नौ महिनामा संघीय निजामती सेवा ऐनमा थारु क्लस्टर छुट्याउन सर्वोच्चको परमादेश

नौ महिनामा संघीय निजामती सेवा ऐनमा थारु क्लस्टर छुट्याउन सर्वोच्चको परमादेश

१३०९ दिन अगाडि

|

२६ माघ २०७९

नागरिक उन्मुक्तिको निर्णयले सुदूरपश्चिम सरकार धरापमा

नागरिक उन्मुक्तिको निर्णयले सुदूरपश्चिम सरकार धरापमा

१३११ दिन अगाडि

|

२४ माघ २०७९

केशव सावद सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि (बुधबार) विश्वासको मत लिँदै छन्।  संविधानको धारा १६८ (२) अनुसार गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै एक महिनापछि उनले विश्वासको मत लिन लागेका हुन्।  एमालेका समानुपातिक सांसद रावल पुस २७ मा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।  सुदूरपश्चिमका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए।  ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा २ मा भनिएको छ।   समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेर नेकपा एमाले संसदीय दलको नेता चुनिएका रावललाई माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थन छ।  यद्यपि, सरकार गठनमा सघाएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावल संकटमा परेका छन्।  नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ लगायत माग सम्बोधन नभएको भन्दै मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले  बताएकी छन्।  ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एकजना स्वतन्त्र सांसदसहित सत्ताबाहिर २४ सांसद छन्।  नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा परेर सरकार ढल्नेछ। त्यसपछि संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् गठन हुने छ। जसअनुसार राजनीतिक समीकरण यथावस्थामा रहे कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने निश्चित छ।  ‘प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा ३ मा भनिएको छ।   मुख्यमन्त्री रावलले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बने कांग्रेस दलका नेता शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्छ। संविधानको धारा १६८ (४) मा भनिएको छ, ‘उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।’  उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके फेरि प्रदेश प्रमुखले उपधारा २ बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने संविधानमा व्यवस्था छ।  ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा ५ मा लेखिएको छ।  संविधानअनुसार उपधारा ५ बमोजिम नियुक्त हुने मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके सुदूरपश्चिममा फेरि प्रदेशसभा निर्वाचन हुने देखिन्छ।  उपधारा ७ मा भनिएको छ, ‘उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ।’ 

रेशम चौधरीदेखि विप्लवसम्मको माग पूरा गर्न राप्रपाका मन्त्री ध्रुवबहादुर प्रधान अनुदार !

रेशम चौधरीदेखि विप्लवसम्मको माग पूरा गर्न राप्रपाका मन्त्री ध्रुवबहादुर प्रधान अनुदार !

१३११ दिन अगाडि

|

२४ माघ २०७९

वीरेन्द्र ओली मंसिरको आम निर्वाचनपछि नेपाल प्रहरीका पूर्वमहानिरीक्षक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसहित सिंहदरबारमा विराजमान छन् । पश्चिम नवलपरासी–२ बाट कांग्रेसका देवेन्द्रराज कँडेललाई हराउँदै प्रधान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनलाई सिंहदरबार प्रवेश गर्ने बाटो खुलेको थियो । नयाँ राजनीतिक समीकरणसँगै नेता प्रधान पुस ११ गतेयता कानुन मन्त्रीको हैसियतमा छन् । तर प्रधान जिम्मेवारी अनुसारको काम भन्दा बढी विवादित अभिव्यक्ति दिएर आलोचित बन्दै आएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरेर राजसंस्थासहितको हिन्दु राष्ट्र ब्युँताउने वकालतमै उनको समय बित्ने गरेको छ । सरकारका मन्त्रीहरुबाटै आउने यस्तो अभिव्यक्तिको आलोचनासमेत भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने घोषणा गरे पनि अहिलेसम्म सोध्न सकेका छैनन् । संघीयता र संविधान विरोधी अभिव्यक्ति दिन रमाउने मन्त्री प्रधान नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लिन अनुदार देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड राजनीतिक प्रकृतिका मुद्दा राजनीतिक रूपमै सम्बोधन गर्ने प्रयासमा जुटेका बेला उनै प्रचण्डको क्याबिनेटमा रहेका मन्त्री प्रधान त्यस विपरीत उभिएपछि प्रक्रिया नै अघि बढ्न नसकेको सरोकारवालाहरूको गुनासो छ । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री भएकै बेला कांग्रेस सभापति समेत रहेका  शेरबहादुर देउवाले तीन दलका नेता कार्यकर्ता रिहाइका साथै मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएका थिए । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड पनि प्रक्रिया पुर्‍याएर समस्या समाधान गर्न चाहन्छन् । तर, मन्त्री प्रधान कानुन मन्त्री भएपछि यो प्रक्रिया अलपत्र जस्तै बनेको छ । मन्त्री प्रधानले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिले कानुनी राज्य भएकाले आफू कानुन भन्दा बाहिर नजाने जिकिर गरेका थिए । ‘अहिले रुल अफ ल छ । हामीले त्यसमा विश्वास गरेकाले कानुनलाई अक्षरशः पालना गर्नुपर्छ । हामी राजनीतिक रूपमा छुटाउने हिसाबले सबै दल त्यस ढङ्गले जाने भन्ने हुँदैन । कानुनी प्रक्रियामा जुन कुरा गर्न सकिँदैन त्यसमा जान हुँदैन’ प्रधानले अघि बढ्दै भनेका छन्, ‘राजनीतिक रूपमा निर्दोष छन् भन्नु पोलिटिकल माइलेज लिन मात्रै हो । यसमा कानुनी मान्यताको हैसियत हुँदैन ।’ अदालतबाट कानुनसंगत ढङ्गले जुन निर्णय हुन्छ त्यसलाई कार्यान्वयन गरेर जाने आफ्नो धर्म हुने प्रधानको भनाइ छ । विप्लवसँग जोडिएको मुद्दामा मात्रै होइन टीकापुर घटनका विषयमा पनि प्रधान अनुदार नै देखिन्छन् । त्यसबारे कानुनी कारबाही हुनुपर्ने आफ्नो अडान यथावत् रहेको प्रधानको भनाइ छ । ‘अहिले टीकापुर घटनाका विषयमा यथावत् अवस्थामा छु । मेरो जिम्मेवारी त्यहीँ ढङ्गको भएको हुनाले सबैले जबाफदेही ढङ्गले पोजिसन यथावत् राख्छु’ प्रधानले भनेका छन्, ‘मेरो कार्यकाल हुँदासम्म कानुन मन्त्री हुँदासम्म कुनै पनि अपराधी गैर कानुनी रूपमा जेलबाट छुट्दैनन् । त्यसमा स्ट्यान्ड रहन्छ ।’ कुनै राजनीतिक निर्णय गरेको भरमा कानुन भन्दा बाहिर गएर राजनीतिक बन्दीलाई नछोड्ने भन्दै मन्त्री प्रधानले त्यसमा प्रधानमन्त्री प्रचण्डको समेत साथ रहने दाबी गरे । रातोपाटीसँगको कुराकानीमा मन्त्री प्रधानले विप्लवदेखि सीके राउत र रेशम चौधरीसम्मका मुद्दा फिर्ताको विषयमा आफ्नो मन्त्रालयमा कुनै पनि फाइल नआएको बताए । राजनीतिक प्रकृतिका बन्दी छुटाउने विषयमा कुनै मुद्दा नआएकाले जानकारी समेत नरहेको प्रधानको भनाइ छ । ‘मेरो मन्त्रालयमा त्यस्ता कुनै फाइल आएका छैनन्, आएको पनि मलाई थाहा छैन’, मन्त्री प्रधानको भनाइ छ ।  तर, विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले यसअघिको सरकारले मुद्दा फिर्ता र बन्दी रिहा गर्न पहल गरे पनि अहिले अघि बढ्न नसकेको बताए । नेता बुढामगरले आफ्नो पार्टीको मुद्दा र बन्दी रिहाको विषयलाई रेशम चौधरी र सिके राउतसँग जोडेर कानुन मन्त्रीले प्रक्रिया अघि बढाउनै नमानेको बताए । ‘हामीले सरकारसँग सम्झौता गरेको दुई वर्ष भयो । ४० जना जति साथीहरू जेलमा हुनुहुन्छ । सयौं मुद्दा फिर्ता भएका छैनन्’ बुढामगरले भने, ‘यसअघिका कानुन मन्त्रीसँग सकारात्मक रूपमा कुराकानी अघि बढेको थियो । पछि सीके राउत र नागरिक उन्मुक्तिका रेशम चौधरीको मुद्दा जोडिएपछि अल्झियो । त्यसपछि प्रक्रिया अघि बढ्न सकेन ।’ आफूहरूको मुद्दा रेशम चौधरी र सीके राउतको जस्तो नभई फरक प्रकृतिको भएको बुढामगरले बताए । ‘हामीले चलाएको आन्दोलन भिन्नै खालको हो । ती मुद्दालाई सिके र रेशमसँग जोड्न मिल्दैन’ उनले भने, ‘अहिलेको सरकारसँग कुराकानी गरिराखेका छौं । माग पुरा नहुँदासम्म संघर्ष जारी राख्छौं ।’ दुई वर्षमा पनि पूरा भएन विप्लवको माग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाका गृह मन्त्री रामबहादुर थापा र सीके राउतबिच २०७५ साल फागुन २४ गते ११ बुँदे सहमति भएको थियो । पृथकतावादी आन्दोलन छोडेर राउत शान्तिपूर्ण मूलधारको राजनीति गर्न सहमत भएपछि ११ बुँदे सहमति भएको हो । सहमतिमा स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दा फिर्ता लिने र थुनामा रहेका सम्पूर्ण नेता कार्यकर्ता निर्शत रिहा गर्ने सहमति समझदारी भएपनि अहिलेसम्म सरकारले मुद्दा फिर्ता र जेलमा भएका राउतका नेता कार्यकर्ता छोडेको छैन । सिके राउत नेतृत्वको जनमत पार्टी एउटा मन्त्रालयसहित वर्तमान सरकारमा सहभागी छ । यस्तै तत्कालीन गृह मन्त्री रामबहादुर थापा र विप्लवबिच २०७७ साल फागुन २० गते तीन बुँदे सहमति भएको थियो । शान्तिपूर्ण मूलधारको राजनीति गर्न सहमति जनाउँदै बन्दी रिहा र मुद्दा फिर्ता लिने तत्कालीन सरकार र विप्लवबिच सहमति भएको थियो । आफ्ना माग पुरा गराउन विप्लवसहित शीर्ष नेताहरूले तत्कालीन प्रधानमन्त्री ओली र गृह मन्त्री थापासँग धेरै पटक संवाद समेत गरे । ओली नेतृत्वको सरकार बाहिरिएपछि शेरबहादुर देउवा नेतृत्वको सरकार र गृह मन्त्री बालकृष्ण खाँडलाई भेटेर निकै पटक आग्रह गरे । तर दुई वर्ष बित्दा पनि माग पुरा गर्ने आश्वासन पाउनु बाहेक केही नपाएको उनीहरूको गुनासो छ । आफ्ना माग पुरा नभएपछि विप्लवसहितका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ काठमाडौँमा छन् । सोमबार मात्रै उनीहरुले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर सहमति कार्यान्वयन गर्न पुन ध्यानाकर्षण गराएका छन् । यही क्रममा कानुन मन्त्री प्रधानलाई समेत भेटेर मुद्दा फिर्ता लिन आग्रह गर्ने तयारी उनीहरूको छ । तत्कालीन ओली सरकारसँग भएको तीन बुँदे माग सम्बोधन नहुँदा ४० जना बन्दी जेलमै छन् भने सयौँको सङ्ख्यामा नेता कार्यकर्तामाथि मुद्दा छ । यस्तै विप्लव नेतृत्वको नेकपा विभाजन भएको नेकपा बहुमत अध्यक्ष धर्मेन्द्र बास्तोलाले समेत प्रधानमन्त्री प्रचण्डलाई भेटेर मुद्दा फिर्ता र बन्दी रिहा गर्न माग दोहोर्‍याएका छन् । तर पनि अहिलेसम्म सरकारले ठोस ढङ्गले समस्या समाधान गर्ने गरी प्रक्रिया अघि बढाएको छैन । टिकापुर घटनामा जोडिएका  रेशम चौधरीसहित ११ जना नेता कार्यकर्ता जेलमा छन् भने ६० भन्दा बढीलाई मुद्दा छ । उनीहरूका माग सरकारले पुरा नगरेपछि चौधरीले आफ्नै संरक्षणमा पार्टी खोलेर दबाब बढाएका छन् । उनको माग समेत सरकारले  पुरा गर्न मानेको छैन । रातोपाटीबाट

जसपा र नागरिक उन्मुक्ति पार्टी सत्तारूढ कि प्रतिपक्ष ?

जसपा र नागरिक उन्मुक्ति पार्टी सत्तारूढ कि प्रतिपक्ष ?

१३२२ दिन अगाडि

|

१३ माघ २०७९

कलेन्द्र सेजुवाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सघाएका जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सत्ताबाहिरै रहेका छन् । दाबी गरेजति मन्त्रालय नपाएपछि जसपा सरकारमा नगएको हो भने नागरिक उन्मुक्ति पार्टी नेता रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्तका कारण सत्तासीन भएको छैन ।  एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । संघ सरकारमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको मात्र प्रतिनिधित्व छ । जसपाले मधेस प्रदेशमा अन्य दलसँग साझेदारी गरेर सरकारको नेतृत्व गरेको छ । नागरिक उन्मुक्ति पार्टी भने विपक्षी बेन्चमा बसेको छ । सत्ता साझेदार दलले सुदूरपश्चिमको उपसभामुख पद दिँदा पनि नागरिक उन्मुक्ति पार्टीले स्वीकार गरेन । जसपाले उपराष्ट्रपति र तीन मन्त्रालय मागेकामा सत्ता साझेदार अन्य दलले एकमात्र मन्त्रालय दिने निर्णय गरेका थिए । त्यसपछि रुष्ट बनेको जसपाले मधेस प्रदेशको सत्ता समीकरण भत्किने जोखिमका कारण संघ सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको छैन । सातदलीय सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार मधेसमा जसपाका सरोज यादव गत पुस २७ मा एमाले, जनमत पार्टी, माओवादी र तीन स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । मधेसमा एमाले पहिलो, कांग्रेस दोस्रो र जसपा तेस्रो ठूलो दल छन् । प्रदेश सरकारमा आधा कार्यकाल चौथो ठूलो दल जनमत पार्टीले नेतृत्व गर्ने सत्ता गठबन्धनको सहमति छ । ‘मधेसमा कसैले चाहँदैमा सरकार ढल्दैन, तर केन्द्रीय सत्ता बाँडफाँटमा उहाँहरू (एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा) ले मनपरी गर्नुभएको छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले कान्तिपुरसँग भने, ‘तैपनि हामी सरकारलाई दिएको तत्काल समर्थन फिर्ता लिँदैनौं, अहिले हामी कुनै पनि गठबन्धनमा छैनौं ।’ प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका अध्यक्ष यादवको प्राथमिकता केन्द्रीयभन्दा प्रदेश सत्तामा रहेको छ । चुनाव जितेका बहुमत सांसदले सरकारमा जानुपर्नेमा जोड दिएका भए पनि अध्यक्ष यादवले सरकारबाहिर रहेर पार्टीको शक्ति आर्जन गर्नुपर्ने तर्क गर्दै शक्ति बाँडफाँटमा चासो नदिएको एक सांसदले गुनासो गरे । ‘अध्यक्षजी संसद्मा नभएपछि उहाँको तर्फबाट सरकारमा सम्मानजनक सहभागिताका लागि जति प्रयास हुनुपर्ने हो, त्यसमा कमी रह्यो,’ उनले भने, ‘बरु पार्टीको प्रमुख जनाधार रहेको मधेस प्रदेशमा पार्टी नेतृत्वको सरकार बनाउन उहाँले निकै मिहिनेत गर्नुभयो ।’ जसपा संसदीय दल नेता रामसहाय प्रसाद यादवले सुरुमा सरकारमा नगई पार्टी निर्माणमा लाग्नेबारे छलफल भए पनि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा नागरिकतालगायत मुद्दा सम्बोधन गर्ने उल्लेख भएपछि सरकारमा जाने निर्णय भएको बताए । ‘हाम्रा माग र मुद्दामा सकारात्मक परिणाम आउने देखिएपछि सरकारमा सहभागी हुन कुनै समस्या छैन, तर शक्ति बाँडफाँटमा कुरा मिलेको छैन,’ उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई शक्ति बाँडफाँटको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरिरहेका छौं ।’ सरकारलाई समर्थन र विश्वासको मत दिएर पनि विपक्षी बेन्चमा बसेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा दोषी (पार्टीको भनाइमा राजबन्दी) देखिएका नेता–कार्यकर्तालाई जेलमुक्त गर्नुपर्नेर् एकसूत्रीय माग राखेको छ । संविधान निर्माणका क्रममा मधेस र थरुहटका मुद्दा सम्बोधन नभएको भन्दै सुरु भएको आन्दोलन हिंसात्मक हुँदा २०७२ भदौ ७ मा टीकापुर घटना भएको थियो, जसमा ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो । घटनाको अर्को दिन थारूहरूका घर जलाइएका थिए भने ५८ जनामाथि मुद्दा चलाइएको थियो । मुद्दा चलाइएकामध्ये ३१ जना अहिले पनि फरार छन् । बाँकी २७ जनामध्ये कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट सजाय सुनाइएका ७ जना जेलमा छन् । रेशम चौधरीसहित ६ जनाले जन्मकैद र एक जनाले १० वर्षको सजाय भोगिरहेका छन् । जिल्ला अदालतले तीन वर्षको सजाय तोकेका एक जना (लक्ष्मण थारू) लाई उच्च अदालतले जन्मकैद हुने फैसला सुनाएको छ । उच्च अदालतको आदेश आउनुअघि नै जिल्ला अदालतले तोकेको तीन वर्षको सजाय पूरा गरेका उनी जेलमा छैनन् । रेशमसहित सातै जनाले सर्वोच्च अदालतमा गरेको पुनरावेदन विचाराधीन छ । वर्तमान सरकार निर्माणका बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन संशोधन गरेर उनीहरूलाई जेलमुक्त गर्ने आश्वासन दिएका थिए । ‘टीकापुर घटनाका राजबन्दीलाई जेलमुक्त गर्ने समझदारी भएपछि हाम्रो पार्टीले सरकारलाई समर्थन र विश्वासको मत दिएको हो,’ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भनिन्, ‘माग पूरा नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’ बन्दी रिहाइको माग पूरा भए सरकारमा जाने उनको भनाइ छ । माग पूरा नभएको भन्दै सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बसेका थिए । सरकारबाट रेशमलगायतलाई जेलमुक्त गर्ने आश्वासन पुनः पाएपछि तेस्रो पटक बल्ल माओवादी केन्द्रका सभामुख उम्मेदवार भीमबहादुर भण्डारीलाई नागरिक उन्मुक्ति पार्टीले मतदान गरेको थियो । उसले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने अवस्थामा छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले चाहेमा कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्न सक्छ । कांग्रेसले मुख्यमन्त्री दिएर सरकार निर्माण गर्न प्रस्तावसमेत गरिसकेको थियो । तर प्रदेशमा सत्तारोहण गरेर संघीय सरकारसँग टकराब गर्ने जोखिम उसले उठाउन चाहेन । नागरिक उन्मुक्ति पार्टीका एक नेताले संघीय सरकारसँग दूरी बढाउँदा आफ्नो प्रमुख माग पूरा हुनुको साटो थप अप्ठेरो अवस्था आउने देखेरै समर्थन र विश्वासको मत दिएको बताए । रेशमलगायतका नेता जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि (संहिता) ऐन संशोधन गर्नुपर्छ । त्यसका लागि अध्यादेश ल्याउने वा संसद्मा विधेयक लाने काम सरकारले नचाहे सम्भव छैन । फौजदारी कार्यविधि (संहिता) ले जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले गत मंसिर २५ मा अध्यादेशमार्फत फौजदारी कार्यविधि (संहिता) संशोधन गरेर ‘जुनसुकै अदालतमा विचाराधीन’ मुद्दा पनि फिर्ता लिन सक्ने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी नगर्दा ऐन संशोधन हुन सकेन । ‘सत्ता गठबन्धनलाई सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण आफ्नो पक्षमा पार्नका लागि हामीलाई साथमा राख्नुपर्ने बाध्यता छ भने हामीलाई हाम्रा राजबन्दी छुटाउन सरकारको सहयोग चाहिएको छ,’ ती नेताले भने, ‘होइन भने त हामीलाई कांग्रेससँग मिल्न कुनै समस्या थिएन, आखिर कांग्रेसको सरकारले अध्यादेश ल्याएर हाम्रो माग पूरा गर्न खोजेकै थियो ।’ सत्ता समीकरणमा चार दल (एमाले, माओवादी, राप्रपा र रास्वपा) को स्पष्ट बहुमत भएकाले जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारबाहिर बस्दा केन्द्रीय सत्तामा खासै फरक पर्दैन । सुदूरपश्चिमको सत्ता समीकरण भने फेरिन सक्ने भए पनि बदलामा आफ्ना नेताहरूको जेलमुक्तिको प्रमुख माग सुनुवाइ नहुने भएकाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने ती नेताको भनाइ छ । विपक्षी बेन्चमा सर्नेबित्तिकै जसपाले मधेस सरकारको नेतृत्व गुमाउन सक्छ । ‘संसद्मा चार दल (एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपा) को स्पष्ट बहुमत हुँदा हामी पेलिएका छौं, तर अहिल्यै सरकारसँग विद्रोह गर्न सक्ने अवस्थामा छैनौं,’ जसपाका एक सांसदले भने । कान्तिपुरबाट

चुनिन थाले थारु बस्तीमा बरघर, १५ पालिकाले ल्याए बरघर ऐन

चुनिन थाले थारु बस्तीमा बरघर, १५ पालिकाले ल्याए बरघर ऐन

१३२६ दिन अगाडि

|

९ माघ २०७९

कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको अगुवा अर्थात भलमन्सामा सरोज चौधरी लगातार २८औं पटक निर्वाचित भएका छन् । २०५२ सालदेखि निरन्तर गाउँको अगुवाई गरिरहेका उनलाई भुरा खेलले पुनः भलमन्सा बनाएको हो । माघी मनाएसँगै पश्चिम नेपालको थारू बस्तीमा भलमन्सा चुन्ने कार्य चलिरहेको छ । थारू गाउँको अगुवा बरघर, भलमन्सालाई स्थानअनुसार महटाँवा, ककनडार पनि भनिन्छ । माघी डेवानी एवं भुरा खेलमार्फत् बरघर, भलमन्सासँगै चिराकी, चौकीदार, गुरुवा, कसौकालगायतका गाउँ प्रतिनिधिहरु चुनिन थालेका हुन् । कतै सर्वसम्मत चुनिन थालेका छन् भने कतै चुनावी विधिमार्फत पनि चुनिन थालेका हुन् । कैलालीको कैलारी गाउँपालिका–९ सामरचौराका भलमन्सामा मानबहादुर चौधरी चौथो पटक चुनावी विधिबाट निर्वाचित भएका छन् । १६६ घरधुरी रहेको सो बस्तीका १०७ जनाले उनको पक्षमा मतदान गरे । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुर गाउँको भलमन्सामा पुनः सर्वसम्मत रुपमा गरिबदास चौधरी चुनिएका छन् । यसैबीच बस्तीको प्रमुखमा महिलाहरु समेत आउन थालेका छन् । धनगढी उपमहानगरपालिका–११ बाँसखेडा गाउँको भल्मन्सामा गीता चौधरी र चौकीदारमा इन्दिरा चौधरी चयन भएका छन् । गाउँको नेतृत्वमा क्रमशः महिलाहरु आउनु समाज विकास तथा महिला सशक्तिकरणको रुपमा लिनुपर्ने बताउँछन् धनगढी उपमहानगरपालिकाका नगर भल्मन्सा समितिका अध्यक्ष रोहित चौधरी । बरघर ऐन बन्दै, कार्यान्वयन फितलो आफ्नो नेतृत्व आफै छान्ने बरघर प्रणाली थारू समुदायको ऐतिहासिक लोकप्रिय प्रणाली हो । यस्तो संगठनलाई अन्तर्राष्ट्रिय श्रम महासन्धि ९आईएलओ १६९० प्रथाजनित कानुनको रुपमा लिन्छ । जुन महासन्धिको नेपाल पक्ष राष्ट्र हो ।  थारू बस्तीमा माघ महिनाभरि गाउँको अगुवा नेतृत्व चयन गर्ने प्रचलन रहिआएको छ । भलमन्सासँगै भलमन्साको सहयोगीको रुपमा काम गर्ने चौकीदार ९खबरबाहक०, गुरुवा ९पुरोहित०, केसौका ९सहायक पुरोहित० लगायत पदाधिकारी छनोट गर्ने प्रचलन छ ।  पछिल्लो समय स्थानीय तहहरुले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानूनी मान्यता दिनमा जुटेको बताउँछन् बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी । अभियानकर्ता चौधरीका अनुसार पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लास्थित थारू बहुल क्षेत्रमा हालसम्म १५ पालिकाले बरघर ऐन ल्याइसकेका छन् । जसअनुसार बर्दियाको बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका, बह्रैयाताल गाउँपालिकाले ऐन ल्याइसकेको छ । त्यस्तै, कैलालीको जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका साथै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाले पनि ऐन ल्याएको छ । त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिकाले पनि बरघर ऐन ल्याएको चौधरी बताउँछन् । ‘बरघर प्रणाली प्रथाजनित कानून हो । आफ्नो नेतृत्व आफै छनोट गरिने, गाउँको गत वर्षको कार्यको समीक्षा गरिने र आउँदो वर्षको योजना बनाइन्छ । जुन एकदमै लोकतान्त्रिक विधिबाट हुन्छ ।’ उनी भन्छन्, ‘नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार पनि थारू बाहुल क्षेत्रका स्थानीय तहहरुले बरघर प्रणालीलाई संरक्षण र विकास गर्न ऐन निर्माणमा जुटेका छन् ।’ केही थप पालिकाहरुले ऐन ल्याउने तयारीमा रहेको पनि उनको भनाइ छ । तर ल्याइएका ऐन  कार्यान्वयनमा भने सुस्त देखिएका छन् । तथापि पालिकाहरुले ऐन कार्यान्वयनको चरणमा रहेको बताएका छन् । टीकापुर नगरप्रमुख रामलाल डंगौराले नगरसभाबाट पारित भएको बरघर ऐन कार्यान्वयनको लागि कार्यविधि ल्याउने तयारीमा रहेको बताए ।  बर्दियाको बारबर्दियाका तात्कालीन नगर प्रमुख दुर्गा चौधरी ‘कविर’को पालामा बारबर्दियाले सबैभन्दा पहिले बरघर ऐन लागु गरेको हो । तर हालैको स्थानीय चुनावबाट नगर प्रमुख छविलाल थारू आएपछि बरघर ऐन कार्यान्वयनमा सुस्तता आएको छ । ऐनमा सुधारको खाँचो रहेको औल्याउँदै कार्यान्वयनमा लैजाने उनले बताए । बरघरहरुको क्षमता विकास, न्याय निरुपणको सीमालगायत सवालमा सचेतीकरणका साथै पहिचानको लागि नगरपालिकाबाट परिचय पत्रको व्यवस्था समेत गरिन लागेको नगरप्रमुख थारूले जनाए । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले थारू बाहुल्य स्थानीय तहको विकास निर्माणका कार्य बरघर विना असम्भव रहेकोले बरघर ऐन कार्यान्वयनप्रति आफू गम्भीर रहेको बताए । के छ बरघर ऐनमा ? स्थानीय पालिकाहरुले बरघर ऐन ल्याएर बरघर प्रणालीलाई कानुनी मान्यता प्रदान गरी संस्थागत गरिरहेका छन् । बरघर संरक्षण अभियानकर्ता एकराज चौधरीले बरघर ऐन आएसँगै लोप हुने क्रममा रहेको बरघर प्रणालीलाई संरक्षण गर्नु राज्यको दायित्व बनेको र स्थानीय सरकारको योजना निर्माणमा सहभागिता सुनिश्चित हुने बताउँछन् ।  उहिल्यैदेखि आर्थिक, सामाजिक तथा विकास निर्माणमा बरघरहरुको प्रत्यक्ष सहभागिता छ । गाउँघरमा न्यायनिसाफको काम पनि बरघरकै नेतृत्वमा हुन्थ्यो । तर राज्यबाट उपेक्षा हुँदै आयो । उनले भने, ‘अब ऐन आएपछि उनीहरुको सर्वप्रथम पहिचान गरिने काम होला । राज्यको संरचनामा पहुँच बुद्धि हुने देखिन्छ । स्थानीय सरकारको विकास योजना निर्माण प्रक्रियामा सहभागिता भइ बजेट बाँडफाँटमा समेत पहुँच पुग्ने देखिन्छ । अन्ततः उपभोक्ता समितिको काम पूर्णतः बरघर प्रणालीमार्फत् हुने देखिन्छ ।’ बरघर प्रणाली आफैमा भाषा, संस्कृतिको एक पाटो भएकाले यसको संरक्षण पनि सँगैसँगै हुने चौधरीले विश्वास व्यक्त गरे ।

संकटमा सुदूूरपश्चिम सरकार,  सत्ताको बचाउ र रेशम रिहाइको मत खोज्दै बालकोटसम्म !

संकटमा सुदूूरपश्चिम सरकार, सत्ताको बचाउ र रेशम रिहाइको मत खोज्दै बालकोटसम्म !

१३२७ दिन अगाडि

|

८ माघ २०७९

धनगढी । सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो । यहीबीचमा नागरिक उन्मुक्ति पार्टीको विषयमा छलफल गर्न मुख्यमन्त्री रावल काठमाडौँ आइपुगेका छन् । शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री र नागरिक उन्मुक्तिसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेको छ । एमाले सचिव लेखराज भट्ट, पूर्वमन्त्री झपट बोहरालगायतसमेत सम्मिलित टोलीले संयुक्त रुपमा बालकोटमा गरेको सोसंवादलाई अर्थपूर्ण रुपमा लिइएको छ ।मुख्यतः टीकापुर घटना मुद्दाको निकास र नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिने सवालमा सो भेटघाट र संवाद केन्द्रित रहेको एक नेताले बताए । यस्तै टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटघाट गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत जेलबन्दीको रिहाइ नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान राख्दै आएको छ । मुख्यमन्त्री रावल नेतृत्वको सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले समर्थन जनाइरहँदा सरकारले माघ माहिनाभित्रै रिहाइ गर्ने वचनबद्धता जाहेर गरेको थियो । आफ्नो सो पूर्ववत अडान र सरकारले दिएको आश्वासन कार्यान्वयनको लागि दवाव स्वरुप सो संसदीय टोलीले भेटघाटलाई तीव्र बनाएको हो । ओलीसँगको भेटवार्ता सकारात्मक रहेको बताउँदै नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले भने, ‘मुद्दा सम्बोधनबारे बालकोटको धारणा एकदमै सकारात्मक छ । हामी आशावादी पनि छौ । सोही अनुसार हामी पनि हेर र पर्खको अवस्थामा छौ ।’ कानुनी जटिलताका कारण तत्काल महिना दिनभित्रै रेशम चौधरीको रिहाइ प्रक्रिया सम्भव नभएकाले मुख्यमन्त्री रावल झस्किएका छन् । जुनकारण मुद्दा किनारा नलागेसम्म उन्मुक्तिको विश्वासको मत पाउनेमा उनी पूर्ण विश्वस्त छैनन् । उनी विश्वासको मत बटुल्न हरसम्भव प्रयत्नमा छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त रावलले ३० भित्रै प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । उनी सकेसम्म माघ ११ गतेको प्रदेश सभा बैठकमा प्रस्ताव पेश गर्ने र माघ १७ गते विश्वासको मत लिने तयारीमा छन् । तर बहुमत सदस्यको विश्वासको मत पाउनेमा पूर्णमा रुपमा ढुक्क नभएपछि उनले यो बीचमा काठमाडौं केन्द्रित राजनीतिक भेटघाट बढाएका हुन् । बालकोटमा भएको छलफलमा सहभागी पूर्वमन्त्री तथा एमाले नेता झपट बोहराले भने, ‘उहाँहरु (रेशम पक्ष)ले पूर्वमाननीय रेशम चौधरीको रिहाइ के कस्तो कुराले रोकिएहो हो भनेर चिन्ता र चासो राख्नु भएको छ । विश्वासको वातावरण खोज्नुभएको छ । अहिलेको संसदीय अभ्यास हेर्दा ३ महिना अगाडि कानुन बन्ने सम्भावना देखिँदैन । बनिहाल्यो भने राम्रो हो । पूर्ववर्ती शेरबहादुर देउवा सकारले रिहाइसम्बन्धी विधेयक ल्याएको थियो । सो विधेयकबारे अध्ययन गर्नुपर्ने होला । प्रचलित कानुनसँग बाझिएको छ, छैन हेर्नुपर्ने हुन्छ । कतै सुधार गर्नुपर्ने छ कि ? उहाँहरुको पार्टीभित्रको आन्तरिक कुरा हुन सक्छ । तर गठबन्धनमा गइसकेपछि गठबन्धनको आवश्यकता अनुसार सहयोग गर्नुपर्ने रहन्छ ।’ बालकोटमा लालप्रतिवेदनमाथि संशय तराई–मधेस आन्दोलनबारे पूर्वन्यायधीश गिरिश चन्द्रलालको संयोजकत्वमा गठित छानविन प्रतिवेदनबारे समेत बालकोटमा छलफल भएको छ ।  तर सो छलफलमा प्रतिवेदनमाथि नै संशययुक्त कुरा आएको एक नेताले रातोपाटीलाई बताए । सो प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्नेबारे एमाले अध्यक्ष ओलीको स्पष्ट धारणा नआएको बताइएको छ । पूर्वमन्त्री बोहराले भने, ‘त्यो प्रतिवेदन त सरकारलाई बुझाइसकेपछि सुझावको रुपमा आएको हो । प्रतिवेदनले त निर्देशन दिन सक्दैन । प्रतिवेदनले त घटनाको सत्यतथ्य उजागर गर्ने हो । सरकारले चाहेको अवस्थामा प्रकाशित गर्न सक्छ । सरकारले अध्ययन गर्नुपर्ने हुन सक्छ । प्रतिवेदनमा सम्प्रादयिकता भड्किने, बैमानश्यता बढ्ने, सत्यतत्य कुराको पुष्टि नहुने खालको छ भने पुनः अध्ययन तथा पुनः परिमार्जन गर्नुपर्ने पनि हुनसक्छ । प्रतिवेदनले प्रतिकुलतातर्फ धकेल्ने कुराको हेक्का सरकारलाई भएको हुनुपर्छ नि ।’

सरकारको लोभ लालचमै बित्यो मधेसी दलको १६ वर्ष

सरकारको लोभ लालचमै बित्यो मधेसी दलको १६ वर्ष

१३२९ दिन अगाडि

|

६ माघ २०७९

मधेस आन्दोलन सुरु भएको विहीबार १६ वर्ष पुरा भएको छ ।  २०६३ माघ १ मा तत्कालीन सरकारले अन्तरिम संविधान जारी गरेको थियो । अन्तरिम संविधानमा असन्तुष्टि जनाउँदै त्यसबेला संस्थाको रुपमा रहेको मधेसी जनअधिकार फोरम नेतृत्वमा माइतीघरमा सो संविधानको प्रति माघ ५ मा जलाइएको थियो । संविधान जलाउने क्रममा उपेन्द्र यादवलगायत पक्राउ परेपछि तराई मधेसमा आन्दोलन सुरु भएको थियो । माघ ५ गते सिरहाको लहानमा विद्यार्थी नेता रमेश महतोको गोली लागेर मृत्यु भएपछि मधेस आन्दोलनले उग्ररुप लिएको थियो । सोही दिनलाई तराई मधेसमा मधेस बलिदानी दिवसको रुपमा मनाउने गरिएको छ । मधेस प्रदेश सरकारले प्रत्येक माघ ५ गते सार्वजनिक विदा दिएर बलिदानी दिवस विशेष रुपमा मनाउँदै आएको छ । सहिदभन्दा बढी मधेसी मन्त्री तीन चरणमा भएको मधेस आन्दोलनमा ११७ जनाले सहादत पाएका छन् । २०६४ मा ५४ जना, २०७२ मा ५६ जना, २०७३ मा पाँच र २०७४ मा दुईजनाले सहादत पाएका छन् । पटक पटक मन्त्री बन्नेहरुको दोहरिएको अनुहार गन्ने हो भने मधेस आन्दोलनमा जतिजना सहिद भए, त्यो भन्दा बढी संख्यामा मधेसी मूलका मन्त्रीहरु बनेका होलान् । यहीं सत्ता लुछाचुडीका कारण मधेसको माग पुरा नभएको जानकारहरु बताउँछन् । मधेस आन्दोलनको १६ वर्ष बित्दै गर्दा सरकारका लागि मधेसी दलहरु छिन्न भिन्न भएका छन् । २०६५ देखि हालसम्म विभिन्न चरणमा गठन भएको सबैजसो सरकारमा मधेसकेन्द्रीत दलका नेताहरुको संग्लग्नता छ । जबकि मधेसवादी दलहरुले मधेसको माग पुरा भएन भन्दै जुनसुकै सरकारलाई दवाव दिइरहेका हुन्छन् । आफै सरकारमा सामेल पनि भइरहेका हुन्छन् । पहिलो र दोस्रो मधेस आन्दोलन सम्झौतामा टुंगिएको थियो । तर, तेस्रो मधेस आन्दोलन कसरी टुंगियो, स्वयम् मधेसवादी दलका नेताहरुलाई पनि थाहा छैन । पहिलो मधेस आन्दोलन २२ बुँदे सम्झौता गरेर टुंगिएको थियो भने दोस्रो मधेस आन्दोलन आठ बुँदे सम्झौतामा टुंगिएको थियो । तेस्रो मधेस आन्दोलन सबैभन्दा लामो समयसम्म चल्यो, नाकाबन्दीसम्म त्यही चरणमा भयो । काठमाडौँ केन्द्रीत आन्दोलन पनि सोही चरणमा भयो तर सो आन्दोलन विना सम्झौता टुंगियो । तर माग पुरा हुन सकेन भनेर अहिलेसम्म पनि सरकारलाई दवाव दिइरहेका छन् । संविधान संशोधनको लागि संघर्ष चलिरहेकै बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसको पुनःस्थापनाको माग गर्दै मधेसवादी दलले पनि आन्दोलन गरेका थिए । उता ओलीले दोस्रो पटक संसद विघटन गर्दा महन्थ ठाकुर, राजेन्द्र महतोहरुले साथ दिएका थिए । एमालेका अध्यक्ष ओलीले मधेसका केही माग पुरा गरेको र अन्य बाँकी माग पनि पुरा गर्ने प्रतिवद्ध भएकाले आफूहरुले उनलाई साथ दिएको सो पार्टीका नेताहरुले बताएका थिए । पछि काँग्रेसके नेतृत्वमा गठबन्धन बन्यो । एमालेको भाषामा परमादेशी भनिने देउवाको नेतृत्वमा गठन भएको सरकारमा उपेन्द्र यादवको जसपा सहभागी भयो । तर त्यो सरकारमा मधेसको माग र मुद्दाको बारेमा केही कुरा उठेन । तत्कालीन देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको लोसपाले माग पुरा गराउन बाहिरबाट दवाव दिइरह्यो । त्यो दवावका कारण नागरिकता विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइयो । तर प्रमाणीकरण गरिएन । अर्थात् पछिल्लो देउवा नेतृत्वको सरकारसम्म मधेसवादी दलका नेताहरुले माग पुरा गरेको प्रयास असफल रह्यो । अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा पनि मधेसवादी दल जसपा, लोसपा र जनमत पार्टीले मधेसको मागबारे सरकारसँग कुरा गरी साझा न्यूनतम कार्यक्रममा नागरिकता समस्यालगायतका केही माग राख्न लगाएका छन् । तर वर्तमान सरकारले मधेसकेन्द्रीत दललाई भाउ नै दिएको छैन । आफूहरुको माग र सम्मानजनक हिस्सेदारी नदिएको कारण यो सरकारमा सहभागी नभएको जसपाका नेता उपेन्द्र यादव बताउँछन् । उनका अनुसार मधेस आन्दोलनबाट आधारभूत कुराहरु कार्यान्वयनमा आएपनि मुख्य मागहरु पुरा भएको छैन । संघीयता, समावेशी, राज्यपुनःसंरचना, नागरिकतालगायतका मागहरु अझै पुरा भएको छैन । अहिलेका सरकारले त आफूहरुसँग कुरासमेत गर्न नमानेको अध्यक्ष यादवको आरोप छ । भन्छन्, ‘मधेसलगायत विभिन्न ठाउँमा अझै संघर्षको आवश्यकता छ ।’ उता लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि मधेसको अधिकार र पहिचानका लागि वर्षौदेखि लडाई लडेपनि राज्यबाट त्यसको कुनै सुनुवाई नभएको दावी गर्छन् । संविधान जारी भएकै दिनदेखि आफूहरुले संविधान संशोधनका लागि आन्दोलन सुरु गरेको तर राज्यको तर्फबाट कुनै सुनुवाई नभएको जनाउँदै उनले भने, ‘मधेस आन्दोलनको क्रममा पक्राउ परेकाहरु अझै थुनामै छन् । थुप्रैमाथि अझै पनि मुद्दा कायमै छ, कतिबेला समातिने हुन्। त्यसको त्रास अझै कायमै छ ।’ ठाकुरको बुझाइमा यो राज्यले देशमा मधेस र मधेसी छन् भने कुरा मान्न तयार छैन, पहिलाभन्दा अहिले झन् विभेद बढेको छ ।  सत्ताकै वरपर गोलचक्कर मधेसवादी दलले पटक पटक मधेस आन्दोलन गरे । तर सत्ता र कुर्सीको लालचमा त्यसलाई कमजोर बनाएको राजनीतिक विश्लेषक विजयकान्त कर्ण बताउँछन् । उनले भने, ‘पहिलो मधेस आन्दोलनपछि गठन भएको संविधानसभाको समयमा मधेसवादी दल कुर्सीको चक्करमा यसरी फँसे कि मधेसको माग र मुद्दासमेत विर्सिए । त्यसको नतिजा संविधानसभा विघटन भयो, संविधान निर्माण भएन । यदि त्यो बेला उनीहरु सत्ताको चक्करमा नलागेको भए पहिलो संविधानसभामै सोचे अनुसारको संविधान बन्थ्यो ।’ दोस्रो संविधानसभाको समयमा मधेसवादी दल सरकारमा गएनन् तर पहिलो संविधानसभा जस्तो शक्ति आर्जन गर्न नसकेको कारण मधेसी, आदिवासी जनजातिले चाहेको जस्तो संविधान निर्माण हुन नसकेको वरिष्ठ पत्रकार सीताराम अग्रहरिको बुझाइ छ । मधेसी, आदिवासी जनजातिले भनेको जस्तो संविधान नबन्नु, पछि संविधान संशोधन नहुनुमा मधेसवादी दल पुरै दोषी होइन । तर, कतै न कतै उनीहरुको लालचले पनि काम गरेको अग्रहरिको विश्लेषण छ । दोस्रो संविधानसभापछि मधेसवादी दल सरकारमा गएन र एउटा शक्ति निर्माण गरेर तेस्रो मधेस आन्दोलन जवर्जस्त रुपमा गर्न सफल भएको विश्लेषक कर्णको बुझाई छ । तर तेस्रो मधेस आन्दोलन के का लागि, किन भयो ? त्यसको निष्कर्ष निकाल्न मधेसवादी दल नसकेको ठहर पनि छ उनको । संविधान निर्माणपछि सरकार संघ, प्रदेश र स्थानीय तहको चुनावमा जाने तयारीमा लाग्यो । सुरुमा मधेसी दलका नेताहरुले संविधान संशोधन नभएसम्म चुनावमा नजाने घोषणा गरे तर त्यो घोषणामा धेरै समय टिक्न सकेन । विस्तारै सबै दलका नेताहरु चुनावमा भाग लिए । यदि त्यतिबेलै सबै दलका नेताहरुले चुनाव वहिष्कार गरेको भए राज्यमाथि एउटा दवाव पथ्र्यो र संविधान संशोधन हुने अवस्था हुन्थ्यो । तर सांसद बन्ने लोभमा आन्दोलनको मर्मलाई त्याग्दै मधेसवादी दलका नेताहरु चुनावमा होमिए । ती दलका नेताहरु चुनावमा सहभागी मात्र भएनन्, चुनावपछि मधेस प्रदेशमा आफ्नो सरकार नै गठन गरे । र, संघमा केपी शर्मा ओलीको नेतृत्वको तत्कालीन सरकारलाई समर्थनसमेत गरे । उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा सहभागी नै भयो भने तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले बाहिरबाट समर्थन गर्यो । राजपा नेपालले तत्कालीन नेकपासँग मौखिक सहमति गरी सरकारलाई समर्थन गरेको थियो भने तत्कालीन समाजवादी पार्टीले सो पार्टीसँग दुई बुँदे सम्झौता गरेर सरकारमा सहभागी भएको थियो । दुई बुँदामध्ये मुख्य बुँदा संविधान संशोधन नै थियो । तर तत्कालीन समाजवादी पार्टी सरकारमा भएर पनि संविधान संशोधन गराउन सकेन । अन्ततः ओलीको अपमान सहन नसकेर समाजवादी पार्टी सरकारबाट बाहिरिन बाध्य भयो । सरकारबाट बाहिरिएपछि समाजवादी पार्टीले पटक पटक आन्दोलन गर्ने प्रयास गर्यो तर सकेन । यसै क्रममा राजपा नेपाल र समाजवादी पार्टीसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल गठन भयो । एकीकरणपछि सरकारको विरुद्धमा आन्दोलन गर्ने तयारी गरियो । त्यसका लागि विभिन्न चरणको बैठक पनि बसिरहेको थियो । तर, दलका नेताहरुको बीचमा कुरा नमिल्दा आन्दोलनका कार्यक्रम तय भएन । बरु पार्टी नै फुट्यो । २०७९ को चुनावबाट जसपा र लोसपा दुवैको साइज कम भएको छ । मधेस आन्दोलनको नेतृत्व गरेका जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका नेता राजेन्द्र महतो चुनाव हारेका छन् । थ्रेसहोल्ड कटाउन नसक्दा लोसपा राष्ट्रिय पार्टी बन्नबाट बन्चित भएको छ । यस अवस्थामा पनि वर्तमान सरकारमा जान जसपा, लोसपा तयार थिए । तर सत्ता साझेदार दलले भाउ दिएन । जनमत पार्टी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । तर आफूले दावी गरेको मन्त्रालय नपाउँदा चित्त बुझेको छैन । अर्को मन्त्रालय नदिइ सरकारबाट फिर्ता हुने धम्की पनि दिइरहेको छ । यसरी मधेस आन्दोलन सुरु भएको १६ वर्षसम्म सरकारको लोभमै र्याल चुहाइरहेका छन् मधेसी दलहरु रातोपाटीबाट