साना नानीहरूको साथ साथ सुनिता ‘सानु’

साना नानीहरूको साथ साथ सुनिता ‘सानु’

१२८० दिन अगाडि

|

२५ फागुन २०७९

थारु समुदायमा होली पर्व: आगो भित्र्याउने प्रचलन

थारु समुदायमा होली पर्व: आगो भित्र्याउने प्रचलन

१२८२ दिन अगाडि

|

२३ फागुन २०७९

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्। देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिए। होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए। ‘होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ। देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ,’ उनले भने। सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, बरघरले देउथानमा तेलमा पकाइएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन्। आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ। रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ। आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उनले बताए। ‘होलीका बेला आगोलाई सगुनका रुपमा भित्र्याउने गरेका छौँ। होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र सफा गर्ने गर्दछन्। महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ,’ उनले भने। रासस

थारु कल्याणकारिणी सभा कपिलबस्तुको एघारौं जिल्ला अधिबेशन सम्पन्न

थारु कल्याणकारिणी सभा कपिलबस्तुको एघारौं जिल्ला अधिबेशन सम्पन्न

१२८३ दिन अगाडि

|

२१ फागुन २०७९

थारु कल्याणकारिणी सभा कपिलबस्तुको एघारौं जिल्ला अधिबेशन फागुन २० गते शनिबार सम्पन्न भएको छ । जिल्ला कार्य समितिमा सभापतिमा पवनकुमार थारु, उपसभापतिमा जगतदेव थारु, भग्गु प्रसाद थारु, रजनी थारु, सचिवमा सन्तराम थारु, सहसचिवमा रेशम थारु, कोषाध्यक्षमा चमेली थारु चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा पुष्पा थारु, छेदनी थारु, बृजभार थारु, इन्दु कुमारी थारु, मंगलप्रसाद थारु, रामसहाय थारु, रमेशचन्द्र थारु, रामपति थारु, मीना थारु, इन्द्र बहादुर थारु, राम बहादुर थारु, शिवगुलाम थारु, दिनेश थारु रहेका छन् ।  साथै केन्द्रिय पार्षदमा बिश्राम प्रसाद थारु, जीतबहादुर चौधरी, दिपक प्रसाद थारु, झगरु थारु, उमाशंकर चौधरी, राजेश चौधरी, हरिनारायण थारु, कमला थारु, शिवाली थारु रहेका छन् । सभापति उमाशंकर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।   

सुदूरपश्चिम सरकारलाई यथास्थितिमा विश्वासको मत दिन सकिँदैन : माओवादी

सुदूरपश्चिम सरकारलाई यथास्थितिमा विश्वासको मत दिन सकिँदैन : माओवादी

१२८५ दिन अगाडि

|

२० फागुन २०७९

नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहले आइतबार (फागुन २१ गते) विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले भने, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौँ। केन्द्रको निर्णयको पखाइमा छौँ ।’ माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिङ हुनुपर्ने माग राख्दै आएको छ । शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइ दिन सभामुखलाई पत्र पठाएअनुसार बैठक आह्वान गरिएको हो । प्रदेशसभामा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाहले सरकार गठन गरेका छन् । उनी मुख्यमन्त्री बनेपछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशसभामा सोही अनुसारको राजनीतिक समीकरण बन्ने आकलन गरिएको थियो । तर माओवादीको पत्रले थप अन्योल सिर्जना गरेको छ ।

‘कोशीमा बग्यो माओवादीः  विद्रोहको झण्डा बरु नेकपा (एस) र जसपाले उठाए’

‘कोशीमा बग्यो माओवादीः विद्रोहको झण्डा बरु नेकपा (एस) र जसपाले उठाए’

१२८७ दिन अगाडि

|

१८ फागुन २०७९

अर्जुन आचार्य   प्रदेश १ ले नामकरणको लामो बहसपछि नाम पाएको छ । नामका विभिन्न विकल्पमा छलफल र बहस भएकोमा अन्ततः ‘कोशी’ नाम टुङ्गो लागेको छ । लामो रस्साकस्सीपछि यो प्रदेशले नाम टुङ्ग्याएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा नाम पाउन नसकेको प्रदेशले दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै यो विषय टुङ्गो लगाएको छ । अहिले पहिचानको आन्दोलन कमजोर छ । पहिचानलाई जातीय देख्ने नश्लीय चिन्तन र उनका आँखाका लागि यही बेला पहिचानवादी आन्दोलनलाई हुर्मत लिने अवसर भएको थियो । उक्त प्रयासमा प्रदेश १ का पहिचानवादी भनिएका र भोट बैंकको रुपमा प्रयोग गर्दै आएका राजनीतिक दलहरुको असलियत पनि उदाङ्गिएको छ । यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलन निरन्तर चलिरहेको छ । यहाँ लामो समयदेखि भाषिक आन्दोलन भए । विभेद विरुद्धका आन्दोलन भए । २५० वर्षयता निरन्तर आन्दोलनको इतिहास बनिरहेको छ । सबैभन्दा धेरै पहिचानको आन्दोलन गर्नेमा २ नम्बर प्रदेश (हालको मधेस) र १ नम्बर प्रदेश नै हो । २ नम्बर प्रदेशलाई ‘मधेस’ नामकरण गरेसँगै त्यहाँको आन्दोलनले उठाएको मुख्य माग सम्बोधन भएको छ । तर, प्रदेश १ मा आदिवासी जनजातिको आन्दोलनलाई एमाले र कांग्रेसले ‘कोशी’मा लगेर सेलाएका छन् । यसले निरन्तरको विभेद, असन्तुष्टि, अशान्ति र द्वन्द्वलाई दीर्घकालसम्म लैजाने सम्भावना बढेको छ । प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्थ्यो । त्यो आन्दोलन कोशीले गरेको थिएन । आन्दोलन त केवल समुदायले गरेको हो । यहाँका आदिवासी, जनजाति, प्रकृति पूजकहरुले आन्दोलन गरेका थिए । त्यसकारण पहिचानको आन्दोलनलाई सम्बोधन गरेर एउटा द्वन्द्व र अशान्तिलाई सदाका लागि अन्त्य गर्ने अवसरबाट हाम्रो प्रदेश वञ्चित भएको छ । सशस्त्रदेखि शान्तिपूर्ण आन्दोलनसम्म नेपालमा २००८ सालमा इमानसिंह चेम्जोङको नेतृत्वमा लिम्बुवान आन्दोलनको लागि संगठन बनेको थियो । उक्त संगठनमा क्षेत्री बाहुनहरुको पनि आबद्धता थियो । त्यसबेला लिम्बूको भाषा पढ्दा नै देशद्रोहीको आरोप लाग्थ्यो । लिपी लेख्दा नै देशद्रोहीको मुद्दा लगाएर जेलनेल लगाउने चलन थियो । २०४२ सालमा वीर नेम्वाङको नेतृत्वमा भाषा संरक्षणको आन्दोलन भयो । उक्त आन्दोलनमा नेम्वाङसहितका आन्दोलनकारी जेल परेका थिए । आन्दोलनकै निरन्तरतामा २०६२ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दर्ता भयो । हालसम्म सो पार्टीले अरुणपूर्व लिम्बूवान राज्य हो भन्दै कुरा उठाइरहेको छ । सोही पार्टीको नेतृत्वमा २०६४ सालमा १८ दिन, १९ दिन, २५ दिनसम्म चरणवद्ध आन्दोलन भए । आन्दोलनमा इलाम चुलाचुलीका राजकुमार आङ्देम्बेलाई झापाको कमल खोलामा गोली ठोकेर मारियो । झापा पृथ्वीनगरका मनिल तामाङ पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समानुपातिक प्रणालीको माग गर्दा मारिएका थिए । उनीहरु दुवै जनालाई राज्यले सहिद घोषणा गर्यो र परिवारलाई १० लाख क्षतिपूर्ति पनि दियो । त्यही बिचमा सात राजनीतिक दल सम्मिलित सरकारी वार्ता समिति र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबिच २०६४ साल फागुन १८ गते ५ बुँदे सम्झौता भयो । सम्झौताको तेस्रो बुँदामा लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहटलगायतका आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र जातीहरुको ऐतिहासिक पृष्ठभूमिलाई समेट्ने प्रतिबद्धता गरिएको छ । त्यसपछि यो आन्दोलन शान्तिपूर्ण प्रदर्शन र धर्नामा सीमित भयो । यस्तै किरात राज्यको माग गर्दै यसअघि गोपाल किराँतीले नेतृत्व गरेको सशस्त्र आन्दोलनलाई पनि हामीले बिर्सन हुँदैन । उक्त आन्दोलनमा १ जना मारिएका छन् भने कतिपय अपाङ्गता भएका छन् । कतिपयले बन्दी जीवन बिताउनु परेको छ । किराँत राज्यको माग गर्दै सबैभन्दा लामो बन्दी जीवन बिताउने सोलुखुम्बुका भाइ किराती हुन् । २०५५ साल जेठमा पक्राउ परेका भाइ किराँती ८ वर्ष ९ महिना जेल बसेका थिए । गोपाल किराँतीको नेतृत्वमा ०४९ सालमा किराँत राज्यकै लागि खम्बुवान राष्ट्रिय मोर्चा गठन भयो । उक्त संगठनले ०५४ साल साउनदेखि सशस्त्र आन्दोलन सुरु गरेको थियो । ०५९ साल असारबाट सो पार्टी किराँत वर्कर्स पार्टी भयो । ०६० साल असारमा सो संगठन माओवादीमा समाहित भएको थियो । सो क्रममा भोजपुरका राजेन राई किराँती (मण्डेला)को २०५८ साल माघ १० गते हत्या भयो । त्यसयता सो संगठनका ४ जना घाइते भए । दुई जनालाई पक्राउ गरियो । किराँतीको नेतृत्वमा भएको सो अभियानमा त्यस बेला केही सशस्त्र फौज माओवादी जनमुक्ति सेनामा समाहित भएका थिए । उनीहरुले त्यस बेलासम्ममा ८ सय थान भरुवा बन्दुक, २ दर्जन बारबोर बन्दुक, ३२ थान रिभल्भर पेस्तोल, दर्जनौं ग्रिनेटलगायत जम्मा गरिसकेका थिए । माओवादीसँग एकतासँगै उनीहरुले उक्त हतियार पनि माओवादीलाई नै बुझाए । हातहतियार पहिचानको आन्दोलनका लागि उठेको थियो भन्ने कुरा अहिले बिर्सनु हुँदैन । त्यसपछि २०६० साल माघमा किराँत गणराज्य सरकार घोषणा भयो । ०६३ सालको शान्ति सम्झौतामा विघटन भयो । ०६४ साल साउनमा माओवादीले फेरि पार्टीको तर्फबाट किराँत राज्य, लिम्बूवान राज्य निर्माण गर्यो । किराँती त्यसबेला लिम्बुवान, कोचिला, किराँत, खम्बुवान सबै मिलाएर किराँत गणराज्य बनाएको स्मरण गर्छन् । अहिले कोशी भनेर प्रदेशको नामकरण गरेपछि अशान्ति हुने उनी बताउँछन् । अधिकार पाउँदा सबैले पाउने नपाउँदा कसैले नपाउने नेपालको अवस्था हो । ‘प्रदेश पहिचानलाई नसमेटी निर्णय गरेको खण्डमा कुन ढंगले आन्दोलन हुन्छ भन्न सकिँदैन । तर, पहिचान र प्रगतिशील आन्दोलन हुनेमा दुईमत छैन,’ किराँती भन्छन् । कसैले भूमिगत त कसैले सार्वजनिक हिसाबले पनि आन्दोलन र विरोधका कार्यक्रमहरु गरिरहेका छन् । लिम्बुवानका तत्कालीन योद्धा कांसोरेलाई राणाको सेना रघुवीरले वार्ताको नाममा झुक्याएर मारेपछि पहिचानको आन्दोलन पूर्वमा जारी छ । कांसोरेलाई अरुण र सभाखोलाको संगमस्थलमा मारिएको इतिहास छ । लिम्बुवानको शासनकालमा कौशिक ऋषि आएर तपस्या गरेको र उनैको नामबाट कोशी नदी नाम रहन गएको इतिहास छ । सोही इतिहासको आधारमा नाम राख्नु आफूहरुको अपमान हुने भन्दै आदिवासी जनजातिले आवाज उठाइरहेका छन् । तर, कोशी प्रदेशको प्रस्ताव राख्ने क्रममा नेकपा एमालेले कोशीले सबै धर्म, जातजाति, संस्कृति र सभ्यतालाई समेट्ने दाबी गरेको छ । ‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ । पूर्व प्राज्ञ सभा सदस्य अमर तुम्याहाङ भन्छन्, ‘कोशीमा बग्यो माओवादी । विद्रोहको झण्डा बरु नेकपा (एस) र जसपाले उठाए ।’ तर  कोशीमा मओवादी मात्रै होइन ठूला दल काँग्रेस र एमाले पनि बगे ।   

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

१२८९ दिन अगाडि

|

१६ फागुन २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णयले ‘भूइँचालो’ गएको बताएका छन् । सांस्कृतिक संस्थानले तीनवटै प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यदेखि प्राज्ञसभा सदस्यसम्मलाई मंगलबार संयुक्त रुपमा गरेको शुभकामना तथा बधाई कार्यक्रममा कुलपति राईले उक्त जिकिर गरेका हुन् । कुलपति राईले अगाडि भने, ‘देशमा भ्रष्टाचारका अनेक तौरतरिका छन् । त्यो मध्ये एक प्राज्ञिक भ्रष्टाचार पनि हो । प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर हामीले प्राज्ञिक भ्रष्टाचार न्यून गर्ने कामको थालनी गरेका छौं ।’ नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो ।  नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर राम्रो कामको सुरुवात गरेकोमा टिमको प्रशंसा गरे ।  ‘अहिले त कुनै मन्त्रीलाई कार्यक्रममा बोलाइए फूलमालाको लागि पनि पैसा उठाउने गरेको सुनेको छु । कुनै ठाउँमा नियुक्तिका लागि लाख होइन, करोड माग्ने गरेको सुनेको छु । यसरी त कसरी रोकिन्छ र भ्रष्टाचार ?’ मन्त्री किरातीले भने, ‘हामीले गुडाउने प्रत्येक थोपा तेलमा सहिदको रगत बगेको छ ।’ त्यसैले, आफूले भ्रष्टाचार हुन नदिने उनले प्रण गरे ।  आफू मन्त्री भएको ४५ दिन पुगेको बताउँदै उनले भने, ‘१ सय दिनका लागि हनिमुन टायम कुर्ने समय हामीलाई छैन ।’ आफ्नो मन्त्रालय मातहतका पदाधिकारीलाई निर्धक्क भएर काम गर्न उनले आग्रह गरे । कुलपति राईले आफ्नो तालुकदार मन्त्रालयको मन्त्रीले घुस नखाने प्रण गरेकाले आफूलाई काम जाँगर आएको बताए । उनले भने,‘सांस्कृतिक संस्थानका जिएम अशोक प्यासी राईले अढाई वर्षमा ७ मन्त्री झेलेछन् । तर म धेरै मन्त्री झेल्न सक्तिन । यदि सुदन किराती मन्त्रीको जिम्मेवारीबाट हटे कुलपतिबाट राजीनामा दिन सक्छु ।’ उनले आफू प्राज्ञिक काम गर्न आएकाले जागिर जोगाउने रहर नभएको पनि जिकिर गरे ।   सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छालीले आफूहरुको विधा काम नदेखिने विधा भएकाले हाललाई पेश्की बधाई लिने, बाँकी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले सांस्कृतिक संस्थानले तीनै प्रज्ञाका पदाधिकारीलाई एकै स्थानमा भेला गरेर आइसब्रेक गरेकोमा धन्यवाद दिए ।  संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले एउटा विभागमा जम्मा १०÷१२ लाख रकमले काम गर्न नसकिने भएकाले रकम बृद्धि गर्न मन्त्रीको ध्यानाकर्षण गराइन् । ‘सानो रकमले थोरै काम हुन्छ, जुन देखिन्न, ’ शर्माले भनिन्, ‘तीनवटै प्रज्ञा प्रतिष्ठान मिलेर ‘डुप्लिकेशन’ नगरी कार्य गर्ने प्रतिबद्धता गरौं । यसबाट सबै सफल भइन्छ ।’ सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले भने, ‘सांस्कृतिक संस्थानको काम पनि तीनवटै प्रज्ञा प्रतिष्ठानसँग मिल्दोजुल्दो छ । त्यसैले, ‘डुप्लिकेशन’ नगरी काम गरौं । योजना बनाउन सँगै बसौं ।’ कार्यक्रममा ‘डुप्लिकेशन’ नगरी काम गर्ने चर्चा भए पनि सांस्कृतिक संस्थानले नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने कार्यक्रम गरे लगत्तै मंगलबारै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले तीनवटै प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । त्यसमा उपस्थित तीनै कुलपति तथा मन्त्री किरातीले पनि पहिलो कार्यक्रममा सबै बोलिसकेकाले आफूहरुसँग बोल्ने नयाँ कुरा नभएको जिकिर गरे ।   

ट्रेकिङ लाइसेन्स बाहक धाविका रुमा चौधरी भन्छिन्- हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु

ट्रेकिङ लाइसेन्स बाहक धाविका रुमा चौधरी भन्छिन्- हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु

१२९० दिन अगाडि

|

१५ फागुन २०७९

काठमाडौं । गत वर्षको चैतमा फेसबुक चलाउँदाचलाँउदै रुमा चौधरीका आँखा एउटा विज्ञापनमा परे । विज्ञापन ट्रेकिङ गाइडको तालिमबारे थियो । महिला ट्रेकिङ गाइडको तालिम भएकाले उनमा हौसला आयो । उनले कैलालीको चिसापानी क्षेत्रस्थित कटासे बजारको सनफ्लावर होटलमा तालिम हुने जानकारी पाइन् । तालिमा खानेबस्ने सबै व्यवस्था हुने बुझेपछि उनलाई थप सजिलो भयो । तत्काल जान मानसिक रुपमा तयार भइन् । रुमाले एक महिने ट्रेकिङ गाइड तालिम लिइन् । कैलालीको भजनी नगरपालिका- ६ बसाहाकी रुमा तालिमकी एक्ली गाउँले सहभागी थिइन् । काठमाडौंको थापा गाउँमा प्रशासनिक कार्यालय रहेको नेपाल माउन्टेन एकेडेमीबाट एक महिना तालिम लिएपछि दिएको परीक्षामा रुमा पास भइन् । रुमालाई आफू यो तालिम लिएको पहिलो थारु महिला लागेको छ । चलचित्र निर्देशक भोजराज भाट पनि रुमा ट्रेकिङ  गाइड लाइसेन्स लिने पहिलो थारु महिला हुनसक्ने बताउँछन् । गत बिहीबार काठमाडौंमा आएर सरकारबाट लाइसेन्स लिएपछि रुमा घर फर्किसकेकी छन् । यो सबैको लागि उनले १० हजार खर्च भएको बताइन् । ‘तालिम र लाइसेन्समा त केही खर्च भएन’, रुमा भन्छिन्, ‘काठमाडौं आउजाउमा १० हजार जति सकियो ।’ ग्रामीण विकासमा स्नातकोत्तर गरेकी रुमालाई गाउँको बारेमा जानकारी छ । गाउँका सुखदुःखका बारेमा जानकारी छ । आदिवासी थारु समुदायका भएकीले उनलाई आफ्नो समुदायको खास जानकारी छ । उनी यो सबै दक्षता पर्यटन क्षेत्रमा लगाउन चाहन्छिन् । आफ्नो क्षेत्रमा पर्यटन क्षेत्रको गाइड हुन चाहन्छिन् । आफ्नो क्षेत्रबारे जानकार उनमा तालिम अनि लाइसेन्स पाएपछि आत्मबल झनै बढेको छ । रुमालाई धाविका र ट्रेकिङ गाइड दुवैको रुपमा नजिकबाट बुझेका चलचित्र निर्देशक भाटले सामाजिक सञ्जालमा एक पोस्ट गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा आउँदा रुमालाई गाइडको रुपमा सहयोग माग्न आग्रह गरेका छन् । रुमालाई भने तराईमा मात्रै होइन, पहाड अनि हिमालमा पनि गाइड गर्न मन छ । उनले हिमाल देखेकी छन् । तर, हिमाली क्षेत्रमा पुगेकी छैनन् । उनले पहाड घुम्ने मौका पाएकी छन् । रुमा बझाङमा छात्रवृत्तिमा भेटेनरी अध्ययन गरिरहेकी बहिनी प्रमिला चौधरीसम्म पुगेकी छन् । ‘पहाड धेरै गएको छैन, काठमाडौंदेखि बझाङसम्म मात्रै हो’, रुमा भन्छिन्, ‘अब हिमाली क्षेत्र जाने रहर छ ।’ २८ वर्षीया रुमाको परिवारमा आमासहित तीन बहिनी छन् । उनी ११ वर्ष हुँदै बुबा बितेपछि उनी घरको आमापछिको दोस्रो नेतृत्वमा छिन् । रुमालाई सुदूरपश्चिमको पर्यटन क्षेत्रमा केही राम्रा कामको नेतृत्व गर्ने मन छ । घोडाघोडी तालदेखि कैलालीका प्रमुख गन्तव्यहरुमा उनले घुमेको अनुभव लिएकी छन् । अब थुप्रै गन्तव्यहरुमा घुम्ने र घुमाउने उनको रहर छ । कुनै जागिर नगरेर अध्ययनमै व्यस्त उनले पढाइ र पर्यटनलाई प्राथमिकता दिने बताइन् । उनलाई आफूले पाएको ट्रेकिङ गाइड लाइसेन्सको सदुपयोग गरेर नेपालका हिमाली क्षेत्रहरुमा घुम्ने र घुमाउने मन छ । अनि कमाउने र रमाउने मन छ । ‘मैले हिमाल धेरैपटक हेरेको छैन । बच्चामा शैक्षिक भ्रमण हुँदा पोखरा पुग्दा माछापुच्छ्रे र अन्नपूर्ण हेरेको हो । त्यसपछि हेरेको याद छैन’, रुमा आफ्नो हिमाली प्रेमबारेमा भन्छिन्, ‘सहयोग भएमा हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु।’  नेपालप्रेसबाट