नागरिक उन्मुक्ति पार्टीको लक्ष्यः राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने

नागरिक उन्मुक्ति पार्टीको लक्ष्यः राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने

१३९३ दिन अगाडि

|

३० कात्तिक २०७९

कैलाली-१ : सातौँ पटक पनि नयाँ अनुहार जिताउने निश्चित

कैलाली-१ : सातौँ पटक पनि नयाँ अनुहार जिताउने निश्चित

१३९४ दिन अगाडि

|

२९ कात्तिक २०७९

वीपी अनमोल  कैलालीको पूर्वी क्षेत्रमा पर्ने टीकापुर सदरमुकाम धनगढीपछिको दोस्रो ठूलो शहर हो। यो शहर निर्वाचन क्षेत्र नं. १ मा पर्छ। यस क्षेत्रले खडकबहादुर सिंहदेखि थुप्रै नेताहरू जन्माएको छ। सिंह नै टीकापुर बस्तीको परिकल्पनाकार रहेको यहाँका जानकारहरू बताउँछन्। तर, त्यसपछि टीकापुरले विकासवादी नेता पाउन नसकेको स्थानीयको गुनासो छ। सिंह पञ्चायतकालमा विभिन्न उच्च ओहोदामा पुगेका थिए। “खडकबहादुर सिंहपछि आएका नेतृत्व फिका पर्नुभयो, स्थापित हुन सक्नुभएन”, टीकापुरका नागरिक अगुवा भीमलाल चपाईं भन्छन्, “यस क्षेत्रका योजना दिगो रूपमा अगाडि बढाउन कसैले पनि सकेन।” कैलाली-१ को अहिलेसम्मको विशेषता: भनेको हरेक आमनिर्वाचनमा नयाँ अनुहार विजयी गराउँदै आएको छ। एकपटक विजय भएका उम्मेदवार अर्को चुनावमा दोहोरिएका छैनन्। कुनै पनि राजनीतिक दलले लगातार चुनाव जितेको इतिहास पनि छैन। कैलाली-१ को अहिलेसम्मको विशेषता: भनेको हरेक आमनिर्वाचनमा नयाँ अनुहार विजयी गराउँदै आएको छ। एकपटक विजय भएका उम्मेदवार अर्को चुनावमा दोहोरिएका छैनन्। कुनै पनि राजनीतिक दलले लगातार चुनाव जितेको इतिहास पनि छैन। २०४८ सालको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका गंगाबहादुर कुँवर निर्वाचित भएका थिए। त्यहाँका कांग्रेसले ‘सबै कांग्रेस नेपाली, सबै नेपाली कांग्रेस’ भन्ने नारा लगाएका थिए। कुँवर त्यसपछिका कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाएनन्। पछि उनले टीकापुर विकास समितिको अध्यक्ष र टीकापुर बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य भएर काम गरे। २०५१ सालकाे निर्वाचनमा बैंकिङ क्षेत्रमा रहेका हिमाञ्चलराज भट्टराई एमाले उम्मदेवार थिए। उनलाई जिताएर पठाए पनि विकासका काममा ध्यान नदिएको स्थानीयको आरोप छ। त्यतिबेला कांग्रेसबाट बागी उम्मेदवारी परेको कारणले पनि उनलाई जित हासिल गर्न सहज भएको थियो। २०५६ सालको आमनिर्वाचनमा यस क्षेत्रका मतदाताले कांग्रेसकी उम्मेदवार सुशीला स्वाँरलाई जिताए। कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा रहेकै बेला उनी चुनाव लडेकी थिइन्। कांग्रेसका वर्तमान पार्टी सभापति शेरबहादुर देउवासँग उनको सम्बन्ध राम्रो थियो। त्यसै कारण टिकट पाइन् र चुनाव जितिन्। तर, उनले पनि यस क्षेत्रको विकासमा ध्यान नदिएको टीकापुरका नागरिक अगुवा चपाईं बताउँछन्। सांसद भइसकेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी समाजकल्याण राज्यमन्त्रीसमेत बनेकी थिइन्। २०४८ मा कांग्रेसबाट चुनाव जितेका कुँवर र २०५६ मा चुनाव जितेकी स्वाँरको पार्टीमा अहिले कुनै भूमिका छैन। कांग्रेस टीकापुरका एक नेता अहिले कुँवर र स्वाँर दुवैलाई पार्टीले वडामा प्रतिनिधिसमेत बनाउन नसक्ने अवस्था रहेको बताउँछन्। २०६४ सालको संविधानसभा निर्वाचनमा देशभर नेकपा माओवादीको पक्षमा जनलहर थियो। थारू बाहुल्य क्षेत्र रहेको कैलाली-१ मा नेकपा माओवादीले रूपा चौधरीलाई उम्मेदवार बनाएको थियो। सो क्षेत्रबाट उनी नै निर्वाचित भइन्। तर, उनले पनि यस क्षेत्रको विकासमा योगदान गर्न नसकेको स्थानीय बताउँछन्। संविधानसभा सदस्य भइसकेपछि उनी प्रायः काठमाडौँतिर नै बसिन्। त्यो बेला नेकपा माओवादी केन्द्रले मत माग्दा थारू समुदायमा ‘लाबा झुल्वा ’ (नयाँ लुगा अर्थात् नयाँलाई चुनौँ) भन्ने नारा अघि सारेर मत मागेको थियो। संविधानसभाको निर्वाचन अघिको अन्तरिम संसद्‌मा पनि उनी नेकपा माओवादी केन्द्रबाट सांसद बनेकी थिइन्। २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा थारू समुदायकै मतले मधेशी जनअधिकार फोरम, लोकतान्त्रिकबाट जनकराज चौधरी निर्वाचित भए। वीरेन्द्र विद्या मन्दिरमा प्राध्यापन पेशामा रहेका चौधरीले राजीनामा दिएर चुनाव लडेका थिए। रामजनम चौधरीको बहिनी ज्वाइँ भएकै कारण विजयकुमार गच्छदारको नेतृत्वको पार्टीबाट उनले टिकट पाएका थिए। तत्कालीन फोरम लोकतान्त्रिकले पनि चुनावमा जातीय धुव्रीकरणलाई मुद्दा बनाएको थियो। जसका कारण उनले चुनाव जितेका थिए। “पहाडी समुदायको व्यक्ति भन्दा थारूकै नेता चुन्नुपर्छ भनेर भाष्य स्थापित गरियो”, एमालेका एक स्थानीय नेता भन्छन्, “यहाँ थारू समुदायको बाहुल्यता धेरै रहेकाले प्रत्येक निर्वाचनमा दलहरूले थारू समुदायलाई नै आश्वासन दिएर चुनाव जित्ने गरेका छन्।” चौधरी देउवा नेतृत्वको सरकारमा २०७४ जेठ २४ मा गठित मन्त्रिपरिषद्‌मा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए। प्राकृतिक स्रोत साधन समितिको सभापति भएका जनकराजले पनि जितिसकेपछि यहाँको विकासमा ध्यान नदिएको टीकापुरका स्थानीय फिरुलाल चौधरी बताउँछन्। कांग्रेस प्रदेश उपसभापति रहेका जनकराज चौधरीले अहिलेको निर्वाचनमा टिकट नै पाएनन्। २०७४ मा उनी सुदूरपश्चिम प्रदेशसभामा चुनाव लड्दा ३ हजार मत समेत कटाउन सकेनन्। कांग्रेस प्रदेश उपसभापति रहेका जनकराज चौधरीले अहिलेको निर्वाचनमा टिकट नै पाएनन्। २०७४ मा उनी सुदूरपश्चिम प्रदेशसभामा चुनाव लड्दा ३ हजार मत समेत कटाउन सकेनन्। २०७४ मा तत्कालीन राजपाबाट भूमिगत भएकै अवस्थामा टीकापुर घटनामा फरार रहेका रेशम चौधरी चुनाव लडे। विपक्षीलाई ठूलो मतान्तरले पराजित गरेर उनले चुनाव पनि जिते। उनले आफ्नो सबै प्रतिस्पर्धीले ल्याएको मतभन्दा दोब्बर बढी मत ल्याएका थिए। चुनाव जिते पनि उनी संसद्‌मा सहभागी हुन पाएनन्। यद्यपि, उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले शपथ गराएका थिए। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशले उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। उनले चुनाव जिते पनि जनप्रतिनिधिका रूपमा काम गर्न पाएनन्। २०४८ देखि २०७४ सम्म भएका ६ वटै निर्वाचनमा यस क्षेत्रका मतदाताले सधैँ नयाँ अनुहारलाई नै निर्वाचित गराउँदै आएका छन्। कैलाली टीकापुरमा बसेर लामो समयदेखि पत्रकारिता गरिरहेका एकिन्द्र तिमिल्सेना यहाँ कुनै पनि पार्टीले अहिलेसम्म उम्मेदवार पनि नदोहोर्‍याएको र निरन्तर कुनै पार्टीले जित्न पनि नसकेको बताउँछन्। “लगातार पार्टीले जितेको छैन। प्रत्येक निर्वाचनमा नयाँ अनुहारलाई निर्वाचित गराउँदै आएको छ”, तिमिल्सेना भन्छन्, “आसन्न निर्वाचनमा कस्तो परिणाम आउँछ भन्ने अहिले नै यकिन भन्न सकिने अवस्था छैन।” यसपटक उम्मेदवार भएका सत्ता र विपक्षी गठबन्धनका उम्मेदवार पनि यस क्षेत्रका लागि नयाँ छन्। सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरी यसअघि कैलालीकै अन्य क्षेत्रबाट सांसद भएको भए पनि यस क्षेत्रमा पहिलोपटक उम्मेदवार भएका हुन्। एमालेका तपेन्द्र रावल पहिलोपटक उम्मेदवार भएका छन्। यस क्षेत्रमा बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि संसदीय निर्वाचनमा पहिलोपटक उम्मेदवार भएकी हुन्। कैलाली-१ मा टीकापुर नगरपालिका ९ वडा, भजनी नगरपालिकाको ६ र ७ वडा, जोशीपुर गाउँपालिकाका ७ वडा, जानकी गाउँपालिकाको १, ३, ४, ६ र ७ नम्बर वडा पर्छन्। यस क्षेत्रमा निर्णायक थारू समुदायकै मत छ। त्यस्तै देशका अन्य जिल्लाका विभिन्न समुदायका मानिसहरूको पनि बसोबास छ। “जति पनि निर्वाचित भएर गए उनले यस क्षेत्रको विकासमा ध्यान दिन सकेनन्। कोही भ्रष्टाचारमा मुछिए, कोही अनेक गतिविधिमा संलग्न भए। अर्को खडकबहादुर सिंह त्यस्तो नेता जन्मन सकेन”, नागरिक अगुवा चपाईले भने, “अनि बाध्य भएर जनताले नयाँलाई परीक्षण गर्दै आएका हुन्।” स्थानीय फिरुलाल चौधरी यस क्षेत्रबाट चुनाव जितेर जानेहरूले यहाँको विकास निर्माणमा ध्यान दिन नसकेका कारण नयाँ अनुहारले जित्दै आएको बताउँछन्। “जनताले विकास र परिवर्तन खोजिरहेको हुन्छ। तर, जुन अनुहार आएपनि यहाँको विकास र परिवर्तन हुन सकिरहेको छैन”, उनी भन्छन्, “त्यसबाहेक यहाँ हुने जातीय र भेगीय राजनीतिले पनि नतिजामा फरक पर्ने गरेको छ।” स्थानीय फिरुलाल चौधरी यस क्षेत्रबाट चुनाव जितेर जानेहरूले यहाँको विकास निर्माणमा ध्यान दिन नसकेका कारण नयाँ अनुहारले जित्दै आएको बताउँछन्। “ गएको स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रका पालिका नागरिक उन्मुक्ति पार्टीले जित निकालेकाले उसको बलियो उपस्थिति देखिएको छ। नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभामा श्रेष्ठबाहेक प्रदेशसभा ‘क’ मा कैलाश चौधरी र ‘ख’मा लक्ष्मण किशोर चौधरी उम्मेदवार छन्। सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा रामजनम चौधरी, प्रदेशसभा ‘क’मा दीर्घराज विनाडी र ‘ख’मा डा. रणबहादुर रावल उम्मेदवार छन्। एमालेबाट प्रतिनिधिसभामा तपेन्द्र रावल र प्रदेशसभा ‘क’ मा भगतराम चौधरी र ‘ख’ मा द्वारिका न्यौपाने उम्मेदवार छन्। कैलाली-१ मा १ लाख ६ हजार मतदाता छन्। उकालोबाट

कैलाली–२ मा फड्को मार्दै अरुण चौधरी 

कैलाली–२ मा फड्को मार्दै अरुण चौधरी 

१३९५ दिन अगाडि

|

२८ कात्तिक २०७९

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अरुण चौधरी यतिखेर चर्चामा छन् । प्रतिनिधि सभाको एक कार्यकाल पुरा गरिसकेका एमालेका उम्मेदवार झपटसिंह रावल र संविधान सभा सदस्य रहिसकेका सत्ता गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार भगत बडुवाल दुइ जना बलियो प्रतिस्पर्धीसँग कडा प्रतिस्पर्धा गरिरहेकाले उनी चर्चामा छन् ।  आफ्ना बलियो प्रतिस्पर्धी भए पनि अरुण चौधरी यतिबेला ‘ढकिया’ चिन्हको लहर चलेको र यस क्षेत्रका मतदाता आफ्नो पक्षमा रहेकाले आफू जित्ने कुरामा ढुक्क रहेको बताउँछन् ।   को हुन् अरुण चौधरी ? अरुण चौधरी कैलाली, लम्कीचुहा नगरपाालिका–४ गिढिनिया गाउँका  स्वर्गिय बुवा करिङ्गा चौधरी र आमा कल्टीदेवी चौधरीको कान्छा छोरा हुन् । उनी सानैदेखि समाजसेवामा रुचि राख्ने, अरुको सुखदुःखमा सहभागी हुने, मुद्दा मामिला पर्दा सम्बन्धित ठाउँमा दौडिने ब्यक्ति हुन् ।  उनी खास गरी २०६२÷०६३ को जनआन्दोलनदेखि हालसम्म निरन्तर थारुलगायत स्थानीयवासीको हक अधिकारको लागि लडिरहेका ब्यक्ति हुन् । आन्दोलनमै लागेका कारण २०६९ सालमा उनको ट्रयाक्टर समेत जलाइएको थिए । ठूलो क्षति ब्यहोरे पनि तरुण वयका अरुणको समाजसेवा र राजनीतिप्रतिको लगाव कम भएन ।  उनी जनताका प्रतिनिधि हुन दौडिरहे । प्रदेश सभा सांसद तथा नगरपालिकाको मेयरमा लडे, तर सफलता हात पार्न सकेनन् । दुइ चुनावमा हार ब्यहोरिसकेका अरुणमा अहिले पनि जोश जाँगर यथावत छ । उनी अहिले नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिन्ह लिई प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् । हारको ह्याट्रिक हुनबाट जोगिदै चुनावमा पहिलो पटक जितको खाता खोल्न आतुर छन् अरुण ।  अरुणलाई लाग्ने गरेको आरोप बिपक्षीहरुले उनलाई स्वार्थी र दल बदलुको आरोप लगाएको बारेमा उनी भन्छन्, देशका ठूला दलका ठूला भनिएका नेताहरु ब्यक्तिगत स्वार्थका कारण दल बदलेका छन् । जुँगाको लडाईका कारण पनि उनीहरु दल बदलेका छन् । तर मेरो दल बदलाई फरक छ । म थरुहट आन्दोलनमा होमिएको ब्यक्ति हो, त्यतिबेला थरुहट तराई पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा मिल्यो, अरुजस्तै म पनि त्यसमा गएँ । फोरममा अवस्था राम्रो थियो । तर गच्छदार, रामजनम, गोपाल दहित, योगेन्द्र चौधरीहरुले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई काँग्रेसमा बिलय गराए । म फेरि काँग्रेस भएँ । तर, काँग्रेसमा थारु, आदिवासी जनजाति, दलित, उत्पीडित वर्गको लागि आवाज उठाउन सक्ने वातावरण भएन । उठाउनेहरु बेवास्तामा पारिन्छन्, हेला गरिन्छन् ।  तसर्थ म जस्तो अधिकारका लागि लड्ने क्रान्तिकारी युवाका लागि त्यहाँ बस्न सम्भव भएन । ठिक यस्तै बेला थरुहट आन्दोलनमा लागेर जेल जीवन बिताइरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरे । र, म थारु, दलित, आदिवासी जनजाति, उत्पीडित खस आर्य, उत्पीडित सबै जातजातिको लागि खुलेर आवाज उठाउन नागरिक उन्मुक्ति पार्टीलाई रोजें ।  उकुसमुकुस वातावरणमा दवावमा परेर हक अधिकारका कुरा उठाउन सम्भव हुँदैन । समाजसेवा गर्न जहाँबाट सम्भव छ, म त्यही संगठनमा आबद्ध भएँ । दल बदलुको आरोप लगाउनेहरु काँग्रेसमा रहेर थारुको, दलितको, अल्पसंख्यकको, उत्पीडित खस आर्यको लागि खुलेर आवाज उठाउन म सम्भव देख्दिन, उनी प्रष्ट्याउँछन् ।   बलियो उम्मेदवार  क्षेत्र न. २ मा १ लाख ४ हजार ९०६ मतदाता छन् । त्यसमा ३४ हजार ४ सय थारु, करिब १० हजार भन्दा बढी दलित र बाँकी ब्राह्मण, क्षेत्री लगायतका अन्य जातजातिका मतदाता छन् । यस क्षेत्रमा ९ जना उम्मेदवार प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् । देउवा, ओली दुवै गठबन्धनले प्रदेश र प्रतिनिधि सभामा थारु उम्मेदवार नदिएका कारण धेरै थारुहरुको रोजाईमा अरुण चौधरी परेको स्थानीय बुद्धिजीविहरु बताउँछन् ।  अरुणका दुइ प्रतिस्पर्धीहरु सांसद भै एक कार्यकाल बिताइसकेका छन् । आफू नयाँ भए पनि काम गर्ने जोश जाँगर भएको ब्यक्तिका कारण पनि धेरैको रोजाईमा परेको उनी बताउँछन् ।  अरुणको लुकेको पाटो  अरुण थारु समुदायका सक्रिय युवा हुन् भनेर धेरैले चिनेका छन् । तर अरुण पहाडीका ज्वाईं पनि हुन् भन्ने कुरा कमैलाई थाहा छ । उनी स्थानीय सरस्वती धामी चौधरी (सानु) सँग विवाह गरेका कारण थारुसँग मात्रै होइन, पहाडी समुदायसँग पनि उनको उत्तिकै घुलमेल, मेलमिलाप, घनिष्टता र नजिकको नाता सम्बन्ध छ ।                                                                                                         श्रीमती सरस्वती धामी चौधरी (सानु) सँग अरुण थारुका छोरा, पहाडीका ज्वाईं परेका कारण उनी थारु–पहाडी दुबै समुदायका लागि प्यारा छन् । अरुण भन्छन्, माया प्रेमको अगाडि, जातभात भन्ने कुरा गौण हुने रहेछ । जातीय, क्षेत्रीय, भेकीय कुरा संकीर्ण सोचका उपज हुन् । मानवता, सत्य, न्याय ठूलो कुरा हो । हामी सबै एक हौं, सबैले सबैको अधिकारको लागि लड्नु पर्दछ ।   ठूलाले सानालाई माया गर्नुपर्दछ, अघि बढेकाले पछि परेकालाई उठाउनु पर्दछ । सबैले सबैलाई साथमा लिएर अगाडि बढ्नु पर्दछ भन्ने मान्यता राख्ने ब्यक्ति हुँ । म थारु–पहाडी दुबैको साझा ब्यक्ति हुँ । दुबै समुदायबिच घनिष्ट मित्रता, मायाप्रेम देख्न चाहनाका कारण मेरो चुनाव चिन्ह ढकियामा भोट ओइरिन्छ भन्नेमा विश्वस्त छु ।  

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयमा तोडफोड

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयमा तोडफोड

१३९५ दिन अगाडि

|

२८ कात्तिक २०७९

                                                                                                                               फायल तस्विरः कृष्णराज सर्वहारी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राती ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो । रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो ।  ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन, नभए दोहोरो भीडन्त हुने सम्भावना थियो । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको घोर भ्रत्र्सना गर्ने जनाएको छ । 

किन खुम्चियो थारू उम्मेदवारको प्रतिनिधित्व ?

किन खुम्चियो थारू उम्मेदवारको प्रतिनिधित्व ?

१३९६ दिन अगाडि

|

२७ कात्तिक २०७९

तुफान न्यौपाने थारूको हकहितका लागि आवाज उठाउने भन्दै गत वर्ष स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिकतर्फ २१ सिटमध्ये १९ मा उम्मेदवारी दिएको छ । तीमध्ये थारू उम्मेदवार कति जना होलान्  ? पश्चिम तराईका थारूले अब आफूहरूमाथि आफैंले शासन गर्ने भन्दै स्थापना गरेको पार्टीले पक्कै धेरै थारूलाई प्रदेशसभामा पठाउन चाहेको होला । त्यसैले उसको उम्मेदवारीमा पनि थारूले प्राथमिकता पाएका होलान् भन्ने अनुमान सबैको हुन्छ । तर, उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा थारू उम्मेदवार जम्मा चार जना छन् । नागरिक उन्मुक्ति पार्टीले थारूलाई उम्मेदवार बनाउन नचाहेर यस्तो भएको हो त  ? ‘हामी त सकेसम्म धेरै उम्मेदवार बनाउन चाहन्थ्यौं । तर कानुनले नै चार जनाभन्दा बढी उम्मेदवार बनाउन दिएन,’ उक्त पार्टीका संस्थापकमध्येका एक दाङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र चौधरीले भने । नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा ११ जना खसआर्य समूहका छन् भने चार जना दलित र एक जना आदिवासी जनजाति छन् । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारका लागि बन्दसूची बुझाउँदा दलहरूले अवलम्बन गर्नुपर्ने समावेशी समूहको प्रतिशत प्रदेशको जनसंख्याअनुसार निर्धारण गरेको छ । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९’ ले सूदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी   खसआर्य ६०.२ प्रतिशत, दोस्रोमा दलित १७.२९ प्रतिशत र त्यसपछि मात्रै थारू १७.२१ प्रतिशत   उम्मेदवार  निर्वाचित हुने गरी दलहरूलाई ‘म्यान्डेट’ दिएको छ । यही निर्देशिका पालना गर्न नागरिक उन्मुक्ति पार्टीले चार जना मात्रै थारू उम्मेदवार बनाएको हो । अन्य दलले पेस गरेको बन्दसूचीमा पनि उम्मेदवारहरूको जातीय समीकरण यही छ । २०६८ सालको जनगणनाअनुसार सुदूरपश्मि प्रदेशमा थारूको जनसंख्याको अनुपात यही छ । जनसंख्याको अनुपातमा समानुपातिक समावेशी सुनिश्चित गर्ने संविधानको प्रावधानअनुसार नै निर्देशिका बनेको निर्वाचन आयोगको भनाइ छ । तर यसबाट आफूहरूको प्रतिनिधित्व खुम्चने गरी प्रदेश सीमांकन गरिएको भन्दै थारू समुदायले असन्तुष्टि जनाउँदै आएको छ । दाङ–१ का उम्मेदवार चौधरीले जातीय रूपमा चौथो ठूलो जनसंख्या भएको थारूको बाहुल्य नहुने सुनिश्चित गरी प्रदेश संरचना बनाइएको बताउँछन् । ‘तीन वटा प्रदेश आदिवासी जनजातिको बाहुल्य हुने गरी निर्माण गरिएको छ, अरू तीन वटा प्रदेशमा खसआर्यको बाहुल्य छ, एउटा प्रदेश मधेसीको बाहुल्य हुने गरी बनाइएको छ,’ उनले भने, ‘हामीले साह्रै दुःखका साथ संगठन बनाएर प्रदेशकै सबैभन्दा ठूलो पार्टी बनायौं भने पनि सुदूरपश्चिममा १७ र लुम्बिनीमा १५ प्रतिशतभन्दा बढी थारू पठाउन पाउँदैनौं । आधाभन्दा बढी सांसद खासआर्य र जनजाति समुदायबाट पठाउनुपर्ने कानुनी बाध्यता छ ।’ प्रदेश १, वाग्मती र गण्डकीमा आदिवासी जनजातिको बाहुल्य छ । मधेसमा मधेसी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा खसआर्य जातीय समूह सबैभन्दा ठूलो छ । यसको अर्थ तत्तत् प्रदेशमा दलहरूले समानुपातिक प्रणालीतर्फ उक्त जातीय समूहको जनसंख्याको अनुपातमा उम्मेदवार उठाउन र निर्वाचित गर्न पाउँछन् । वाग्मती प्रदेशमा आदिवासी जनजाति समूहको जनसंख्याको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । त्यस्तै कर्णाली र सुदूरपश्चिमको सीमा पनि खसआर्यको उपस्थिति ६० प्रतिशतभन्दा बढी हुने गरी कोरिएको छ । मधेसीको उपस्थिति ५० प्रतिशतभन्दा बढी हुने गरी मधेस प्रदेशको सीमा कायम गरिएको छ । ‘हामीले थरुहट माग गरेका थियौं । नवलपरासीदेखि पश्चिमको तराई समेटेर थरुहट प्रदेश बनेको भए थारू समुदायको बाहुल्य हुन्थ्यो । त्यो अवस्थामा प्रदेशसभामा पनि राम्रो उपस्थिति हुनसक्थ्यो,’ नेता चौधरीले भने, ‘तर, प्रदेशको सीमा नै थारूको बाहुल्य नहुने गरी कोरियो । हाम्रो प्रतिनिधित्वलाई संविधानमा स्विकारे पनि व्यवहारमा खुम्च्याइयो ।’ अहिले थारूहरूको मुख्य असन्तुष्टि नै त्यसैमा रहेको उनले बताए । ‘हामीलाई पनि शासन प्रणालीमा हिस्सेदार बनाइयोस् । राष्ट्र निर्माणको प्रक्रियामा सहभागी गराइयोस् मात्रै भनेका हौं । तर, काठमाडौंले कहिल्यै सुन्न चाहेन ।’ २०६८ को जनगणनाअनुसार ६.६ प्रतिशत जनसंख्या भएको थारू नेपालमा क्षत्री १६.६ प्रतिशत, ब्राह्मण १२.२ प्रतिशत र मगर ७.१ प्रतिशत पछिको चौथो ठूलो जातीय समूह हो । आफूहरू बहुल क्षेत्रलाई एउटै प्रदेश बनाउनुपर्ने माग विपरीत हुने गरी प्रदेशहरूको सीमांकन हुने भएपछि संविधान जारी गर्नुपूर्व पश्चिम तराईका थारूहरू आन्दोलित भएका थिए । पूर्वी पहाडमा जनजाति, मधेसमा मधेसी, मध्य र सुदूरपश्चिममा खसआर्यको जस्तै पश्चिम तराईमा थारूहरूको संविधानप्रतिको असन्तुष्टि आन्दोलनका रूपमा अभिव्यक्त भएको थियो । संविधानमा प्रस्तावित ७ प्रदेशको खाकाले पश्चिम तराईका थारू बहुल दाङ, बाँके, बर्दियालगायत जिल्लालाई हालको लुम्बिनी प्रदेशमा र कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिम प्रदेशमा राखिएको थियो । त्यही कारण थारू समुदायले आफूहरूलाई बहुल क्षेत्रमा समेत जनसांख्यिक रूपमा अल्पमतमा पारी राजनीतिक नेतृत्वमा पुग्ने बाटो बन्द गरिदिने षड्यन्त्र गरिएको भन्दै त्यसको विरोध र छुट्टै थरुहट प्रदेशको मागसहित आन्दोलन चर्काए । ‘२०७२ को पहिचानको लडाइँमा आन्दोलनरत अन्य पक्षले केही न केही पाए । थारूहरूको माग मात्रै सम्बोधन गरिएन,’ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित रामलाल चौधरी भन्छन्, ‘त्यसपछि हामीले नयाँ पार्टी गठन गर्‍यौं । स्थानीय तहको निर्वाचनमा जिल्लाकै सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित भएका छौं । अब संसदीय निर्वाचनमा पनि स्थापित हुने अभियानमा छौं ।’ नागरिक उन्मुक्ति पार्टीले थारूहरूमाथि ‘राज्यले लादेको ऐतिहासिक उत्पीडन’ अन्त्यका लागि संघर्ष गर्ने उनले बताए । श्रीलंकाली मानवशास्त्री अर्जुन गुनरत्नेले आफ्ना शोधपत्र र किताबमा नेपालका थारू कसरी ऐतिहासिक रूपमै बहिष्करणमा पारिएका छन् भन्नेबारे विस्तृतमा उल्लेख गरेका छन् । उनका अनुसार सुरुमा थारू जमिनदारले असंख्य मौजाका प्रगन्नाका कर संकलक भएर राज्यलाई सहयोग पुर्‍याएका थिए । गुनरत्नेले लेखेका छन्, ‘तराईमा थारूबिना राज्यको कुनै काम चल्दैनथ्यो । तर, आधुनिक प्रशासन संयन्त्रहरू विकास गरेपछि राज्यलाई थारूहरूको सेवा आवश्यक परेन । त्यसपछि शक्तिको नजिक रहेका पहाडीलाई फाइदा भयो तर यस व्यवस्थाले थारूहरूलाई पाखा लगायो ।’ गुनरत्नेका अनुसार पहाडी प्रशासकहरूले बिर्ता र जागिरका रूपमा जमिन पाएपछि थारूलाई कमैयाका रूपमा राख्न थाले । उनी कालान्तरमा बँधुवा मजदुर जस्ता हुन पुगे । उनीहरूको स्वामित्वमा रहेको जमिन पनि कानुनीरगैरकानुनी दुवै माध्यमबाट फुत्कियो । तराईंमा औलो उन्मूलन कार्यक्रम सुरु भएपछि धेरै कुरामा परिवर्तन आयो । ‘औलो उन्मूलन कार्यक्रम नेपालको राजनीतिक विकासक्रम र विकास निर्माणमा अत्यावश्यक कदम थियो । तर, औलो उन्मूलन भएपछि तराईमा भएको भूमिको पुनर्वितरणको सबैभन्दा ठूलो सिकार थारूहरू भए,’ गुणरत्नेले लेखेका छन्, ‘यस कार्यक्रमले थारूहरूलाई दुई किसिमले प्रभाव पार्‍यो । पहिलो, खाली जमिन सकिएकाले थारूहरू एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्ने प्रक्रिया बन्द भयो । अर्को, थारूहरूभन्दा संगठित, शिक्षित र कतिपय अवस्थामा धूर्त पहाडेहरूले कानुनी वा गैरकानुनी विधि अपनाएर थारूहरूका जमिन हात पारे । पहाडबाट बसाइँ सरी आउने पहाडीहरूसँगको अनुभव सबैतिरका थारूहरूको उस्तै–उस्तै छ । त्यसमा पनि पश्चिम नेपालका थारूहरूको अनुभव बढी तीतो छ । उनीहरू थारू समाजको विपत्तिका लागि पहाडबाट झरेका धनी र उच्च जातिका मानिसलाई दोष दिन्छन् ।’ ‘मधेसः समस्या र सम्भावना’ पुस्तकमा थारू र ‘राज्यः प्रजातन्त्र, राज्यनिर्माण र जनजाति पहिचान’ शीर्षकमा गुनरत्ने लेख्छन्– ‘एकीकरणपश्चात् राज्यले कर संकलन प्रणालीमा सुधार ल्याएपछि थारूहरूले उपभोग गर्दै आएको स्वायत्त अधिकार ह्रास हुन थाल्यो । थारूहरू निश्चित काम, कर्तव्य र अधिकार तोकिएको तहगत केन्द्रीय प्रशासन प्रणालीको प्रतिनिधि मात्र हुन पुगे । राणाशासनमा यो अधिकार अझ खोसियो । औलो उन्मूलन भएपछि धेरै पहाडेहरू तराईमा बसाइँ सरेकाले पहिलादेखि बसोबास गर्दै आएका थारूहरूलाई बेफाइदा भयो ।’ उनका अनुसार राणाशासनपछि पहाडेहरू तराईमा बसाइँ सर्ने क्रम बढ्यो । सुदूरपश्चिम र पश्चिमको भित्री मधेसमा बसाइँसराइको व्यापक प्रभाव पर्‍यो । अधिकांश थारूले जमिन गुमाए । त्यसपछि उनीहरू कमैया हुन पुगे । पहाडे उच्च जातका मानिसको बलियो पकड रहेको राजनीतिक प्रक्रियामा थारूहरू कनिष्ट साझेदारमा परिणत भए । नेपाल मधेस फाउन्डेसनको जर्नल ‘मधेस अध्ययन’ को २०७४ पुसमा प्रकाशित ‘थरुहट आन्दोलनको दशक र टीकापुर काण्ड’ शीर्षकमा कृष्णराज सर्वहारी र गणेश चौधरी लेख्छन्, ‘पहाडे समुदायलाई पोस्ने पञ्चायत व्यवस्थाको अन्त्यपछि २०४६ सालमा बहुदलीय शासन प्रणाली लागू भयो । दुई–चार जना थारू सत्तामा पुगे पनि उक्त प्रणाली थारू समुदायका लागि कहिल्यै आएको जस्तो अनुभूति भएन ।’ २०४७ को परिवर्तनपछिको खुला समाजमा आएपछि भने थारूहरूले समाजको संरचनात्मक असमानताको चरम स्वरूपमा रहिरहेको कमैया प्रथाबाट मुक्तिको पहल थाले । ‘कमैया मुक्ति’ ले आन्दोलनको रूप लियो । त्यसबाट राजनीतिक रूपमा सचेत भएका थारूलाई लगत्तै माओवादीले छुट्टै स्वशासित राज्यसहित थारू मुक्तिको सपना देखाएर युद्धमा होम्यो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले सार्वजनिक गरेको ‘द्वन्द्वपीडित पार्श्वचित्र’ का अनुसार माओवादी सशस्त्र युद्धमा नेपाली भाषीपछि सबैभन्दा बढी थारू भाषीले ज्यान गुमाएको देखिन्छ । बेपत्ता, घाइते र अपांगता भएकाको सूचीमा पनि थारूहरू आफ्नो जनसांख्यिक अनुपातभन्दा बढी छन् । २०६४ मा लक्ष्मण थारूले ‘संयुक्त थारू राष्ट्रिय मोर्चा’ गठन गरे, जसले पहिलो मधेस आन्दोलनपछि मधेसवादी दलहरूले जोडतोडले उठाइरहेको ‘एक मधेस एक प्रदेश’ को मागविरुद्ध ‘थरुहट स्वायत्त प्रदेश’ को माग गर्‍यो । अर्को वर्ष २०६५ मा फागुनमा थरुहट संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन गर्‍यो । तराईका थारूलगायत अल्पसंख्यक आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमको स्वतन्त्र पहिचानमा बाधा पार्ने कानुन संशोधन गर्ने, राज्यका सबै अंगमा समानुपातिक समावेशीका आधारमा सहभागी गराउने, प्रहरी ऐन, सैनिक ऐन, सशस्त्र प्रहरी ऐन, शिक्षा ऐन, विकास ऐन, स्वास्थ्य ऐन, नेपाल विशेष सेवा ऐनलाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गर्ने लगायत सहमतिमा उक्त आन्दोलन टुंग्याइयो । सहमति तत्काल कार्यान्वयन नभए पनि थारूको पहिचान मधेसी पहिचानभन्दा फरक हो भन्ने कुरा स्थापित भयो । दोस्रो चरणको थरुहट आन्दोलन २०६९ मा भयो । बारम्बार म्याद बढाइएको संविधानसभाले संविधान बनाउन नसकेपछि भने थरुहटलगायत कसैको पनि माग पूरा हुन सक्ने अवस्था रहेन । प्रदेशको सीमासम्बन्धी व्यवस्थामा असन्तुष्टि जनाउँदै पश्चिमका थारूहरू २०७२ भदौमा आन्दोलित भए । आन्दोलनले हिंसात्मक रूप लिँदा भदौ ७ मा टीकापुरमा ८ प्रहरी र एक नाबालक गरी ९ जनाको ज्यान जाने गरी हिंसा भड्कियो । उक्त घटनामा रेशम चौधरीलगायत ५८ जनामाथि ज्यान मुद्दा चल्यो । भूमिगत रूपमै चुनाव लडेर रेशमले टीकापुर क्षेत्र पर्ने कैलाली–१ बाट २०७४ को चुनाव जिते । ज्यान मुद्दामा दोषी पाइएपछि उनको सांसद पद निलम्बनमा रह्यो । रेशमको पदरिक्त नभएका कारण उक्त क्षेत्रमा उपनिर्वाचनसमेत हुन पाएन, जसका कारण पूरै ५ वर्ष टीकापुरवासीले संसद्मा आफ्नो प्रतिनिधि पाएन । टीकापुरको उक्त हिंसात्मक घटनापछि थरुहट राजनीति करिब निष्क्रिय अवस्थामा पुग्यो । करिब ८ वर्ष सुस्ताएको थरुहट राजनीति गत वैशाखको स्थानीय तह निर्वाचनपछि एकाएक नयाँ रूपमा प्रकट हुने सम्भावना देखिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३३ जना र समानुपातिकतर्फ ५७ जनाको उम्मेदवारी दिएको उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । मूलधारका दलहरूले नै थारूको राजनीतिक प्रतिनिधित्व खुम्च्याएको महेन्द्र बहुमुखी क्याम्पस दाङका सहायक क्याम्पस प्रमुख कुलविर चौधरी बताउँछन् । ‘मूलधारका प्रमुख दलले चाहने हो भने थारूका सरोकार सम्बोधन गर्न गाह्रो छैन । तर, उनीहरू चाहँदैनन् । वर्षौंदेखिको शोषण अहिले पनि कुनै न कुनै रूपमा जारी छ । राज्यको प्रशासन यन्त्र र राजनीतिक प्रक्रियामा थारूले सहभागिता खोजेका छन्,’ सहायक क्याम्पस प्रमुख चौधरीले भने, ‘छुट्टै थरुहट प्रदेश बनेको भए त्यसको नेतृत्वमा पुग्न सक्ने जनसांख्यिक लाभ थारूलाई थियो । तर थारूको संख्या विखण्डन गर्ने गरी प्रदेशको सीमा कोरियो । थारूहरूमा बढ्दो राजनीतिक चेतनाले अब यस्तो अवस्था धेरै जाँदैन । यो असन्तुष्टि कुनै न कुनै रूपमा निर्वाचनबाट अभिव्यक्त हुनेछ । थारू कल्याणकारिणी सभा दाङका सल्लाहकार लक्ष्मीमान चौधरी सर्वसाधारण थारूलाई राजनीतिबारे धेरै चासो नभए पनि ‘हामीमाथि लामो समयदेखि विभेद गरिएको छ’ भन्ने गहिरो अनुभूति रहेको बताए । दाङ थारु समुदाय बढी रहेको जिल्ला हो । तर नागरिक उन्मुक्ति पार्टीबाहेकका दलले प्रत्यक्षतर्फ एक जना पनि उम्मेदवार दिएका छैनन्,’ उनले भने, ‘कानुनले बाध्य नपारेसम्म थारूलाई प्रतिनिधित्वबाट वञ्चित गर्न खोज्ने प्रवृत्ति सबै दलमा देखिएको छ ।’ कान्तिपुरबाट

‘रेशम चौधरीले भन्दा बढी मतले जित्छुः’ रञ्जिता

‘रेशम चौधरीले भन्दा बढी मतले जित्छुः’ रञ्जिता

१३९७ दिन अगाडि

|

२६ कात्तिक २०७९

टीकापुर घटनापछि फरार रहेकै अवस्थामा २०७४ सालमा रेशम चौधरीले चुनाव जितेको कैलाली–१ मा यस पटक उनकी  श्रीमती  रञ्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन्। रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुन्। यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरी र नेकपा एमालेका तपेन्द्रबहादुर रावल प्रतिस्पर्धामा छन्। २०७४ सालमा सांसद निर्वाचित हुँदा चौधरी ३४ हजार ३४१ मत पाएका थिए। प्रतिस्पर्धामा रहेकी एमाले उम्मेदवार मदनकुमारी शाह ‘गरिमा’ ले १३ हजार ४०६ र कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन्। स्थानीय तहको निर्वाचनको परिणामका आधारमा पनि नागरिक उन्मुक्ति पार्टी नै अगाडि देखिन्छ। टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिकासँगै जानकी गाउँपालिकाका पाँच र भजनी नगरपालिकाका दुई वडा यो क्षेत्रमा पर्छन्। चारै स्थानीय तहमा नागरिक उन्मुक्ति  पार्टीले नै जितेको छ। त्यस्तै, वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि उन्मुक्ति पार्टी नै बलियो देखिन्छ। उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवारले सबैभन्दा बढी १७ हजार १९३ मत पाएका थिए। त्यसपछि कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ११ हजार ११९, एमालेका वडाध्यक्षका उम्मेदवारले नौ हजार नौ सय, माओवादीका वडाध्यक्षका उम्मेदवारले ६ हजार ९३०, राप्रपाका वडाध्यक्षका उम्मेदवारले दुई हजार ७९७, एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले दुई हजार ३४३ र जसपाका वडाध्यक्षका उम्मेदवारले एक हजार ८७४ मत पाएका थिए। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यो क्षेत्रमा एक लाख २२३ मतदाता छन्। यसका आधारमा आकलन गर्दा उन्मुक्ति पार्टीकी उम्मेदवार श्रेष्ठसँग गठबन्धनका उम्मेदवार चौधरीको प्रतिस्पर्धा हुने देखिन्छ। २०४८ सालदेखि निरन्तर संसद्मा उपस्थित हुँदै आएका चौधरी गत निर्वाचनमा भने कैलाली–३ मा माओवादीका गौरीशंकर चौधरीसँग पराजित भएका थिए। यस पटक उनी कैलाली–१ मा उम्मेदवार बनेका छन्। त्यस्तै, एमाले उम्मेदवार रावल पनि प्रतिस्पर्धामा देखिन्छन्। उनी टीकापूर नगरपालिकाको पूर्व मेयर हुन्। अहिलेसम्मको चुनावी जोडघटाउमा उन्मुक्ति पार्टीकी उम्मेदवार श्रेष्ठ नै बलियो देखिएकी छन्। निर्वाचित भएर पनि पाँच वर्षसम्म संसद्मा जान नपाएका रेशम चौधरीको विषयलाई पनि उनले मतदातासँग लगिरहेकी छन्। भावनात्मक रुपमा पनि मतदातासँग जोडिइरहेकी उन्मुक्ति पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रञ्जिता श्रेष्ठसँग उन्नती चौधरीले गरेको कुराकानीः  रेशम चौधरीले जितेको क्षेत्रमा उम्मेदवार हुनुहुन्छ। के कस्ता अजेन्डा लिएर मतदातामाझ गइरहनु  भएको छ ? मेरो मुख्य अजेन्डा नै पहिचानको आधारमा संघीयता हुनुपर्छ भन्ने हो। यससँगै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको शासकीय प्रणाली हुनुपर्छ। सुशासन र समृद्धिका कुरा लिएर मतदातासँग भोट मागिरहेका छौं। हाम्रो जित्ने आधार भनेकै पहिचान, सुशासन र समृद्धिको मुद्दा हो। हिजोका दिन टीकापुरको घटना राजनीतिक घटना थियो भनेर कुरा उठाई दिने कोही पनि थिएन। अहिले हामी त्यहि कुरा उठाइरहेका छौं। अब सडकसँगै संसद्मा पनि यो कुरा उठाउँछौं। यिनै मुद्दाका आधारमा जनताले हामीलाई जिताउनेछन्। अन्य उम्मेदवारले पनि त विकास र सुशासनका कुरा गरिरहेका छन्। अरु र तपाईंमा फरक के भयो ? अन्य पार्टीले विकासका कुरा गरिरहेका छन्। तर, यतिका वर्ष जनताले चुनेर पठाउँदै विकासका काम गरेनन्।हामी विकाससँगै पहिचान, सुशासन र समृद्धिको कुरा गरिरहेका छौं। न्यायको कुरा गरिरहेका छौं। टीकापुर घटना पीडितले न्याय पाउनुपर्छ भनिरहेका छौं। न्यायको विषयमा अन्य उम्मेदवारले खासै रुची देखाएका छैनन्। न्याय र पहिचानका लागि आवाज उठाइरहेका कारण यस क्षेत्रका मतदाताले हामीलाई भोट दिनेछन् भन्नेमा विश्वस्त छु। मतदाताले त विकास निर्माणबारे पनि चासो दिइरहेका छन्। यो क्षेत्रको विकास निर्माणका विषयमा के सोचिरहनु भएको छ ? पहिलो त टीकापुर क्षेत्रको विकासका लागि नीति निर्माण तहमै पहल गर्नुपर्छ। त्यसका लागि हामी संसद्मा पनि आवश्यक छ। अर्को, यो क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायात, रोजगार र भौतिक पूर्वाधार निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल र समन्वय गरिरहेका छौं। यसमा कसरी सुधार ल्याउन सकिन्छ भनेर सरोकारवाला र विज्ञहरूको सुझावका आधारमा अगाडि बढ्नेछौं। यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसका नेता एवं पूर्व मन्त्री  रामजनम चौधरी र एमालेको तर्फबाट टीकापुरका पूर्व मेयर तपेन्द्रबहादुर रावल प्रतिस्पर्धामा छन्। कतिको चुनौती महसुस गर्नु भएको छ ? मलाई चुनाव जित्न एकदमै सहज छ। किनकि, दुवै उम्मेदवारले आफू सत्तामा हुँदा केही काम गरेका छैनन्। जनताले राम्रोसँग बुझेका छन्। दुवै जना जनतामा परीक्षण भइसकेका व्यक्ति हुन्। उनीहरूले आफ्नो कार्यकालमा समाजमा प्रभाव पार्ने गरी काम गरे जस्तो मलाई त लाग्दैन, केही काम देखिँदैन पनि। अहिले जनता पुरानोसँग दिक्क भइसकेका छन्, नयाँ अनुहारको खोजीमा छन्। त्यसैले दुवै जनासँग कुनै चुनौती महसुश गरेको छैन। जनताले मलाई आफ्नो अमूल्य मत दिएर जिताउनेछन् भन्ने पूर्ण विश्वास छ। गत निर्वाचनमा त मतान्तर धेरै थियो। यो पटक तपाईको मुख्य प्रतिस्पर्धी को हो जस्तो लाग्छ ? मेरो प्रतिस्पर्धा त सबैसँग हो नि। स्वतन्त्र उम्मेदवाहरू पनि प्रतिस्पर्धा गर्नकै लागि चुनावी मैदानमा उत्रिएका छन्। त्यसैले मेरो लागि सबै उम्मेदवार बराबरीका प्रतिस्पर्धी हुन्। बारम्बार चुनाव जित्छु भनिराख्नु भएको छ। कति मत पाउँछु जस्तो लाग्छ ? अहिले नै यति मत ल्याएर जित्छौं भन्दिनँ। यति भन्न सक्छु, म राम्रो मत ल्याएर जित्छु। मतदाताले मलाई अत्याधिक मत दिएर विजय गराउँनेछन्। रेशम चौधरीजीले पाएको भन्दा बढी मतले जित्छु। नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पनि हुनुहुन्छ। तपाईको पार्टीले जम्मा कति सीट जित्छ भन्ने आकलन छ ? नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा २० सांसद उपस्थित हुन्छन्। प्रदेशमा त हामी ठूलो पार्टी बन्छौं। बहुमत नआए पनि सुदूरपश्चिम प्रदेश सरकार हाम्रै पार्टीको नेतृत्वमा बन्छ भन्नेमा आशावादी छौं। अन्त्यमा, मतदातालाई केही भन्नु छ ? सामाजिक न्याय प्राप्त भएमा सबैलाई फाइदा हुन्छ। पहिचानको माग भन्नाले कुनै जातिलाई मात्रै अवसर र सुविधा दिने विषय होइन, सबैको समान अधिकार र पहिचानको कुरा हो। तसर्थ, हामी सामाजिक न्याय, पहिचान सहित सुशासनको पक्षमा छौं। हाम्रो देशमा व्याप्त भ्रष्टाचार र बेथितिलाई अन्त्य गर्ने वैकल्पिक शक्तिका रुपमा आएका छौं। यस पटक हामीलाई साथ र सहयोग गर्न आग्रह गर्छु। हिमालखबरबाट  

पूर्वसहयोद्धा गौरीशंकर र कृष्णकुमारलाई उछिन्ने गंगारामको दाउ

पूर्वसहयोद्धा गौरीशंकर र कृष्णकुमारलाई उछिन्ने गंगारामको दाउ

१३९७ दिन अगाडि

|

२६ कात्तिक २०७९

गोकुल जोशी प्रतिनिधि सभा कैलाली क्षेत्र नं ३ मा जनयुद्धका दुई सहयात्री आपसी प्रतिस्पर्धामा छन्। सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी ९कुन्दन० कैलाली ३ मा उम्मेदवार छन्। उनीसँग निवर्तमान सांसद गौरीशंकर चौधरी नेकपा एमालेका तर्फबाट स्पर्धा गर्दैछन्। गौरीशंकर पनि यसअघि नेकपा माओवादी केन्द्रमै थिए। यी दुई पूर्वसहयोद्धा सामु नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले चुनौती पेस गरेका छन्। यसपटकको चुनावमा उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसबाहेक कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम, नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल र नेकपा मालेका परेकबहादुर रावल उम्मेदवार छन्। यस्तै, स्वतन्त्र उम्मेदवार नवीनकुमार बोहरा र रमेश आचार्य पनि प्रतिनिधि सभाको दौडमा छन्। कैलाली क्षेत्र नं ३ मा थारु समुदायको बाहुल्यता छ।  विगतमा माओवादीमा सक्रिय नेताद्वय गौरीशंकर र कृष्णकुमार विगतमा पाएको मत सुरक्षित गर्दै जितको खोजीमा छन्।  ‘गठबन्धनको पूर्ण मत पाए कृष्णकुमारको जित निश्चित छ, तर यो सम्भावना कम छ,’ कैलाली–३ को चुनावलाई नजिकबाट हेरिरहेका एक नेताले भने, ‘गौरीशंकर विगतमा माओवादीमा हुनाले माओवादीको मत काट्न सक्छन्, दुवैको भोट बैंक थारु समुदाय नै हो।’ ती नेताका अनुसार दुवै नेतालाई विगतमा अवसर दिँदा काम गर्न नसकेको गुनासो पनि छ। यस्तो अवस्थामा थारु समुदायकै प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टीका गंगारामले पनि उल्लेख्य मत ल्याउने आकलन गरिएको छ।  गौरीशंकरलाई चुनौती  नेकपा एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका गौरीशंकर चौधरीलाई विरासत जोगाउने चुनौती छ।  ०७४ को चुनावमा एमालेको समर्थनमा माओवादीबाट चुनाव जितेका उनको संसद् यात्रा कस्तो होलारु चासोका साथ हेरिएको छ। गौरीशंकर ह्याट्रिकको दाउमा छन्। ०७० सालको चुनावमा उनी साविक क्षेत्र नं ४ मा विजयी भएका थिए। उनले ०७४ मा कांग्रेस नेता रामजनम चौधरीको जितको शृंखला तोडेका थिए। रामजनम ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिस भा सदस्यमा निर्वाचित भएका थिए।  ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले सानदार जित हात पारे। ०६४ सालमा भने चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासदमा चुनिए।  ०७० सालमा दोस्रो संविधान सभाको चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट उनले चुनाव जिते।  भूमिसुधार र स्वास्थ्य गरी दुई पटक मन्त्रीसहित लामो समय सत्ताभोगको अवसर पाएका रामजनमको संसद् यात्रामा ०७४ मा गौरीशंकरले पूर्णविराम लगाएका थिए।  त्यसबेला गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याएका थिए भने रामजनमले २० हजार ४९४ मत ल्याएका थिए। तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गौरीशंकरले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले। तत्कालीन नेकपा खारेजीपछि उनी एमालेमा समाहित भएका थिए। ‘विगत पाँच वर्षमा कृषिमा थुप्रै काम भएका छन्, किसानले मलको अभाव झेल्नु परेन, प्रधानमन्त्री कृषि परियोजना सुरु भयो, किसानले आफ्नो उत्पादनको मूल्य पाए,’ एमाले क्षेत्र ३ का एक नेताले भने, ‘यहाँका नदीहरूमा पुल बनेका छन्, बाटोहरू पिच भएका छन्, त्यसैले फेरि जनताले गौरीशंकरलाई चाहेका छन्।’ कमब्याकको दाउमा कृष्णकुमार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार चौधरी १५ वर्षपछि संसद् पस्ने दाउका साथ चुनावमा होमिएका छन्।  कृष्णकुमार ०६४ सालमा तत्कालीन कैलाली क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। ०७० सालमा पनि उनले माओवादी केन्द्रबाट टिकट पाउने चर्चा थियो। अन्तिममा गौरीशंकरले टिकट पाएर चुनाव पनि जिते। कृष्णकुमार ०४७ सालदेखि राजनीतिमा सक्रिय भएका हुन। एमाले निकट अनेरास्ववियु पाँचौँको साधारण सदस्यका रुपमा उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।  उनी नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धमा पनि उनी संलग्न भए। माओवादी शान्ति प्रक्रियामा गएसँगै उनले ०६४ को पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसका नारायणदत्त मिश्रलाई उछिन्दै संसद् यात्रा तय गरेका थिए।  ०७२ असोज ४ गते माओवादीबाट विद्रोह गरी वैकल्पिक शक्ति निर्माण गर्न भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ दल गठन गरेपछि उनी त्यतै सामेल भएका थिए। नयाँ शक्तिबाटै ०७४ को निर्वाचनमा कैलाली ३ ९२० मा चुनाव लडे। तर, सफल हुन सकेनन्। उनी नयाँ शक्ति, जसपा हुँदै फेरि माओवादी केन्द्रमै फर्किएका थिए।  गौरीशंकरले जितेर गएपछि आफ्नो क्षेत्रका लागि काम गर्न नसकेकोले विकासका लागि कृष्णकुमारले जित्ने गठबन्धनका नेताहरुको दाबी छ। ‘यो क्षेत्रमा गठबन्धन बलियो छ, गठबन्धनमा त्यस्तो समस्या छैन,’ सत्तारुढ गठबन्धनका एक नेताले भने, ‘प्रतिनिधि र प्रदेश सभामा वाम लोकतान्त्रिक गठबन्धनले चुनाव सहजै जित्छ।’ नागरिक उन्मुक्तिको दाउ  कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीलाई पनि मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ। स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले बलियो उपस्थिति देखाएकाले संसदीय चुनावमा पनि नागरिक उन्मुक्तिको प्रभाव रहने आकलन गरिएको छ। चौधरी ०७४ को निर्वाचनअघि कांग्रेसमा आवद्ध थिए। ०७४ को निर्वाचनमा तत्कालीन राजपामा प्रवेश गरेका थिए।  गंगाराम अहिले रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन्। स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले राम्रो नतिजा ल्याएकोले संसदीय चुनावको नतिजा पनि आफ्नो पोल्टामा पर्ने उनको दाबी छ।  ‘हामी न्यायको लागि चुनावमा होमिएका छौँ, जनताले राम्रोसँग बुझेका छन्,’ उनी भन्छन्, ‘राज्यले न्याय नगरे पनि आमजनताले न्याय गर्नेमा विश्वस्त छौँ।’ कस्तो छ अंकगणित ? यो क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकाको वडा नं। १, २, ३, ४, ५, ७ र ८ पर्छन्। स्थानीय तहको मतपरिणाम अनुसार सत्तारुढ गठबन्धन बलियो देखिन्छ। स्थानीय तह निर्वाचनमा कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ।  कुल २६ वटा वडामध्ये कांग्रेसले १९, माओवादी केन्द्र ३, नेकपा एमाले २ र नागरिक उन्मुक्तिले २ वडा जितेको छ। नेपालखबरबाट