धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

१४०० दिन अगाडि

|

२३ कात्तिक २०७९

थारू महिला समाजले मनायो समाचकेवा पर्व

थारू महिला समाजले मनायो समाचकेवा पर्व

१४०० दिन अगाडि

|

२३ कात्तिक २०७९

मंगलबार थारू महिला समाज नेपालले थारू समुदायको महान पर्व समाचकेवा मनाएको छ । यस अवसरमा माइतीघर मण्डलामा झाँकीसहित जम्मा भई नाचगान गरिएको थियो । साथै, र्यालीसहित कुपण्डोल घाटको वागमती नदीमा समाचकेवा जल पारण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।  खास गरी नेपालको पूर्वी तराईमा बसोवास गर्ने थारू समुदायमा समाचकेवा धुमधामको साथ मनाउने गरिन्छ । यो उत्सव कार्तिक शुक्ल  पक्षको द्वितीय तिथिबाट सुरु हुन्छ र धेरैजसो छैठीको खरना दिनबाट सुरु गर्दै कार्तिक शुक्ल पूर्णिमासम्म मनाउने गरिन्छ । तर यो कुनै अनिवार्य भने हुँदैन । द्वितीयापछि छैठी खरनाको दिनबाट पारण हुनु पर्दछ । यो उत्सव सबैले आ–आफ्नो रुचि फुर्सद तथा परिस्थितिअनुसार द्वितीया तिथि वा त्यस पछिको कुनै दिनवाट सुरु गर्न सक्छन् । धेरै समयसम्म खेलिने हुनाले र नजाडो नगर्मी ऋतुमा खेलिने हुनाले यसलाई शरद सुखको रुपमा पनि लिने गरिन्छ ।  द्वितीया तिथिबाट सवै महिलाहरु बडो उत्साहका साथ माटोको स्यामा वनाउन सुरु गर्दछन् । जसमा स्यामा, चुग्ला, वृन्दावन, सत्भैया, नटुवा, कुकुर, भमरालगायत अन्य मूर्तिहरु तयार गरिन्छ । मूर्ति बाँसको डालामा जतनका साथ राख्दछन् ।  यी समा बनाउनको लागि सेतो माटोमा कपास मिसाएर तयार पारिन्छ । यही माटोबाट सबै मूर्तिहरु तयार पारेर रंङ्गरोगन गरी झिलीमिली बनाइन्छ । यी मूर्ति हेर्दा ज्यादै नै मनमोहक र पौराणिक देखिने गर्दछ । झिलीमिली पारी सजाएको मूर्ति डलियामा राखी महिलाहरु टाउकोमा बोकी समाचकेवाको गीत गाँउदै मुखियाको घरमा जम्मा हुने गर्दछन् ।  यसै गरी गाउँभरि घर घरमा गएर गीत गाउने र झम्टा नाच नाच्दछन् । बालबालिका भएको घरमा आशिष दिदै गीत गाउने चलन रहेको थारू महिलाकी अध्यक्ष गीता चौधरी बताउनु हुन्छ । गीतमार्फत् चुग्लालाई गाली गर्दै प्रत्येक रात चुग्लाको जुंगा डढाउने गरिन्छ । पूर्णिमाको दिन पुरै गाउँ घुमी सकेपछि भोलिपल्ट छोरीलाई बिदाइ गरेजस्तै समा चकेवामा पालनामा राखी सख्खर, दही, चिउरा खुवाएर विदाई गरिन्छ भने चुग्लालाई भुइँमा राखेर डल्लाले हिर्काइन्छ । चक्रवती राजाले आफ्नो तपस्याबाट पारणगत भई चराको रुप लिएको थारू किंवदन्तीमा उल्लेख छ । भाइ बहिनीको प्रगाध प्रेमको र श्रीमान् श्रीमतीको अमर प्रेमको प्रतीकको साथै मनोञ्जनको रुपमा यस पर्वलाइ लिने गरेको प्रवक्ता तथा प्रगन्ना समाजका अध्यक्ष बुद्धसेन चौधरी बताउनु हुन्छ ।  आवेगमा आएर गरेको निर्णय पछि पछुताउने र खराब कर्म गर्नेलाई दण्ड सजाय दिने सन्देश दिएको पाइन्छ । यसको ऐतिहासिक पक्ष हेर्दा गर्भदेशको राजा भीषण भुषणको छोरीको नाम समा हो र त्यही समाको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।  राजा भीषण भुषणको एकजना भारदारले राजकुमारी समालाई असाध्यै मन पराउँथ्यो । तर समालाई भने यो कुरा स्वीकार्य थिएन । समाको सानैमा बाल विवाह भैसकेको थियो । यसैले आशिक चुग्लाले समाको विरुद्धमा राजालाई उक्साउने षड्यन्त्र रच्न थाल्यो । चुग्लाले समाको साधुसँग अवैध सम्बन्धमाथि प्रश्न खडा गर्छ । राजा भीषण भुषणले आफ्नो छोरीलाई वनबास पठाइदिन्छन् । त्यस पछि समाको भाइ आफ्नो दिदीलाई वनबासबाट फर्काउन धेरै कोशिस गर्छन् । तर समाले फर्किन मान्दिनन् ।  दिदी घर फर्किन नमानेपछि भाइ प्राण त्याग्ने घोषणा गर्छ । त्यसपछि समाले अर्को जुनीमा पनि हामी भाइबहिनीकै रुपमा जन्म लिनेछौ भनेर भाइलाइ संझाउँछिन् । पछि राजा भीषण भुषणले पनि छोरीको दोष नरहेको प्रति आफू निराश हुन्छन् र विरामी पर्छन् ।  त्यसैले यस उत्सवमा समा र चकेवाको मार्मिक गीत रहेको छ । राजकुमारी वृन्दावनमा गई तपस्या गरी सिद्धि प्राप्त गरेपछि समा चकेवाको जन्म हुन्छ । पछि समा र चकेवा राज कुमारको प्रतीकको रुपमा जीवन विताउँछन् । यही समा चकेवाको सम्झना स्वरुप माटोको आकृति बनाइन्छ ।  

 सुदूरपश्चिममा शक्तिशाली भूकम्पः ६ जनाको मृत्यु 

 सुदूरपश्चिममा शक्तिशाली भूकम्पः ६ जनाको मृत्यु 

१४०० दिन अगाडि

|

२३ कात्तिक २०७९

डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।   मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए । भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।  भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए ।  त्यस अघि पनि राति ९ बजेर ७ मिनेटमा दीपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।  यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताए ।

सिकल सेल: थारू समुदायको जनस्वास्थ्यलाई चुनावमा समेत बेवास्ता

सिकल सेल: थारू समुदायको जनस्वास्थ्यलाई चुनावमा समेत बेवास्ता

१४०१ दिन अगाडि

|

२२ कात्तिक २०७९

नेपालगन्जको भेरी अस्पतालमा सिकल सेल एनिमियाको उपचार गराइरहेका बर्दियाको ठाकुरबाबा–७, सुन्दरपुरका १३ वर्षीय अनिल थारू, साथमा उनका बुबा र आमा । दम्पती दुवै सिकल सेलका बिरामी वा वाहक भए मात्रै सन्तानमा यो रोग देखिने भए पनि अनिलका बुबाआमाले परीक्षण गराएका छैनन् । तस्बिर : इलिट जोशी तुफान न्यौपाने, कमल पन्थी बर्दियाको बारबर्दिया नगरपालिका–११ जब्दीका ३० वर्षीय आशिष थारूमा सानैदेखि हाड–जोर्नी दुख्ने तथा पेटमा गाँठो पर्ने समस्या थियो । सामान्य परिवारका उनले किशोरावस्थामै दैनिक ज्यालादारीका लागि घर छाडे । १८ वर्षको उमेरमा चितवनमा श्रम गरिरहेका बखत उनी सिकिस्त बिरामी परे । कैयौं जाँच गर्दा पनि कारण पत्ता लागेन । फियो सुनिने समस्या हुनाले अपरेसनपछि फियो झिकियो । पित्तथैलीको पत्थरी पनि अपरेसन गरेर फालियो । करिब १२ वर्षअघिका दुवै ती अपरेसन कलेज अफ मेडिकल साइन्सेस भरतपुर, चितवनमा गरिएका थिए । ‘दुइटा अपरेसन गर्दा पनि निको नभएपछि हड्डी रोग विशेषज्ञलाई देखाएँ, क्यान्सर अस्पतालमा पनि पुगें तर ठीक भएन,’ आशिषले सुनाए । चार वर्षअघि जब चितवनको भरतपुर अस्पतालले रगतको नमुना लिएर ‘हेमोग्लोबिन इलेक्ट्रोफेरेसिस’ गर्‍यो, आशिषलाई ‘सिकल सेल एनिमिया’ भएको खुल्यो । त्यसयता उनले नियमित औषधि खाइरहेका छन् । आशिषमा लक्षण देखिएका बेला सिकल सेल अपवादजन्य रोग मानिन्थ्यो । त्यसैले अस्पतालहरूले सुरुमै त्यसको परीक्षण गरेनन् । त्यति बेला सिकल सेलको परीक्षण पनि नेपालमा हुँदैनथ्यो, रगतको नमुना लिएर भारत पठाउनुपर्थ्यो । हाल आशिषको उपचार गरिरहेका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार सिकल सेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसको राता रक्तकोषमा देखिने वंशाणुगत समस्या हो । यो रोग लागेपछि गोलो राता रक्तकोष हँसिया (सिकल) आकारका बन्छन् । मलेरिया प्रभावित क्षेत्रका बासिन्दामा मलेरियाविरुद्ध प्रतिरोधी क्षमता विकास हुने क्रममा राता रक्तकोषमा समस्या हुँदा सिकल सेल एनिमिया देखिन्छ । यो रोग बिरामी वा रोगवाहक बाबु आमाबाट सन्तानमा सर्दै जान्छ । चिकित्सकका अनुसार आशिष वंशाणुगत रूपमा सरेको सिकल सेल एनिमियाबाट पीडित हुन् । आमाको मृत्यु भइसकेको र बाबुको परीक्षण नगराइएकाले उनीहरू यस रोगबाट पीडित भए–नभएको बारे आफू अनभिज्ञ रहेको आशिषले बताए । राता रक्तकोषमा सिकल सेलको मात्राअनुसार यसबाट प्रभावित दुई थरी मानिस हुन्छन् । पहिलो, यसबाट ग्रसित बिरामी, जसमा आशिषजस्ता व्यक्ति पर्छन् । दोस्रो, ट्रेट (रोगवाहक) भनिने व्यक्तिहरू, जसलाई रोगले दुःख त दिँदैन तर उनीहरूबाट सन्तानमा सर्ने सम्भावना हुन्छ । लामो समयदेखि सिकल सेल बिरामीको उपचारमा सक्रिय धनगढीका प्राडा शुभेशराज कायस्थका अनुसार पश्चिम तराईका कञ्चनपुरदेखि कपिलवस्तुसम्मका ६ जिल्लामा यसको प्रभाव बढी छ । ‘त्यसमा पनि बर्दिया, कैलाली र कञ्चनपुरमा बढी समस्या छ,’ उनले भने । थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकल सेल एनिमिया नियन्त्रणका लागि संघीय सरकारले नै प्रभावकारी कार्यक्रम बनाउनुपर्ने डा. कायस्थ बताउँछन् । लामो समयदेखि सिकल सेल बिरामीको उपचारमा सक्रिय धनगढीका प्राडा शुभेशराज कायस्थका अनुसार पश्चिम तराईका कञ्चनपुरदेखि कपिलवस्तुसम्मका ६ जिल्लामा यसको प्रभाव बढी छ । ‘त्यसमा पनि बर्दिया, कैलाली र कञ्चनपुरमा बढी समस्या छ,’  संघीय सरकारले महाकाली र सेती प्रादेशिक अस्पताल, बर्दिया जिल्ला अस्पताल, भेरी अस्पताल नेपालगन्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, कपिलवस्तु जिल्ला अस्पताल, लुम्बिनी अस्पताल बुटवल तथा निजामती अस्पताल काठमाडौंलाई सिकल सेल उपचार केन्द्र तोकेको छ । यी अस्पतालबाट बिरामीले एक लाखसम्मको उपचार र औषधि निःशुल्क पाउँछन् । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७१ ले आठ प्रकारका रोग (मुटु रोग, क्यान्सर, मिर्गौला रोग, पार्किन्सन, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनिमिया) लाई सूचीकरण गरेको छ । सूचीमा रहेका बिरामीले जीवनभरमा एक लाखसम्मको उपचार र सूचीकृत अस्पतालबाट औषधि निःशुल्क पाउँछन् । यही सेवाअन्तर्गत अहिले नेपालगन्जको भेरी अस्पतालबाट ९ सय १३ जनाले नियमित सेवा लिइरहेका छन् । डा. पाण्डेका अनुसार उक्त अस्पतालमा हरेक दिन ३० जना जति बिरामी ‘फलोअप’ मा आउँछन् र इमर्जेन्सीमा ६–८ जना भर्ना हुन्छन् । धनगढीको सेती अस्पतालमा ७ सय ८५ (३९३ पुरुष र ३९२ महिला) जनाले नियमित उपचार गराइरहेका छन् । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१७/१८ मा बर्दियाको बारबर्दिया नगरपालिकामा जनसंख्यामा आधारित ‘स्क्रिनिङ’ (परीक्षण) २० हजार जनामा गर्दा १ प्रतिशत रोगी र १० प्रतिशत वाहक (ट्रेट) देखिएका थिए । आर्थिक वर्ष २०७७/७८ को स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनमा विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार २ हजार २ सय ६९ जना सिकल सेलका बिरामीले उपचार पाइरहेको उल्लेख छ । बारबर्दियामा भएको परीक्षणका आधारमा थारू बहुल क्षेत्रका सम्भावित रोगीको संख्याका आधारमा यसरी उपचार पाइरहेका बिरामीको संख्या न्यून हो । यस्तो तथ्यांकले सरकारले सिकल सेलका बिरामीलाई लक्ष्य गरेर ल्याएका सीमित कार्यक्रम पनि सम्बन्धित बिरामी वा लक्षित वर्गसम्म पुग्न नसकेको देखाउने विशेषज्ञहरू बताउँछन् । निजामती कर्मचारी अस्पताल काठमाडौंका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ प्राडा विशेष पौड्यालका अनुसार सिकल सेल एनिमिया रोग थारू समुदायका लागि ठूलै जनस्वास्थ्य समस्या हो । ‘संघीय सरकारले नै सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । त्यो केही हदसम्म ठीक पनि हो । तर त्यसले धेरै फाइदा गरेको देखिन्न,’ उनले भने । सिकल सेल एनिमिया भएका बिरामी कति छन् भन्ने भरपर्दो यकिन तथ्यांक नै अहिलेसम्म नरहेको पनि डा. पौड्यालले बताए । ‘थारूहरूका विभिन्न समुदायमा गएर अध्ययन नभएका होइनन् तर एकीकृत रूपमा गरिएको भए स्पष्ट चित्र आउँथ्यो,’ उनले भने । समुदायमा रोगले गाँजेर सहनै नसक्ने भएपछि मात्र अस्पताल जाने चलन छ । त्यसैले पहिचान नभइसकेका बिरामीको धेरै रहेको सम्भावना छ । पश्चिम तराईका थारू समुदायमा फैलिएको यस्तो भयावह समस्या समाधानका लागि अहिलेसम्म संघीय सरकारले प्रभावकारी काम गर्न सकेको छैन । बिरामीलाई जीवनभरका लागि एक लाखसम्मको उपचार र औषधि त निःशुल्क दिने व्यवस्था मात्र पर्याप्त नरहेको चिकित्सकहरू नै बताउँछन् । ‘स्वास्थ्य बिमाबापतको वार्षिक ३ हजार ५ सय रुपैयाँको प्रिमियम सरकारले तिरिदिने हो भने वार्षिक एक लाख रुपैयाँसम्मको उपचार बिरामीका परिवारले पाउँथे,’ डा. कायस्थले भने । प्राडा पौड्यालका अनुसार वयस्क अवस्था वा बालबालिकामा यो रोग देखिए ‘हाइड्रोक्सियुरिया’ नामक औषधि आवश्यक पर्छ । ‘बालबालिकामा रोग पत्ता लाग्नेबित्तिकै र वयस्कमा रोगका कारण वर्षमा तीनपटकभन्दा धेरै अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए हाइड्रोक्सियुरिया दिनुपर्छ,’ उनले भने, ‘नेपालमा हाइड्रोक्सियुरिया भनेको समयमा नपाइने समस्या छ । सबैभन्दा पहिला त यो औषधि आवश्यकताअनुसार पाउने व्यवस्था सरकारले मिलाउनुपर्छ । बालबालिकालाई दिनका लागि झोल वा थोरै डोजको क्याप्सुल पनि चाहिन्छ ।’ डा. पौड्यालका अनुसार यो औषधि नेपालमा ५०० एमजीको मात्रै पाइन्छ । हाइड्रोक्सियुरिया औषधि बिमाको सूचीमा नभएका कारण त्यसको आर्थिक भार पनि बिरामीमा परिरहेको भेरी अस्पतालका डा. पाण्डेले बताए । ‘उपचार र औषधिका लागि एक लाख रुपैयाँले धानुन्जेल त उनीहरूले सबै निःशुल्क पाउँछन् । तर, त्योभन्दा बढी खर्च हुने अवस्थामा बिमा गरेका व्यक्तिले समेत औषधि किन्नुपर्ने अवस्था छ । यो औषधिलाई पनि बिमाको सूचीमा समावेश गर्नु आवश्यक छ,’ उनले भने । प्राडा. पौड्यालको विचारमा सरकारले रोग लागेपछि औषधि निःशुल्क उपलब्ध गराउने र रोगले जटिल रूप लिए उपचार पनि निःशुल्क गर्ने व्यवस्था गर्नुपर्छ । डा. पाण्डेका अनुसार गर्भमा रहेको शिशु र सबै नवजात शिशुमा सिकल सेल परीक्षण (न्यु बर्न स्क्रिनिङ) गर्न जरुरी छ । ‘त्यस्तो परीक्षणबाट रोग लागेको देखियो भने उपचार सुरु गर्ने, शिशु रोगी नभएर वाहक मात्र देखियो भने काउन्सिलिङ गर्नुपर्छ,’ उनले भने । डा. पाण्डेका अनुसार आमाबाबु दुवै सिकल सेलको बिरामी वा वाहक भए उनीहरूबाट जन्मने सन्तान पनि बिरामी हुन्छन् । त्यसैले भावी पुस्तालाई जोगाउन परीक्षण गरेर कम्तीमा एक जना सामान्य अवस्था (बिरामी वा वाहक नभएको) को हुने गरी विवाह गर्न काउन्सिलिङ गर्नुपर्ने उनले बताए । जोडीमा एक जनालाई मात्र सिकल सेल भएको छ भने सन्तानलाई त्यो रोग लाग्ने सम्भावना हुँदैन । डा. पौड्याल पनि सरकारले थारू–थारू युवक–युवतीबीच विवाह हुँदा सिकल सेलको अनिवार्य परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने, सो समुदायलाई रोगका बारे शिक्षित पार्नॅपर्ने तथा गर्भावस्थामा नै रोगको परीक्षण गर्नेसम्मको व्यवस्था गर्नॅपर्ने बताउँछन् । ऐतिहासिक रूपमा बहिष्करणमा पारिएको थारू समुदायले मात्र भोगिरहेको यस्तो स्वास्थ्य समस्या समाधानका लागि प्रादेशिक र संघीय सरकारले प्राथमिकता दिएको देखिँदैन । जीवनभरका लागि एक लाख रुपैयाँसम्मको उपचार र औषधि निःशुल्कबाहेक यो रोग लक्षित अन्य नीति तथा कार्यक्रम संघ र प्रदेश सरकारसँग छैन । निजामती कर्मचारी अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ प्राडा पौड्याल त थारू समुदायमा थालसिमियाका बिरामी पनि पहिचान गर्न जरुरी रहेको बताउँछन् । ‘थालसिमिया भन्ने अर्को रगतको रोग पनि सिकल सेलका बिरामीमा देखिने गर्छ । यसले सिकल सेलबाट हुने जटिलतालाई त कम गर्छ तर त्यो रोग पनि आफैंमा अर्को समस्या हो,’ उनले भने । डा. पौड्यालका अनुसार भारत सरकारले थालसिमियाका बिरामीलाई बोनम्यारो प्रत्यारोपण निःशुल्क गरेको छ । पाँच वर्षमुनिका बालबालिकामा थालसिमिया देखियो र बोनम्यारो प्रत्यारोपण गर्न सकियो भने ९० प्रतिशतलाई पूर्ण रूपमा निको हुन सक्छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सिकल सेलका बिरामीलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने गरी प्रिमियम आफैंले तिरिदिने प्रदेश सरकारको योजना रहेको बताए । बिरामीलाई निःशुल्क उपचार र औषधि वितरणका लागि पनि कार्यक्रम बनाइरहेको उनको दाबी छ । यस्तो उपचारात्मक सेवाबाहेक पनि स्थानीय र प्रदेश सरकारहरूले आर्थिक तथा सामाजिक क्षेत्रमा काम गर्न सक्छन् । उदाहरणका लागि यो स्वास्थ्य समस्याले सम्बन्धविच्छेद तथा घरबाट निष्कासनजस्ता पारिवारिक विखण्डनसमेत निम्त्याएको छ । बल प्रयोगको काम गर्न नसक्ने बिरामीका लागि कम शक्ति प्रयोगमै गर्न सकिने जीविकाका उपाय उपलब्ध गराउनेजस्ता अतिरिक्त योजना पनि अगाडि बढाउन जरुरी देखिएको छ । यस्तो कार्यक्रमको आवश्यकता दुईपटक अपरेसनपछि सिकल सेलको बिरामी भएको खुलेर घरबाट निकालिएका बारबर्दियाका आशिष थारूजस्ता बिरामीलाई अझ बढी छ । जीविकाका लागि अहिले नेपालगन्जमा अटो रिक्सा चलाउँदै आएका उनकी पत्नी कामका लागि दुबई गएकी छन् । उनीहरूका १३ वर्षीय छोरा छन्, जसको परीक्षण गर्न बाँकी छ । ‘म बिरामी भएको खुलेपछि घरकाले अंश पनि नदिई निकाले । अब जिन्दगी नै काम गर्ने र त्यसको कमाइ औषधि/उपचारमा खर्च गर्दै बित्ने भयो,’ आशिषले भने, ‘हामीजस्ता बिरामीले गर्न सक्ने कुनै काम पाइए सजिलै परिवार पाल्न सकिन्थ्यो ।’ बर्दियाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका सञ्जयकुमार गौतमले निर्वाचनपछि सदरमुकाम गुलरियास्थित जिल्ला अस्पतालमा ठूलो सिकल सेल उपचार केन्द्र बनाउने बताए । बर्दिया–२ का उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थले पनि पाटन अस्पतालसँगको सहकार्यमा राजापुरमा सिकल सेल उपचार केन्द्र स्थापना गर्ने आश्वासन दिएका छन् । आशिषले गाउँमा भोट माग्न आउने गौतम र पन्थजस्ता उम्मेदवारलाई आफ्नो समस्या सुनाउँदा चुनाव जितेपछि ‘केही गर्ने’ आश्वासन त पाएका छन् तर निर्वाचनपछि पनि केही फरक पर्ला भन्ने विश्वास गरिहालेको छैन । ‘नेताहरूले सधैं गर्छौं त भन्दै आएका छन् तर केही गर्दैनन्,’ उनले भने । बारबर्दिया मोडल सिकल सेल रोग नियन्त्रणका लागि बर्दियाको बारबर्दिया नगरपालिकाले पछिल्ला वर्षमा अपनाएको तरिका अन्य क्षेत्रका लागि उदाहरण हुन सक्छ । पूर्वमेयर दुर्गाबहादुर थारूले सिकल सेल नियन्त्रणका लागि आफूहरूले चार वटा काम गरेको सुनाए । ‘हामीले सिकल सेल पहिचान, नियन्त्रण र रोकथाम अभियान नै सुरु गर्‍यौं, जसअन्तर्गत रोगी पहिचान, उपचार, बालबालिकामै परीक्षण र शिक्षाको काम गरेका छौं,’ उनले भने । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँगको समन्वयमा पाँच वर्ष पहिले बर्दियाको बारबर्दियामा जनसंख्यामा आधारित स्क्रिनिङ गरिएको थियो, जसबाट सघन थारू जनसंख्या भएको क्षेत्रमा करिब ११ प्रतिशत सिकल सेलबाट प्रभावित रहेको देखियो । परीक्षणपछि तत्कालीन मेयर थारूले स्थानीय अस्पतालमा सिकल सेलको निःशुल्क उपचार र औषधि वितरणको व्यवस्था गर्न अग्रसरता लिए । ‘पहिले यस क्षेत्रमा नेपालगन्जको भेरी अस्पतालमा मात्र उपचार सेवा थियो । स्वास्थ्य सेवा विभागसँगको समन्वयमा हाम्रै नगरपालिकाको आरसी मेमोरियल नगर अस्पतालमा पनि उपचार सेवा सुरु गर्‍यौं,’ थारूले भने । बारबर्दिया नगरपालिकाले १६ महिनामा दादुराको खोप लगाउँदा सिकल सेल जाँच अनिवार्य गर्ने व्यवस्था गरेको छ । यसलाई खोप कार्डमै समावेश गरिएको छ । पूर्वमेयर थारूका अनुसार तीन वर्ष पहिले नगरपालिकाका १ देखि २९ वर्षसम्मका सबैमा सिकल सेल परीक्षण गरिएको थियो । उनले भने, ‘अब नयाँ जन्मिएकाको खोप केन्द्रमा अनिवार्य परीक्षण गर्नुपर्छ ।’ नगरपालिकाका सबै १७ वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा स्थानीय पाठ्यक्रम लागू गर्ने क्रममा सिकल सेल एनिमियासम्बन्धी विषय समावेश गरिएको छ । ‘यो रोग थारू समुदायका लागि अभिसाप नै भएको छ । सुरुमा रोग पहिचान नै नभएर उपचार गर्दागर्दा हैरानी भोगे । सम्पत्ति सकियो । दीर्घ रोग हो, निको हुन्न भन्ने मान्यताले सम्बन्धविच्छेद र परिवारबाट निकालाजस्ता समस्या देखिएका छन्,’ पूर्वमेयर थारूले भने, ‘त्यसैले यो रोग नियन्त्रणका लागि पश्चिम तराईमा सबैभन्दा धेरै संख्यामा रोगी देखिएका ठाउँमा उपचार केन्द्र स्थापना गर्न संघीय सरकारले नै पहल गर्नुपर्छ ।’ पूर्वमेयर थारूले बारबर्दिया नगरपालिकामा गरिएको ठूलो संख्याको परीक्षण र ल्याबको स्थापनालाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा सुनाए । ‘पहिले रोग पहिचान गर्ने मेसिन नेपालमै थिएन । अहिले स्थानीय नगर अस्पतालमै त्यसको व्यवस्था गरिएको छ । विद्यालयमा स्वास्थ्य शिक्षामा सिकल सेललाई अध्यापन गराउन लागिएको छ,’ उनले भने, ‘अहिले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि दिइने एक लाख अपर्याप्त छ । त्यसलाई तत्कालै कम्तीमा ५ लाख पुर्‍याउनुपर्छ ।’ ‘बरबर्दिया मोडल’ लाई संघ र प्रदेश सरकारले पनि अनुसरण गर्ने हो भने सिकल सेलको दुश्चक्रलाई आगामी १०–१५ वर्षमा टुटाउन सकिने पूर्वमेयर थारू बताउँछन् । भेरी अस्पतालका डा. राजन पाण्डे बारबर्दियामा जस्तो समुदायमा आधारित जाँच, नियमित उपचार, स्थानीयस्तरमा परीक्षण प्रयोगशाला र स्थानीय पाठ्यक्रम निर्माण र पठनपाठनजस्ता कार्य अन्यत्र पनि विस्तार गर्नुपर्ने सुझाव दिन्छन् । कान्तिपुरबाट

कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

१४०२ दिन अगाडि

|

२१ कात्तिक २०७९

कैलाली जिल्लाको क्षेत्र न. ५  (ख) बाट तारानगर गाउँका भल्मन्सा गोठु चौधरी नागरिक उन्मुक्ति पार्टीबाट आगामी  मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी बिगत धेरै बर्षदेखि समाजसेवामाा छन् । थारु–पहाडी समुदायको बिचमा राम्रो समन्वय गरी काम गरिसकेकोले दुबै समुदायको लागि आफू प्यारो भएको बताउँछन् उनी ।  उनी अहिले काँग्रेस गठबन्धनका प्रकाश देउवा, एमाले गठबन्धनका दुर्गा जोशी र स्वतन्त्रबाट क्षितिज भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् । उनी ३ वटै उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ५३ हजार छ । जसमा १३ हजार भन्दा बढी थारु, ४ हजार भन्दा बढी रानाथारु, ८ हजार भन्दा बढी दलित र अरु अन्य जातजातिका मतदाता रहेका छन् ।  गोठु यहाँको आदिवासी रैथाने, गाउँको भलमन्सा र दुबै समुदायका लागि सहज ब्यक्ति भएकोले आफूलाई जनताले जिताउने कुरामा ढुक्क रहेको बताउँछन् । उनी भन्छन्, म उम्मेदवार  मात्रै होइन, क्षेत्र न. ५ (ख) को लागि रेशमको प्रतिनिधि पनि हुँ, रेशम चौधरी अन्यायमा परेका छन्, त्यसैले उनलाई न्याय दिन पनि जनताले मलाई चुन्नेछन् ।  को हुन् गोठु ?  ५५ बर्षीय गोठु धनगढी उपमहानगरपालिका–५ स्थित तारानगर गाउँका भलमन्सा हुन् । बुवा भागीराम डंगौरा र आमा बंगरी डंगौरा थारुको कोखबाट जन्मेका गोठु बहुदलीय ब्यबस्थाप्रति पहिलेदेखि नै सकारात्मक सोंच भएका ब्यक्ति हुन् । २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भएर लागेका थरुहट आन्दोलनमा त तन मन धन दिई होमिएका ब्यक्ति हुन् ।  उनी २०५५ सालमा नेपाली काँग्रेसका साधारण सदस्य लिई राजनीति सुरु गरेका थिए । समाज सेवामा क्रियाशिल भएका ब्यक्ति हुन् । २०६१ देखि २०७१ सालसम्म (१० बर्ष) आफ्नो ठाउँको सामुदायिक बनको अध्यक्ष रहिसकेका, २०७१ देखि २०७३ सम्म भलमन्सा भई गाउँ समाज चलाएका र अहिले पनि भलमन्साको जिम्मेवारी लिएका ब्यक्ति हुन् ।     के थारु, के पहाडी, सबैसँग मेलमिलाप गर्ने सरल स्वभावका गोठु अडानका पनि पक्का मानिन्छन् । उनी कुनै काम गर्नका लागि अगाडि सरे भने रोकेर नरोकिने, गरेरै छाड्ने उनको बानी रहेको गाउँलेहरु बताउँछन् ।  उनकै बिशेष जोडबल र संयोजनमा कोरोना काल अगाडि गाउँमा माघी महोत्सव संचालन भएको, पक्की डेउठन्वा बनेको कुरा गाउँलेहरु पनि स्वीकार्छन् । आफू उत्पीडित जाति त्यसमा पनि किसान परिवारबाट प्रतिनिधित्व गरिरहेकाले सबैको उत्पीडनबारे बुझ्ने, सबैलाई मिलाएर लान सक्ने उनी बताउँछन् । 

‘अब म जितेर मन्त्री बन्न जाँदिन, जनताको झुपडी नै मेरो लागि सिंहदरबारः’ गच्छदार 

‘अब म जितेर मन्त्री बन्न जाँदिन, जनताको झुपडी नै मेरो लागि सिंहदरबारः’ गच्छदार 

१४०३ दिन अगाडि

|

२० कात्तिक २०७९

सातौं पटक संघीय सांसदको उम्मेदवार भएका विजयकुमार गच्छदार अब आफू जितेर मन्त्री नबन्ने, जनताको झुपडी नै आफ्नो लागि सिंहदरबार भएको बताएका छन् । सुनसरी–३ बाट उम्मेदवार भएका उनले अब आफू जिल्लामै जिन्दगी बताउने बताएका छन् । यसअघि अबको प्रधानमन्त्री थारुको छोरा हुने अभिव्यक्ति उनको मुखारविन्दबाट आउन छाडेको छ । गच्छदार सुनसरी–३ बाट एमालेकी भगवती चौधरीसंग तेश्रो पटक भिड्दै छन् । ‘नेपाली काँगे्रस सुनसरी क्षेत्र नम्बर ३ मा विजय कुमार गच्छदारलाई विजय गरौं’ फेसबुक पेजमा गच्छदारको अभिव्यक्ति आएको छ, ‘मेरो सपना डक्टर बन्ने थियो । पढ्दा पढ्दै २०२७ सालमा  पञ्चायतले जेल हाल्यो, त्यसपछि डाक्टर बस्ने सपना तुहियो । जिन्दगी राजनिति तर्फ मोडियो,   धेरै उतार चढावहरु आए  राजनीतिक जीवनमा,   म आवाज बिहिनहरुको आवाज बन्न पुगे ।’ गच्छदारले भनेका छन्, ‘दलित, मधेसी,  थारु, महिला, मुस्लिमलगायत सामाजिक रुपमा  पिछडिएका बर्ग समुदाय हरुको  लागि बुलन्द आवाज उठाउदै गएँ,  हक अधिकारहरु स्थापित गर्दै गएँ ।  ५०÷५५ वर्षको मेरो राजनीतिक जीवनमा ०४८ सालदेखि ०७४ सम्म ६ पटक सासद बनेँ,  मन्त्री बने ।  यस क्षेत्रको लागि बिजुली,  सडकबाटो,   पुल,  विद्यालय,   बिभिन्न  संस्थानका अफिसहरु लगायत धेरै क्षेत्रमा काम गरेको छु ।’ गच्छदारले अगाडि भनेका छन्, ‘अब  सातौं  पटक जनताले जिताउने छन्, म ढुक्क छु । तर अब म जितेर  मन्त्री बन्न सिंहदरबार  जाँदिन ।  मलाई भेट्न काठमाडौं आउनुपर्ने छैन । जीवनको अन्तिम सास तपाईंहरु सँगै बिताउन चाहन्छु ।  यहीको  जनताको  झुपडीमा मेरो  सिंहदरबार हुनेछ,  दुःख सुख साथै रहने छ ।  धामी झाँक्री,  भाला गोली,  सिरक ब्रिफकेस मसँग छैन ।  मसँग केवल तपाईंहरुको स्नेह, माया र विश्वासको नजर छ, चुनाव जित्ने मेरो यही आधार छ ।’ गच्छदारका प्रतिद्वन्द्वी भगवती चौधरीले केही साता अघि यसपाली विपक्षीसँग भाला, गोली प्रयोग गरेर भए पनि जित्ने उद्घोष गरेकी थिइन् । यसबारे निर्वाचन आयोगले उनीसंग स्पष्टीकरण लिएको थियो । गच्छदारले चुनाव जितेपछि संसदमा सपथ लिन पाउँदैनन् भन्ने आधारहीन तर्क रहेको गच्छदारले बताएका छन् । संघीय चुनावमा लगातार ६ पटक विजयी भएर सातौं पटक लड्ने प्रधानमन्त्री शेरबहादुर र गच्छदार मात्र हुन् । यसअघि भगवती चौधरीसंग दुइ पटक चुनाव लडेका गच्छदार झिनो अन्तरले जितेका थिए, पछिल्लो चुनावलाई उनले जीवनकै कठिन परीक्षा भनेका थिए । गठबन्धनका कारण गच्छदार यसपाली चुनाव जित्नेमा ढुक्क छन् । 

 रञ्जिता भन्छिन्, ‘रेशम चौधरीको साख जोगाउँछु’

 रञ्जिता भन्छिन्, ‘रेशम चौधरीको साख जोगाउँछु’

१४०४ दिन अगाडि

|

१९ कात्तिक २०७९

कैलाली–१ मा जनताको प्रतिक्रिया कस्तो छ ? नागरिक उन्मुक्ति पार्टीबारे उनीहरूको बुझाइ कस्तो छ ? म एउटा उम्मेदवारको रूपमा ‘फिल्ड’मा खटिरहँदा जनता र मतदाताहरूको साथ र समर्थन राम्रो पाइरहेकी छु । उहाँहरूले धेरै सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ, जुन मेरो शक्ति हो । उहाँहरूले हाम्रो पार्टीको नीति, उद्देश्य र भावी योजना पनि हेर्नु भएको रहेछ र त्यसमा हामीलाई सधैँ साथ दिने भन्नुभएको छ । म यहाँ घुमिरहँदा, घर घर पुग्दै गर्दा एकदमै सकारात्मक र हौसलाप्रद प्रतिक्रिया पाएको छु । नागरिक उन्मुक्ति पार्टीबारे त उहाँहरू राम्रोसँग जानकार हुनुहुन्छ, गत स्थानीय निर्वाचनमा उहाँहरूले नै हो हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीलाई कैलालीकै ठूलो पार्टी बनाएको  । उहाँहरूले रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी आयो, अब केही गर्छ भनेर भनिरहनु भएको छ । २०७४ सालमा त्यहाँबाट रेशम चौधरीले फराकिलो मतान्तरले जित्नुभएको थियो, यसपटक तपाईंले त्यही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ, तपाईंले उहाँको साख जोगाउन सक्नुहुन्छ त ? पक्कै पनि सक्छु । मैले रेशमजीको साख जोगाउन सक्छु भनेरै यहाँ आएकी हुँ । साख जोगाउनै म उठेकी छु यो मैदानमा । हिजोको दिनमा रेशमजीले उम्मेदवारी दिँदै गर्दा पनि म आफैँ जनतामाझ मैदानमा थिएँ । हिजो पनि मेरै आह्वानलाई स्वीकारेर उहाँहरूले रेशमजीलाई जिताउनुभएको हो । यसपटक पनि तिनै मतदाताहरू हुनुहुन्छ । उम्मेदवारको रूपमा म छु । यसर्थ पनि म ढुक्क छु कि मैले जित्नेछु । म उहाँहरूकै आग्रहमा पनि उम्मेदवार बनेकी हुँ । एक हिसाबले भन्दा मलाई कैलाली १ ले नै रेशमजीको साख जोगाउन मद्दत गर्नेछ । त्यो क्षमता मलाई यहाँका सबै जनताले दिनुभएपछि मात्रै म उम्मेदवार बनेकी हुँ । यी नै आधारहरूका कारण म भन्न सक्छु कि यसपटक यहाँका जनताको प्रतिनिधित्व मैले नै गर्ने हो । रेशमजीको साख जोगाएर सबै नागरिकका निम्ति लड्ने हो । तपाईंले त्यसो भन्दै गर्दा त्यहाँ सत्ता गठबन्धनको तर्फबाट पटक पटक मन्त्री भइसकेका जो साइनोले तपाईंको जेठाजु पनि पर्नुहुन्छ, रामजनम चौधरी तपाईंको मुख्य प्रतिस्पर्धी हुनुहुन्छ र, क्षेत्रमा उहाँको राम्रो पकड छ भनिन्छ, रोक्न सक्नुहोला त तपाईं ? उम्मेदवार भइसकेपछि स्वाभाविक रूपमा सबैले आफूलाई अब्बल नै देख्छन् । तर, वास्तविकता के छ भने हाम्रो नयाँ दल भएपनि यहाँ कमजोर छैन । यसको तथ्य भर्खरै सम्पन्न स्थानीय निर्वाचनले पनि देखाएको छ । जनताले माया गरेर हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीलाई जिल्लाकै ठूलो पार्टी बनाइ दिनु भएको छ । अहिले पनि उहाँहरू नै मतदाताको रूपमा हुनुहुन्छ । सबैभन्दा पहिलो आधार त यही हो कि मैले निर्वाचन जित्दैछु । मतदाताले स्थानीय तहको निर्वाचनमै आफूले कसलाई रोज्ने र कसलाई मतदान गर्ने भन्नेबारे निर्क्यैल गरेका छन् । हाम्रा मतदाता हामीसँगै छन् । प्रतिनिधि सभाको निर्वाचनमा पनि उहाँहरूले हाम्रै पार्टीलाई मतदान गर्नुहुन्छ । यसकारण पनि मैले जित्ने आधार बलियो छ । रामजनमजीलाई मैले व्यक्तिगत रूपमा केही भन्दिनँ । सबै जनताले फैसला गर्नेछन्, उहाँहरूकै हातमा छ निर्णय । मैले अहिले यत्ति मात्रै भन्छु, जनताले मलाई नै चुन्नेछन् । तपाईंले यत्ति मतान्तरले जित्छु भनेर केही हिसाब गर्नुभएको छ ? मैले ठ्याक्कै यत्ति मतले जित्छु भनेर त हिसाब गरेको छैन । तर, म कहाँनेर चाहिँ विश्वस्त छु भने मैले जित्दै गर्दा फराकिलै मतान्तर हुनेछ । म तोकेर संख्यामा भन्दिनँ । तर, जनताको फैसला मेरै पक्षमा हुनेछ । स्थानीय निर्वाचन केही अगाडि मात्रै हामीले पार्टी खोलेर चुनावमा जाँदा जनताले कैलाली जिल्लाकै ठूलो पार्टी बनाउनुभएको छ । जहाँ हामीले झन्डै १८ हजार मत पाएका छौँ । अहिलेलाई यत्ति भन्छु— जित मेरै हुन्छ । म अरुको विरुद्धमा बोल्दिनँ । तपाईंको पार्टीको घोषणापत्रमा आरक्षित निर्वाचन क्षेत्रदेखि नमूना देशको अवधारणाहरू छन्, यो भनेको के हो र यसको कार्यान्वयन कति सम्भव होला ? पक्कै पनि नेपालले आफूलाई कसैको सिको नगरीकन नमूना बनाउन सक्छ । हामीले पहिचान, सुशासन र समृद्धि भनेका छौँ । यी विषयहरूलाई नै केन्द्रमा राखेर हामी संसद्‌मा जाने छौँ । घोषणापत्रमा धेरै कुराहरू लेखिएका छन् । ती घोषणाहरूको अक्षरसः पालना भएमात्रै पनि देश आफैँ नमूना बन्नेछन् । हामीले भनेका छौँ कि ठूला देशका उदाहरण दिनुभन्दा हामीसँग जे छन्, ती स्रोत र साधनहरूको सही उपयोग गर्नुपर्छ । यदि यसो भयो भने मात्रै पनि नेपाल आफैँमा नमूना हुन सक्छ । अनि हामीले निर्वाचन क्षेत्र पनि आरक्षित हुनुपर्छ भनेर चाहिँ किन भनेको भन्दा संसद्‌मा सबैको प्रतिनिधित्व हुनुपर्छ भनेर हो । यदि आरक्षित निर्वाचन क्षेत्र भयो भनेचाहिँ त्यहाँ सबैको उपस्थिति हुने भयो । यसो हुने बित्तिकै पनि नमूना भइहाल्छ । यत्ति मात्रै होइन, अन्य थुप्रै अवधारणाहरू छन् हामीसँग । यी अवधारणाहरूको कार्यान्वयन हामी विस्तारै गर्दै जानेछौँ ।   प्रस्तुतिः धनबल राई, नेपाल भ्युज