राष्ट्रिय गजल दिवस मनाउने प्रज्ञा प्रतिष्ठानको निर्णय

राष्ट्रिय गजल दिवस मनाउने प्रज्ञा प्रतिष्ठानको निर्णय

२० दिन अगाडि

|

२९ साउन २०८३

थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य 

थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य 

४० दिन अगाडि

|

९ साउन २०८३

थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य (कैलाली) सर्वसम्मत रुपले छानगैल बटि ।  २०८२ साउन ९ गते धनगढीमे हुइल संघके चौठा अधिवेशनसे अध्यक्ष सहित नौ सदस्यीय लावा कार्यसमिति सर्वसम्मत रुपले छानगैलक हो । इहे क्रममे संघके उपाध्यक्षमे सुनिता चौधरी (सानु), सचिवमे राजुराज चौधरी, सहसचिवमे बालमोती चौधरी, कोषाध्यक्षमे लक्ष्मी राना रहल बटाँ ।  ओस्टक सदस्यमे शेखर दहित, कृष्ण चौधरी (समर्पण), मनमति बखरिया ओ कालुराम चौधरी छानगइल बटाँ । संघके संरक्षकमे डा कृष्णराज सर्वहारी, सल्लाहकार संयोजक छविलाल कोपिलासहिट आउर सल्लाहकारमे जीत चौधरी (ट्रासन), माधव चौधरी, सोम डेमनडौरा ओ नरेशलाल चौधरी बटाँ । स्मरन रहे, २०८२ चैत २१ गते धनगढीमे संघके चौठा अधिवेशन उद्घाटन होके बन्दसत्रमे बाट नैमिल्के स्थगित हुइल रहे । इहिसे पहिले अध्यक्षके उम्मेदवार सुनिता चौधरी (सानु) उपाध्यक्षमे बैठ्ना मन्जुर हुइलपाछे अप्कि कार्यसमिति सर्वसम्मत रुपले छानगइलक हो ।  थारू लेखक संघ नेपाल प्रत्येक बरस थारु साहित्य राष्ट्रिय सम्मेलन मेरमेरिक जिल्लामे २०७३ सालसे आयोजना कैटि बा । २०८२ माघमे पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिकाके बेलवा गाउँमे दसौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुइल रहे । अप्कि २०८३ माघमे चितवनमे एघारौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुउइया बा ।  

केशव निमेषको 'मृत्युगञ्जको मौनता' सार्वजनिक 

केशव निमेषको 'मृत्युगञ्जको मौनता' सार्वजनिक 

५४ दिन अगाडि

|

२७ असार २०८३

कवि केशव निमेषको नवीन कवितासङ्ग्रह 'मृत्युगञ्जको मौनता' असार २७ गते शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानको  लेखनाथ कक्षमा सार्वजनिक गरिएको छ। शिखा बुक्सबाट प्रकाशित उक्त कृतिको साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा विमोचन गरिएको हो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले 'मृत्युगञ्जको मौनता' समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त ढङ्गले अभिव्यक्त गर्ने कृति भएको बताउनुभयो। उहाँले केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यो सङ्ग्रह समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो। सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताउनुभयो। उहाँले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको उल्लेख गर्दै निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने धारणा राख्नुभयो। कार्यक्रममा प्रतिनिधिसभाका सांसदत्रय सुरेश कुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले कवितासङ्ग्रहमाथि शुभकामना तथा समीक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै 'मृत्युगञ्जको मौनता' ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढङ्गले उजागर गरेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको प्रारम्भमा शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जना र प्रकाशनलाई निरन्तरता दिन पाठक, लेखक र प्रकाशकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताउनुभयो। उहाँले 'मृत्युगञ्जको मौनता' आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असङ्ख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्नुभयो। कार्यक्रमकाे सहजीकरण नविन अभिलाषीले गर्नु भएकाे थियाे ।

थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

१४० दिन अगाडि

|

३ वैशाख २०८३

रास्वपाकी संघीय सांसद करिश्मा कठरियाले प्रधानमन्त्री बालेन्द्र शाहसँग वैशाख २ को भेटघाटमा १४ बुँदे माग राखेकी छिन् । १४ बुँदे मागमा के के छन् त ? १. २०७२ साल भाद्र ७ गते थारुहरुले टिकापुरमा गरेको बिद्रोहलाई सम्बोधन गर्दै तत्काल लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्ने ।  २. थारुहरुको प्रथाजनित शासन प्रणाली बरघर/भलमन्सा लाई मान्यता दिदै राज्यको मुलधारमा ल्याउनु पर्ने ।  ३. निजामती, न्यायिक, प्रहरी लगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातमा थारुहरुको आरक्षण व्यवस्था अभ्यासमा पुर्णत  लागु  गर्नुपर्ने । ४. सम्बिधानको धारा ५६ को ५ ले ब्यबस्था गरे अनुरुप थारु बहुल  क्षेत्रलाइ थारु विशेष  क्षेत्र घोषणा गर्नुपर्ने । ५. थारु समुदायलाइ मात्रै लाग्ने प्राणघातक रोग सिकलशेल एनिमियाको निशुल्क उपचारको ब्यवस्था गर्दै पिडित परिवारलाई राहतको ब्यवस्था गर्नुपर्ने । ६. थारु बहुल  क्षेत्रमा थारु भाषामा पठनपाठन गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने । ७. बन्यजन्तुका कारण निकुञ्ज वरिपरि थारुहरुले दिनहु ज्यान गुमाउनुपर्ने परिस्थितिको समाधान गर्नुपर्ने । यसकालागी पुर्व सुचना दिने ब्यवस्था सहित एनिमल ट्रयाकिङ सिस्टम लागू गर्नुपर्ने । ८. महिला हिँसा र शिशु स्याहारको अवस्था चिन्ताजनक भएकाले तत्कालै महिला हिंसा र शिशु स्याहारकालागी  ठोस योजना लागू गर्नुपर्ने ।  ९. मुक्त कमैया र मुक्त कम्लहरी घोषणा भएको २५ वर्ष बिते पनि समस्या समाधान नभएकाले तत्कालै रोजगारी सहितको आवासको हक उपलब्ध गराइ लालपुर्जाको ब्यवस्था गर्नुपर्ने । १०.भुमिहिनहरुको पहिचान गर्ने र  भुमिको समस्या तत्काल  सामाधान गरि लालपुर्जाको व्यवस्था गर्नुपर्ने । ११. किसानले बीउ मल र प्रबिधि समयमै पाउने ब्यवस्था गर्नुपर्ने । १२. किसानले उत्पादन गरेको मुख्य खाध्यवस्तुको न्युनतम समर्थन मूल्य तोकि खरिद गर्नुपर्ने । अहिलेको जस्तो हचुवाको भरमा मुल्य तोक्ने नभै वैज्ञानिक तरिका अवलम्बन गरि उचित मूल्य तोक्नुपर्ने । १३. बर्षेनी बाढी र डुवानले पार्ने क्षति न्यूनीकरण गर्न उचित तटबन्धको ब्यवस्था गर्नुपर्ने । १४. लागूऔषधको बढ्दो विगविगी र बेरोजगारी समस्या समाधान गर्न सरकारबाट तत्काल कडाइका साथ नियन्त्रणात्मक कदम चाल्दै उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम तथा रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्नपर्ने ।  

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

१६७ दिन अगाडि

|

६ चैत २०८२

                                                                                                                                      फायल तस्विर कैलालीको लम्कीचुहा नगरपालिकामा कन्या स्वतन्त्रताको पर्ब चिरैं, यही चैत १४ गते (चैत्र शुक्ल पक्षको दशमी तिथिमा) मनाइने भएको छ । बरघर भल्मन्सा समिति लम्कीचुहा नगर समिति कैलालीले चैत ४ गते बरघर भल्मन्साहरुको भेला बोलाई उक्त निर्णय गरेको जनाएको छ । शिवचरण चौधरीको सभापतित्वमा सम्पन्न भेलाले नगरपालिकाभरी चिरैं पर्ब एकसाथ मनाउँदा राम्रो हुने, राम्रो सन्देश जाने भएकोले सँगै मनाउने निर्णय गरिएको कुरा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् ।  चिरैं पर्ब चैत शुक्ल पक्षमा मनाइने र कन्याहरुको श्रृङ्गार, सुसार देवीलाई मनौता गरिएको हुँदा यस दिन विशेषगरी कन्याहरु गाउँबाहिर एक ठाउँमा भेला भई हाँस्ने खेल्ने रमाइलो गर्ने गर्दछन् । घरका अभिभावकहरु उनीहरुको ख्याल गर्ने गर्दछन् ।   यो थारुहरुको सामुहिक पूजा पनि भएको र गुरुवाहरु गाउँ गाउँमा पूजा गर्न गराउन जानुपर्ने भएकोले धेरै गाउँ सम्हालेका भुइँहारलाई गार्हो पनि पर्दछ । यसका लागि अध्यक्ष थारुले भुइँहार गुरुवाहरुलाई आफू पुग्न नसके केशौकामार्फत पनि पूजाको चाँजोपाँजो मिलाउन अनुरोध गरिएको बताएका छन्।

दाङका विद्यालयमा प्राज्ञ डा सर्वहारी

दाङका विद्यालयमा प्राज्ञ डा सर्वहारी

१६८ दिन अगाडि

|

५ चैत २०८२

                                          तस्विरः चैतन्य पाठशालाका कक्षा ७ का विद्यार्थीहरुसँग अन्तक्रिया गर्दै प्राज्ञ सर्वहारी दाङदेउखुरीका विभिन्न विद्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारी फागुन अन्तिम साता अवलोकनका लागि पुगेका छन् । सो क्रममा राप्ती गाउँपालिकास्थित चैतन्य पाठशालाका कक्षा ७ का विद्यार्थीहरुसँग अन्तक्रिया गरेका छन् । अन्तक्रियाअघि पाठशालाका प्रबन्ध निर्देशक डा जीवराज आचार्यले विद्यार्थीहरुसँग प्राज्ञ सर्वहारीको परिचय गराएका थिए । उनले पाठशालाको पुस्तकालयका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशन उपलब्ध गराइ दिन आग्रह गरे । चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा जीवराज आचार्य तथा विद्यालय संस्थापकमध्ये एक खगेन्द्र चौधरीसँग प्राज्ञ सर्वहारी केही समय कक्षा ७ को ‘हाम्रो नेपाली’ पुस्तकमा आफ्नो ‘मामालाई सुधार्ने भान्जो’ शीर्षकको कथा समावेश भएको जनाउँदै सर्वहारीले विद्यार्थीहरुसँग भने, ‘कोर्सबाहेक कथा, कविता, निवन्धलेखन लगायत सिर्जनात्मक काममा लाग्नुहोस् । तपाईहरुले लेखेका रचना पनि पाठ्यपुस्तकमा छापिन सक्छ ।’ उनले प्रज्ञाको बालपत्रिका ‘लालपाते’मा रचना पठाउन र प्रकाशित रचनाको पारिश्रमिक पनि पाइने जानकारी दिए ।  प्राज्ञसभा सदस्य डा सर्वहारी तुलसीपुर–१५ स्थित बालचेतना आधारभूत विद्यालय, धम्कापुरका कक्षा ७ का विद्यार्थी तथा लमही नपास्थित आदर्श मावि देउपुरका कक्षा ८ का विद्यार्थीहरुसँग पनि अन्तक्रिया गरेका थिए ।  सो क्रममा सम्बन्धित पालिकाहरुबाट प्रकाशित स्थानीय विषयको पुस्तकबारे बढी छलफल गरेका थिए । लेखकहरुबाट हतारमा स्थानीय विषयको पुस्तक तयार गरिएको विद्यार्थीहरुको गुनासो थियो । सर्वहारीले आफ्नो लेखन यात्रा तथा प्रज्ञाले गर्ने कामको बारे जानकारी दिएका थिए । उनले थरुहट क्षेत्रका विभिन्न विद्यालयमा अन्तक्र्रियाका लागि पुग्ने आफ्नो अभियान रहेको बताए ।  स्मरण रहोस्, नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति भुपाल राई आएपछि ‘विद्यालयमा कुलपति’ कार्यक्रम पनि जारी छ । साभारः नयाँ युगबोध  

मातृभाषा दिवसमा प्रज्ञामा राष्ट्रिय कविता महोत्सव

मातृभाषा दिवसमा प्रज्ञामा राष्ट्रिय कविता महोत्सव

१९३ दिन अगाडि

|

१० फागुन २०८२

नेपाल प्रज्ञा प्रतिष्ठानले दुई दिने मातृभाषा दिवस शनिवार काठमाडौंमा सम्पन्न गरेको छ ।  फागुन ९ शनिवारको कार्यक्रममा मातृभाषा राष्ट्रिय कविता महोत्सवको रुपमा मनाइयो । महोत्सवका लागि विभिन्न ४२ भाषाका जम्मा १५७ कविता प्राप्त भएकोमा एक भाषाका एक कविलाई वाचनका लागि छनोट गरिएको थियो । अपवादबाहेक सबै कवि उपस्थित रहे । त्यसैगरी कविता महोत्सव अघि विभिन्न जात जातिको सांस्कृतिक झाँकी प्रज्ञा भवन कमलादी हुँदै घण्टाघर, रानीपोखरी, जमल हुँदै पुनः प्रज्ञा भवनसम्म नगर परिक्रमा गरेको थियो । थारु, नेवा, मगर, लिम्बू, थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङलगायत दर्जन  झाँकीको प्रदर्शन रहेको थियो ।  कवि र झाँकी समूहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी तथा कुलपति भुपाल राईले प्रमाणपत्र वितरण गरेका थिए । समापनमा कुलपति राईले ‘सवै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मुल नाराअनुरुप नेपालको सबै भाषाको जगेर्नामा प्रज्ञा प्रतिष्ठान दत्तचित्त भएर लागेको बताए । कार्यक्रममा स्वागत प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली ‘अगिब’ले तथा कार्यक्रम सहजीकरण प्राज्ञ सभा सदस्य डा कृष्णराज सर्वहारीले गरेका थिए ।  यसैगरी शुक्रवार फागुन ८ गते दुईवटा कार्यपत्र प्रस्तुति रहेको थियो भने फागुन १० गते प्रज्ञाको ४४औं प्राज्ञ सभा रहेको थियो । कार्यक्रममा मल्ल के सुन्दर मुख्य बक्ताको रुपमा रहेका थिए । प्रज्ञामा यो समितिको कार्यकाल अब एक वर्ष रहेको छ ।