेटिनाले चामललाई त सहज भयो होला । तर हाम्रो बसाइँ भने झन् झन् असहज हुँदै गयो ।  ठकुरी भन्ज्याङ पुग्नु अगावै एक ठाउँमा बाटोमा सखरखण्ड, पिँडालु, स्कुसको जरा विद्युतीय तराजुमा तौलिँदै थियो । तामाङ थरका व्यापारीले चेपाङ किसानबाट ती सामग्री खरिद गर्दै थिए । बदलामा नगद होइन, चामलको बोरा थमाउँदै थिए । किसानबाट ४० प्रतिशत मार्जिन राखेर तरकारी किनिरहेका तिनले चामल बिक्रीमा मार्जिन नराख्ने त कुरै थिएन । काइदा जाने फाइदा हुन्छ भनेको यही हो क्यारे ।  ठकुरी भन्ज्याङ पुग्न आधा घण्टा अगावै यहाँ चामल झार्नु छ, हिँडेर जानुस्, नभए झन् बेर हुन्छ भनेर गाडीले हामीलाई विदा दियो । गाविस भवननेर स्कूलका पियन हामीलाई लिन आउने कुरा थियो तर तिनी कतै देखा परेनन् ।  पियन नआए पनि गन्तव्यसम्म पुग्न हामी ढुक्क थियौ । किनकि हामीसँग गाडीमै चिनजान भएका १७ वर्षे युवा सर्जु चेपाङ थिए । ‘समर्पण’ उपनाम लेख्ने उनले हाम्रो गन्तव्य श्री राप्रावि ग्लाउथोकको स्कूल भवनसम्म पु¥याइ दिने भए । बाँदर लड्ने भीड  ग्लाउथोक गाउँमा एउटा पनि पसल नभएको जानकारी पाएपछि हामीले ठकुरी भन्ज्याङको सानो घुम्तीमा केही सामान किन्यो । सामान पोको पारेपछि सर्जु भाइले भने‐ ‘अप्थ्यारो बाटोका कारण अब चाँइ गुल्टिदै जानु पर्छ है सरहरु । मन, मुटु दरो पार्नु होला ।’  हामीले सर्जुका कुरा खासै गम्भीरतापूर्वक लिएका थिएनौँ । तर एकैछिनमा आइपुग्यो, उकाली ओराली । गुल्टिदै जाने बाँदर लड्ने भीड । न समाउने हाँगो, न टेक्ने ठाउँ । टेकेको माटो बुर्रर खस्छ । हामी दुई भाइ चार हात खुट्टा टेक्दै बाँदरझैं लिस्नो उक्लिन थाल्यौं ।  मलाई आफ्नै एकजोर कपडा र केही किताबको पोकाको झोला भारी भइरहेको थियो । रतन आफ्ना सामान पनि मेरो झोलामा कोचेर फुक्काफाल थिए । तर म भन्दा बढी अप्ठ्यारो ढंगले पहाडी बाटो छिचोल्दै थिए । सल्यानी रतन पहाडको उकालो ओरालोमा म दंगाली तराईको थारूभन्दा डरपोक देखिदै थिए । सर्जु भाइसंग सोध्दा चेपाङ भाषामा हाम्रो पुग्ने गन्तव्य ‘ग्लाउथोक’को अर्थ हुने रहेछ ‘कामेर ठोकेको ।’ पहाडको अजंग बाटो देखेर हामी साँच्चिकै कामिरहेका थियाँै । एक ठाउँमा बाटो यति नराम्रो थियो कि दुइ अंगुल जति टेक्न मिल्ने, पाखो खोपेर, समाउनलाई काठ ठोकेर बनाइएको जस्तो लाग्ने । हामी दुई भाईले लख काट्यौँ‐ कहीँ कामेर ठोक्दै गरेको यही ठाउँ त होइन ?, जसबाट ‘ग्लाउथोक’ नामकरण भएको छ । सर्जु चेपाङको कठिन जिन्दगी हामी हिँडेको बाटो जति गाह्रो थियो, त्यो भन्दा पनि गाह्रो जिन्दगी हामीलाई बाटो देखाउने पथप्रदर्शक सर्जु समर्पण चेपाङ भाइको थियो । तिनले हामी सामु बिसाएको दुःखको भारी यस्तो थियो‐  ‘जाँड खाएर आमासँग सधैँ झगडा गर्ने बाबा एकदिन झुण्डिएर मरे । २ वर्ष जति त आमाले दुःख गरेर पालिन् । त्यसपछि उनले पनि आफ्नो बाटो तताइन् अर्थात् पोइल हिँडिन् । त्यतिबेला म जम्मा ८ वर्षको थिएँ, भाइ ५ वर्षको । काकाको घरमा आश्रय लियौं । बाबा आमा नभएका हामी टुहुरालाई कल्ले पो माया गथ्र्यो र ? कयौँ दिन वनमा कन्दमुल मात्रै खाएर वनमै सुतेको छुँ ।’  उनी अगाडि भन्दै गए, ‘पढ्ने वातावरण भएन । त्यसैले, कक्षा २ सम्म मात्रै पढ्न सकें । गाउँकै एकजना दाइ नारायणगढ ग्यारेजमा काम गर्थे । उनकै पछि लागेर कलिला हातमा रिन्ची, पिलास समातेँ । मिस्त्री भएको छुँ अहिले । आफूले पढ्न नपाए पनि भाइलाई पढाउने ठूलो धोको थियो । तर ऊ पनि मेरै लाइनमा छिरिसक्यो । ग्लाउथोकमा मेरो आफ्नो घर छैन । बाको घर त स्याहार बिना उहिल्यै ढलिसक्यो । आज दिदी भिनाजुको गोठमा सुत्छुँ । नभए पाश्चर बाको घरमा सुत्नु पर्ला । आफ्नो घर नभए पनि आफूले दुःख गरेको गाउँ आउन मन लाग्दो रहेछ सर ।’  यसरी सर्जु भाइको व्यथा सुनेर हाम्रो यात्राको यति जाबो उकाली ओराली केही पनि होइन रहेछ भन्ने लाग्यो । कति महान रहेछ उनको गाउँको प्रेम ।  बीच बाटोमा हामीलाई लिन जाने पियन भेटिए । जो हेडसरको लागि ग्लाउथोकबाट २ घण्टा हिँडेर रिचार्ज किन्न ठकुरी भन्ज्याङ जाँदै थिए । उनीसंग उनको ६ बर्षे छोरा पनि थियो ।  ठकुरी भन्ज्याङबाट ग्लाउथोकको ओरालो झर्न हामीलाई ठ्याम्मै दुई घण्टा लाग्यो । झमक्क साँझ परेको बेला हामी पुग्यौ । स्कूलका पियन छोरासहित झन् राती आए । छोरालाई दुःख दिन किन संगै लगेको भनेर सोध्दा पियनले हाँस्दै भने‐ ‘यसलाई कहाँ गाह्रो हुनु सर । बरु लाइट लिए पनि मलाई गाह्रो भयो । तर यो त खुर्रर पो आयो ।’ लीलबहादुर क्षेत्रीले ‘बसाइँ’ उपन्यासमा वर्णन गरेको रागे भीर जस्तो भीर बाटो चार पाउ टेक्दै थला परेर आएको हामीलाई अँध्यारोमा पनि खुर्रर दौडिएर आउने त्यो पियनको छोरालाई सलाम गर्न मन लाग्यो ।  ग्लाउथोक पुग्दा हामी भोकले आलस तालस थियौँ । तर खाना तयार पारिएको श्री राप्रावि ग्लाउथोकका विद्यालय व्वस्थापन समितिका अध्यक्ष दीपबहादुर चेपाङको घरमा खाना र दाल मात्रै तयार थियो । कुनै तरकारी पाकेको थिएन, भान्सा नै तरकारीविहीन भएपछि पाक्ने छाँट पनि थिएन । त्यसैले, थकाईलाई दूर गर्न हामीले दाललाई सितन बनायौँ र एलटी अर्थात् लोकल ट्वाँट सुरुप्प सुरुप्प पार्न थाल्यौँ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्षको छोरी चमेली चेपाङले खानेकुरा टक्¥याउँदै थिइन् । उनको पढाइबारे जिज्ञासा राख्दा आमाले दुःखेसो पोखिन्‐ ‘यल्ले ५ कक्षा पढेर छोडेको ठ्याम्मै दुइ वर्ष पुग्यो सर ।’  ‐अझै त सानै छिन् । किन छोडाएको त स्कूल ? ‐यहाँको स्कूल ५ सम्म मात्रै छ । यहाँबाट ६ कक्षा पढ्ने स्कूल कम्तीमा अढाइ घण्टा हिन्नुपर्छ । तेइ भएर नपठाको सर । यसरी चमेलीको पढ्ने मन हुँदाहुँदै पनि पढ्नबाट बञ्चित थिइन् बिचरी । छिमेकका अरु चमेलीको पनि अवस्था उस्तै थियो । पावर र सोर्सफोर्स हुनेले छात्रवृत्तिमा काठमाडौंसम्म पढ्न पठाउँदा रहेछन् ।  राती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र हेडसरले तरकारी खोजेर ल्याए, रातो भाले । पकाउन समय लागेन, खाना असाध्यै मीठो भयो । कुराकानीको बेलीबस्तिारमा समितिका अध्यक्षले उही आशा राखेर कुरा गरे‐ ‘सर त काठमाडौं बस्ने ठूलो मान्छे । यो चमेलीको उतै पढ्ने व्यवस्था मिलाइ दिनुप¥यो है । ठूलो कल्याण हुनेछ हामीलाई ।’ समितिका अध्यक्षलाई आश्वासन दिने मसंग कुनै पोको थिएन । बरु हेडसरले कुराकानी बिथोले । ट्वाँक भित्र छिरेपछि हेड सरले गफ लाउन थाले‐ ‘सरहरुले आज दुई घण्टा लगाएर झरेको ओरालो म त आधा घण्टामै छिचोल्छुँ नि ।’ ट्वाँकको मात्रा बढ्दै गएपछि उनले त्यो बाटो २५ मिनेट, २० मिनेटसम्म छिचोल्ने गरेको बताउन थाले ।       जाडोले लुगलुग हाम्रो विस्तारा थियो स्कुलमा । तर विस्ताराको नाममा केही थिएन । शिशु कक्षाको लागि ल्याइएको एबीसिडी लेखिएको प्लास्टिकको म्याट ओच्छ्याइएको थियो । हेडसरले सानो बर्को ल्याए । सम्मान पाएको कामचलाउ च्यादर धन्न मैले बोकेको रहेछुँ  ।  ‘ल, अरु ओढ्ने जुगार लाग्यो भने लिएर आउँछु’ यति भनेर हेडसर हिँडे । बिस्ताराको जुगार गरेर हेडसर आउलान् भन्ने आशै आशामा जाडोले पुरै ज्यान लुगलुग गर्न थाल्यो तर अँह उनी आएनन् ।  राती जाडोको मात्रा जसरी बढ्दै गयो, रतनको सिग्रेटको मात्रा पनि उसै गरी बढ्दै गयो । पछि हामीले नाम मात्रको म्याट ओढे जस्तो ग¥यौँ । र, कुक्रुक्क परेर जसोतसो सन् २०१६ जनवरी १ को त्यो रातको चिसो ठिहीलाई जितेरै छोड्यौँ । बिहान आएर मुसुमुसु हाँस्दै हेडसरले सोधे‐ ‘रात बसाइँ कस्तो भो सरहरु ? जाडो त भयो होला नि है ?’ उनीसंग झगडा गरेर केही फाइदा थिएन । उनले प्रश्नसँगै उत्तर पनि दिइ सकेका थिए । अग्रीम जानकारी गराउँदा हुन् त हामीले स्लीपिङ ब्याग बोक्ने कष्ट गर्ने थियौं  । रातीको जाडोले अघाएका हामी बिहान हेडसरले पठाइदिएको खाजा पनि खान सकेनौ । चेपाङ भाषाको पुस्तकबारे छलफल चेपाङ भाषाको कक्षा १ को किताबबारे छलफल गर्ने सिलसिलामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बिहानै ७ बजे डाकिएको थियो । ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले २०७२ बैशाखबाट लागु हुने गरी चेपाङ भाषाको कक्षा १ को पुस्तक तयार पारेको थियो ।  उक्त पुस्तक लेखन समूहको संयोजन मैले गरेको थिएँ । त्यसैले, किताबको पठनपाठनबारे छलफल चलाउन संस्थाले मलाई किताब लागु भएको स्कूल ग्लाउथोकको दैलो कुल्चिन पठाएको थियो ।  सवा आठ बजेसम्म एक दुईजना बाहेक समितिका सबै सदस्य आइपुगेका थिए । तर धेरैका खुट्टामा जुत्ता चप्पल थिएन । केही महिला पदाधिकारी सामान्य ब्लाउजमा थिए । कठै यिनले कसरी सहँदा हुन्, पहाडका जाडो । अव भने काँडा उम्रिएर यिनका जिउको लुगा अगाडि हाम्रो रातको जाडो त के जाडो झँै लाग्न थाल्यो ।  प्रकृतिको लीला पुसको तुँवालोलाई चिर्दै धन्न बिहानै घाम झुल्किएको थियो । गाउँलेहरु हँसिलो मुहारमा आरआरएनले आफूहरुको चेपाङ भाषामा किताब बनाइ दिएको भनेर धन्यवाद दिए । अरु कक्षाको किताब पनि तयार पारिदिन आग्रह गरे । तर आरआरएन चितवनका प्रमुख रतनलाल केसीले यो वर्ष कार्यक्रम सकिएकाले थप सहयोग गर्न नसकिने भन्दै निराश बनाइ दिए ।  छुट्टिनु अघि हामीले कार्यक्रममा उपस्थित चेपाङ दाजुभाई, दिदीबहिनीहरुसंग उनीहरुकै भाषामा गीत सुनाउन फर्मायस ग¥यौ । सबैले आफूहरुलाई गीत गाउन नआउने लजाउँदै बताए । धन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीप चेपाङले गीत गाएर अनिकालको बीऊ जोगाए ।  २०७१ सालमा चेपाङको कक्षा १ को किताब तयार पार्ने क्रममा चितवनको कोराक गाविसमा चेपाङ भाषाको लोककथा, लोकगीत भन्न जान्ने पुर्खा खोज्दा हत्तुहैरान भइयो । एकजनाले गीत, कथा सुन्ने भए रक्सी ख्वाउन भने । रक्सी ख्वाउनु कुन ठूलो कुरा थियो र ? तर एक बोटल रित्याएपछि गललल्ल हाँस्दै भने, ‘सर मलाई त गीत, कथा क्यै नि आउन्न है । रक्सी खान हजुरलाई ढाँटेको पो ।’ यसरी एकजना पनि गीत, कथा भन्न सक्ने स्थिति नरहेपछि चेपाङ भाषाको बीऊ जोगिने छाँट अब मैले देखेको छैन ।  ग्लाउथोकको पूर्व ल्याङलिङ डाँडा, उत्तर वाङसिलिङ (लोथर गाविसको एक गाउँ), पश्चिम ठकुरी भन्ज्याङ अनि दक्षिण जिम्लिङ गाउँ पर्छ । जिम्लिङ नेपोलियन चेपाङको गाउँ हो, जो प्रेस चौतारी केन्द्रिय कार्यालय बागबजार, काठमाडौमा कार्यरत छन् । उनलाई मैले एकदिन भने‐ ‘म त तिम्रो गाउँ पुगेर आएँ नि ।’ मेरा कुरा भुइमा खस्न नपाउँदै उनले टप्लक्कै भने‐ ‘ह्या, मलाई त आफनो गाउँ जान नि झयाउ लाग्छ । मनै लाग्दैन भन्या ।’  हो पहाडको उकाली, ओराली सम्झिँदा राजधानीको रंगीनमा हराएको ठिटोलाई कसरी आफ्नो गाउँ प्यारो लाग्दो हो र ? आफ्नो गाउँको मन जित्न नसक्नेले संसारै जित्ने नेपोलियन नाउँ किन राखेको पो होलान् भन्ने पनि लाग्यो । यिनी भन्दा त कहाँ हो कहाँ, सर्जु समर्पण चेपाङ जस्ता युवा छन्, जो गाउँमा आफ्नो घर नभए पनि गाउँ सम्झेर आइरहन्छन् । सबैले गाउँ बिर्सिन थाल्ने हो भने सहर अझै कंक्रिट बन्दै जाने निश्चित छ । बिहान खाना खाइबरी ग्लाउथोकको पूर्व ल्याङलिङ डाँडो ओर्लिदै फर्किने योजना तय भयो । किनकि ठकुरी भन्ज्याङको ओरालो २ घण्टामा पार गर्ने हामीलाई उही बाटोबाट फर्किदा आज उकालो उक्लिन ४ घण्टा लाग्ने पक्का थियो । हामीले मोटरसाइकल छाडिराखेको पसलेलाई महेन्द्र राजमार्गसम्म मोटरसाइकल ल्याइ दिन अनुरोध गर्यौं र ल्याङलिङ डाँडोको पदचिन्ह पछ्यायौं ।  चेपाङ राजमार्गमा गाडी पाइने ठाउँ बस्ती ब्रुम्तीसम्म पुग्न आज पनि हिँडेर ठ्याक्कै २ घण्टा लाग्यो । गाडी कुर्न अर्को दुई घण्टा । सामान ओसार्ने लोभले यता चल्ने गाडीमा सिट रखिदो रहेनछ ।  सानोमा आमाले भन्ने गर्थिन्‐ ‘नाङ्लोमाथि भुल्लिएर पनि नबस्नु है माइला, नभए नाङ्लो जत्तिकै ठूलो खटिरा जिउमा उठ्न सक्छ ।’  आमाको वचनको बेवास्ता गर्दै ब्रुम्तीबाट भण्डारासम्म नाङ्लोमाथि बसेर यात्रा गरियो । चेपाङ राजमार्ग नाउँ जुराइएको यो निर्माणाधीन बाटो भण्डाराबाट मलेखु पुग्दो रहेछ ।  चेपाङ राजमार्ग त एकदिन बन्ला नै । तर राजमार्गबाट ५÷६ घण्टा ठाडै उक्लिने चेपाङ बस्तीका कैयौ गोरेटो बाटो भने कहिले बन्ने हुन् कुन्नि । चेपाङ बालबालिकाले आफ्नै आँगनमा हाइस्कूल कहिले पढ्न पाउने हुन् कुन्नि । मनभरि यस्तै कुरा खेलाउँदै महेन्द्र राजमार्ग छोइयो ।  ... यो यात्राको ७ वर्ष पुगेको छ । थाहा छनै, सर्जु चेपाङ अहिले कुन हालतमा छन् । चेपाङ राजमार्गको अवस्था कस्तो छ ? स्थानीय निकायमा चेपाङ पुस्तक लागुको अवस्था के छ ? संजोग जुरेमा ग्लाउथोकको यात्रा फेरि नि गर्न मन छ ।     

सुदूरपश्चिम नागरिक उन्मुक्ति पार्टीमा असन्तुष्टि चुलियो

सुदूरपश्चिम नागरिक उन्मुक्ति पार्टीमा असन्तुष्टि चुलियो

१३४८ दिन अगाडि

|

१६ पुष २०७९

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलको नेता छनोटको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । पार्टीको मर्यादाक्रम मिचेर कनिष्ट नेतालाई संसदीय दलको नेता बनाइएको भन्दै असन्तुष्टि सतहमा आएको छ । गएको पुस १० गते काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रदेशदेखि संघसम्मको संसदीय जिम्मेवारी बाँडफाँड सार्वजनिक गरिएको थियो । सो अनुसार सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरिएको थियो । प्रमुख सचेतकको जिम्मेवारी लक्ष्मण किशोर चौधरी र सचेतको जिम्मेवारी घनश्याम चौधरीलाई दिने घोषणा पार्टीका प्रवक्ता दमोदर पण्डितले गरेका थिए । पुस ९ गतेसम्म काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका संगठन विभाग प्रमुख समेत रहेका कैलाली निर्वाचन क्षेत्र नं. १ (२)बाट निर्वाचित लक्ष्मण किशोर चौधरी र कैलाली जिल्ला अध्यक्ष एवं कैलाली निर्वाचन क्षेत्र नं. (१) बाट निर्वाचित कैलाश चौधरीको मात्रै दाबी थियो । यद्यपि संसदीय दलको नेताको जिम्मेवारी लक्ष्मण किशोर चौधरीमा केन्द्रित रहेको पार्टीका एक केन्द्रीय सदस्यले बताए ।  पुस १० गते डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको एकल निर्णयले संसदीय दलको नेता रामेश्वर चौधरीलाई बनाउने निर्णय भयो । पार्टीका साधारण सदस्य मात्रै रहेका कैलाली निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित प्रदेश सांसदलाई दलको नेताको जिम्मेवारी दिइएपछि विवाद सुरु भएको हो । पाटीभित्र गुम्सिएर रहेको सो विवाद पुस १५ गते सतहमा आयो । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले पुस १५ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा सो विवाद छताछुल्ल भयो । दलको संसदीय दलको कार्यालयमा प्रदेश सभा सदस्य र त्यहाँ पुगेका दलका नेताहरुबीच केही समय चर्काचर्कीसमेत भयो । पार्टीका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य कैलाश चौधरीले भने, ‘भूगोल मिलाउनको लागि रामेश्वर जीलाई दलको नेताको जिम्मेवारी दिएको देखिन्छ । तर हामी बहुसङ्ख्यक केन्द्रीय सदस्यको मत पार्टीको विधि पद्धति अनुसार जिम्मेवारी तोकिनुपर्छ भन्ने थियो । तर हेड क्वाटरको जिम्मेवारी फरक आयो । निर्णय भइसकेपछि सो निर्णय पालना गर्नु पनि हामी सबैको कर्तव्य हो । तर कताकतै पार्टीभित्र अझै सुशासन नभएको आभास हुन्छ नै ।’ के भन्छन् त रामेश्वर र लक्ष्मण किशोर ? संसदीय दलको नेतामा छनोट भएका रामेश्वर चौधरीले पार्टीको निर्णयलाई पालना गर्नुपर्ने सबैको दायित्व रहेको बताउँछन् । पार्टीले सुझबुझका साथ जिम्मेवारी बाँडफाँड गरेको बताउँदै उनले बाहिर आए जस्तो विवाद केही नभएको तर्क गर्छन् । ‘पार्टीले तोकेको जिम्मेवारी सबैलाई थाहा नै छ । सबैले मान्नुपर्छ । जिम्मेवारी जे जस्तो भए पनि हामी सबै मिलेर काम गर्ने हो’, उनले भने । प्रमुख सचेतकको जिम्मेवारीमा सीमित भएका लक्ष्मण किशोर चौधरीले पार्टीको जिम्मेवारीअनुसार र आफू कांग्रेसका हेभीवेट उम्मेदवार एवं बहालवाला मन्त्री रणबहादुर रावललाई पराजित गरेकाले दलको नेताको जिम्मेवारी पाउनुपर्ने माग राख्दै आएका थिए । उनी पार्टी विधि पद्धति अनुसार चल्नुपर्नेमा जोड दिन्छन् । तर पदीय विवाद भने केही पनि नभएको बताउँछन् ।  शपथ ग्रहण समारोहमा भेटिएकी पार्टीकी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरीले पनि संसदीय जिम्मेवारी बाँडफाँडको निर्णय एक्कासि सुनेको बताउँदै पार्टी विधि पद्धति अनुसार चल्नुपर्ने बताउँछिन् । पार्टी नयाँ भएको र पहिलो पटक निर्वाचनमा भाग लिई संसदीय अभ्यास सुरु गरेकोले क्रमिक रूपमा लयमा आउनेमा विश्वास व्यक्त गर्छिन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका समानुपातिकसहित ७ जना प्रदेश सभा सदस्य छन् ।

सुदूरपश्चिम प्रदेश सभामा सबैको ध्यान खिचेको ती सांसदका मौलिक पहिरन

सुदूरपश्चिम प्रदेश सभामा सबैको ध्यान खिचेको ती सांसदका मौलिक पहिरन

१३४९ दिन अगाडि

|

१५ पुष २०७९

धनगढी : सुदूरपश्चिम प्रदेश सभा परिसर नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको आगमनले उल्लासमय थियो । मंसिर ४ गते भएको पदेश सभा सदस्य निर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्यहरुको लागि शुक्रबार शपथ ग्रहण कार्यक्रम राखिएको थियो । प्रदेश सभा सचिवालयका कर्मचारीहरु १० बजे नै पुगिसकेका थिए । शपथ ग्रहणको लागि दिउँसो १ः३५ बजेको समय निर्धारण गरिएको थियो । तर निर्धारित समयभन्दा १ घण्टा पहिलेदेखि नै नवनिर्वाचित प्रदेश सभा सदस्य, तिनका सहयोगी र शुभेच्छुकहरुले प्रदेश सभा परिसर भरियो । अनि सुरु भयो बधाइ ज्ञापन र फोटो सेसन । अधिकांश प्रदेश सभा सदस्य दौरा सुरुवाल, कोटसहित नेपाली टोपीमा ठाटिएर, त कोही साडीमा सजिएर पुगेका थिए । तथापि आफ्नै परम्परागत पोषकमा ठाटिएर पुगेका प्रदेश सभा सदस्यतिर सबैको ध्यान एकाएक खिचियो । उनीहरुको फोटो लिने र बधाइ दिनेहरुको भिड भने बेग्लै देखिन्थ्यो । हेर्नलायक नै थियो । नागरिक उन्मुक्तिबाट निर्वाचित प्रदेश सदस्य रामेश्वर चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, घनश्याम चौधरी, खुशीराम चौधरीले आफ्नै मौलिक पोषाक सेतो धोती, खुट्टामा काठको पौवा, टाउको परम्परागत टोपीमा ठाटिएका थिए । उनीहरु प्रदेश सभा परिसरमामा पाइला टेक्ने बित्तिकै सबैको केन्द्र बिन्दुमा रहे । नेपाली कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता कुमारी चौधरीको फोटो लिनेहरुको भिड पनि कम थिएन । उसै पनि ढपक्क बलेको सुन्दर अनुहार, त्यसैमाथि आफ्नै मौलिक पोषाक लेहंगा, चोलिया, घाँटी र सिउँदोभरि चाँदीका गरगहना र त्यसमाथि कोटमा सजिएकी उनी परिसरमा उभिने बित्तिकै पत्रकार र आगन्तुकहरुको क्यामेराको निशाना बनिरहिन् । राप्रपाबाट प्रदेश सभा सदस्य रहेकी खेमा देवी बिष्ट पनि आफ्नो मौलिक पोषाकमा सजिएर शपथ ग्रहण गरेकी छिन् । घाँघ्रा र चोलीमा निकै सुहाएकी बिष्ट पनि सबैको ध्यान तानेकी थिइन् । घाँघ्रा र चोली डोटी, अछाम, बाजुरालगायतको मौलिक पोषाक हो । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् । सर्वप्रथम  प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए । तत्पश्चत रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।