राना थारु समुदायले तिज मनाए

राना थारु समुदायले तिज मनाए

१११४ दिन अगाडि

|

२ भदौ २०८०

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

१११५ दिन अगाडि

|

२ भदौ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेठ १५ गते छुटे रेशम चौधरी । उनी देशभरी नागरिक स्वागत, बधाई, अभिनन्दन थाप्न भ्याइ सकेका छन् । मेचीदेखि महाकालीको यात्रा पनि पुरा गरिसकेका छन् । त्यति मात्रै होइन, उनी केन्या र त्यहाँका आदिवासी जनजाति, उनीहरूको संगठनले गरेको स्वागत सम्मान थापेर आइसकेका छन् ।  केन्याबाट नेपाल फर्किने बेला सर्वोच्चको टीकापुर घटनासँग जोडिएको रेशम चौधरी बारेको पूर्णपाठ पनि आइसकेको छ । पूर्णपाठले अहिले देशमा ठूलै तरंग फैलिएको छ ।  तरंग ल्याउनेमा नश्लवादी सोंच भएकाहरू नै अग्रपंक्तिमा देखिएका छन् । ती मिडियाकर्मी हुन सक्छन्, कानुन ब्यबसायी हुन सक्छन्, अधिकारकर्मी हुन सक्छन् । विभिन्न दलहरूमा लागेका झोलेहरू हुन सक्छन्, तमाम निकाय, संघ, संगठनका विभिन्न पदहरूमा रहेका विभिन्न रंगरुपका ब्यक्तिहरू हुन सक्छन्, जसको सोंच सार्है संकीर्ण छ ।  जो यथास्थितिवादी छन्, जो उत्पीडितहरूले न्याय पाएको देख्न चाहँदैनन् । तिनीहरूको अनुहारमा टीकापुर मुद्दाबारे सर्वोच्चको पूर्ण पाठले खुशियाली छाएको छ । तर अधिकांश आदिवासी जनजातिहरू, थारूहरू, मधेसीहरू, दलितहरू, ब्राम्हन क्षेत्री समुदायका न्यायप्रेमीहरू गलत प्रचारले गर्दा दुःखी भएका छन् ।  सर्वाेच्चको पूर्ण पाठले रेशम पुनः जेल जानु पर्छ भनेको छैन । तर, कतिपय मिडियाहरू “रेशम जोल जाने” शीर्षक नै राखेर अदालतलाई उक्साइरहेका छन्, एक किसिमले दवाव दिइरहेका छन् ।  कथित बुद्धिजीवी, कानुन ब्यवसायी, मिडियाकर्मीहरू टीकापुर घटना सम्बन्धमा अलिकति पनि गम्भीर देखिएनन् । रेशम चौधरी कसरी २०७४ सालमा अत्याधिक मत ल्याएर चुनाव जिते ? २०७९ सालमा कसरी जेलबाटै गठिन उनको नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा सफलता पायो ? २०८० का प्रदेश सभा र प्रतिनिधि सभामा कसरी उनको पार्टीले सफलता हासिल ग¥यो ? घोत्लिन जरुरी छ ।  विशेष गरी २०४६ पछि काँग्रेस, एमाले र २०६२÷०६३ पछिका दिनहरूमा माओवादी समेतका कर्तुतका कारण आज थारूहरू यो अवस्थामा पुगेका छन् । थारुहरूलाई आश्वासन दिइएको जातीय स्वशासन, आत्मनिर्णयको अधिकारको आश्वासन त खेर गयो, गयो, उनीहरूलाई पहिचानमा आधारित प्रदेशसम्म पनि कथित लोकतान्त्रिक, समाजवादी दलहरूले दिन चाहेनन् ।  हो, तिनै काला कर्तुतका कारण आज नश्लवादीहरूले सोंचे जस्तो अवस्थामा थारूहरू रहेनन् । उनीहरू देशमा भएका सबै दलले शुरुवात गरेका सबै आन्दोलनमा दरो उपस्थिति जनाएका छन् । तर, आन्दोलन गरेवापत आदिवासी जनजातिहरू, थारूहरूले के पाए ? आन्दोलनले सफलता पायो, थारूहरूले के पाए ?  आफूलाई जनताको बीचमा लोकतान्त्रिक भन्ने दलहरूले थरूहट क्षेत्रमा जाँदा के छातीमा हात राखेर, तुलसा तामा छोएर उनीहरूको माग पुरा गरेको भन्न सक्छन् ? मलाई त त्यस्तो लाग्दैन । थारूहरूको लागि हाम्रो पार्टीले सबैभन्दा बढी बोल्यो भनेर गफ लाउनेले पहिले स्पष्ट हुनु पर्दछ कि थारूहरूको मुख्य माग के थियो ? अहिले पनि मुख्य माग के हो ? तर त्यो हिम्मत कुनै पार्टी र गठबन्धन सरकारसँग छैन ।  थारूहरूमाथि सदावहार अन्याय अत्याचार भैरहेको छ । उनीहरूलाई जंगबहादुर राणाको पालामा बनेको बि.सं १९१० को मुलुकी ऐनले कुन दर्जामा राखेको थियो ? राजा महेन्द्रको शासनकालमा थारूहरूलाई हेर्ने दृष्टिकोण के थियो ? अहिले पनि थारूहरूलाई हेर्ने दृष्टिकोण के छ ? उनीहरू पनि मज्जाले पढिरहेका छन्, हेरिरहेका छन्, विश्लेषण गरिरहेका छन् ।  आफूहरूलाई अहिले पनि केवल लौरोको रुपमा मात्र प्रयोग गरिरहेको कुरा थारुहरु आब जानिफकार भैसके । काँग्रेस, एमालेको स्पष्ट थारूविरोधी सोंच र माओवादीको दोहोरो (दोग्ला) चरित्रका कारण आज आदिवासी जनजातिहरू, दलितहरू, थारूहरू अन्याय अत्याचार खेपिरहेका छन् । नागरिक उन्मुक्ति जस्तो क्षेत्रीय पार्टी जन्मन बाध्य छ । टीकापुर घटनामा रेशम मात्रै मुछिएका छैनन्, उनीसँग सिङ्गो थारु समुदाय मुछिएको छ । टीकापुर घटना थरुहट आन्दोलन हुँदा घट्न पुग्यो । थरुहट आन्दोलन किन भयो ? थारूहरूका माग के थिए ? न त हँसिया हथौडाले कहिल्यै बुझ्न चाह्यो, न त चारताराले, न त अन्यले ।  थारु समुदायको चाहना, माग सुनुवाई गर्नुको साटो सीमाको लागि, देशको लागि लड्ने सशस्त्र प्रहरी, सेनालाई समेत लगाएर लोकतान्त्रिक दलहरूले थरुहट आन्दोलनलाई दबाएका छन् ।  संविधान नबनेकै अवस्थामा अधिकार प्राप्तिको लागि भएको थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलन नभन्ने हो भने स्पष्ट छ, हाम्रो देशको ब्यबस्थापिका, कार्यपालिका, न्यायापालिका नश्लवादी छ । २०७२ साल सम्मको कानुनमा गम्भीर प्रकृतिका घटनामा आममाफी दिन नमिल्ने कुरा थिएन । रेशम पक्राउपछि २०७५ सालदेखि त्यस्तो घटनामा आममाफी दिन नमिल्ने ब्यवस्था भएको देखिन्छ ।  भनिन्छ, संसारमा सबै ठूलो, अग्लो एन्टिना भनेको पुलिस प्रशासनको हुन्छ । हरेक घटना उसको निगरानीमा हुन्छ । तुरुन्त थाहा नपाएपनि ढिलो चाँडो उसले पत्ता लगाउन सक्छ । तर, जुन घटनामा उ आफैं संलग्न हुन्छ, त्यो घटना कहिल्यै टुङ्गो लाग्दैन । उ संलग्न भएको घटनालाई आफू पन्छिएर टुङ्गो लगाउने गर्दछ । त्यस अवस्थामा निर्दोषहरू दुःख झेल्ने अवस्था आउँछ ।  अख्तियार प्रमुखहरू भ्रष्टाचार गरेर अमेरिका भाग्दछन् । राजालाई प्रहरी, सेनाले बचाउन सक्तैनन् । माफियाहरूलाई कारवाही हुँदैन । निर्मला पन्तको मुद्दा टुङ्गो लाग्दैन । टीकापुरको घटनामा लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदैन । अनि थारूहरूलाई सिधै दोषी अपराधी भन्न भ्याउँछन् ।  अहिले सर्वोच्चको पूर्ण पाठ र मिडियाको प्रचारवाजीले रेशमको संगठनलाई झन् फाइदा भइरहेको छ । उसलाई जेल हाल्यो भने पुनः “बाबा टोहार छावा जेलम् परल बा” भन्ने बोलको गीत थारूहरूमा पुनः गहिरो स्थान पाउनेछ । उसप्रतिको समवेदना मान्छेमा सञ्चार हुन्छ । बरु बाहिर रह्यो भने उसले कुनै ठाउँमा बोल्दा, ब्यवहार गर्दा चिप्लिने डर हुन्छ ।  त्यसैले म त भन्छु, रेशम चौधरीको रिहाई हुँदा औधी खुशी हुनुपर्ने र औधी दुःखी हुनुपर्ने कारण छैन । अहिलेको दुनियाँमा रेशमको भौतिक शरीरलाई कारागारमा कैद गर्न सकिएला तर उनको विचार, उनको संगठनलाई कारागारमा कैद गर्न सकिन्न ।  फेरि सर्वोच्चको पूर्ण पाठले सरकारलाई मात्रै होइन, स्वयम् सर्वोच्चलाई समेत नैतिक संकटमा पारेको देखिन्छ । पाठको आशयअनुसार मुद्दा उल्ट्याउने वा रेशमलाई जेल हाल्ने हो भने ब्यवस्थापिका र कार्यपालिकाको महत्व के हुने ? भन्ने शक्ति पृथकीकरणको सिद्धान्तमा समेत असर पर्नेछ । आदिवासी जनजाति, आदिवासी थारूहरूले हेर्ने नजरियाको त के कुरा गर्नु र !         

मिडियाको आलोचना सरकारलाई सही मार्गदर्शन हुनसक्छः मुख्यमन्त्री चौधरी

मिडियाको आलोचना सरकारलाई सही मार्गदर्शन हुनसक्छः मुख्यमन्त्री चौधरी

१११५ दिन अगाडि

|

२ भदौ २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  मिडियाको  आलोचनाले नै सरकारलाई सही मार्गदर्शन  हुन सक्ने बताएका छन् । बुटवलमा शुक्रबार  प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सफल बनाउने उल्लेख गरे । उनले हिजोका दिन प्रजातन्त्र ल्याउन, कमैया मुक्ति अभियान सफल पार्न मिडियाको ठुलो भूमिका रहेको स्मरण गर्दै  मिडियाको  आलोचनाले प्रदेश सरकारलाई सही मार्गदर्शन गर्न सक्ने बताए । सरकारको काम कारबाहीलाई सञ्चार माध्यम र पत्रकारले निगरानी गर्नुपर्ने भन्दै उनले सरकारको गल्तीमा आलोचना गरेरै लेख्न आग्रह  गरे ।  ‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुने भएकोले मिडिया बलियो हुनुपर्ने  प्रदेश सरकारको मान्यता रहेको उनको भनाई  रहेको छ ।  कार्यक्रमका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बलियो  बनाउन सबै लाग्नु पर्ने बताए । अग्रज पत्रकारहरू कनकमणि दीक्षित, युवराज घिमिरे, डा बालकृष्ण चापागाईँ लगायतले पछिल्लो समय मिडिया सङ्कटमा परेको उल्लेख  गरे ।  बहुआयामिक चुनौतीहको सामना गर्दै समाजलाई दिशाबोध गर्ने दायित्व मिडियाको रहेको उनीहरूले बताए ।  सम्मेलनमा लुम्बिनी प्रदेशमा रहेका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चारउद्यमी र पत्रकारहरूको सहभागिता रहेको थियो । सम्मेलनले भोलि मोफसलका मिडियाहरूको सबलीकरण, पत्रकारहरूको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरूपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।  

रेशम चौधरीको सजाय मिनाहाबारे के छ सर्वोच्चको फैसलाको पूर्ण पाठमा ?

रेशम चौधरीको सजाय मिनाहाबारे के छ सर्वोच्चको फैसलाको पूर्ण पाठमा ?

१११७ दिन अगाडि

|

३२ साउन २०८०

मनबहादुर बस्नेत सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई सजाय मिनाहा  दिने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। साथै यस्तो कार्यप्रति इजलासको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ। सर्वोच्चले जेठ २ गते रेशमलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैद गरेको फैसला सदर गरेको थियो। सोही मुद्दाको पूर्ण पाठमा सर्वोच्चले रेशमलाई माफी मिनाहा दिने कार्य संविधान र न्यायको मान्य सिद्धान्तको हाकाहाकी उल्लंघन भएको ठहर गरेको हो। यसलाई सर्वोच्चले गम्भीर न्यायिक विचलन भएको व्याख्या समेत गरेको छ। सर्वोच्चको व्याख्यासँगै फेरि उनको सजाय मिनाहाको सरकारी निर्णय न्यायालयमा परीक्षण हुने बाटो खुलेको छ। “फौजदारी कानूनको उल्लंघनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा फौजदारी कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनीतिक सौदाबाजीको रणनीति अन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य मान्यता र कानूनी व्यवस्था समेतको उल्लंघन र उपहास हुने गरी माफी मिनाहा दिने समेतको कार्य गर्नु,’’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘‘मुलुकको संविधान कानून र न्यायको मान्य सिद्धान्त समेतको हाकाहाकी विपरीत हुने देखिन्छ।” फैसला सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको हो। राजनीतिक सौदाबाजी वा अन्य कुनै कारणबाट राजनीतिक पछ्यौरीले छोपी विषयवस्तुलाई दिशान्तर गरी कसूरजन्य कार्यको कारबाही प्रक्रियालाई न्यायिक निष्कर्षमा पुर्‍याउन अवरोध सिर्जना गरिएमा फौजदारी न्यायमा गम्भीर विचलन पैदा हुने पनि सर्वोच्चले भनेको छ। सरकारले माफी मिनाहा दिनुअघि नै सर्वोच्चले रेशमलाई दोषी करार गरेको थियो। फैसला गरिसकेपछि विकसित भएका घटनाक्रमलाई समेत सर्वोच्चले ‘नोटिस’मा लिएको देखिन्छ। सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा रेशमलाई कैदमुक्त गरेको थियो। संवैधानिक कानूनका ज्ञाता समेत रहेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी सर्वोच्चको फैसलाको पूर्णपाठ पर्खन नसक्ने सरकारलाई गतिलो जवाफ भएको बताउँछन्। “संविधान, कानूनले सरकारलाई पर्खँदैन,” केसी भन्छन् “माफी मिनाहा गर्ने निर्णयका लागि सरकारले फैसलाको पूर्ण पाठ पर्खनुपर्थ्यो, पर्खिएन। सजाय माफी दिँदा अर्को पक्षको न्यायमा घात गर्छ भन्ने संविधानको मर्मअनुसार नै व्याख्या भएको छ।” सर्वोच्चले टीकापुर घटनालाई अत्यन्त क्रूर, दर्दनाक र कारुनिक रहेको पनि व्याख्या गरेको छ। साथै, यो घटना पीडित र प्रभावित पक्षका लागि मात्र नभई नेपाली समाजलाई चीरकालसम्म चहराइरहने एउटा बिर्सनलायक, तर कहिल्यै बिर्सन नसकिने जघन्य फौजदारी कसूर भएको पनि पूर्ण पाठमा उल्लेख छ। निर्दोष र निहत्थाको अकारण र सामूहिक ज्यान लिनेजस्तो कार्यलाई राजनीतिक वा अन्य कुनै वाहना वा आवरणमा कसूरदारले उन्मुक्ति पाउन सक्ने मानिएमा संवैधानिक शासन व्यवस्था अन्तर्गत नागरिकको जिउ, धन, स्वतन्त्रताको संरक्षण गर्ने प्रमुख दायित्व भएको राज्य आफ्नो कर्तब्यबाट च्युत हुने पनि फैसलामा भनिएको छ। “यसले पीडित झन पीडित हुने र पीडक रवाफका साथ खुला हिड्न पाउने दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुनजान्छ,” पूर्णपाठमा भनिएको छ। यस्ता घटनाप्रति अदालत र न्यायिक निकाय लगायत कानून कार्यान्वयन गर्ने राज्यका निकाय संवेदनशील हुनुपर्ने भन्दै इजलासको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। रेशमले प्रहरी र अदालतमा आफू घटनास्थलमा नभएको भन्दै इन्कारी बयान दिए पनि प्राविधिक विश्लेषणले उनी घटना अघि र पछि घटनास्थल र त्यसको वरपर रहेको पुष्टि गरेको पनि फैसलामा छ।    टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा सर्वोच्चले जिल्ला र उच्च अदालतकै फैसला सदर गरिदिए पनि सरकारले पूर्ण पाठ नआउँदै माफी मिनाहा दिने निर्णय गरेको थियो। अघिल्ला अदालतले यो घटनालाई क्रूर र अमानवीय भनी व्याख्या गरेको थियो। फौजदारी कार्यविधि संहिताअनुसार, क्रूर र अमानवीय अपराध कैद मिनाहा नहुने सूचीका कसूर हुन्। त्यसैले सरकारले सर्वोच्चको पूर्ण पाठपछि मात्रै रेशमलाई सजायक मिनाहा गर्ने/नगर्ने निचोडमा पुग्नुपर्ने कानूनका जानकारहरुले बताएका थिए। तर, सरकारले सत्ता जोगाउन हतार हतार माफी मिनाहा दिएको थियो। संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था भए पनि १० वटा कसूरलाई भने सजाय माफी नहुने, मुल्तवीमा राख्न नपाइने, सजाय परिवर्तन वा घटाउन नसकिने सूचीमा राखेको छ। यसको उपदफा ४ को (घ) मा ‘क्रूर र अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको’ घटनामा सजाय माफी नहुने व्यवस्था छ। रेशमको कसूर पनि ‘क्रूर र अमानवीय तरिकाले ज्यान मारेको’ भनेर सर्वोच्चले पनि व्याख्या गरिदिएपछि सजाय माफी हुने निर्णय फेरि उल्टिने सम्भावना रहेको कानूनविद् बताउँछन्। कैद माफी दिने निर्णयविरुद्ध उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले हालेको रिट विचाराधीन छ। सर्वोच्चले सरकारको निर्णय संविधान र कानून विपरित भनी व्याख्या गरिदिएकाले रिटमा माग गरे बमोजिम आदेश आउनसक्ने एउटा आधार भने सिर्जना भएको छ। कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको थियो। त्यस घटनाको मुख्य योजनाकार रशेम रहेको तीनै तहका अदालतले ठहर गरेको छ। उनी हाल नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक छन्। उनकी श्रीमती रञ्जिता श्रेष्ठ नाउपाबाट संघीय संसद्मा निर्वाचित भएर अहिले संघीय सरकारमा मन्त्री छन्। यो पार्टीको प्रतिनिधि सभामा चार सिट रहेको छ। सत्ता गठबन्धनले सरकार मजबुत तुल्याउन नाउपाको सिट सुरक्षित गर्न सर्वोच्च अदालतको पूर्ण पाठ नै नकुरी सजाय मिनाहा गरेको थियो। रेशम फरार रहेकै वेला यसअघि २०७४ सालको संघीय निर्वाचनमा कैलाली–१ मा उम्मेदवार बनेका थिए। चुनाव जितेपछि २०७४ फागुनमा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। ६ वर्षपछि उनी जेलमुक्त भएका थिए। रेशम हाल अफ्रिका भ्रमणमा रहेका छन् । हिमालखबरबाट

 थारु महिला समाज उपत्यकामा नयाँ कार्यसमिति चयन

 थारु महिला समाज उपत्यकामा नयाँ कार्यसमिति चयन

११२० दिन अगाडि

|

२९ साउन २०८०

थारु महिला समाज नेपाल उपत्यका तदर्थ समितिबाट सर्वसम्मतले सुशीला चौधरीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन भएको छ । साउन २७ गते ललितपुरमा भएको एक कार्यक्रममा  थारु महिला समाज उपत्यका भेलाले नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको हो । कार्य समितिको उपाध्यक्ष मालती चौधरी, सचिव मन्दिरा चौधरी, कोषाध्यक्ष प्रतिमा चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कल्पना चौधरी, सञ्जना चौधरी, रविना चौधरी, वन्दना चौधरी, प्रतिमा चौधरी, अन्जु चौधरी, उर्मिला चौधरी, सन्नु कुमारी चौधरी, लिना कुमारी चौधरी, भूमिका कुमारी चौधरी, जयन्ती चौधरी, शुष्मा चौधरी, गीता चौधरी,सीता चौधरी, सपना चौधरी, ईन्दला चौधरी, सुनिता चौधरी लगायत  चयन भए ।  कार्य समितिका पदाधिकारीलाई थारु महिला समाजका केन्द्रिय अध्यक्ष गीता चौधरी लगायतले अबिर, टीका लगाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना  दिएका थिए । 

मन्त्री मोदीका ६ महिना २६ दिन...

मन्त्री मोदीका ६ महिना २६ दिन...

११२० दिन अगाडि

|

२८ साउन २०८०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी मन्त्री नियुक्त भएको ६ महिना २६ दिनमै पदमुक्त हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।  बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्ड आफैले मोदीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको हो ।  उनको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी भएको छ । साहलाई सोमबार बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण  गराइने राष्ट्रपति कार्यालयको तयारी छ ।  ३ माघ, २०७९ मा पहिलो पटक शक्तिशाली मन्त्री नियुक्त भएका मोदी ७ महिना नपुग्दै सत्ता सन्तुलनको कोपभाजनमा परेका हुन् । गत मंसिरमा  भएको निर्वाचनमा ३० हजार ६१२ मतका साथ एमालेका उम्मेदवार विनोद ढकाललाई उनले पराजित गरेका थिए । उनका प्रतिस्पर्धी ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका थिए ।  त्यसअघि २०७४ को संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ४ बाट कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरी चर्चामा आएका थिए मोदी ।  आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै प्रत्यक्ष निर्वाचनको विजयी यात्रा तय गरेका थिए ।  मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए ।  २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोदी समानुपातिक सांसद थिए । कोशी प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्नेमा मोदीसहित भोजपुरबाट सुदन किराँती र खोटाङबाट रामकुमार राई रहेका छन् ।  २०४२ असोज ५ गते जन्मेका मोदी २०५६ सालदेखि राजनीति सुरू गरेका थिए । उनी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । अहिले उनी केन्द्रीय कमिटी सदस्य छन् । संघीय निजामती ऐन आफ्नै पालामा पारित गराएर आफ्नो थारु समुदायलाई जातीय जनसंख्याअनुसार साढे ६ प्रतिशत आरक्षण कायम गराउने मोदीको सपना अधुरै रह्यो । 

‘थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाइन्न भन्ने लाग्छः’  मन्त्री मोदी

‘थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाइन्न भन्ने लाग्छः’  मन्त्री मोदी

११२१ दिन अगाडि

|

२८ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीको कोटाबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी जनमतलाई दिने तयारी थालेको बताइन्छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले प्रधानमन्त्रीलाई आफू सहयोग गर्न तयार रहेको र आफू मन्त्रालयबाट बाहिरिन कुनै आपत्ति नरहेको रातोपाटीलाई बताइसकेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने कुन मन्त्री फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषय प्रधानमन्त्रीमा निहित हुने बताउँछन् ।  उनले  भने,‘ म एउटा थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाउनु हुँदैन भन्ने लाग्छ । तर, प्रधानमन्त्रीले चाहनुभयो भने मलाइ मन्त्री मात्रै होइन, पार्टी सदस्यबाट समेत निष्कासन गर्न सक्नुहुन्छ ।’ मोदीले सर्वोच्च अदालतले समेत मन्त्रीदेखि अन्य नियुक्तिमा समावेशीलाई ध्यान दिन सुझाएका बेला आफूलाई मन्त्रालयबाट फिर्ता बोलाउनु अदालतको आदेश विपरीत हुने बताए ।  त्यसो त नेपाली कांग्रेसमा समेत समावेशीलाई ध्यान नदिएको भन्दै आन्तरिक विरोध सुरु भएको छ ।