किसानको धान खरिद नगरेपछि खाद्य व्यवस्था कम्पनीको प्रदेश कार्यालयमा तालाबन्दी

किसानको धान खरिद नगरेपछि खाद्य व्यवस्था कम्पनीको प्रदेश कार्यालयमा तालाबन्दी

१३६८ दिन अगाडि

|

२५ मंसिर २०७९

एमाले, माओवादी, काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिकमा थारू सांसद महिला मात्रै  

एमाले, माओवादी, काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिकमा थारू सांसद महिला मात्रै  

१३६९ दिन अगाडि

|

२४ मंसिर २०७९

सबैजसो दलले समानुपातिक सासदको टुंगो लगाएका छन् । यसै क्रममा समानुपातिकमा थारू सांसद निकै कम सिफारिश भएका छन् ।  एमालेबाट ३४ जनामध्ये   आश्माकुमारी चौधरी र शान्ति चौधरी दुइजना सिफारिश भएका छन् । एमाओवादीबाट १४ जनामध्ये रुपा सोसी चौधरी एकजना मात्रै सिफारिश भएकी छन् ।  त्यस्तै, काँग्रेसबाट ३२ जनामध्ये   कल्पना चौधरी र विना कुमारी थनेत सांसद सिफारिश भएका छन् । थारु कोटाबाट एमाले, माओवादी, काँग्रेस कुनै पार्टीबाट पुरुषतर्फ थारू सांसद सिफारिश भएननन् । काँग्रेसबाट पुरुषतर्फ पहिलो नम्बरमा रहे पनि योगेन्द्र चौधरी सांसद हुन सकेनन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी (सुनसरी) भने थारु कोटाबाट प्रतिनिधिसभाको सांसदमा सिफारिश भएका छन् ।  

काँग्रेसले  समानुपातिकतर्फको सांसद दुंगो लगायो, यी हुन् ३२ सांसद 

काँग्रेसले समानुपातिकतर्फको सांसद दुंगो लगायो, यी हुन् ३२ सांसद 

१३६९ दिन अगाडि

|

२४ मंसिर २०७९

नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगाएको एक पदाधिकारी ले नेपाल प्रेसलाई बताए । तर, कांग्रेसले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। यही नाममा सहमति हुने ती पदाधिकारीले दाबी गरे। प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ। आदिवासी जनजातितर्फ १  सरस्वती बजिमय २ लिलादेवी बोखिम ३ सिता कुमारी राना ४ सुशीला थिङ ५ सपना राजभण्डारी ६ माया राई ७ कुसुम थापामगर ८ मनोरमा सेरचन खस आर्यतर्फ ९ अम्बिका बस्नेत १० सरिता प्रसाईं ११ आरजु राणा देउवा १२ ईश्वरी न्यौपाने १३ प्रतिमा गौतम १४ मञ्जु खाँण १५ रमा कोइराला पौडेल १६ कान्तिका सेजुवाल १७ मैना रावल कार्की मधेसी तर्फ १८ नागिना यादव १९ मुक्ता कुमारी यादव २० चन्दा चौधरी २१ संगिता मण्डल २२ निनुकुमारी कर्ण दलित तर्फ २३ शान्ति विक २४ रुपा विक २५ सीता मिजार २६ आशा विक थारु तर्फ २७ कल्पना चौधरी २८ विना कुमारी थनेत मुस्लिम तर्फबाट २९ जावेदा खातुन् जागा तीनजना पुरुष ३० जीवन परियार ३१ विमलेन्द्र निधि ३२ प्रकाशशरण महत थारु कोटाबाट पुरुषतर्फ पहिलो नम्बरमा रहे पनि योगेन्द्र चौधरी सांसद हुन सकेनन् ।

नागरिक उन्मुक्ति पार्टीबाट विभिन्न १० भातृसंगठन गठन, संयोजक तोकियो

नागरिक उन्मुक्ति पार्टीबाट विभिन्न १० भातृसंगठन गठन, संयोजक तोकियो

१३७० दिन अगाडि

|

२३ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीले पार्टीको विभिन्न भातृसंगठन बनाएको छ । जसअनुसार नागरिक कलाकार समाजमा सोमती चौधरी खड्का, नागरिक चिकित्सक समाजमा डा लेखजंग थापा, नागरिक बुद्धिजीवी समाजमा दामोदर पण्डित, नागरिक खेलकुद समाजमा अर्जुन ठकुल्ला संयोजक चुनिएका छन् ।  त्यस्तै, नागरिक दलित समाजमा अर्जुन ताम्राकार र देवेन्द्र नेपाली, नागरिक महिला समाजमा गीता चौधरी, नागरिक पत्रकार समाजमा मदन चौधरी, नागरिक विद्यार्थी समाजमा इन्दु थारु, नागरिक युवा समाजमा बालकुमार महतो संयोजक चुनिएका छन् । यसअघि नै नागरिक सल्लाहकार समाजमा लालवीर चौधरीलाई संयोजकको जिम्मेवारी दिई सकिएको छ ।  त्यस्तै, आगामी वैशाख ४, ५ र ६ गते टीकापुरमा गरिने पहिलो महाधिवेशन ५०१ सदस्यीय बनाउने निर्णय गरेको छ । महाधिवेशनअघि वडा, नगर, क्षेत्रीय, जिल्ला, प्रदेश सम्मेलन गर्ने भएको छ । 

सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री देउवालाई १५ किलोको माला, उनले भने ‘पश्चिम सेती छिट्टै बन्छ’

सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री देउवालाई १५ किलोको माला, उनले भने ‘पश्चिम सेती छिट्टै बन्छ’

१३७१ दिन अगाडि

|

२२ मंसिर २०७९

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती छिट्टै सम्पन्न हुने आश्वासन दिएका छन् । धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् । सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । उनले देशको समृद्धिको लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने उनको धारणा थियो । यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाएको छ । १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको हो । २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि (देउवा) लाई १५ किलोको माला लगाइएको हो । २१ बुँदाबाट केही माग पुरा भइसके उल्लेख गर्दै आयोजकले मालाको तौल घटाइएको जनाएको छ । गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायतका मागहरु रहेका छन् ।  कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको यो १६ औं संस्करणको हो । पहिलो महोत्सवदेखि नै संघले धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल, गेटा मेडिकल कलेज, पश्चिम सेती जलविद्युत आयोजना, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, गौरीफन्टा नाकाको स्तरोन्नती, धनगढी–दीपायल–बझाङ द्रुतमार्ग, सुख्खा बन्दरगाह, प्राविधिक कलेज, प्रदर्शनी स्थल, शीतगृहलगायतका प्रमुख माग प्रस्तुत गर्दै आएको छ ।  महोत्सवमा ४ सय बढी स्टलहरू रहेका छन् । कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक स्टल रहेका हुन् ।

नागरिक उन्मुक्तिलाई समानुपातिकमा कति मत  भयो अपुग ?

नागरिक उन्मुक्तिलाई समानुपातिकमा कति मत  भयो अपुग ?

१३७२ दिन अगाडि

|

२१ मंसिर २०७९

प्रत्यक्षतर्फ एक स्वतन्त्रसहित चार सिटमा कब्जा जमाएको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ७१ हजार ७२२ मत प्राप्त गर्‍यो।  नागरिक उन्मुक्ति पार्टीलाई तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन ४५ हजार ८० मत पुगेन। प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ।  उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, अरुणकुमार चौधरी र गंगाराम चौधरीे क्रमशः कैलालीको १, २ र ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यो पार्टीकै समर्थनमा लालबीर चौधरीले बर्दिया २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन्। प्रदेश सभामा कति ? प्रतिनिधि तथा प्रदेश सभा गरी नागरिक उन्मुक्तिबाट १६ सांसद भएका छन् ।  सुदूरपश्चिमबाट प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले ५ जनालाई जिताएर पठाएको छ । समानुपातिकतर्फ यस पदेशबाट २ जना चुनिदैछन् । त्यस्तै, लुम्बिनी बाट प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले २ जनालाई जिताएर पठाएको छ । समानुपातिकतर्फ यस पदेशबाट पनि २ जना चुनिदैछन् । उता मधेस प्रदेशमा समानुपातिकतर्फ यस पदेशबाट पनि १ जना चुनिदैछन् । मधेस प्रदेशमा महिला या पुरुष कसलाई सांसद बनाउने पार्टीलाई सबैभन्दा बढी सकस भएको छ । बाराबाट चुनाव लडेकी राधा चौधरी भन्छिन्, मधेस प्रदेशमा बाराले पार्टीलाई सबैभन्दा बढी समानुपातिक भोट पठाएकाले स्वतः बाराको अधिकार रहन्छ ।  प्रदेश सभामा कुन प्रदेशमा कुन दललाई कति सिट ?

यसरी हुन्छ समानुपातिक तर्फको सिट बाँडफाँड 

यसरी हुन्छ समानुपातिक तर्फको सिट बाँडफाँड 

१३७३ दिन अगाडि

|

२० मंसिर २०७९

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक अन्तर्गतको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । बाजुरा जिल्ला बाहेक १६४ निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । सो जिल्लाको पनि भोलिसम्म मतगणना कार्य सम्पन्न हुने आयोगका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले नकारी दिए ।  हालसम्म भएको मतगणनाबाट कुन राजनीतिक दलले समानुपातिकबाट कति सिट पाउँछन् भन्ने निश्चित भइसके पनि आयोगले औपचारिक रूपमा निर्णय गरेको छैन । समानुपातिक मतगणनाबाट सबैभन्दा धेरै सिट एमालेले पाउने भएको छ । एमालेले ३४, कांग्रेसले ३३, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ४ सिट पाउने निश्चित भए पनि आयोगले औपचारिक रूपमा निर्णय गरिसकेको छैन ।  नेपालको निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली हो, जसअनुसार प्रतिनिधि सभाको २७५ सिट मध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । यस्तै प्रदेशसभामा कुल ५५० सदस्यमध्ये ३३० सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने २२० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् ।  राजनीतिक दलहरूले मतदान भन्दा अगाडि नै निर्वाचन आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको नामावली बुझाएका हुन्छन् । दलहरूले समानुपातिक प्रणालीमा पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने गरिन्छ । त्यसरी सिट बाँडफाँड  हुनका लागि उनीहरूले खसेको कुल सदर मतको ३ प्रतिशत माथि  मत पाएको हुनुपर्छ ।  ३ प्रतिशत मत कटाएका दलहरूलाई सिट बाँडफाँडका लागि आयोगले ‘सेन्ट लग मेथड’ का आधारमा कति सिट पाएको छ भन्ने निर्णय गर्दछ । राजनीतिक दलले पाएको मतलाई बिजोर सङ्ख्या १, ३, ५, ७, ९ जस्ता भाजकहरूले भाग गरेर भागफल निकालिन्छ । यसरी निकालेको भागफलका आधारमा सिट निर्धारण गरिन्छ । त्यसरी दलले प्राप्त गरेको सिटमा समावेशीताका आधारमा सदस्यहरू निर्वाचित गर्नुपर्ने हुन्छ ।  दलहरूले संघीय संसद्मा अनिवार्य रूपमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने हुन्छ । दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कति महिला सदस्य निर्वाचित गरेका छन्, ती दलको राष्ट्रिय सभामा पनि महिला सदस्य छन् भने त्यसको पनि हिसाब गरिन्छ । जस्तै हालै सम्पन्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरू, समानुपातिक प्रणालीबाट जितेका सांसदहरूको सङ्ख्या जोडिन्छ । साथै राष्ट्रिय सभामा पनि ती दलको सांसद छन् भने सो दलको कुल सांसद सङ्ख्याको योगफल निकालिन्छ र त्यसलाई ३ ले भाग गर्दा जति आउँछ त्यति महिला सदस्य समानुपातिकबाट निर्वाचित गर्नुपर्ने हुन्छ । कुनै दलको राष्ट्रिय सभामा महिला सदस्य छन् भने ३३ प्रतिशतभित्र उक्त सदस्यलाई पनि गणना गर्न सकिने आयोगको भनाई छ ।  समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार समानुपातिक उम्मेदवार निर्वाचित गर्दा खस–आर्यबाट ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, दलित १३.८ प्रतिशत, थारु ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, पिछडिएको क्षेत्रबाट ४ प्रतिशत सहभागिता गराउनुपर्ने व्यवस्था रहेको छ ।  बन्दसूचीबाट सदस्य छान्दा क्लष्टरमा रहेको प्राथमिकता क्रममा तलमाथि नपारीकन छनौट गर्नुपर्ने हुन्छ । महिला सदस्य लानु छ वा पुरुष वा आदिवासी जनजाति क्लष्टरबाट लानुपर्ने छ भने उनीहरू सूचीको जुन प्राथमिकता क्रममा छन् त्यसलाई तलमाथि नपारी चयन गर्नुपर्ने आयोगको भनाई छ ।