अरुण चौधरी थुनामै रहनेः  उच्च अदालतले दिएन रिहाईको अन्तरिम आदेश

अरुण चौधरी थुनामै रहनेः  उच्च अदालतले दिएन रिहाईको अन्तरिम आदेश

१३०२ दिन अगाडि

|

३ फागुन २०७९

रेशम चौधरीलाई रिहा गर्ने देउवाको बचन !

रेशम चौधरीलाई रिहा गर्ने देउवाको बचन !

१३०२ दिन अगाडि

|

३ फागुन २०७९

सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ । रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिनेदिन प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ । त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको छ । जबकि एमाले नेतृत्वको त्यो सरकार गठनका बेला उन्मुक्तिले समर्थन गरेको थियो । तर विश्वासको मत दिने दिन प्रदेश सभामा नै अनुपस्थित भयो । समर्थन गरेर मत नदिएपछि उन्मुक्ति पार्टी पनि एमालेसँग अन्य पार्टीभन्दा एमालेप्रति अलि कडा भएको व्यवहारले नै पुष्टि गरेको छ । रेशम चौधरी रिहामा एमाले बाधक भएको बुझाई उन्मुक्ति पार्टीका नेताहरूको छ । कांग्रेस, माओवादीलगायत मदेसवादी दलहरु रेशम चौधरी रिहाका लागि सकारात्मक भएपनि एमाले कठोर रहेको उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यको भनाइ छ । ‘हामीले याद गर्दैछौं सुरुदेखि एमाले हामीप्रति ‘वायस’ देखिएको छ, एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको नेतृत्वमा सरकार हुँदा पनि रिहाका लागि प्रयास भयो तर उहाँले खासै चासो दिनुभएन’,ती नेताको भनाइ छ । सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई रेशम चौधरी रिहाका लागि ध्यानाकर्षण गराउन जाँदा उनले आश्वासन दिएपनि प्रक्रिया सुरु नगरेको ती नेताको गुनासो छ । कांग्रेसले भने रिहाका लागि पटक पटक प्रयास गर्नुका साथै प्रक्रिया सुरु गर्दा समेत एमाले बाधक बनेको ती नेताको आरोप छ । कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको रिहाका लागि प्रक्रिया सुरु गरेको थियो । रिहाका लागि अध्यादेश नै ल्यायो तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई पास नै हुन दिइनन् । राष्ट्रपति भण्डारीले अध्यादेश अस्वीकृत गर्नुमा एमालेकै हात रहेको उन्मुक्ति पार्टीको बुझाइ छ । उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले अरुण चौधरी पक्राउ पर्नु र एमालेका सांसद लक्ष्मी कोइरी महतो खुल्ला घुम्नुले सबै कुरा स्पष्ट भएको टिप्पणी गरे । उनले भने, ‘हाम्रो लागि सबै दल उस्तै हुन् कोही अलि बढी कडा कोही नरम । तर व्यवहार सबैको उस्तै हो ।’ रेशम चौधरीको रिहा गर्न आफूहरूले सरकारलाई दबाब दिइरहेका बेला अर्का सांसदलाई पक्राउ गरेपछि उन्मुक्ति पार्टीप्रति यो सरकार सकारात्मक छैन भन्ने स्पष्ट भएको उनको भनाइ छ । ‘काँग्रेसले रिहाका लागि अध्यादेश ल्यायो तर त्यसलाई रोक्ने काम राष्ट्रपतिबाट भयो, राष्ट्रपति कुन पार्टीको हो, कहाँबाट परिचालित हुनुहुन्छ त्यो स्पष्ट छ, त्यसमा केही भन्नु परेन,’ उनले भने, ‘हामी एमालेप्रति पूर्वाग्रही छैनौं, हामीले असहयोग पनि गरेको होइन तर हाम्रा केही माग र मुद्दामा अहिलेका सरकार सहमत हुनुपर्छ र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।’ स्रोतका अनुसार काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन भएपछि पहिलो काम रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका छन् । त्यसका लागि उन्मुक्ति पार्टीले काँग्रेसलाई सहयोग गर्नुपर्ने उनले सर्त राखेका छन् । प्रधानमन्त्री देउवा र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जना श्रेष्ठबीच भएको भेटमा यस्तो आश्वासन दिएको काँग्रेस स्रोतले जनाएको छ । स्मरण रहोस् देउवासहितका कांग्रेस नेताहरु माओवादी, उन्मुक्ति लगायतका दलहरुलाई आफूसँग तानेर एमाले नेतृत्वको सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसका लागि उनीहरुले देशी विदेशी शक्ति प्रयोग गरेको एमाले नेताहरूको आशंका छ । 

प्रणय दिवसमा विश्वभर प्रेम साटासाट गरी मनाइँदै

प्रणय दिवसमा विश्वभर प्रेम साटासाट गरी मनाइँदै

१३०३ दिन अगाडि

|

२ फागुन २०७९

प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ ।  प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले  भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए । भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन सुरु गरे । यो दिवस मनाउने क्रममा प्रेमी प्रेमिकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् । पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ । न्युज कारखानाबाट

क्रान्तिले ल्याएको त्यो समानता...

क्रान्तिले ल्याएको त्यो समानता...

१३०४ दिन अगाडि

|

१ फागुन २०७९

                                                                                                                  आफ्नो खेतबारीमा लेखक बन्धु हर्दिउला बन्धु हर्दिउला लगभग २०४२/०४३ साल तिरको कुरो हो ! भर्खर मेरो जन्म भएको थियो ! त्यसबेला मेरा बाजे खोजराम डगौराले आफ्ना सन्ततीका लागि २० बिघा नम्बरी जमिन खैलाड गाउँमा बनाइसकेका थिए ! समय जमिनदारी प्रथाको थियो ! त्यसबेला खैलाड गाउँमा बैजनाथ महतौंले, धनौरामा मल्लले र कुँडी गाउँमा खेमराज सिंहले  जमिनदारी गर्थे ! त्यसमध्ये सबभन्दा बढी तानाशाह, गुण्डागर्डी, शोषण, अत्याचार खेमराजले गर्थे ! गाउँमा डुल्नु पर्यो भने कि उनी नाङ्गो जीपमा कि घोडामा मात्र हिड्थे र उनको हातमा सँधै टुटु या बाराबोर बन्दुक लिएकै हुन्थे । दैनिक रुपमा सिकार खेल्नु उनको दिनचर्या थियो ।   त्यसबेला भर्खर खेतिपातिको विकास हुँदै थियो ! खास गरि सिजनमा एकबालीको मात्र विशेष ध्यान दिइन्थ्यो त्यो पनि धानको मात्र । धानलाई रोप्ने चलन थिएन बुवारो विधिबाट खेती गरिन्थ्यो । जम्मै धान बुवारो छरेर सकाउँथे र २० बिघा जमिन घरमा २० जनामात्र सदस्य तर भोकमरी हुन्थ्यो त्योबेला अधुनिक खेती गर्न नजानेर ! त्यसबेला भोकमरी ताल्ने एउटा मात्र उपाय थियो जंगलमा सिकार गर्नु या अर्काको घरमा कमैया भएर कमाउनु ! तर मेरो घर परिवारले शिकारको बाटो रोज्यो त्यो बेला घरघर बन्दुक, बमगोला, इन्डियाको खुल्ला सिमाना, कुनै छेकबार सोधपुछ नहुने ।  समयले कोल्टे फेरेसंगै हाम्रो घर वरिपरि बगैँचा तयार हुँदै गयो । बगैचाका रुखहरु बिस्तारै विशालकाय भए । त्यसबेला खैलाड, धनौरा र कुँडी गाउँ मध्ये सबै भन्दा राम्रो र ठूलो बगैँचा हाम्रै थियो रे ! अनि त्यस बगैचामा अत्याचारी खेमराजको नजर पर्यो ! त्यसबेला हाम्रो घरको घरमूली मेरा बुवाआमा भोजलाल डगौरा/गंगीया थरुनी हुनुहुन्थ्यो । एकदिनको कुरो हो, जमिनदार खेमराज एकाबिहानै घोडा सवार गरि बाराबोरका  साथ हाम्रो घर पुग्यो र बुवालाई भन्यो, " रे भोजलाल ! मोर महल बन्वैना बा रे ! ५०/६० हजार इटा पकाइक लग टोर बगियक कठुवा किल पुगि रे ! कै पैंसा लेबे रे !" बुवाले तुरुन्त जवाफ फर्काउनु भो, " नै बेंचम मलिकवा !" अनि खेमराज घोडामाथि चढ्यो र चढ्नेबेला २०० रुपैयाँ भुँइमा खसाल्यो र भन्यो, " रे भोजलल्वा ! मोर पैंसा गिर गिल रे ! पुगा ते !"  हतार हतारमा बुवाले पैसा समात्नु भो र त्यहीबेला फेरि खेमराजले भन्यो, "ले अब यिहे हो टोर बगियक मोल! अब आगे बोल्बे ते यी बाराबोर  डेखटे ।" भनेर घोडा कुदाउँदै आफ्नो बाटो लाग्यो! बुवाको मुखमा बुजो लाग्यो! अर्को दिन उनका सारा कमैया, भत्तावाला सबेरैबाट बगैँचा काट्न सुरु गरिहाले । जस्को सम्पत्ती उ चुँइक बोल्न नि पाएन, सबै बगैँचा सखाप भयो । उसताका नेपालमा कम्युनिष्ट आन्दोलन चर्किदै थियो । २०४६ सालको जनमत संग्रह पछि संविधान निर्माणमा असंतुष्ट भएपछी प्रचण्ड र बाबुरामले २०५१ साला फागुन १ गतेको दिनबाट औपचारिक रुपमा जनयुद्ध लडने घोषणासहित संसद भवन त्याग गरे । समयको चक्रसंगै म पनि हुर्कदै गएँ र जनयुद्धको आँधीबेरी मच्चियो तानाशाह बिरुद्ध, शोषक बिरुद्ध, अत्याचारी बिरुद्ध, जमिनदार बिरुद्ध, सामन्त बिरुद्ध, जातियताका बिरुद्ध, हामीजस्ता सर्वहारा निमुखाका लागि अनि म पनि बिस्तारै ब्रेक लगाउँदै कक्षा ८ पुगें । त्यहीबेला एकरात माओबादीहरुको एउटा ठूलो जत्थाले खेमराजको घरमा छापा मार्यो । उसलाई भौतिक कार्वाही गर्यो, घरका सारा खजाना कब्जा गर्यो । तत पश्चात उपचारको क्रममा एक शोषक, एक गुण्डा, एक अत्याचारी जमिनदारको मृत्यु भयो । त्यसपछि बाँकी शोषकहरु रातारात शहरतिर भागे । गाउँ फर्किदा "रे फलाना" शब्दको सत्तामा "हो फलाना" तँ को तिमी, तिमीको ठाउँमा तपाईं जस्ता शब्दको प्रयोग गर्न बाध्य भए सबै सामन्तहरु । माओबादीको जनअदालतले सामाजिक राज चलाउने क्रम चल्यो! आन्दोलनले एक सामान्य अनपढ व्यक्ति पनि निडर भयो । सामाजिक सोचको रुपान्तरणमा कायापलट परिवर्तन त्यसबेला जनयुद्धले ल्यायो!  त्यसकारण, भले हामी आर्थिक, धार्मिक, भौगोलिक, सांस्कृतिक  र भाषिक रुपले एक समान समृद्ध नहुउँला तर बोली र सामाजिक व्यवहारका दृष्टिले समानताको मध्यमार्गी बाटोमा ल्याइ छोडेको अनुभूत १० बर्षे शसस्त्र जनयुद्धले गरेको हुनाले आजको दिन "जनयुद्ध दिवस" मेरो लागि सम्झिन लायकको दिन हो । लेखक शिक्षण पेशामा आवद्ध छन् ।

महेन्द्रको ‘मिन्झारी’ विमोचन   

महेन्द्रको ‘मिन्झारी’ विमोचन   

१३०५ दिन अगाडि

|

२९ माघ २०७९

महेन्द्र उपाध्यायको ‘मिन्झारी’ उपन्यास शनिवार विमोचन भएको छ ।  प्रज्ञा डवली, कमलादीमा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्व सांसद तथा लेखिका शान्ता चौधरी तथा लेखक उपाध्यायले पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । सो अवसरमा आख्यानकार पाण्डेले महेन्द्र उपाध्यायको ‘मिन्झारी’ आख्यान लेखनमा पहिलो प्रयास भए पनि धेरैको ‘नोटिस’मा पर्ने कृति लिएर आएको बताए । उनले भने,‘प्रत्येक खण्डको सुरुवात र अन्त्य गजबको छ । कथा भन्ने शैली मलाई गजब लाग्यो ।’ शान्ता चौधरीले ‘मिन्झारी’मार्फत् कमैया, कमलरीका कथा पस्किएर आफ्ना समुदायका समस्या उजागर गरेकोमा लेखक उपाध्यायलाई धन्यवाद दिइन् । लेखक उपाध्यायले थरुहट भूमि र थारु समुदायको पक्षमा आफू हिजो पनि रहेको, आज पनि रहेको अनि भोलि पनि रहने प्रतिबद्धता व्यक्त गरे । उनले कैलालीवासी आफूले थारु समुदायलाई नजिकबाट नियालेकाले तिनका कथाव्यथा आख्यानमा समेटेको बताए । कार्यक्रमको सहजीकरण भूमिका थारुले गरेकी थिइन् । आख्यान टीकापुर घटनाबाट सुरु गरिएको छ । काबु क्रियशनले प्रकाशन गरेको मिन्झारीको मोल ५७५ रुपैया रहेको छ ।  

भजनी नगरपालिकास्तरीय बरघर समिति गठन

भजनी नगरपालिकास्तरीय बरघर समिति गठन

१३०६ दिन अगाडि

|

२८ माघ २०७९

कैलालीको भजनी नगरपालिकास्तरीय भलमन्सा तथा बरघर समिति माघ २८ गते गठन भएको छ ।  खोजनी बोझनी (भुरा खेल) गरी नगर अधिवेशन सम्पन्न भएको जानकारी भजनी नगरपालिकाका मेयर केवल चौधरीले जनाए ।  भेलाबाट सर्बसम्मत रुपमा लालबोझीका रामकिसन चौधरीको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको छ । कार्यसमिति यसप्रकार रहेको छः उपाध्यक्षः कृष्णदेवी चौधरी वडा नम्बर ८, सुनाफाँटा सचिवः देशराज चौधरी वडा नम्बर १, गौनहिया  सहसचिवः रामचन्द्र चौधरी, वडा नम्बर ६, बिसनापुर कोषाध्यक्षः विजय कुमार महतौ,  वडा नम्बर ४, खैलाड सदस्यलोगः  लालबहादुर चौधरी, वडा नम्बर १, गौनहिया देवीप्रसाद चौधरी, वडा नम्बर २, मोहनपुर अशोककुमार चौधरी, वडा नम्बर ३, जवलपुर सीताराम महता,ै वडा नम्बर ४, खैलाड हरिबहादुर चौधरी,  वडा नम्बर ५, लालबोझी  उषादेवी बस्नेत, वडा नम्बर ३, धुसी सिमल चोक देवीप्रसाद लोनिया, वडा नम्बर ७, पृथ्वीपुर पतिराम चौधरी, वडा नम्बर ८, जनकपुर विनोद चौधरी, वडा नम्बर ९, पहलवान यसमा ३ जना सदस्य पछि मनोनित गरिनेछ । बरघरहरुको कार्यकाल जम्मा एक वर्षको हुने भए पनि भजनी नगरपालिकास्तरीय बरघर समितिको कार्यकाल ३ वर्षको हुनेछ । यसरी अर्को वर्ष बरघर नहुनेहरु पनि नगरपालिकास्तरीय बरघर समितिमा भने रहिरहने देखिन्छ ।   

स्याउल्यान छोट्का

स्याउल्यान छोट्का

१३०६ दिन अगाडि

|

२८ माघ २०७९

महेन्द्र उपाध्याय मैले कल्लुलार्ई हेरें । ऊ आफ्नी आमाको दायाँतिर बसेको थियो । उसको दायाँतिर जेठी बैनी, जेठी बैनीको दायाँतिर, उसकी कान्छी बैनी लहरै बसेकी थिए । र, उसको बुबा उनीहरुको अगाडि सुतिरहेको थियोे । सबका आँखा एक महाशून्यमा डुबेका थिए । जस्तो कि त्यहाँ दृष्टि छैन । ओठ बन्द थिए । जस्तो कि त्यहाँ बोल्न बर्जित छ । खाना खाइसकेपछि म ठाँटीमा उक्लें । गाउँ आउँदा मेरो सुत्ने ठाउँँ भनेकै ठाँटीमा थियोे । ठाँटीमा एउटा कोठा निकालिएको थियोे र बाँकी भाग खुला छाडिएको थियोे । गर्मीका दिनहरुमा बाहिर सुत्न त्यसो गरिएको थियोे ।  मेरो खाटबाट छोट्काको लास देखिन्थो । त्यो दिन म खुब डराएको थिएँ । म डराउनु स्वाभाविक थियोे । तर घरभरि मान्छे भएकाले डर देखाउन मिल्ने अवस्था पनि थिएन । मैले खाटबाट स्याउल्यान छोट्काको लासतिर नै हेरिरहेको थिएँ । बेला बेला स्याउल्यान छोट्कीको रुवाई उठ्थो । ऊ अनुनय, विनय गर्दै पाल्की छेउ आएर भन्थी, “यतिका वर्ष तपार्र्इंको घरमा काम ग¥यो, यत्ति मानिदिनुस न ।”  लगत्तै बजैको आवाज सुनिन्थो, “कस्ती मान्छे होई, खेत बाँझो बनाउँ क्या त ?” रुवाईले गर्दा ऊ बाँकी कुरा राम्रोसँग भन्न पनि सकिरहेकी थिइन । बजैको उत्तर सुन्नासाथ उसको रुवाई झन् ठूलो हुँदै जान्थ्यो ।                                                                                                                                        लेखक   महेन्द्र उपाध्याय केही समय उसलार्ई आफ्नो रुवाई कम गर्न लाग्थ्यो । फेरि सुक्सुकाउँदै भन्थी, “मैले यसलार्ई सधँै ठूला खेतमै देखें ।’ फेरि बजैको आवाज सुनियो, “यो कस्ती मान्छे रैछ मेरो त गाँसबासै उडाउनै लागि ।”  ऊ रुँदै फेरि लास छेउ पुग्थी र छोट्कालार्ई रिसाए झैं गरी भन्थी, “आफू पुरिने माटो पनि छैन तँसँग है ?” फेरि ऊ रुँदै पाल्की छेउ आउँथी । जस्तो कि ज्वारभाटा किनार पुगेर फेरि फर्किए । धेरैपल्ट त्यो रुवाई छालझैं हिँडिरह्यो आँगनदेखि पिँडी, पिँडीदेखि आँगन । बिहान लास जङ्गलतिर ल्याउन लाग्दा स्याउल्यान छोट्की रुँदै भनिरहेकी थिई, “बजै ठूलो खेतको एक कुना यसलार्ई दिनु न है । जिन्दगी भर तपार्ईंको खेत जोत्यो ।”  बजैका कानमा उसका कुनै कुरा पसेनन् । आमा कल्लुकी दुई बैनीलार्ई समातेर उभिनु भएको थियोे । र, आफू पनि रुँदै हुनुहुन्थ्यो । ‘मिन्झारी’ उपन्यासबाट, यो पुस्तक आज माघ २८ गते प्रज्ञा डवली, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे विमोचन हुँदैछ ।