रेशम चौधरीको रिहाइबारे  संसदमा  उपेन्द्र यादव र राजेन्द्र महतोको गर्जन  

रेशम चौधरीको रिहाइबारे  संसदमा  उपेन्द्र यादव र राजेन्द्र महतोको गर्जन  

१४४७ दिन अगाडि

|

१ असोज २०७९

भजनी नगरपालिकाको ३ हजार घर डुबानमा, पुगेन उद्धार टोली : कालुराम चौधरी बगेर वेपत्ता

भजनी नगरपालिकाको ३ हजार घर डुबानमा, पुगेन उद्धार टोली : कालुराम चौधरी बगेर वेपत्ता

१४४७ दिन अगाडि

|

१ असोज २०७९

 कैलालीको अति नै बाढी प्रभावित भजनी नगरपालिका पूर्ण रुपमा डुबानमा परेको छ । अविरल वर्षाका कारण आएको बाढीले नगरपालिकास्थित १ देखि ९ वटै वडा डुबानमा परेको हो । भजनी नगरपालिकाका मेयर केवल चौधरीले नगरपालिकाकाको कुनै भाग पनि डुबानले नबचेको बताउँदै ३ हजार घरधुरी डुबानमा परेको जानकारी दिए । शुक्रबारदेखि सीमित स्रोत साधनका बाबजुट उद्धारमा खटिएको बताउँदै उनले शनिबारसम्म पनि बाढी घट्नुको साटो झन झन बढ्दै गएपछि नगरबासीलाई सुरक्षित स्थानमा उद्धार गर्न निकै कठिनाइ भएको सुनाए । उनले भने, ‘केही नाउ र एक वटा स्टिमरको भरमा उद्धारमा छौ । सबै वडामा उद्धारमा माग भइरहेकोले सबै निकायसँग गुहार गरिरहेका छौ । तर प्रभावकारी रुपमा सहयोगी हात नपुगेको अवस्था छ । उद्धारकै चरणमा रहेकोले गाँस, बासको अवस्थामा अझै पुग्न सकेका छैनौ । तर मैले सबै वडाहरुमा व्यवस्था गर्न निर्देशन दिएको छु ।’ त्यस्तै, भजनी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले २०४० सालमा आएको महाविनाशकारी बाढी भन्दा भयङ्कर बाढी रहेको बताए । भजनी नगरपालिकालाई नै तहसनहस पारेको बताउँदै उनले सबैसँग सहयोगको अपिल गरे । स्थानीय पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आएको बाढीले सो क्षेत्र वर्षेनि डुबानमा पर्दैआएको छ । गत वर्ष बाढी आउँदा भजनी नगरपालिकामा ठूलो धनजनको क्षति भएको थियो । यसैबीच भजनी नगरपालिका ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षाका सबै निकायलाई उच्च सतर्कतामा राखेर उद्धार कार्य भइरहेको बताए ।

कञ्चनपुरमा साढे २ सय बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो

कञ्चनपुरमा साढे २ सय बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो

१४४७ दिन अगाडि

|

१ असोज २०७९

अविरल वर्षा आएको बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार जिल्लाको कृष्णपुुर नगरपालिकाका ७०, लालझाँडी गाउँपालिकाका १५०, शुक्लफाँटा नगरपालिकाका ३० र बेलौरी नगरपालिकाको ८ घर डुबानमा परेको छ । यसैबीच बाढीले एक झोलुङ्गे पुल बगाएको छ । जिल्लाको शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने बनहरा नदीमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको प्रहरी नायव उपरीक्षक शाहले जनाए । पुल बगाएपछि  आवत जावत बन्द भएको छ । बनहरा नदीमा जलस्तर  बढिरहेको र तटिय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । 

सरकारले बल्ल स्वीकार्यो टीकापुर घटना राजनीतिक मुद्दाः प्रक्रिया पुरा हुन अझै कानुनी जटिलटा

सरकारले बल्ल स्वीकार्यो टीकापुर घटना राजनीतिक मुद्दाः प्रक्रिया पुरा हुन अझै कानुनी जटिलटा

१४४८ दिन अगाडि

|

३१ भदौ २०७९

सरकारले टीकापुर घटनालाई राजनीतिक घटना भन्दै यससम्बन्धि मुद्दा खारेज गर्ने निर्णय गरेको समाचारले भदौ ३० गते देश तरंगित बन्यो ।  भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको समाचार आएपछि कतिपयले यस समाचारलाई विश्वास गर्न सकेनन् ।  किनकि सरकारको तर्फबाट कुनै आधिकारिक धारणा आइरहेको थिएन । उता थरुहट थारुवान संयुक्त संघर्ष समितिले समेत कुनै विज्ञप्ती जारी गरेको थिएन । जबकि विप्लव माओवादीले  भदौ ३० गते लामो विज्ञप्ती जारी गर्दै सरकारले आफ्नो आन्दोलनलाई राजनीतिक मुद्दा भन्दै फिर्ता लिने निर्णय गरेकोमा सधन्यवाद विज्ञप्ती जारी गरेको थियो । विप्लव माओवादीको झैं थाकस संयोजक रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मन्त्रीपरिषदको निर्णयको गृहमन्त्रालयको परिपत्रबारे समयमै विज्ञप्ती जारी गरिदिएको भए अन्यौलको अवस्था आउने थिएन । विडम्वना भदौ ३१ गते समेत विज्ञप्ती आउन सकेन ।  थाकस तथा संघर्ष समितिको तर्फबाट  तत्कालीन वार्ता टोलीका सदस्य रहेका प्रभात चौधरी ढकियाखबरसँग भन्छन्, ‘थारु समुदायका तर्फबाट सुखद समाचार सुनाउन आधिकारिक रुपमा हामीबाट ढिलाइ भएकै हो । अब यसबारे आधिकारिक विज्ञप्ती असोज १ गते शनिबार अवश्य आउनेछ । विज्ञप्तीको खेस्रा तयार हुँदैछ ।’ मुद्दा फिर्ता लिन अझै कानुनी जटिलटा थाकसका केन्द्रीय सदस्य तथा तत्कालीन वार्ता टोलीका सदस्य प्रभात चौधरीका अनुसार टीकापुर घटनाको मुद्दा फिर्ता लिने कानुनी जटिलटा भने यथावत छ । किनकि अहिलेको चालु अधिवेशन शनिबार असोज १ गते सकिदैछ । त्यसैले, रातारात मुद्दा फिर्ता लिने अध्यादेश ल्याउन सकिने अवस्थै छैन । मंसीर ४ पछिको नयाँ सरकारले मात्रै कानून संशोधन ल्याइ अध्यादेश मार्फत् प्रक्रिया अगाडि बढाएर टीकापुर टुंग्याउने अवस्था देखिन्छ ।  मन्त्रिपरिषद्को निर्णयमा के छ ? सरकारले टीकापुर घटनासम्बन्धि मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अद्र्धन्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फछ्र्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।  थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामै थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख थियो। 

जब रामप्रसाद चौधरीको कुशको लाश बनाएर सद्गत गरियो...

जब रामप्रसाद चौधरीको कुशको लाश बनाएर सद्गत गरियो...

१४४९ दिन अगाडि

|

३० भदौ २०७९

कुशको बाबु बनायो, कुशकै आमा बनायो मन्त्र पढायो, अभिषेक चढायो  मान्यो, वर्षौ अघि घरबाट निस्किगएका, ती उसकै साक्षात बाआमा हुन् कुशको बुख्याचामा प्राण भरेर  भूत भएका बाआमालाई फेरि मार्नु छ सद्गत गर्नु छ, श्राद्ध गर्नु छ, पिण्ड दिनु छ, तर्पण चढाउनु छ, वैतरणी तरउनु छ र स्वर्ग पठाउनु छ ।  आख्यानकार रामलाल जोशीका बाआमा आख्यानबाट लिइएको यी कविताका पंक्तिझैं रामप्रसाद चौधरीका छोरीहरुको अवस्था थियो भदौ २७ गते । बर्दियाको बारबर्दिया नगरपालिका–५, मगरागाडी गाउँका दुई दशकदेखि बेपत्ता शिक्षक रामप्रसाद चौधरी अब नआउने ठानेर उनका छोरीहरुले कुशको बाबु बनाइ सोमबार अन्त्येष्टि गरे । उनका परिवारका अनुसार बेपत्ता शिक्षक चौधरीलाई तत्कालीन शाही नेपाली सेनाले बीस वर्ष अघि बेपत्ता बनाएका थिए । बीस वर्षसम्म पनि नफर्किएपछि मृतक ठानी सोमबार उनको कुशको शव बनाई अन्त्येष्टि गरिएको हो । शिक्षक रामप्रसादको खोजी गरिदिन बारम्बार अनुरोध गर्दा पनि सरकारले उल्टो सहिद भयो भन्दै १० लाख रुपैयाँ थमाइदिएको परिवारको आरोप छ । अब तिम्रो श्रीमान कुनै पनि हालतमा घर नफर्किने कुरामा विश्वास गर्न परिवारले दबाब दिएका कारण अन्तिम काजकिरिया गरेको श्रीमती संगीता चौधरी सुनाउँछिन् ।  २०५९ साल भदौ १७ गते घरमै सुतिरहेका रामप्रसादलाई नेपाली सेनाको टोलीले पक्राउ गरेर लगेको थियो । रामप्रसाद गाउँमै रहेको बाल शिक्षा कक्षा पढाउने शिक्षक थिए  । सोमबार अन्त्येष्टि गरिएका रामप्रसादका तीन छोरीहरू थारु संस्कारअनुसार बाबुको काजकिरियामा बसेका छन् ।  द्वन्द्वकालमा सबैभन्दा बढी बर्दियाबाट वेपत्ता पारिएका छन्, जो प्रायः थारु समुदायका छन् । सबै तस्विरः भागीराम चौधरी

थाकस दाङ जिल्ला अधिवशेन  पुसमा हुँदै

थाकस दाङ जिल्ला अधिवशेन  पुसमा हुँदै

१४५० दिन अगाडि

|

२९ भदौ २०७९

थारु कल्याणकारिणी सभा दाङ जिल्ला अधिवेशन पुस २२, २३ र २४ गते हुने भएको छ । सभाको मंगलबार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।  त्यसै गरी वैठकले कार्तिक मसान्तसम्म वडा र पालिका स्तरको अधिवेशन गर्ने र मंसिर मसान्तसम्म क्षेत्रिय अधिवशेन सम्पन्न गर्ने निर्णय भएको सभाका सचिव प्रकाश चौधरीले जनाए ।  यसै गरी बैठकमा असोज १३ गते डस्या मिलन कार्यक्रम,  थारु कल्याणकारिणी सभाको बर्षिक स्मारिका प्रकाशन गर्ने  निर्णय पनि गरिएको सभाका सचिव चौधरीले जानकारी दिए  ।  स्मारिकाको लागि भुवन चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा सन्तोष दहित, सदस्य प्रकाश चौधरी, रामपति चौधरी, दिपक चौधरी, नगेन्द्र चौधरी र सविता चौधरी सदस्य रहेका छन् ।  त्यसै गरी आगामी मंसिर ४ गते हुने  प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि  दाङबाट  प्रत्यक्ष तथा समानुपातिक सदस्यको लागि नाम सिफारिस भएका थारु नेताहरुलाई बधाई तथा शुभकामना दिने निर्णय भएको थाकस सचिव चौधरीले जानकारी दिए ।   थाकस दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहादुर चौधरीको  बर्का पहुनाइमा सम्पन्न भएको थियो । केन्द्रीय अधिवेशनका लागि केन्द्रले भने कुनै मिति तय गरेको छैन ।

कैलालीमा सत्तारुढ गठबन्धनले यसरी गर्दैछ भागबण्डा ?

कैलालीमा सत्तारुढ गठबन्धनले यसरी गर्दैछ भागबण्डा ?

१४५० दिन अगाडि

|

२९ भदौ २०७९

नागरिक उन्मुक्ति पार्टीले कैलालीका ५ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सबै क्षेत्रमा आफ्नो विजयीको झण्डा फहराउने दावी गर्दै आएकोमा सत्तारुढ गठबन्धन भागबण्डाको नजिक पुगेको समाचार छ ।  यसै क्रममा कैलालीमा काँग्रेस र माओवादी केन्द्रले २÷२ र नेकपा एकीकृत समाजवादीले एक सिट लिने गरी सहमतिको नजिक पुगेको बताइएको छ ।  तर नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको मत परिणामअनुसार अन्य दलको माग तथ्यगत नरहेकाले दाबी नपुग्ने बताउँदै आएको छ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी ‘उत्सव’का अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ र ५ नेपाली कांग्रेस, क्षेत्र नं २ र ३ माओवादी केन्द्र र क्षेत्र नं ४ समाजवादीले लिने गरी बाँडफाँटमा सहमतिको प्रयास भइरहेको छ ।  यद्यपि नेपाली काँग्रेसले क्षेत्र नं ३ सहित ३ वटा निर्वाचन क्षेत्र पाउनुपर्ने अडान राखेको बताइएको छ । त्यस्तै, प्रदेशसभातर्फ पाँच वटामा माओवादी केन्द्रको अडान छ । कञ्चनपुर लगायत अन्य जिल्लामा के छ ? उता तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ एक र प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ र ३ को १÷१ वटा प्रदेशसभा सिट पाउनुपर्ने माओवादी केन्द्रको माग छ ।  डोटी, डडेल्धुरा, दार्चुलामा १÷१ वटा, अछाममा २ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र र बैतडीमा एउटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र पाउनुपर्ने माग माओवादी केन्द्रको छ । अध्यक्ष चौधरीले २०७४ को निर्वाचनअनुसार आफूहरुको सो माग राखेको बताए । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँड पेचिलो बनेको बेला सुदूरपश्चिम प्रदेशमा भने सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।  २०७४ को निर्वाचनमा जसले जहाँ जितेको थियो, त्यही निर्वाचन क्षेत्र पाउने तथा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम, नेकपा एमालेले जितेको निर्वाचन क्षेत्र बाँडफाँट गर्ने र शीर्ष तथा जनाधार बलियो भएका नेताहरुलाई प्राथमिकतामा राख्ने मोडालिटीका आधारमा भागबण्डाको प्रयास जारी रहेको बताइएको छ । १६ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४÷४ सिट मागेको बताइएको छ । सुदूरपश्चिमको ३२ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले १२, समाजवादीले १० पाउनुपर्ने अडान लिएका छन् । उता नेकपा एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले प्रदेशमा आफूहरुको प्रदेशसभा सदस्यहरुको संख्याको आधारमा प्रतिनिधिसभातर्फ ४ वटा र प्रदेशसभातर्फ १० वटा सिट माग राखेको बताए । तर नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले स्थानीय तह निर्वाचनको मतपरिणामलाई सबैलाई स्वीकारेर जानुपर्ने बताउँदै सिट बाँडफाँटको टुङ्गो केन्द्रबाटै हुने प्रष्ट्याए ।