सुदूरपश्चिममा एमाले भन्दा  नागरिक उन्मुक्ति पार्टी ठूलो

सुदूरपश्चिममा एमाले भन्दा  नागरिक उन्मुक्ति पार्टी ठूलो

१३८३ दिन अगाडि

|

१० मंसिर २०७९

हारे राजेन्द्र महतोः रेशम चौधरीलाई ‘मोहरा’ बनाएको पछुतो !

हारे राजेन्द्र महतोः रेशम चौधरीलाई ‘मोहरा’ बनाएको पछुतो !

१३८३ दिन अगाडि

|

१० मंसिर २०७९

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै सर्लाही–२ प्रतिनिधि सभा सदस्यमा माओवादीका महिन्द्रराय यादव विजयी भएका छन् । यादवले २३ हजार ५२९ मत ल्याएका छन् भने महतोले २१ हजार ५१६ मत पाए । आफ्नै पार्टीका सांसद रेशम चौधरीलाई छुटाउने सवालमा राजेन्द्र महतो संसदमा चर्को कुरा गर्थे । तर कहिले छुटाउने भन्ने कोठे बैठकमा खाँटी कार्यकर्ताहरुसँग उनको भनाइ हुन्थ्यो, ‘अरे, रेशम छुट जाएगा तो हमलोग चुनाव कैसे जितेंगे ?’ यो कुरा एक कान, दुइ कान मैदान हुँदा रेशम चौधरीसमक्ष पुगेपछि आफू जितेको पार्टीप्रति उनको भरोसा उठेको थियो । अन्ततः उनले हतारमै जेलबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेर स्थानीय चुनावमा होमिएका थिए । 

नागरिक उन्मुक्तिका विजयी जनप्रतिनिधिः कसले कति भोट ल्याए ?

नागरिक उन्मुक्तिका विजयी जनप्रतिनिधिः कसले कति भोट ल्याए ?

१३८३ दिन अगाडि

|

१० मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ सिट हासिल गरेको छ । तर बर्दिया–२ का लालवीर चौधरी प्राविधिक कारणवश पार्टीको चुनाव चिन्ह प्रयोग गरी लड्न नपाएकाले उनलाई स्वतन्त्रमा गणना गरिएको छ । त्यस्तै, प्रदेशसभामा ७ जना नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका छन् । कुन जनप्रतिनिधिले कति मत ल्याए त ? #प्रतिनिधिसभासदस्य -निर्बाचित संख्या -३ १) कैलाली क्षेत्र न. १ रंजिता श्रेष्ठ चौधरी (३०४०४) २)    ,,                 २ अरुण कुमार चौधरी (२१८७१) ३)    ,,                 ३ गंगा राम चौधरी (२३१२०) #प्रदेशसभासदस्य- निर्बाचित संख्या -७ १) कैलाली क्षेत्र न. १ (क) कैलाश चौधरी (१५१०१) २)       ,,              १ (ख) लक्ष्मण किशोर चौधरी (११३१८) ३)       ,,              २ (ख)  रामेश्वर चौधरी (१०६६५) ४)      ,,               ३ (क) घनश्याम चौधरी (१३९२३) ५)      ,,               ३ (ख) खुशीराम डगौरा थारू (७५३९) ६) बर्दिया क्षेत्र न.   १ (ख) राजकुमार चौधरी (१३२३०) ७)         ,,            २ (ख) धर्म बहादुर चौधरी (२०१२७) #स्वतन्त्र बाट  १.    बर्दिया क्षेत्र न.२ लालवीर चौधरी (२६५२०) 

पहाडीका ज्वाईं भएर पनि अरुण चौधरीलाई चुनाव जित्न भयो सहज !

पहाडीका ज्वाईं भएर पनि अरुण चौधरीलाई चुनाव जित्न भयो सहज !

१३८४ दिन अगाडि

|

९ मंसिर २०७९

कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले एमालेका झपटबहादुर रावललाई पराजित गरेका हुन् । सुरुको मतगणनामा पछि परे पनि अन्ततः अरूणले अन्तमा ५ हजार सात सय ४३ मतान्तरले जित हात पारे । अरूणले २१ हजार ८ सय ७१ मत ल्याएका छन् भने रावलले १६ हजार १ सय २८ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका बगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत ल्याएका छन् । को हुन् अरुण चौधरी  अरुण चौधरी कैलाली जिल्ला क्षेत्र न. २ मा पर्ने लम्कीचुहा न.पा. वडा न. ४ गिढिनिया बस्ने स्वर्गिय बुवा करिङ्गा चौधरी र आमा कल्टीदेवी चौधरीको कान्छा छोरा हुन् । उनी सानैदेखि समाज सेवामा रुचि राख्ने, अरुको सुखदुखमा सहभागी हुने, मुद्दा मामिला पर्दा सम्बन्धित ठाउँमा पुग्ने, समाज सेवामा आफ्नो समय बढी खर्चने ब्यक्ति हुन् ।  उनी  २०६४ सालदेखि हालसम्म निरन्तर थारुहरुको हक अधिकारको लागि लडिरहेका ब्यक्ति हुन् । आन्दोलनमै लागेका कारण बि.स.ं २०६९ सालमा उनका विरोधी पक्षले उनको ट्रयाक्टर समेत जलाएका थिए । ठूलो क्षति ब्यहोरे पनि तरुण अरुणको समाज सेवा र राजनीतिप्रतिको लगाव कम भएन ।  जनताका प्रतिनिधि भै ठाउँमा पुग्ने निर्णय गरे,मेयर र प्रदेश सभामा लडे, तर सफलता हात पार्न सकेनन् । दुइ चुनावमा हार ब्यहोरिसकेका अरुणले हारको ह्याट्रिक तोड्दै अन्ततः संघीय सांसद भएका छन् ।  तरुण अरुण सक्रिय युवा हुन्, उनी जोशिला र जांग्रिला युवा हुन् भनी धेरैले चिनेका छन् । तर अरुण पहाडीका ज्वाईं पनि हुन् भन्ने कुरा कमैलाई थाहा छ । उनी स्थानीय सरस्वती धामी चौधरी (सानु) सँग विबाह गरेका कारण थारुसँग मात्रै होइन, पहाडी समुदायसँग पनि उनको उत्तिकै घुलमेल, मेलमिलाप, घनिष्टता र नजिकको नाता सम्बन्ध छ । थारुका छोरा पहाडीका ज्वाईं भएका कारण पनि उनी थारु–पहाडी दुबै समुदायका लागि प्यारा छन् । यसैगरी, कैलाली–२ (ख) प्रदेश सभामा पनि नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी भएका छन् ।  यो सँगै नागरिक उन्मुक्ति पार्टीबाट कैलालीबाट मात्रै प्रतिनिधि सभामा ३ तथा प्रदेश सभामा ५ जना विजयी भएका छन् ।  प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका विजेतात्रय गंगाराम चौधरी, रन्जिता श्रेष्ठ चौधरी तथा अरूणकुमार चौधरी  ।

दाङ १ क बाट माओवादीका इन्द्रजीत थारु १७७५ मतान्तरले विजयी 

दाङ १ क बाट माओवादीका इन्द्रजीत थारु १७७५ मतान्तरले विजयी 

१३८५ दिन अगाडि

|

८ मंसिर २०७९

                                                                                     प्रतिद्वन्द्वी गंगाराम भट्टराईले इन्द्रजीत थारुलाई बधाई दिदै  दाङ–१ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु १ हजार ७ सय ७५ मतान्तरले निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका छन् । लुम्बिनी प्रदेशका बहालवाला स्वास्थ्य मन्त्री थारु दोस्रो पटक प्रदेश सभा सांसदमा निर्वाचित भएका हुन् ।   थारुले १३ हजार ५०५ मत ल्याएर विजयी भएका छन् भने भट्टराई  ११ हजार ७३० मत ल्याएर पराजित भएका छन् । २०७४ सालको चुनाव यसै प्रदेश सभाबाट थारु निर्वाचित भएका थिए । तर २०७० सालको चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भई चुनाव बहिस्कारमा सहभागी भएका थिए । पछि प्रचण्ड नेतृत्वको माओवादीमा सहभागी भएपछि २ पटक प्रदेश सभा सांसदमा निर्वाचित हुन सफल भएका छन् । पहिलो संविधान सभा २०६४ सालमा उनी क्षेत्र नम्बर १ बाट तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गर्दै थारु निर्वाचित भएका थिए । संयोग कस्तो परेको छ भने इन्द्रजीत थारु  दाङ–१ क बाट निर्वाचित भएकोमा  दाङ–१ ख बाट प्रदेश सभामा खुमबहादुर खड्काका छोरा अनुराग खड्का विजयी भएका छन् । 

पहिचानकोे मुद्दा  सम्बोधन नभएसम्म बिश्राम नलिने रञ्जिताको प्रतिवद्धता

पहिचानकोे मुद्दा  सम्बोधन नभएसम्म बिश्राम नलिने रञ्जिताको प्रतिवद्धता

१३८५ दिन अगाडि

|

८ मंसिर २०७९

आफू कैलाली–१ बाट प्रतिनिधि सभामा विजयी भएपछि नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मतदातालाई धन्यवाद दिदै पहिचानकोे मुद्दा सम्बोधन नभएसम्म बिश्राम नलिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनको धन्यवाद मन्तव्य जस्ताको तस्तैः आदरणीय/प्रिय मतदाता नमस्कार  मलाई र हाम्रो पार्टीलाई बिश्वास गर्दै अत्याधिक मत दिई बिजयी गराउनु भएकोमा म र मेरो पार्टीको तर्फबाट हृदय  देखि नै हार्दिक धन्यवाद एवं कृतज्ञता ब्यक्त गर्न चाहन्छु।  यो जितलाई टिकापुर घटनाका कारण बिना कसुर जेल जिवन बिताई रहनुभएका मेरा आदरणीय श्रीमान् तथा नागरिक उन्मुक्ति पार्टिका संरक्षक श्री रेशम चौधरी तथा सम्पुर्ण राजबन्दिहरुमा समर्पण गर्दछु। यो जित पहिचान प्राप्त गर्न दिनरात खट्ने थारु लगाएत सम्पुर्ण जनसमुदायहरुको जितको रुपमा मैले बुझेकी छु।  यस घडिमा, पहिचानकोे मुद्दा  संबोधन नभएसम्म बिश्राम नलिने प्रतिवद्धता पनि ब्यक्त गर्न चाहन्छु। साथै सम्पुर्ण रुपमा सद्भाव कायम गर्दै समृद्ध, समुन्नत र सुन्दर टिकापुरको पहिचान स्थापित गर्न लागि पर्नेछु। यस क्षेत्रका जनताले भोगिरहेका बिभिन्न समस्याहरु हल गर्न जनताको सेवकका रुपमा हरपल यहाँहरुकै आँगनमा रहि रहनुका साथै संसदमा टिकापुरवासी जनताको बलियो आवाज बन्नेछु। यहाँहरुको साथ सहयोग र खबरदारीको सदा अपेक्षा रहिरहने विश्वास लिएको छु। जसले मलाई अझ परिस्कृत  र सक्षम बन्न प्रेरणा दिइरहने छ।  नागरिक उन्मुक्ति पार्टिको प्रतिनिधिको रुपमा जित हासिल गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। यस दौरान म र हाम्रो पार्टीलाई जिताउन विभिन्न माध्यमबाट सहयोग गर्नुहुने आम सञ्चार माध्यमका साथिहरु बुद्धिजीवि तथा नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दछु। यसका साथै दिन,रात भोक, प्यास  नभनी अहोरात्र चुनावी अभियानमा खट्नु हुने पार्टीका सम्पुर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुप्रति विशेष  धन्यवाद दिन चाहन्छु।  कसैलाई काखा र कसैलाई पाखा नगरी मलाई जिताउन  भोट दिनुहुने र कुनै कारणवस भोट दिन असमर्थ सम्पुर्ण टिकापुरवासी जनसमुदायको साझा प्रतिनिधिको रुपमा निरन्तर लागि रहनेछु। चुनावको दौरान प्रतिस्प्रर्धीै भएपनि अन्य पार्टिका अग्रज साथिहरुसँग  आगामि दिनमा  टिकापुरको विकासका लागि सहकार्य गर्ने कुरामा प्रतिवद्ध भएको जानकारी गराउँदछु।  अन्तमा, नागरिक उन्मुक्ति पार्टीको जिम्मेवार अध्यक्ष हुनुको नाताले जनताले अपेक्षा गरे अनुरुपको नयाँ दर्शन, बिचार र बिकल्प सहितको बैकल्पिक शक्ति बनाउने संकल्प पनि ब्यक्त गर्दछु। जय नागरिक।                             रन्जीता श्रेष्ठ चौधरी                                      अध्यक्ष                           नागरिक उन्मुक्ति पार्टी

रञ्जिताले ३० हजार बढी मतका साथ पूर्वमन्त्री रामजनम चौधरीलाई गरिन् पराजित, पूरै प्यानलै विजयी

रञ्जिताले ३० हजार बढी मतका साथ पूर्वमन्त्री रामजनम चौधरीलाई गरिन् पराजित, पूरै प्यानलै विजयी

१३८५ दिन अगाडि

|

८ मंसिर २०७९

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । भारी मतका साथ प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए ।  एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो । भने, तीन हजार २६८ मत बदर भएको छ ।  यस क्षेत्रको प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् । नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए । निकटतम प्रतिस्पर्धी रावलले आठ हजार ५३ मत प्राप्त गरे । सो पार्टीले यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ३ मा पनि प्यानलसहित विजयी हासिल गरेको छ ।