‘मन्त्री र पहुँचवालाको क्षेत्रमा मात्रै विकास भयोः’ सांसद, तेजुलाल चौधरी

‘मन्त्री र पहुँचवालाको क्षेत्रमा मात्रै विकास भयोः’ सांसद, तेजुलाल चौधरी

१२२६ दिन अगाडि

|

१९ वैशाख २०८०

डिल्लीबहादुर चौधरीः बेसको अध्यक्षदेखि मुख्यमन्त्रीको बागडोरसम्म

डिल्लीबहादुर चौधरीः बेसको अध्यक्षदेखि मुख्यमन्त्रीको बागडोरसम्म

१२३० दिन अगाडि

|

१५ वैशाख २०८०

गिरिराज नेपाली लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री डिल्ली बहादुर चौधरी आज शुक्रबार ११ बजे पदको शपथ लिदै छन् ।  उनको जन्म २०२६ साल असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६, डुम्री गाउँमा भएको हो । आमा सोमती चौधरी र बुबा टुकलाल चौधरीको सन्तानका रूपमा उनको जन्म भएको हो । सामाजिक विकास विषयमा स्नातक गरेका चौधरीले १७ वर्षको उमेरदेखि नेपाली काँग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०५७ सालमा कमैया आन्दोलनको अगुवाइ गरेका उनी संघीय सांसद, प्रदेश सांसददेखि संघीय मन्त्री, प्रदेश मन्त्री हुँदै मुख्यमन्त्रीसम्म बन्न सफल भए । कुनै बेला डिल्ली चौधरीको परिवार जमिनदारको घरमा कमैया बसेको थियो । यद्यपि उनी आफै भने कमैया बस्नु परेन । प्रदेशसभा सदस्यका रूपमा दोस्रोपटक निर्वाचित भएका उनी पहिलो कार्यकालमा लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीको रूपमा डेढ वर्ष काम गरे । चौधरी प्रदेशसभाको दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्न सफल भएका हुन् । २०४२ सालदेखि राजनीति र सामाजिक सेवामा उत्तिकै सक्रिय चौधरी दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हुन् । चौधरीले थारु समुदायसहित अन्य अल्पसंख्यक गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत शिक्षाको उज्यालो दिन ‘व्याकवार्ड सोसाइटी’ (बेस) मार्फत् टुकी लिएर गाउँ गाउँ छिरे । लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे । जसको चर्चा यहाँमात्रै हैन, विश्वभर नै उत्तिकै भइरहेको छ । कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो बाल्ने चौधरी बाल अधिकारको क्षेत्रमा पनि क्रियाशील बने । भारतका ‘बाल बचाओ अभियान’का कैलाश सत्यार्थीसँगको सम्बन्धका कारण उनी बालबालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशील भए । १७ वर्षको कलिलो उमेरमै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रूपमा विपन्न तथा पिछडिएका जनताको उत्थानका लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्त्वपूर्ण काम सुरुवात गरे । नेपालको तल्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछि परेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडि बढाइरहँदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्मक प्रभाव पारेको छ । थारु समुदायमा जमिन्दारहरुले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले । पुस्तौं पुस्तासम्म थारुहरु माथि गर्ने शोषण झन् बढ्दै गयो र पुस्तौंसम्म थारुहरु ऋणमा अल्झिँदै गए । त्यसपछि कमैया मुक्तिको आन्दोलनमा उनी लागे, सफल पनि भए । राजनीतिक परिवर्तन र  सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालीन निरंकुश पञ्चायत शासन व्यवस्थाले देशद्रोही भएको आरोपमा पक्राउ ग¥यो । पुरस्कार र सम्मान डिल्लीबहादुर चौधरीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका छन् । त्यही कारण उनले अशोका फेलोसिप अवार्ड, रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड प्राप्त गरेका छन् । यस्तै उनले सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो र सुप्रबल त्रिशक्ति पट्ट तथा भारतको राम कृष्ण जय दयाल हार्मनी अवार्डसमेत प्राप्त गरेका छन् । संसदीय यात्रा र काम दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी २०७० मा संविधानसभा सदस्य बने । सोही समय उनी श्रम राज्यमन्त्रीको भूमिकामा समेत रहे । वैदेशिक रोजगारीलाई सहज र व्यवस्थित बनाउन चौधरीले छोटो समयमै महत्त्वपूर्ण योगदान गरे । यसअघि उनले लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहँदा उनले प्रदेश सरकारबाट खरिद भएका गाडीमा अनियमितता भएको तथ्य उजागर गर्दै आफैले चढेको गाडी पनि स्टोरमै फिर्ता गरेका थिए । दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । निर्वाह गरेका जिम्मेवारी २०४६ सालदेखि सामाजिक संस्था बेसको अध्यक्ष कमैया आन्दोलनको अगुवाइ गरी २०५७ साल साउन कमैया मुक्तिको घोषणा गराउन सफल । २०६४ देखि निरन्तर नेपाली कांग्रेसको महासमिति सदस्य संविधानसभा सदस्य– २०७० श्रम राज्यमन्त्री २०७३–७४ प्रदेशसभा सदस्यमा निर्वाचित दाङ–३ (१)– २०७४ पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री २०७८–८९ प्रदेशसभा सदस्यमा निर्वाचित दाङ ३ (१)– २०७९ संसदीय दलको नेता नेपाली कांग्रेस– २०७९ लुम्विनी प्रदेशको मुख्यमन्त्री–२०८० वैशाख १४

‘भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियोः’ मन्त्री रन्जिता श्रेष्ठ

‘भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियोः’ मन्त्री रन्जिता श्रेष्ठ

१२३० दिन अगाडि

|

१५ वैशाख २०८०

मन्त्रीहरुको दिनचर्या यसै पनि व्यस्त हुन्छ । नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ । यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले विहीवार सामाजिक सञ्जाल फेसबुकमा एक गजल पोस्ट गरेकी छिन् । जसमा भ्रष्टाचारीहरूको मूल जरो त सरकारमा भेटिएको अभिव्यक्ति समेटिएको छ ।  साथै, वर्तमान नेताहरुले  देश कति बनाए भन्ने कुरा व्यवहारमा भेटिएको पनि सार पस्किएकी छिन् । (पढौं गजलको पूर्ण अंशः) बुज्नुस्  ऊ दोषी  यही आधारमा  भेटियो छातीभित्र देश रहेछ कारागारमा भेटियो । जरो   खन्दै   गइयो भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियो । कहिले भने र यिनीहरुले  देश बिगार्छौ भनेर कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो । शिर झुकाएर नमन उसको कलाकारितालाई अगाडि गुलाब  पछाडि तरवारमा  भेटियो । ऊ होइन भनिरह्यो, म जिद्दी गरिरहे अन्तिममा उसको  परिवहन  मेरो रक्तसञ्चारमा भेटियो । मन्त्री पदमा विराजमान रन्जिता श्रेष्ठ चौधरीले आखिर सरकारकै विरोध गरेर, सरकारलाई नै भ्रष्टाचारी करार गरेर किन सिर्जना गर्नु पर्यो ? चर्चाको विषय भएको छ ।  मन्त्री भएकै बेला एकपटक रवि लामिछानेले भनेका थिए, म मन्त्री भए पनि प्रतिपक्षी समेत हुँ । रन्जिता श्रेष्ठ चौधरीको पथ पनि त्यही लाइनमा डोरिएको छ ।   

मुसा सिकारका पारखी छोट्कानुहरू

मुसा सिकारका पारखी छोट्कानुहरू

१२३१ दिन अगाडि

|

१४ वैशाख २०८०

कैलारी गाउँपालिका–२ मंझराका छोट्कानु चौधरीलाई वैशाखको टन्टलापुर गर्मीको परवाह छैन । उनी आफ्नै रफ्तारमा एकनाशले फरहुवा (कोदालो) चलाइरहे । उनको एउटै लक्ष्य मुसाको सिकारमा थियो ।  छोट्कानु र उनको साथीहरु केही समयको मेहनतपछि लक्ष्य भेटाए । एउटा मुसन्डा (भाले) सहित ११ वटा मुसाको सिकार गरे । उनले भने, ‘एउटा मुसन्डा र १० वटा बोटरु (बच्चा) पायौ । २०÷२५ मिनेट लाग्यो । ६ जनाको समूह छ । यतिले छाक पुग्दैन । अझै खोज्छौ ।’ छोट्कानु र उनको समूह गहुँ बाली भित्र्याई सके पछिको खेतमा मुसाको सिकार गर्दै आएको छ । साँझ विहान घरधन्दा र दिउँसोको फुर्सदको समयको समयमा उनीहरु मुसाको सिकारमा निस्कन्छन् । अनि, साँझलाई पुग्ने गरी सिकार लिएर घर फर्किन्छन् । छोट्कानुसँगै खेतमै भेटिएका अमर चौधरी भन्छन्, ‘खेतमै पाइने र खेतकै अन्नबाली खाने मुसा अति नै स्वादिष्ट हुन्छ । सधैँ त होइन, फुर्सदको समयमा सिकार गरिन्छ । कहिले सिकार पर्छ त कहिले रित्तै पनि फर्किनु पर्छ ।’  मुसाको सिकार गर्न पनि सहज नभएको उनीहरुको भनाइ छ । कसरी गर्ने मुसाको सिकार ? मुसाको सिकार गर्दै आएकाहरु कस्तो दुलोमा मुसा बस्छ वा बस्दैन सजिलै पहिल्याउन सक्छन् । यतिमात्रै होइन, मुसाले घर बनाएको दुलो, फालेको माटोलाई पनि विभिन्न तरिकाले वर्गीकरण र पहिचान गरी सिकार पहिल्याउँछन् । कैलारी गाउँपालिका–६ बेनौलीका सोमलाल डंगौरा भन्छन्, ‘मुसाको दुलो हेरेर छ, छैन थाहा पाउन सकिन्छ । मुसा बस्ने घरमा मुसाले खनेको माटो ताजा देखिन्छ । दुलो बुच्कु (खनेको माटोले भरिएको) र सफा देखिन्छ । टोंरका दुलो (निस्क्निे वा भाग्ने बाटो) धेरै नखुलेको तर सफा हुन्छ ।’ मानिसले आफ्नो घरका विभिन्न कोठामा कसमा के राख्ने भनी छुट्याएझैं मुसाले पनि वर्गीकरण गर्ने गरेको डंगौरा बताउँछन् । उनले अगाडि थपे, ‘मुसाले एक दुलोमा अन्नबाली मात्रै राखेको हुन्छ । धान खेत पाइने मुसाले दुलोभित्र १–२ केजीसम्म अन्न भण्डारण गरी राखेको हुन्छ । बच्चा कोरल्ने, क्रीडा गर्ने, शत्रुले आक्रमण गरे भाग्नेलगायत दुलो फरक–फरक बनाएको हुन्छ ।’ मुसाको जीवनशैली बुझ्नेले सजिलै सिकार गर्न सक्छ । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले भन्छन्, ‘प्रायः थारु समुदायले राँगा, गोरुको मासु खाँदैनन् । किनकि यिनीहरुलाई जोत्ने कार्यमा प्रयोग गर्छन् । तर बालीलाई नोक्सान गर्ने मुसालाई छोड्दैनन् ।’ मुसालाई थारु समुदायमा कृषि बालीको शत्रुको रुपमा लिइन्छ । कृषिमा निर्भर यो समुदायले कृषि बालीमा नोक्सानी गर्ने मुसालाई विभिन्न तरिकाले नियन्त्रण गर्दै आएको छ । साथै, मुसाको थरिथरिका परिकार बनाई उपभोग गरेको पाइन्छ । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले भन्छन्, ‘प्रायः थारु समुदायले राँगा, गोरुको मासु खाँदैनन् । किनकि यिनीहरुलाई जोत्ने कार्यमा प्रयोग गर्छन् । तर बालीलाई नोक्सान गर्ने मुसालाई छोड्दैनन् ।’ संयोजक थारुका अनुसार थारु समुदायले ७ प्रजातिमा मुसाको वर्गीकरण गरेका छन् । खेतमा पाइने, घरमा पाइने, जमिन बाहिरै घर बनाएर बस्ने र जंगलमा पाइने, आकार र रंगको आधारमा वर्गीकरण गर्न सकिन्छ । १. बिलखोडुवाः बिलखोडुवा प्रजातिको मुसा खेतमा पाइने गर्छ । यो प्रजातिको मुसा खेतकै अन्नबाली खाएर बस्ने गर्दछ । खानमा सबैभन्दा स्वादिलो यही प्रजातिको मुसा रहेको मासु पारखीहरुको भनाई छ । आकारमा ठूलो देखिने यो मुसाले एक पटकमा १० देखि १६ वटासम्म बच्चा जन्माउँछ । २. छपरकुडुवाः यो प्रजाजिको मुसा घरमा पाइन्छ । यो प्रजातिको मुसो पनि बिलखोडुवा प्रजति जस्तै हुन्छ । ३. उज्जर पेटुवाः अन्य मुसाको भन्दा पेटको भागमा सेतो देखिने मुसालाई उज्जर पेटुवा भनिन्छ । यो मुसा प्रायः वनमा पाइन्छ । ४. चिड्डीः यो प्रजातिको मुसा प्रायः रुखमा पाइने तथा आकारमा सानो हुन्छ । ५. गोरनिः गोरनि मुसा खेतमा पाइने मझौला खालको मुसाको प्रजाति हो । यसको पुच्छर समाउने बित्तिकै पुच्छरका छाला निस्कने गर्दछ । ६. खरकटट्ीः खरकटट्ी प्रजातिको मुसा प्रायः खेत र जंगलमा पाइन्छ । तर जमिन बाहिरै घर बनाउँछ । ७. डुकरीः सबैभन्दा सानो आकारको मुसालाई डुकरी भनिन्छ । यो मुसा प्रायः खेतमै पाइन्छ । मुसाको तीन परिकार थारु समुदायमा मुसाको सिकारलाई चटनी, सेकुवा र गे्रबी गरी ३ किसिमको परिकार बनाएर उपभोग गरिन्छ । पश्चिमतिर थारु समुदायमा तथा पूर्वमा मुसहर समुदायमा उपभोग गर्ने चलन रहेको मुसा पछिल्लो समय सहरका होटलहरुमा पनि पाइने गर्दछ ।  मेला, महोत्सवहरुमा त झनै स्टलको आकर्षणको रुपमा पनि मुसाको परिकारलाई राखिने गरिन्छ । उदाहरणको लागि सुदूरपश्चिम महोत्सव, प्रत्येक अंग्रेजी वर्षको पहिलो साता हुने भादा गाउँ होम स्टे महोत्सवमा पनि मुसाको परिकारलाई आकर्षणको रुपमा राखिन्छ । धनगढीस्थित भादा गाउँ होम स्टे तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीका अनुसार भादा होम स्टेमा लेग पिससहितको २ पिस मासुलाई एक प्लेट मान्दै प्रति प्लेट ५० रुपैयाँमा बेचिन्छ । ग्राहकको मागअनुसार मुसाको परिकार भने पुर्याउन नसकिएको उनको भनाइ छ ।  

सुल्फीदेवीको सुर्ताः ‘छोरा रेशमको पीरैपीरले मन खाइरहेको छ ’ 

सुल्फीदेवीको सुर्ताः ‘छोरा रेशमको पीरैपीरले मन खाइरहेको छ ’ 

१२४४ दिन अगाडि

|

१ वैशाख २०८०

घनश्याम खड्का, दीपक सापकोटा    ‘अब त छोरा छुट्छ होला कि  ?’ छिमेकीहरू सुल्फीदेवी चौधरीलाई अचेल सोध्ने गर्छन्, ‘बुहारी मन्त्री भइसकिन्, बूढा पनि सांसद छन्, अब त काम बन्छ होला कि  ?’ कैलालीको जगतपुरस्थित गाउँको एक्लो घरमा एक्लै बस्दै आइरहेकी सुल्फीदेवीसँग जवाफमा कुनै शब्द छैन । ‘खै कुन्नि  ?’ तैपनि उनले भन्ने गरेकी छन्, ‘छुट्छ कि त  ?’ आफ्नो रिहाइलाई मुख्य एजेन्डा बनाएर छोरा रेशम चौधरीले खोलेको नयाँ दल नागरिक उन्मुक्ति पार्टीलाई चुनावमा थारू समुदायले साथ दियो । परिणामतः कैलालीबाट तीन सिट पार्टीले जित्यो । यहाँसम्मकी सुल्फीदेवीका पति लालवीरले पनि बर्दिया–२ बाट चुनाव जिते । आफ्नै नाममा दल दर्ता गर्न नमिलेपछि रेशमले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाए । चुनाव प्रचारका बेला गाउँगाउँ, घरघर एउटा गीत खुबै गुञ्जियो– ‘तोहर छावा जेलम परल बा’ अर्थात् तिम्रो छोरा जेल परेको छ । राजनीतिक शक्ति र सामर्थ्यमा थारू समुदाय कमजोर भएको र रेशमहरू थुनिनुपरेकाले रिहाइका लागि चुनाव जिताउनैपर्ने आवश्यकता उनीहरूले मतदाताका घरघर पुगेर दर्शाए । त्यसअनुसार मत पनि आयो । पार्टी अध्यक्ष रञ्जिता यतिबेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएकी छन् । यति भइसकेपछि रेशम रिहा हुनुपर्ने हो भन्ने कैलालीका थारू समुदायको बुझाइ छ । त्यसैले उनीहरू सुल्फीदेवीलाई बारम्बार सोधिरहन्छन्, ‘रेशम छुटिसके त रु’ ‘मलाई पो के थाहा र बाबु  ?’ सुल्फीका आँखामा आशा देखियो, ‘छुट्न त छुट्ला नि है  ?’ जेलमै बसेको छोराको परिकल्पनामा खुलेको पार्टीले स्थानीय चुनावमा कैलालीका चार पालिका प्रमुख जित्यो । त्यसैमध्येको एक जानकी गाउँपालिका–७ स्थित जगतपुरमा सुल्फीको घर छ । बुहारी रञ्जिता चुनाव जितेपछि र मन्त्री भइसकेपछि स्वाभाविक रूपले काठमाडौंमै छिन् । हुँदाहुँदा पति लालवीर पनि चुनाव जितेपछि काठमाडौंमै बस्न थाले, छोरा रेशम डिल्लीबजार कारागारमा छन् । एक्ली सुल्फीदेवी गहिरो सन्नाटाबीच चुपचाप उभिएको उही पुरानो घरमा दिनरात मनमा कुरा खेलाएर बसिरहेकी छन् । आइतबार तातो मध्याह्नमा हामी त्यहाँ पुग्दा उनी बरन्डामा टोलाइरहेकी थिइन् । घर छेवैमा बेलको झ्याम्म परेको रूख थियो, जसमुन्तिर बाख्रा–पाठा र कुखुरा सियाल तापिरहेका थिए । सुल्फीदेवी समय कटाउन कहिले यिनै बाख्रा पाठासँग खेल्छिन्, कहिले आँगन अघिल्तिरको ‘देउतीघर’ मा पस्छिन् र लिपपोत गरिवरी छोरा कहिले छुट्ला भनेर नदेखिने देउतासित मनमनै सोधपुछ गर्छिन् । ‘रातदिनै छोराको सम्झनाले पिरोल्छ, सपनामा उसैलाई देख्छु,’ ६७ वर्षीया सुल्फीदेवी सुस्ताउँछिन्, ‘के खान्छ होला मेरो छोराले  ? के गर्छ होला त्यसले जेलमा  ?’ खाने बेला सधैं उनी रेशमको अनुहार सम्झिन्छिन् । ‘आज के खायो होला उसले भनेजस्तो लाग्छ, त्यसपछि त खान मनै लागेर आउन्न,’ उनले सुनाइन् । बुहारी मन्त्री भएपछि उनलाई मानिसहरू छोराको रिहाइबारे मात्रै होइन, गाउँमा हुनुपर्ने विकासबारे पनि सोधिइरहन्छन् । उनको घर अगाडिबाट सुलुत्त परेर बगेको सानो कच्ची बाटो छ, जहाँबाट मोटर त के गोरु गाडा गुज्रिँदा पनि धूलो उड्छ । ‘मन्त्रीको घर अगाडि धूलो उड्न त भएन है’ गाउँलेहरूको गुनासोले भरिएको आकांक्षालाई उनी उद्धृत गर्छिन्, ‘यो बाटो पनि पिच गर्न लाउनुपर्‍यो, आमा ।’ सुल्फीदेवीसँग यसको पनि कुनै जवाफ छैन । बुहारी मन्त्री भएपछि उनलाई मानिसहरू छोराको रिहाइबारे मात्रै होइन, गाउँमा हुनुपर्ने विकासबारे पनि सोधिइरहन्छन् । उनको घर अगाडिबाट सुलुत्त परेर बगेको सानो कच्ची बाटो छ, जहाँबाट मोटर त के गोरु गाडा गुज्रिँदा पनि धूलो उड्छ । २०७४ को चुनावमा पराजित हुनुअघिसम्म २०४८ देखि हरेक चुनावमा निर्वाचित हुँदै आएका र पटकपटक मन्त्री भएका नेता रामजनम चौधरी दोस्रो पटक यसपालि रञ्जिताबाट पराजित हुन पुगे । रामजनमका अनुसार उनी हार्नुको मुख्य कारण नै रेशम जेल पर्नु थियो । ‘मन्त्री भएर पनि रेशमलाई छुटाउन सकिनस् भन्ने गुनासो ममाथि आयो,’ भन्छन्, ‘मैले सुरुदेखि नै प्रयास गरेको हो छुटाउन भनेर, तर अदालती प्रक्रियामा गइसकेकाले त्यो सम्भव हुन सकेन, मैले यो बुझाउन सकिन र चुनाव हार्न पुगें ।’ संविधानमा राज्य पुनःसंरचनाको मामिला टुंगो लगाउने बेलैमा टीकापुर अशान्त थियो । आफूहरू राज्यबाट चिर दमनमा परेकाले त्यसको सोधभर्ना र उपचारका लागि कैलाली, कञ्चनपुर तथा बर्दिया मिसाएर आफ्नो समुदायको छुट्टै राज्य घोषणा हुनुपर्ने माग थारूहरूको थियो, जसमा सबै दलका थारू नेता एकै ठाउँ उभिए पनि । त्यस संयुक्त मोर्चाका संयोजक थिए– टीकापुरमा फूलबारी एफएम चलाएर बसिरहेका उनै रेशम चौधरी । यता, सुदूरपश्चिमलाई मैदान र पहाड भनी विभाजन गर्न नहुने अडानमा पहाडी समुदाय थियो, जसले अखण्ड सुदूरपश्चिमको मुद्दालाई अघि बढाइरहेको थियो । दुई अलग समुदाय र अलग मागबीच बिस्तारै द्वन्द्व चर्किंदै गयो । त्यसविरुद्ध थारू समुदायले टीकापुरमा बृहत् प्रदर्शन गर्ने योजना बुन्यो, जसमा मधेशवादी दलले पनि ऐक्यबद्धता जनाए । २०७२ भदौ ७ मा वरिपरिका जिल्लादेखि ओइरिएको दसौं हजारको थारू समुदाय टीकापुर आइपुग्यो । आन्दोलनलाई नियन्त्रण गर्न धनगढीदेखि आएका एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ प्रहरी आन्दोलनकारीको आवेगमा मारिए । त्यस क्रममा एक नाबालक पनि हताहत भए । ‘राज्यले थारूमाथि गरेको दमनको त्यो एक हिंसात्मक विस्फोटन थियो,’ विश्लेषक सीके लाल भन्छन्, ‘नागरिक उन्मुक्ति पार्टीले अहिले चुनाव जित्नुचाहिँ त्यो विस्फोटनलाई अपराध मान्ने राज्यको बुझाइविरुद्धको जनमत हो ।’ लालको यो विश्लेषणसँग पहाडी समुदायका अगुवा पनि सहमत छन् । ‘रेशम टीकापुरको हिरो हो,’ फूलबारी एफएममा रेशमका आवाज सुनेको सम्झनासहित ७८ वर्षीय सिंहबहादुर रावल भन्छन्, ‘उसलाई अरूले उचालेर घटना घटाए तर मलाई लाग्छ, घटनामा उसको हात थिएन ।’ साम्प्रदायिक सद्भाव नभड्कोस् भनेर थारू–पहाडी समुदाय मिलेर आन्दोलनको ३१ औं दिनसम्म ‘पहाडी थारू भाइभाइ, फटाहाहरू बाइबाइ’ भन्ने नारा लगाउन आफू पनि सडकमा उत्रिएको उनलाई सम्झना छ । ‘केही दिनपछि उपेन्द्र यादव, अमरेशकुमार सिंह, राजेन्द्र महतो र बाबुराम भट्टराईहरू टीकापुर आए र चर्का भाषण गरे, त्यसपछि सबै बिग्रियो,’ रावल भन्छन्, ‘टीकापुर घटनाको असली दोषी त्यही घृणापूर्ण भाषणबाजी हो ।’ घटनापछि टीकापुरमा कर्फ्यु चल्यो । थारू अगुवाका घर जलाइए । धेरैले कुटपिट सहनुपर्‍यो भने थरुहट आन्दोलनका माग त्यसै तुहिए । अर्को महिना अखण्ड सुदूरपश्चिमसहित सात प्रदेशयुक्त राज्य पुनःसंरचनासहितको संविधान जारी भयो । यता, सरकारले रेशमसहित ५८ विरुद्ध मुद्दा चलायो । त्यसमध्ये २७ पक्राउ परे भने रेशमसहित बाँकी फरार रहे । फरार अवस्थामै रेशमले २०७४ को चुनाव लडे र फराकिलो मतान्तरले जिते पनि । चुनाव जितेलगत्तै रेशमले आफूलाई जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । ‘सांसद भइसकेपछि नेताहरूसँगको साँठगाँठमा छुटिहाल्छु नि भन्ने लागेको रहेछ उनलाई,’ नेता रामजनम चौधरी भन्छन्, ‘तर भनेजस्तो भएन, अदालतले रेशमलाई जन्मकैदको फैसला गरिदियो, उनी थुनाको थुनामै रहे ।’ २०७४ फागुन १४ मा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेयता जेल चलान भएका रेशमलाई सुल्फीदेवीले भेट्न पाएकी छैनन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका रेशमलाई २०७५ पुस १९ मा सिंहदरबार ल्याएर शपथ गराएका थिए । त्यसपछि सांसदको लोगोसहित काराकार फर्किएका रेशमको पाँचवर्षे कार्यकाल निलम्बित सांसदको हैसियतमै बित्यो । ‘हामीले पाँच वर्षसम्म सांसद पाएनौं, राज्यबाट ठूलो अन्याय भयो,’ टीकापुरका निर्माण व्यवसायी अमरसिंह रावल भन्छन्, ‘कि सरकारले रेशमलाई सफाइ दिनुपर्थ्यो, कि निलम्बन गरेपछि उपनिर्वाचन गर्नुपर्थ्यो तर दुवै काम नगरेर जनप्रतिनिधि पाउने हाम्रो अधिकारै खोसिदियो ।’ रवि लामिछाने निलम्बित हुँदा तत्काल चुनाव गराउने तयारीमा उत्रेको सरकारले टीकापुरमा भने उपचुनाव नगराएर अन्याय गरेको ठान्ने रावल रेशम नछुटेकै कारण कैलालीमा उनको नयाँ दल जन्मिएको ठान्छन् । आफूले चुनाव जितेको राष्ट्रिय जनता पार्टी ९राजपा० का नेताले पहल नगरेकैले जेलमै बस्नुपरेको निष्कर्षमा पुगेका रेशमले सदरखोर कारागारबाटै योजना बुने, आफ्नै पार्टी खोल्ने । आफू अध्यक्ष हुन कानुनी अड्चन भएपछि पत्नी रञ्जितालाई अध्यक्ष बनाए र पहिले ३४ हजार ३ सय ४१ मत ल्याएर चुनाव जितेको क्षेत्र कैलाली–१ बाट रञ्जितालाई नै उम्मेदवारी दिन लगाए । आफूले भने बर्दिया–२ का लागि जेलभित्रैबाट उम्मेदवारी दिए । तर, उनको उम्मेदवारी कायम नभएपछि हतारहतार लालटिन चिह्न लिएर बाबु लालवीरलाई त्यहाँको स्वतन्त्र उम्मेदवार बनाए । पत्नी र बाबुले त चुनाव जिते नै, कैलाली–२ बाट अरुणकुमार चौधरी र ३ बाट गंगाराम चौधरी पनि निर्वाचित भए । संघीय संसद्मा ४ सहित सुदूरपश्चिममा ७, लुम्बिनीमा ४ र मधेशमा १ गरी प्रदेशमा १२ सांसद पाएको नागरिक उन्मुक्ति एकाएक राष्ट्रिय राजनीतिको चासो बन्न पुग्यो । सरकारलाई समर्थन गर्नुपहिले रेशमलगायत टीकापुर घटनाका थुनुवा र फरार सबैको मुद्दा फिर्ता लिनुपर्ने सर्त पार्टीले राख्यो । त्यसलाई सम्बोधन गर्न खोज्दै चुनावपछिको कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १३ मा फौजदारी कार्यविधि संहिताको दफा ११६ मा उल्लिखित नकारात्मक सूचीको संशोधन गरी राजनीतिक आन्दोलनका आरोपी र थुनुवाविरुद्ध लागेको मुद्दा फिर्ता लिन सक्ने प्रावधान राखी अध्यादेश जारी गरेका थिए । नागरिक उन्मुक्ति पार्टीसमेतको सहयोगमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने देउवाको दाउ थियो । तर, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महत्त्वपूर्ण मामिलामा कामचलाउ सरकारले अध्यादेश ल्याउन नसक्ने भन्दै त्यसलाई प्रमाणीकरण नगरेकाले त्यो जारी हुन सकेन । अध्यादेश जारी हुन नसके पनि नागरिक उन्मुक्ति अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल छ । यसले टीकापुरमा मिश्रित सन्देश दिएको छ । रामजनमजस्ता राजनीतिमा लागेका नेताहरूले रेशमले पुरानो माग छाडेको भन्दै आलोचना गरेका छन् । ‘२०७२ मा संविधान जारी भएपछि बनेका प्रधानमन्त्री केपी ओलीसँग आठबुँदे सहमति नगरी फोरम लोकतान्त्रिक पार्टीका तर्फबाट म सरकारमा गएको थिइनँ,’ रामजनम भन्छन्, ‘त्यसैको परिणामस्वरूप क्षतिपूर्ति दिने निर्णय भएको थियो, सरकार नढलेको भए मुद्दा फिर्ता पनि हुन्थ्यो तर अहिले रेशमको पार्टी मुद्दा फिर्ता नगरी सरकारमा नजाने आफ्नो पुरानो वाचा बिर्सेर बिनासर्त मन्त्रिपरिषद्मा पुगेको छ, यो राम्रो कदम भएन ।’ छोरा जेलमा पर्‍यो भनेर उनीहरूले भावनात्मक रूपले मतदातालाई मनाए पनि अहिले भने मुद्दा फिर्ता नभई रञ्जिता मन्त्री बनेर आफ्नै एजेन्डालाई कमजोर पारेको उनको विश्लेषण छ । जसरी टीकापुर घटनाले टीकापुर पहिलेजस्तो कहिल्यै भएन, ‘छावा जेलम’ परेपछि सुल्फीदेवीको निद्रा पहिलेजस्तो गाढा कहिल्यै भएन । टीकापुरका आम मतदातामा भने अब केही भइहाल्छ कि भन्ने आशा भने छ । ‘भाउजू मन्त्री भइसकेपछि त दाजु छुट्लान नि  ?’ टीकापुर आन्दोलनमा संलग्न ३३ वर्षीय खुसीराम चौधरी भन्छन्, ‘अहिलेसम्म त रेशम दाजु घर आइसक्नुपर्ने हो ।’ आन्दोलन मत्थर भएपछि कपाल काट्ने व्यवसाय गर्न थालेका खुसीरामलाई राजनीतिको धेरै पेचिला मामिला थाहा छैन । त्यसमा को कसरी दोषी थियो वा छ, त्यो पनि थाहा छैन । तर, उनलाई भित्रैबाट भने त्यो घटना जानीबुझीकन भएजस्तो लाग्दैन । त्यसैले, आफ्नो समुदायका मानिस थुनामा पर्नुलाई उनी अन्याय मान्छन् । त्यही अन्यायलाई ठीक पार्न आफू र पूरै समुदायले ‘तोहर छावा जेलम परल बा’ गाएर मत माग्न आउनेलाई भोट दिएको कुरो उनी कपाल काट्दा बेलाबखत निक्लने राजनीतिक गफमा सुनाउने गर्छन् । टीकापुर घटनापछि पहाडी र थारू समुदायबीच निकै लामो समय सम्बन्ध सुदृढ हुन सकेन । कतिसम्म भने, एउटा समुदायको पसलमा अर्को पस्नै छाडे । ‘तर, बिस्तारै त्यसलाई हामीले मत्थर गर्‍यौं, कर्णालीको किनारमा उभिएर दुवै पक्षका सांस्कृतिक कार्यक्रमहरू गर्‍यौं । उनीहरूले देउडा सुनाए, हामीले थारू नाच देखायौं,’ पूर्वमन्त्री रामजनम भन्छन्, ‘अहिले बिस्तारै सद्भाव बढेको छ, जो खुसीको कुरा हो ।’ खुसीको कुरा किन पनि हो भने खुसीरामको पसलमा कपाल काट्न आएका सिंहबहादुर रावल पनि सुल्फीलाई भेटे भने भन्न चाहन्छन्, ‘टोहार छावा जेलम परल बा’ । जसरी टीकापुर घटनाले टीकापुर पहिलेजस्तो कहिल्यै भएन, ‘छावा जेलम’ परेपछि सुल्फीदेवीको निद्रा पहिलेजस्तो गाढा कहिल्यै भएन । ‘छोराको यादले मलाई निद्रै लाग्दैन,’ सुल्फी सुर्ताउँछिन्, ‘म यता छु, छोरा उता सहरको जेलमा छ । सम्झेर पनि के गर्नु ? नसम्झेर पनि के गर्नु ? छोराको पीरैपीरले मन खाइरहेको छ ।’ कान्तिपुरबाट

टीकापुर साहित्य महोत्सवः पहिलो दिन सात विधामा प्रस्तुति

टीकापुर साहित्य महोत्सवः पहिलो दिन सात विधामा प्रस्तुति

१२४९ दिन अगाडि

|

२५ चैत २०७९

कैलालीको टीकापुरमा पहिलो पटक साहित्य महोत्सव सुरु भएको छ । पहिलो दिन शनिबार सात विधामा प्रस्तुति गरिएको छ । पहिलो प्रस्तुति ‘साहित्यमार्फत सामाजिक सद्भाव’ विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको प्रस्तुति रह्यो ।  दोस्रो प्रस्तुति ‘साहित्य किन लेख्ने ? किन पढ्ने ?’ भन्ने विषयमा चल्दै छ । यसमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानीसिंह थारूको प्रस्तुति रहने छ भने यसको सहजीकरण दीपक सापकोटाले गरे।  तेस्रो प्रस्तुति ‘बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती’ विषयमा उमा वादी, उन्नति चौधरी र कल्पना भट्टको रह्यो । यसको सहजीकरण पत्रकार आरती चटौतले गरे । यस्तै चौथो प्रस्तुति ‘पाठकको रोजइमा उपन्यास नै किन ?’ विषयमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीको रह्यो । यसको सहजीकरण पत्रकार तथा लेखक यज्ञशले गरे । पाँचौँ प्रस्तुति ‘आख्यानमा पहिचानका मुद्दा’ विषयमा भयो । यसमा अर्चना थापा, फूलमान वल र राजेन्द्र विमलका कुरा सुनाए । यसको सहजीकरण गुरुङ सुशान्तले गरे । महोत्सवमा छैटौँ प्रस्तुति ‘गद्यकविताको शक्ति’का विषयमा भयो । गद्यकविताको शक्तिबारे श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाह थिए । यसमा नवीन अभिलाषीले सहजीकरण गरेका थिए । सातौँ प्रस्तुति घनश्याम खड्काको सहजीकरणमा ‘बाटो बिराएको आजको शिक्षा’बारे भयो। यसमा डा सञ्जीव उप्रेती र प्रा डा भारती जोशीको प्रस्तुति रह्यो । बेलुका  काव्य सन्ध्या आयोजना गरियो । काव्य सन्ध्याको सहजीकरण साहित्यकार अशोक बोहरा असीम पीडाले गरेका थिए ।  कार्यक्रममा ‘हाम्रो प्रधानमन्त्री कस्तो हुनुपर्छ’ भन्ने विषयमा विद्यार्थीबीच छलफल भयो। साहित्य महोत्सवबाट यस क्षेत्रका विद्यार्थी, शिक्षक, साहित्यकारलगायत उत्साहित बनेका छन् ।  “यो टीकापुरका लागि ऐतिहासिक कार्यक्रम हो, यसबाट सक्दो लाभ लिनुपर्छ”, स्थानीय समाजसेवी भुवनेश्वर अधिकारीले भने । तीन दिनसम्म चल्ने साहित्य महोत्सवमा देशका विभिन्न ठाउँबाट पत्रकार, कलाकार, साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहने समाजका अध्यक्ष महेशविक्रम शाहले जनाए ।

‘पार्टी हित विपरीत गएपछि पार्टी नेता सुरेन्द्र चौधरीलाई कारबाही गर्नु परेको हो’

‘पार्टी हित विपरीत गएपछि पार्टी नेता सुरेन्द्र चौधरीलाई कारबाही गर्नु परेको हो’

१२४९ दिन अगाडि

|

२५ चैत २०७९

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पहिलो महाधिवेशन आगामी २०८० पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा शुक्रबार सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।  यस अघि २०८० वैशाख ४ देखि ६ सम्म महाधिवेशन गर्ने मिति तोकिएको थियो । पार्टीले आगामी मंसिर मसान्तसम्म पार्टी संरक्षक रेशम चौधरीलगायत टीकापुरका राजवन्दीको रिहाई हुने आकलन गर्दै महाधिवेशनको अर्को मिति तय गरेको हो । यसै गरी, १३६ सदस्यीय केन्द्रीय कार्यसमितिलाई अनुमोदन गरेको छ । उता पार्टीको महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । पत्रकार ऋषि धमलाका पत्नी एलिजा दुई महिना पहिले मात्र पार्टीमा भित्रिएकी थिइन् । पहिले पार्टीको महिला विभाग संयोजक रहेकी अधिवक्ता गीता चौधरीलाई कानुनी संयोजकको जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएकी छिन् । यसै गरी यसअघि प्रवक्तामा सीमित दामोदर पण्डित पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई चयन भएका छन् । यी तीनै कैलालीका हुन् । पार्टी हित विपरीत गएपछि कारबाही अर्को प्रसङ्गमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पार्टी हित विपरीत गएपछि पार्टी नेता सुरेन्द्र चौधरीलाई कारबाही गर्नु परेको बताएकी छिन् । अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘सुरेन्द्रले पार्टीका सांसदहरूलाई बोलाई नयाँ पार्टी खोल्न उक्साउनु भयो । त्यसैले, पार्टीबाट निकाल्न बाध्य भएका हौं ।’ नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उम्मेदवार भई चौथो स्थान ल्याएका थिए ।  नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले शुक्रबार नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको फेसबुकमार्फत् जनाएका थिए । राजनीतिक संवाद समितिका संयोजक समेत सुरेन्द्र चौधरी शुक्रबार पार्टीको बैठकको लागि हलमा प्रवेश गर्दा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कड्केर भनेकी थिइन्, ‘तपाईंलाईं पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरिसकेको छ । तपाईंलाई कार्यक्रममा बस्ने कुनै अधिकार छैन । तपाईं जान सक्नुहुन्छ ।’ समाचार स्रोतअनुसार कार्यक्रममा सुरेन्द्रले कुनै सफाइको स्पष्टीकरण दिन पाएनन् । अपमानित ढंगले हलबाट बाहिरिएलगत्तै  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे,  ‘आज (शुक्रबार) बाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु । नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ ।’ उनले नयाँ पार्टी खोल्ने तयारी गरेको देखिन्छ । रेशमको रिहाईकै लागि सरकारमा गएको भनाई अर्को प्रसङ्गमा अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले टीकापुरका राजवन्दीहरुको रिहाइको वातावरण बनाउन सरकारमा सहभागी भएको बताएकी छिन् ।  उनले भनिन्, ‘मन्त्रीमण्डलमा गएपछि बैठकको अवसरमा प्रधानमन्त्रीलगायत अरू पार्टीका सिनियर साथीहरूसँग नियमित भेटघाट हुने भयो । यसले रेशम चौधरीलगायत टीकापुरका निर्दोष राजवन्दीहरुको रिहाइको वातावरण बन्ने लागेर सरकारमा सामेल भएका हौं ।’ साथै, अध्यक्ष श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशमा समेत पार्टीले उचित मन्त्रालय लिएर सहभागी हुने जनाइन् ।  एमाले गठबन्धनको सरकारमा नाउपाले समर्थन नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो । अहिले काँग्रेस नेतृत्वको सरकार बनेको छ, यद्यपि सरकारले पूर्णता पाएको छैन ।  सुदूरपश्चिम प्रदेश सरकारमा एमाले गठबन्धनको सरकारमा नाउपाका लागि उपसभामुख छुट्याइएको थियो । उसले त्यो पद नलिएपछि एमालेलाई चिट्ठा परेको थियो । अब भने नाउपा लाभको कुनै पद छोड्ने पक्षमा देखिँदैन ।