थरुहट राजनीतिको अनुमोदनः नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने आकलन

थरुहट राजनीतिको अनुमोदनः नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने आकलन

१३८६ दिन अगाडि

|

७ मंसिर २०७९

रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर ?’ 

रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर ?’ 

१३८६ दिन अगाडि

|

७ मंसिर २०७९

स्थानीय चुनावमा कैलालीको ४ पालिकामा विजयको झण्डा गाडेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पनि तहल्का मच्चाइरहेको छ । कैलाली–३ मा प्रतिनिधि तथा प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले  ‘क्लीन स्वीप’ गरेको छ । कैलाली–१ मा पनि ‘क्लीन स्वीप’ गर्ने अवस्था छ, जहाँ रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरी संघीय सांसदमा प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीभन्दा फराकिलो मतान्तरले अगाडि छिन् । उता, कैलालीकै छिमेकी जिल्ला बर्दिया–१ मा रेशम चौधरीको छाया उम्मेदवार लालवीर चौधरी २६,५२० मत ल्याई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी एमाओवादीका सुरेश पन्थलाई मात्र १३६ मतले पराजित गरेका हुन् ।  राजापुर बजार क्षेत्र रहेको बर्दिया–२  मा रेशम चौधरी आफै उम्मेदवार हुन चाहन्थे । उम्मेदवारीको घोषणालगत्तै माहोल उनको पक्षमा आएको थियो । त्यसैले, उनले नागरिक उन्मुक्ति पार्टीबाट सो क्षेत्रमा उम्मेदवारीसमेत दिएका थिए । तर प्राविधिक कारणवश उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । रेशम चौधरीले आफ्नो उम्मेदवारी धरमर हुन सक्ने आकलन गर्दै छायाँ उम्मेदवारको रुपमा आफ्नै पिता लालवीर चौधरीलाई स्वतन्त्र उम्मेदवारी दिलाएका थिए । लालवीर चौधरीले नल्का चुनाव चिन्ह पाए । यही नल्काले धक्का दिँदा एमाओवादीका सुरेश पन्थ थोरै मतले चिप्लिए । ‘राज्यले आफ्नो छोरालाई झुटा मुद्दामा फसाएको’ भन्दै छोरा रेशमको तस्बिर घाँटीमा झुण्ड्याई लालवीरले गाउँ गाउँ गई न्यायका लागि भोट मागे । यो क्षेत्र त्यसै पनि थारु बहुल क्षेत्र हो । त्यसैले, उनको त्यो चुनावी हत्कण्डाले जनताको मन छोयो । उनले पार्टीको चुनावचिह्न ढकिया नपाए पनि नल्का चिह्नले असर गर्न सकेन । १० वर्षे माओवादी जनयुद्धमा बर्दिया जिल्लाबाट सबैभन्दा बढीनागरिक वेपत्ता भएका छन् । ‘माओवादीले थारु समुदायलाई उपेक्षा गरेको र मुद्दा छाडेको’आरोप त छँदै थियो । थरुटह आन्दोलनका क्रममा ०७२ भदौ ७ मा ८ जना सुरक्षाकर्मी र १ नाबालकको ज्यान जानेगरी झडप हुँदा उक्त घटनामा संलग्न रहेको भन्दै दर्जनौँ थारुहरुलाई पक्राउ गरी ज्यानमुद्दा चलाइयो । सोही घटनाको योजनाकारको रुपमा अदालतले रेशम चौधरी र लक्ष्मण थारुसहित ७ दर्जन बढीलाई जन्मकैदको सजाय सुनाइयो ।  खास गरी नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थारु समुदायका नेताले त्यो घटनालाई ‘राजनीतिक’भन्दै अघिल्लो स्थानीय र यसपालीको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पनि मुद्दा बनाए । यसमा नागरिक उन्मुक्तिले बलियो जनादेश पाइरहेको अवस्था छ ।  कुलोपानीका अगुवा लालवीर समाजसेवामा रुचि राख्ने कुलोपानीका अगुवा हुन् लालवीर चौधरी । कैलालीबाट बर्दिया चुनाव लड्न आएपछि उनलाई केहीले टुरिष्ट उम्मेदवार समेत भने । तर उनका बुवाका ६ भाइमध्ये ४ जना अझै पनि बर्दियामै छन् । लालवीरका बुवा हस्तराम थारुसहित दुई भाइ २०३६ सालतिर बर्दियाको तत्कालीन खैरीचन्दनपुर गाउँपालिकाको पखैपुर गाउँबाट कैलाली टीकापुर क्षेत्रको जगतपुरमा बसाइँ सरेका थिए ।  लालवीर गाउँको लिखनदरिया, बरघर भई सुरुदेखि गाउँको अगुवाइ गर्दै आएका थिए । रानी–जमरा–कुलरिया सिँचाइको पनि अगुवाइ गरेपछि कैलालीको टीकापुर तथा बर्दियाको राजापुर दुवै क्षेत्रमा उनी परिचित अनुहार हुन् । रानी–जमरा–कुलरिया सिँचाइ प्रणाली पूर्वी कैलालीस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएकोे सवैभन्दा ठूलो सिँचाइ प्रणाली हो । यस प्रणालीको पानीको स्रोत कर्णाली नदी (पश्चिमी भंगालो झरही नाला) रहेको छ । यस प्रणालीको निर्माण करिब १२० वर्षभन्दा अगाडि विभिन्न चरणमा स्थानीय समुदायको अथक प्रयासबाट भएको थियो । यस प्रणालीले कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको गरी जम्मा करिव ११ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलव्ध गराउँदै आएको छ । यस सिँचाइ प्रणालीको व्यवस्थापन गर्न तीन वटा प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था छ । लालवीर चौधरी यही कुलापानीको चौधरी अर्थात् अगुवाको रुपमा करिब ३० वर्षदेखि कार्यरत छन् । गत वर्ष यही सिँचाइ जल उपभोक्ता संस्था मूल समितिको अध्यक्षको चुनावमा भने उनी हारेका थिए ।  लालवीर चौधरीका भाइ बालकुमार चौधरीका अनुसार राजनीतिमा लालवीरको खास रुचि थिएन । तर जब २०७२ भदौको टीकापुर घटनाका कारण प्रवासमा रहेका रेशम चौधरीले वारेसमार्फत् २०७४ सालको तत्कालीन राजपाबाट संघीय सांसदमा उम्मेदवारी दिए । एमालेले उनका बुवा लालवीर चौधरीलाई प्रदेश सांसदमा उठायो । यसअघि उनी कुनै राजनीतिक चुनावी प्रतिस्पर्धा गरेका थिएनन् ।  २०७४ मा रेशम चौधरीले विपक्षीभन्दा दोब्बर मत ल्याएर चुनाव जिते भने राजपाकै कृष्णबहादुर चौधरीले उनका बुवा लालवीर चौधरीलाई प्रदेश सांसदमा हराएका थिए । बुवा एमाले प्रवेश गरी प्रदेश सांसदमा​​उठेको रेशमलाई मन परेको थिएन । तर यसबीचमा कर्णालीमा धेरै पानी बग्यो । रेशमले पितालाई नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सल्लाहकार समितिको संयोजकको मात्रै जिम्मेवारी दिएनन् । आफ्नो छायाँ उम्मेदवारसमेत बनाए । बुवाको प्रदेश सांसद बन्ने यस अघिको सपना भन्दा दोब्बर खुशी यसपाली संघीय सांसद बन्ने सपना साकार पारिदिए । लालवीर समाजसेवामा ‘वीर’ त छँदै थिए, अब  उनलाई राजनीतिमा पनि आफू ‘वीर’ रहेको साबित गर्नु छ । रातोपाटीबाट

कैलाली ३ बाट नागरिक उन्मुक्तिले खोल्यो खाता, प्रतिनिधि सभा सदस्यमा निर्वाचित को हुन् गंगाराम ?

कैलाली ३ बाट नागरिक उन्मुक्तिले खोल्यो खाता, प्रतिनिधि सभा सदस्यमा निर्वाचित को हुन् गंगाराम ?

१३८७ दिन अगाडि

|

६ मंसिर २०७९

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् । आफ्नो निकटतम प्रतिद्वन्द्वन्दी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । उनले २३ हजार १२० मत प्राप्त गरेका छन्, भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए । नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे ।  िएक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने, चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित भएपछि उनले थारु समुदायमाथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासको लागि लड्ने प्रतिवद्धता जनाएका छन् । थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायको लागि चुनावमा होमिएका थियौ । टीकापुर राजबन्दी रिहाइको लागि हो । दोस्रो विकास र समृद्धि हो । हामीलाई राज्यले न्याय नगरेपनि आमजनताले न्याय गरेका छन् । आमजनताप्रति हामी आभारी छौ । अब सिंगो हाम्रो पार्टी र मेरो प्रमुख अभिभारा टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । टीकापुर राजबन्दी रिहाइको लागि सरकारलाई दवाव दिनु प्रमुख एजेण्डा हो । यतिमात्रै होइन, राजनीतिक अधिकार प्राप्तिको लागि पनि हामी चुक्ने छैनौ ।’ उनले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिकसँग सुझाव संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाइ काम गर्ने बताए ।  उनले भने, ‘मेरो गाउँ नै प्रत्येक वर्षको बाढीले डुबानमा पर्छ । म आफै पीडित र भुक्तभोगी हुँ । वर्षातमा मेरो गाउँको गल्लीमा हिड्ने मान्छेहरु भन्छन्, जुन मान्छेको मगज बिग्रेको होला, उही मान्छेले यो गाउँमा आफ्नो बेटीको बिहे गर्ला । जुनकारण यो समस्या समाधानको लागि आवाज उठाउने छु ।’ यहाँका किसान, मुक्तकमैया, लोपोन्मुख जाति, समुदायलगायको उत्थानको लागि पनि काम गर्ने उनको भनाइ छ । को हुन् गंगाराम चौधरी ? कैलालीको भजनी नगरपालिका २ मोहनपुरमा बुवा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका ४४ वर्षीय गंगा चौधरी राजनीतिकमा भने, २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिदै आएका छन् ।  उसो त २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेलेका थिए ।  २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेल्दै हाल उनी नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् । २०७४ को निर्वाचन अभियान सम्झिदै गंगा चौधरी भने, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टरमार्फत प्रचार प्रसार गरियो । यहाँसम्म कि मधेशवादी दलले हाम्रो मुद्दालाई सत्ताको भ¥याङ बनाएपछि पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’ निम्न परिवारमा जन्मिएका उनी पाठ्यक्रम विषयमा स्नाकोत्तरसम्मको शैक्षिक उपाधी हासिल गरेका छन् । उनको गैरसरकारी संस्थामा २२ वर्ष कार्य अनुभव छ । खासगरी कृषि क्षेत्रमा आईपीएम (एकीकृत शत्रुजीत व्यवस्थापन)को प्रशिक्षक, जलीय जलचर तथा जैविक विविधताको क्षेत्र काम गरेको अनुभव उनी सुनाउँछन् ।  

कैलाली ३ मा ४२०४६ मत गणना हुँदा नागरिक उन्मुक्तिको अग्रता कति ?

कैलाली ३ मा ४२०४६ मत गणना हुँदा नागरिक उन्मुक्तिको अग्रता कति ?

१३८७ दिन अगाडि

|

६ मंसिर २०७९

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सुरुदेखिको अग्रता कायम राखेको छ । मंगलबार विहान ७ बजेको मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरीले आफ्नो अग्रता कायमै राखेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार ४२ हजार ४६ मत गणना हुँदा गंगा चौधरीले १३ हजार ८५८ मतका साथ शिर्ष स्थानमा छन् । उनलाई वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । उनी ११ हजार १६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी ६ हजार ९२९ मतका साथ तेस्रो स्थानमा छन् ।  

धनगढीमा मतदान स्थल नजिकै बम विस्फोट 

धनगढीमा मतदान स्थल नजिकै बम विस्फोट 

१३८९ दिन अगाडि

|

४ मंसिर २०७९

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए । केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए । विस्फोटक पदार्थ पड्किएपछि मतदातामा त्रास उत्पन्न भएको छ ।  

दाङदेउखुरी–१ः अनुकूल अंकगणितमा मेटमणि अगाडि, पछ्याउँदै शान्ता र सुरेन्द्र

दाङदेउखुरी–१ः अनुकूल अंकगणितमा मेटमणि अगाडि, पछ्याउँदै शान्ता र सुरेन्द्र

१३९२ दिन अगाडि

|

१ मंसिर २०७९

दाङ जिल्लाको देउखुरी क्षेत्र अन्तर्गत १ नम्बर क्षेत्र जुनसुकै संसदीय चुनावमा चर्चाको शिखरमा रहन्छ । अहिलेको चुनावी चर्चा अघि देउखुरी क्षेत्रको संसदीय राजनीतिको विगत कोट्याउँदा उपर्युक्त होला । २०१५ सालको चुनावमा नेपाली काँग्रेसबाट परशुनारायण चौधरीले संसदीय चुनाव जितेर वीपी मन्त्रीमण्डलमा शिक्षा मन्त्री भएपछि देउखुरी क्षेत्र राजनीतिको केन्द्रविन्दुमा सदैब रह्यो ।  पछि परशुनारायणले नेपाली काँग्रेस परित्याग गरी पञ्चायत प्रवेश गरेपछि राष्ट्रिय पञ्चायत सदस्यको चुनाव उनैले जिते । अनि, लगातार मन्त्री भैरहे ।  छयालीसको आन्दोलनपछि बहुदलीय व्यवस्था पुनस्र्थापना पश्चात २०४८ सालको चुनावमा परशुनारायण नेपाली काँग्रेसबाट राजनीतिमा कमब्याकको प्रयास गरे तर टिकट नपाएपछि पार्टी परित्याग गरे ।  २०४८ र २०५१ सालको दुइ निर्वाचनमा परशुनारायणका चेला हरिप्रसाद चौधरी नेपाली काँग्रेसबाट क्षेत्र नं १ बाट विजयी भए । २०५६ सालको चुनावमा खुमबहादुर खड्का क्षेत्र नं १ बाट विजयी भए ।  खड्काको क्षेत्र नं १ मा आगमनले यस्तो अकालन गरियो कि अब उनलाई हराउने कुनै नेता यस क्षेत्रमा आउन सक्ने छैन । तर १० वर्षे माओवादी जनयुद्ध पछिको २०६४ सालको पहिलो संविधानसभाको चुनावमा माओवादीका इन्द्रजित चौधरीले खड्कालाई हराए ।  २०६४ मै दाङमा ५ निर्वाचन क्षेत्र तोकिएको थियो । देउखुरी क्षेत्रमा दाङ उपत्यकाको केही क्षेत्र मिलाएर दुइटा निर्वाचन क्षेत्र तोकिएको थियो । यसरी २०७० को सालको दोस्रो संविधानसभाको चुनावमा क्षेत्र १ बाट पार्वती डिसी चौधरी, तथा २ बाट सुशीला चौधरी नेपाली काँग्रेसबाट सांसद चुनिएका थिए ।  २०७४ सालमा आइपुग्दा दाङ ३ वटा निर्वाचन क्षेत्रमा खुम्चियो । एमाले–माओवादी गठबन्धनबाट एमालेका मेटमणि चौधरी, काँग्रेसकी सुशीला चौधरीलाई पराजित गरी विजयी भए ।  सधैँ चर्चामा मेटमणि मेटमणि चौधरी पछिल्लो केही वर्ष राष्ट्रिय राजनीतिमा चर्चामा छन् । एमालेको अन्तरसंघर्षमा खास गरी पार्टी अध्यक्ष केप ीओली उपर गरेको टिप्पणीले उनलाई धेरै चर्चित बनायो । एमाले विभाजन भै माधवकुमार नेपालतिर लागेर सहरी विकास मन्त्री बनेका चौधरी दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका उनलाई सत्ता गठबन्धनको काँग्रेस तथा माओवादीको साथ छ । २०७४ सालमा पहिलो पटक सांसदको टिकट पाएका मेटमणि दाङ–१ बाट निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुशीला चौधरीभन्दा दोब्बर मतका साथ जितेका थिए । त्यसबेला उनले ३४ हजार १८७ र सुशीला चौधले १७ हजार ८४० मत पाएकी थिइन् । त्यसबेला पनि उनलाई माओवादी गठबन्धनले जित्न सहज भएको थियो । यसपटक मेटमणिलाई एमालेकी शान्ता चौधरीले चुनौती दिएकी छन् ।  नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले काँग्रेसको बढी भोट काटेमा मेटमणिलाई गाह्रो अवस्था आउन सक्छ ।  कस्तो छ चुनावी अंकगणित ? गत स्थानीय निर्वाचनमा दाङ–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली काँग्रेसले २९ हजार ७५७, एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २७६, राष्ट्रिय जनमोर्चाले २ हजार ५९६ र एकीकृत समाजवादीले २ हजार ३४१ मत पाएका थिए । गठबन्धनको कुल मत झण्डै ५३ हजार ९७० हुन्छ । स्थानीय चुनावको यो आँकडाले मेटमणिको जित्ने अवस्था निकै सहज देखिन्छ । गठबन्धनको मत जोगाउँदै एमालेबाट मत तान्न सक्दा मेटमणिले लगातार दोस्रो जित निकाल्ने अवस्था देखिन्छ । यद्यपि  नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरी भन्छन्, मेरो प्रतिस्पर्धी सूर्य हो, कलम त प्रतिस्पर्धामै छैन । दाङ–१ मा गंगा चौधरी तथा रुक्मिणी चौधरी पनि उम्मेदवार रहे पनि यी दुबै चर्चामै छैनन् । नाम नबताउने शर्तमा एक शिक्षक भन्छन्, गंगाले ५ सय अनि रुक्मिणीले २ सय बढी भोट कटाउने छाँट छैन ।

सधैँको चुनावमा भोट बैंकमा सीमित सुर्खेतका थारू समुदाय 

सधैँको चुनावमा भोट बैंकमा सीमित सुर्खेतका थारू समुदाय 

१३९२ दिन अगाडि

|

१ मंसिर २०७९

पंखबहादुर शाही आइतबार हुने आम निर्वाचनले यतिबेला गाउँ बस्तीहरु चुनावमय बनेका छन् । सुर्खेत उपत्यकाको मुख्य आदिबासी थारू समुदायमा भने चुनावको रौनकताले छुन सकेको छैन ।  झुरुप्प बस्ती । मान्छेहरु आ–आफ्नै धुनमा, न कसैको बारेमा कसैलाई चासो, न त चुनावबारे मतलव नै । बुधबार बिहान ११ बजे वीरेन्द्रनगर–१० नयाँगाउँमा पुग्दा च्यारे थरुनी (६८) भैँसीलाई कुँडो खुवाउँदै थिइन् । लगत्तै बाटामा लसुनको बीउ, बोतलमा पानी बोकेर बारीमा जान तरखरमा रहेकी उनलाई चुनाव र उम्मेदवारबारे कुनै चासो थिएन । ‘भोट हाल्न थालेको वर्षौं भइसक्यो, हामीलाई कसले के दिन्छ र ?’ हाम्रो प्रश्नमा उल्टै प्रतिप्रश्न गरिन् उनले । नेताहरु बस्तीमा आएन आएकोबारे उनलाई कुनै चासो छैन । घरधन्दा, खेतबारीमा व्यस्त उनलाई कुन दलबाट को नेता उम्मेदवार छ भन्ने समेत जानकारी रहेनछ । ‘अझैसम्म भोट कसलाई हाल्ने थाहा छैन, तर भोट त हाल्छु नि,’ मुस्कुराउँदै उनले भनिन् । उनी जस्तै थारू समुदायका अधिकांश मतदाता यतिबेला घर भन्दा बढी खेतबारीमा भेटिन्छन् । धेरैजसो धान व्यवस्थापनमा व्यस्त देखिन्छन् । सम्झना चौधरी (२९) स्थानीय तहको चुनावमा झैं उम्मेदवारहरु बस्तीमा नआएको बताउँछिन् । ‘यो समय हाम्रो रित्तो भकारी भर्ने समय हो,’उनी भन्छिन्, ‘बूढाबूढी मात्रै होइन, थारू समुदायका युवालाई पनि चुनावबारे मतलव नै छैन ।’  स्थानीय विमल चौधरी (२८) पनि खेतमा जान हतारमा देखिन्थे । हामीले चुनावबारे सोध्दा उनले भने,‘हामीलाई जो–सुकैले जितेपनि फरक पर्दैन, हाम्रो समुदायको लागि सोच्ने कसैले होइन क्या रे..?’ विमलले भनेजस्तै सुर्खेतमा थारू समुदाय दशकौँदेखि ‘भोट बैंक’ को रुपमा प्रयोग हुँदै आएको छ । स्थानीय बुद्धिराम थारू (४०) घरनजिकैको खेतबारीमा परिवारसहित धान व्यवस्थापनमा व्यस्त थिए । चुनावबारे अनभिज्ञ उनी चुनावताका नेताहरु फाट्ट–फुट्ट बस्तीमा आउने गरेपनि चुनावपछि भने कहिल्यै फर्केर नआउने गरेको दुःखेसो पोख्छन् । उनी थप्छन्,‘ हाम्रो समुदायबाट कुनै नेतै छैन, के गर्नु सधैँ अरुलाई मात्र भोट हालिन्छ ।’                                                                                                                                        तस्विरः पंखबहादुर शाही वीरेन्द्रनगर–९, कालीमाटी गाउँकी काली थरूनी(७३) ले भोट हाल्न थालेको पञ्कालदेखि नै हो । यो पटक पकुन दललाई भोट दिने भन्नेबारे कुनै जानकारी छैन उनलाई । उनले भनिन्,‘हामीलाई कसैको आशा पनि छैन, भर पनि छैन, हामी त काम अरी खान्या मान्छे हौँ । अधिया लगेर गरेको खेतीबाट नै छाक टार्नुपर्ने वाध्यता छ ।’ कालिमाटी टोलका आशाराम थारू (७०) देशमा जतिसुकै राजनीतिक परिवर्तन आएपनि थारू समुदायको अबस्थामा खासै फरक नआएको बताउँछन् ।  नीति, निर्माण तहमा उपस्थिति नहुँदा सामाजिक, शैक्षिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा थारू समुदाय कमजोर छ ।  थारुहरु सबै प्रायः अधिया लगेर परम्परागत खेती कृषिमा निर्भर छन् । झण्डै ४ हजार बढी मतदाता रहेको यो समुदाय अझै पनि राजनीतिक रुपमा पछि छ ।   राजनीतिक संरचनामा शुन्य प्रतिनिधित्व  त्यसो त थारु समुदायका अगुवाहरु राजनीतिक रुपमा अग्रसर नभएका होइनन् । तरपनि अग्रणी भूमिकामा थारूहरुको उपस्थिती शुन्य जस्तै छ । थारू समुदायका अनुसन्धानकर्ता एवं ‘हाम्रो थारू समाज र संस्कृति’ पुस्तकका लेखक मानबहादुर चौधरी ‘पन्ना’का अनुसार पञ्चायत कालदेखि अहिलेसम्म पनि थारू समुदायले आफ्नो प्रतिनिधि प्राप्त गर्न सकेनन्  । पञ्चायतकालमा एक जना मात्रै उप–प्रधान बनेका थिए । संघीयतापछिका दुई वटा स्थानीय चुनावमा भने वडा सदस्यसम्म थारूको प्रतिनिधित्व भएको  छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर २ मा सरिता चौधरी र १० बाट सुनिता चौधरी वडा सदस्य पदमा निर्वाचित भएका थिए । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पुनः वडा नम्बर २ बाट सरिता चौधरी, रमेश चौधरी, ९ बाट मानबहादुर चौधरी र १० बाट लक्ष्मी चौधरी गरी चार जना वडा सदस्य पदमा निर्वाचित भए । जसमा सरिता र लक्ष्मी नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । थारू समुदायबाट जागुराम थारू तत्कालीन जिविसको सदस्य बनेका थिए । उनीहरुको भनाई अनुसार दलहरुले थारू समुदायलाई मुख्य पद दिन चाहँदैनन् । ‘तुलनात्मक रुपमा अन्य जातिभन्दा थारूहरु सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक दृष्टिले कमजोर छन्,’वडा सदस्य लक्ष्मी चौधरी भन्छिन्,‘एक त हाम्रो समुदायका व्यक्तिहरु नै अग्रसर हुन् चाहन्नन् भने अर्कोतर्फ विगतदेखि नै टाठाबाठाहरुले हाम्रो समुदायलाई कामदारको रुपमा प्रयोग गरे । अझै पनि थारूहरु सोझा हुन्छन्, उनीहरुले जे भन्यो त्यही मानिहाल्छन् भन्ने भान उनीहरुमा छ, त्यसैको उपज हो ।’ राजनीतिक रुपमा पछि परेको यो समुदायले शान्ति प्रक्रियापछि शिक्षाका क्षेत्रमा भने केही रुपमा फड्को मारेको छ । अहिलेको चुनावमा यामलाल कँडेलले सार्वजनिक गरेको २८ बुँदे चुनावी प्रतिबद्धतामा थारू समुदायका कुनै एजेण्डा समावेश भएका छैनन् भने थानी, विसी र शाक्यको चुनावी एजेण्डामा पनि थारूको समस्याले स्थान पाएको छैन ।  सुर्खेतमा थारुहरुको इतिहास ६ हजार १ सय ११ जनसंख्या (२,९९९ पुरुष, ३,११२ महिला) रहेको थारू समुदाय सुर्खेत उपत्यकाको सबैभन्दा पुरानो समुदाय हो । जानकारहरुका अनुसार पश्चिम दाङको जगन्नाथपुरीबाट १९५० सालतिर थारू समुदाय सुर्खेत प्रवेश गरेका हुन् । औलो उन्मुलन हुनु भन्दा अघि ०२२ सालसम्म सुर्खेत उपत्यकामा थारू समुदायको बाहुल्य थियो । यस उपत्यकामा लाग्ने औलो, मलेरियासँग संघर्ष गर्दै खेतीयोग्य जमिन बनाउने श्रेय थारू समुदायलाई नै जान्छ । नगरपालिकाको वडा नम्बर २ को बिउराघारी, डारागाउँ, फलाटे, ठौरी जयपुरी, जोगीगाउँ, खेतगाउँ, गुप्तीपुर, लौवस्ता, ३ को मुसुरी खेत, पटेनी, तातापानी, ९ को टौरा, ८ को नौलापुर, ९ को जब्दी, तिलपुर, घोघ्रेनी, पाताल गङ्गा, माथिल्लो पर्सेनी, तल्लो पर्सेनी, धरमपुर, १० को बुदबुदी, पदमपुर, भवानीपुर, कुन्ती, पिपिरा, नयाँ गाउँ, पुरानो घुस्रा, मनिकापुर, रहरपुर, नयाँ घुस्रा, १२ को गाग्रेताल, चारकुने, ढोलढुंगा, सुब्बाकुना लगायत थारू बस्तीमा पर्दछन् । यसरी उपत्यकाको रत्न राजमार्ग र जुम्ला रोड हाइवेभन्दा दक्षिणतिर ३६ र राजमार्गको उत्तरतर्फ २ वटा गरी ३८ वटा थारू गाउँ छन् ।  ०२२ सालमा तत्कालिन नेपाल सरकारले औलो उन्मुलन ग¥यो । सुर्खेत उपत्यकामा त्यसपछि मात्रै अन्य जातजातिको बाक्लो आवागमन भयो । त्यसअघि यो जिल्लाको सदरमुकाम गोठीकाँडामा रहेको थियो । इतिहास्लाई केलाउने हो भने यहाँको खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउने र बस्ती बसाउने यहाँका डंगौरा थारू हुन्। तथापि अन्य समुदायको आवागमनले आफूले फाँडेर बनाएको जमिनसमेत गुमाए बाध्य भए  । नयाँ गाउँका बुद्धिराम थारू अहिले आफूसँग जमिन नभएको बताउँछन् । अहिले अधिया रोपेर नै उनले परिवार पाल्दै आएको सुनाए । उनका अनुसार टाठाबाठाले थारूका जग्गाजमिन हडप्नाले अहिले कतिपय त भूमिहीन छन् । वडा सदस्य लक्ष्मी चौधरी त्यो बेलामा सोझा थारूको सोझोपनामाथि गैरथारूहरुले रजगज गरेको बताउँछिन् । थारूको परम्परागत खेतीबाहेक अन्य आर्थिक उपार्जनको न कुनै माध्यम छ न रोजगारी । राज्यबाट पाउने अनुदानका कार्यक्रमसमेत थारूको नाममा अरुले नै लैजाउने गरेको बताउँछन्, थारू अगुवा मानबहादुर चौधरी । मोहियानी हक लागु हुँदा थारूले आफ्नो पुख्र्योली जमिन गुमाएका छन् । मानबहादुरका अनुसार  गैरथारू जमिन्दारले जग्गा हडप्न नक्कली तमसुक गराउनुका साथै करको त्रास देखाएपछि अधिकाँशको जग्गा गुम्यो । मोहियानी हक लागु हुँदा जग्गाधनी र मोहीबीच बराबर बाँडफाँट भएपनि नक्कली तमसुक गराई अन्य जातिले आफ्नो नाममा गराएको थारूहरुको गुनासो छ ।  थारू बन्दैनन् चुनावी एजेण्डा ​ सुर्खेत उपत्यकाको उर्वर जमिन र यहाँको भौतिक विकासमा थारूहरुले निकै संघर्ष गरेका छन् तर राज्यबाट प्राप्त सेवाबाट थारू वञ्चित छन् । त्यसो हुनुको पछाडि राज्यका प्रमुख निकाय र राजनीतिमा थारूको प्रतिनिधित्व नै नहुनु हो । अहिलको आम निर्वाचनमा थारु बस्ती रहेको क्षेत्रमा प्रतिनिधि सभामा काँग्रेस नेता हृदयराम थानी र एमालेबाट अमृत कुमार विसी उम्मेदवार छन् । यस्तै प्रदेशमा एमाले नेता यामलाल कँडेल र काँग्रेसबाट कालीप्रसाद शाक्य उम्मेदवार छन् । थानी र कँडेल ०४८ सालयताका सबैजसो निर्वाचनमा प्राय भाग लिँदै आएका नेता हुन् । उनीहरुलाई थारू समुदायले पटक–पटक मतदान गर्दै आएपनि चुनावी एजेण्डामा थारूका समस्या भने सम्बोधन नभएको उनीहरुको गुनासो छ ।   अहिलेको चुनावमा यामलाल कँडेलले सार्वजनिक गरेको २८ बुँदे चुनावी प्रतिबद्धतामा थारू समुदायका कुनै एजेण्डा समावेश भएका छैनन् भने थानी, विसी र शाक्यको चुनावी एजेण्डामा पनि थारूको समस्याले स्थान पाएको छैन । थारू समुदायको प्रमुख समस्याको रुपमा रहँदै आएको ‘सिकलसेस एनिमिया’ रोगबारे तीन तहका सरकार बेखबर बनेका छन् । थारू समुदायको बंशाणुगत रोगका रुपमा परिचित रोगको उपचारका लागि वीरेन्द्रनगरका थारूले नेपालगन्ज जानुपर्ने बाध्यता रहेको थारू अगुवा जागुराम थारू बताउँछन् ।                                                                                                                                 थारू अगुवा मानबहादुर पन्ना ०७८ मा वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले थारू समुदायका २० वर्ष मुनिका १३ सय जनाको रक्त नमुना जाँचिएकोमा २६ प्रतिशतमा ‘सिकलसेल एनिमिया’ देखिएको थियो । थारू अगुवा पन्नाले राजधानी वीरेन्द्रनगरमा हुने धेरैजसो कार्यक्रमहरुमा यो रोगबारे प्रश्न उठाउने गरेका छन् । वीरेन्द्रनगरमै रोगको परीक्षण र उपचार गरिने प्रयोगशाला व्यवस्था हुनुपर्ने थारु समुदायको माग छ । यस्तै थारू समुदायको मातृभाषा संरक्षणका लागि पाठ्यक्रम, छुट्टै आरक्षणको व्यवस्थापनका साथै सरकारबाट दिइने अनुदानको व्यवस्था सिधै थारू समुदायका व्यक्तिले प्राप्त गर्न सक्ने नीति बनाइनुपर्ने उनीहरुको माग छ । यसअघि प्रदेश सरकारले थारू सङ्ग्रालय बनाउने पहल थालेको थियो । तर अहिलेसम्म सम्पन्न हुन सकेको छैन । त्यसलाई थप व्यवस्थित बनाउनुपर्ने उनीहरुको माग छ । यसरी थारू समुदायको समस्या उम्मेदवारका एजेण्डा बन्न नसकेको प्रति समुदायको गुनासो छ । थारू अनुसन्धानदाता रुपा चौधरी गैरथारू ‘थारू बाठो हुनु हुँदैन भन्ने मनोविज्ञान’ बाट माथि उठ्न नसकेको दाबी गर्छिन् । उता काँग्रेस उम्मेदवार थानी भने थारू समुदायको उत्थानका लागि आफू विगतदेखि नै लागिरहेको दाबी गर्छन् । ‘थारूको संघर्ष र बलिदानीबारे मलाई ज्ञान छ,’उनले  भने,‘खानेपानी, सडकको क्षेत्रमा विगतदेखि केही काम भएका छन् । यदि म पुनः निर्वाचित भएमा थारूहरुको जनजीवनलाई सहज बनाउनेतर्फ विशेष पहल गर्ने योजना बनाएको छु ।’ एमाले उम्मेदवार विसीले थारूको संस्कृति र तत्कालीन समस्याबारे आफू चिन्तित रहेको बताए । उनले भने,‘सबै कुरा प्रतिबद्धतामा लेख्नुपर्छ भन्ने छैन, उनीहरुको समस्याबारे म अनभिज्ञ छैन । समुदायको आर्थिक परिवर्तन र रोजगारी सिर्जनाका लागि मेरो ध्यान जानेछ ।’